bixibit

Breaking News
recent

आमाको चिठ्ठी छोरालाई

 प्यारो छोरा, यति प्यारो कि जति भर्खर बिबाह भएकी दुलहीलाई आफ्नो गहना हुन्छ, यति प्यारो कि जति 11,12 बर्षकी नानीलाई आफ्नो पेवा पाठा हुन्छ, यति प्यारो कि जती चुम्बकलाई फलाम हुन्छ, कति प्यारो कति प्यारो भनौ भने शब्दको भकारी रित्ताउदा पनी कमी हुन्छ । म अस्ताउन लागेको घाम भईसकेकी छु तर तिमी आउछौ भन्ने आस यो आखामा दीन प्रतिदीन उदाउछ ।
मेरा हातका, काथका अनी सम्पुण आतका छालाहरु यसरी गुज्मुज्जीएका छन् की मानौ म कुनै कपडा हु जस्लाई बर्षौ देखी कसैले कुनामा कोचेर राखेको थियो । अब त आधा चिम्टी सास पनी बाकी छैन होला म सग। छोरा, सायद तिम्रा बा जिउदै भएका भए यि चाउरी गालामा सलबलाएर बाटो बिर्सीएका आसुहरु पुछी दीन्थे होला । तिमी परदेश जान्छु भनेर हीडेको पनी 22 बर्ष भएछ । थाह छैन छोरा तिमी आउछौ भन्ने आसमा यो सास टीक्छ की टीक्दैन, मेरो सासले यो बुढो शरीर बाट बास छाड्यो भने दागबत्ती तिम्रो हातले पाउछु की पाउदीन ! छोरा, त्यो दुई बटा भैसीं धितो राखेर तिमीलाई जाहज चढाउन लिएको रिर्ण तिर्न सकीन मैले । त्यो नातीले बाबा खै भन्दा जवाफ दीन सकीन मैले । बिहेको 8 महीनामा श्रिमान सग छुट्टीएकी बुहारीलाई सिन्दुर, पोतेको ठेगान छ की छैन भनेर भन्न सकीन मैले । अब त जिन्दगीको यात्रा पनी पुरा गर्न लागीसके मैले, यो अन्तरालमा कयौ दुःख देखे होला कयौ पटक भकानीयो होला मुटु तर छोरा म मरेर गए पछी यमराजले मलाई सोध्ला कि सबै भन्दा ठुलो दुःख के हुदोरहेछ धर्तीमा ?? तव म कसरी बयान गरौ की सानो छदा हात समाई हीड्न हीकाएको छोराको हात मेरो सासले मलाई अलबीदा गर्दा पनी छुन पाईन मैले । सायद म जस्ता कयौ आमाहरु होलान् मेरा जस्ता कयौका बुढा आखा रसाएको होला । खै कता हो चढाउ पर्ने बिन्ती म पनी एउटा बिन्ती चढाउन चाहन्छु की कसैका पनी सन्तान बिदेशीन नपरोस्, कसैको पनि ओसीन लागेको आखा ताजा हुन नपरोस्, कसैका पनि छोरी,बुहारीलाई सिन्दुरको ठेगान छ की छैन भनेर घिट्घीट्एर बाच्न नपरोस् । यदी छोरा तिमी मेरा अस्तु पनी बगाउन आईपुगेनौ भने मेरो यो चिठ्ठी पढेर बुझ्नु कि तिमी सानो छदा देखी उठाएको दुःखको भार मर्ने बेलामा पनी बिसाउन पाईन मैले । उही तिम्री बुढी आमा

Basant Giri

Basant Giri

No comments:

Post a Comment

Powered by Blogger.