bixibit

Breaking News
recent

लब एडिक ( The best felling ever )

लब एडिक  ( The best felling ever )

मध्य रात ठ्याक्क १२ बजे, असोज २ गते , मस्त निदाइरहेकी म , उहाँ को बोली ले गर्दा बिउझिए ,
Happy 25th anniversary मेरि मुसु , उमेर ५० कटि सकेको भए पनि माया गर्ने शैली उस्तै थियो जस्तो पहिले गर्नु हुन्थ्यो । मैले पनि मुस्कुराउदै Happy anniversary SuBu भने उहाँ को अङालो मा बाधिए । चाहे जे होस ,जस्तो सुकै नै परिस्थिती आओस जीवन मा, जस्तो सुकै दुख परोस , उहाँ को अङालो पाए पछि मन त्यसै ढुक्कै बसिदिन्थ्यो । उहाँ भन्ना ले, मेरो जीवन साथी भनौ कि मेरो सब थोक , मेरो जिन्दगी नै उहाँ । उहाँ लाई एक दिन राम्रो सङ देख्न पाइन भने नि दिन त्यसै आत्तिएर दिन बित्ने गर्थ्यो । बिजेनस छ आफ्नै ट्राभल एन्ड टुर को होटल छन देश को ५ ठाउँ मा  Hotel S ; भनौ या S group  भनौ ,; काम को सिलसिला मा कैले काहीँ बाहिर गैराख्नु पर्ने ब्यस्तता , उहाँ हिजो राती अबेर मात्र पुग्नु भएको थियो १ हप्ता को लागि भन्नू भएको थियो तर; तेस्रो दिन नै फर्कनु भएको थियो किन यति चाडै फर्कनु भएछ भनेर सोचीरहेकी थिए , काम सकिएर होला भनेर मन लाई सान्त पारेकी म 😌 । हाम्रो anniversary को त पत्तो नै थिएन ।भोलि पल्ट पार्टी राख्नु भएको थियो उहाँ ले हाम्रो २५ औ ................................; ।








 सुभास, अर्थात हाम्रो एक मात्र छोरो , उ पढाइमा कम व्यापार मा धेरै ध्यान दिन्थ्यो , बाय को पुर्ण बानी थियो , लघभग आधा काम त उ नै सम्हाल्ने भैसकेको थियो हामी काठमाडौ बस्ने , अनि उ; काठमाडौ बाहिर का; साखा म हेर्छु हजुर यहि हेड अफिस हेर्नुस , आफू भएन भने लापरबाही बड्छ यो नाम मा दाग लाग्छ त्यसैले । सायद सुभास ले यो भनीरहदा सुभास को बाबा को मुहार मा छुट्टै चमक आएको थियो , उहाँ मन देखि नै खुसी हुनु भएको मुहार ले बताइरहेको थियो ।उ भर्खर १८ बर्ष पुगेको थियो उ घर मा भन्दा धेरै घर बाहिर हुन्थ्यो बिहान बिहान फोन गरेर उस्लाइ घर आइजा भनेको , म त अलि टाढै छु ममु , भन्यो " its argent  भनेसी ल हवस भनेर राख्यो ।सदिक्ष्या हाम्री कान्छी छोरी , उ भने सधै म सङ नै हुन्छे , स्कुल जाने आउने ,अहिले ७ कलाश मा पड्छे । साझ पर्यो सबै जना पार्टी को लागि रेडि भएउ ,पार्टी आज घर मै थियो , सबै बिजेनेस पार्टर म्यानेजर , अरु अरु कम्पनी का मालिक सबै को उपस्थिती थियो। करिब १० बजे सम्म पार्टी मै अल्झी रहएउ , सबै जना फर्के पछि हामी हरु पनि आफ्नै रुम लागेउ , ।उहाँ ले भन्दै हुनु हुन्थ्यो , सात पटक अग्नि लाई साची राखेर कसम खाएको आज २५ बर्ष भएछ ।जीवन का अनगिन्ती उकाली ओराली सङै हिडेको , यस्तै माया यस्तै बिस्वास ले अगाडि बडेको , एक कुरा थाहा छ म कति भाग्यमानी छु है कि तिमी लाई आफ्नो जीवन साथी को रुपमा पाए; Love you मेरि मुसो , । हाए आज भन्द २७ बर्ष अगाडि जति बेला हामी हाम्रो माया को सुरु सुरु गर्दा थियो । त्यति बेला पनि मेरि मुसो Love you alwys भनीरहनु हुन्थ्यो।

#२७ बर्ष अगाडि
;जिन्दगी का खालि पाना , चन्चल मन , चन्चल म , कुनै ठूलो सपना हैन, ममि बाबा को काख मै रमाइरहेकी , ममि बाबा को काख छोडेर एक दिन पनि बाहिर नगएकी म । भर्खर +2 को इक्जाम दिएर बसिरहेकी थिए , काम त्यस्तो खास्सै हुन्न थियो फेसबुक युजर मात्रै थिए , स्टाटस लेख्यो पोस्ट गर्यो । फेसबुक बाटै थुप्रै जना लाई चिनेकी थिए , दाइ हरु हुनुहुन्थ्यो #सगुन_खड्का भैरहवा देखि हुनुहुन्थ्यो उहाँ , अरु दुई तीन जना चिनेको दाइ हरु , एउटा ग्रुप खोल्नु भएको थियो फेसबुक मा (NYJ) । दाइ हरु नानी ग्रुप मा नि पोस्ट गर्ने गर है; भन्नू भएका ले पोस्ट गरिरहन्थे; । तर त्यो एउटा स्टाटस ले नै मेरो जिन्दगी यसरी सम्पुर्ण नै परिबर्तन गरिदिएला सोचेकी थिइन , मेरो जिन्दगी बन्ला भन्ने सोचेकी थिइन । ट्रेन्ड नै चलीरहेको थियो त्यो बेला दारी को , त्यसैले त्यसैको बारेमा लेखेकी थिए ।अहिले लाग्छ सोच्छु र धन्यवाद दिन्छु , सगुन दादा लाई , त्यो स्टाटस लेखेको मा आफै लाई , आफै लाई भाग्यमानी ठान्दछु ।पोस्ट गरेको लगभग २ घन्टा पछि एउटा रिक्वोस्ट आयो एसो हेरेको ,कृतन न्यौपाने नाम गरेको नाम बाट आएको रैछ एसो झट्ट हेर्दा; कस्तो स्यानो बच्चा , को भाइ रैछ; भन्ने सोचे, अनि एक जना कोइ पनि थिएन Mutal फ्रेन्ड ।अनि त्यो ६८७ जना को पेन्डिङ request मा त्यो पनि थपिएर ६८८ पुग्यो।।दिन बिते त्यसै फेसबुक मा कोइ सङ कुरा नगग्ने भएका ले बोर लागिरहेको थियो त्यसैले आफ्नै पुराना पोस्ट हरु पड्दै मुस्कुराउदै थिए , त्यो पनि सकियो अनि फेरि पेन्डिङ रिक्वोस्ट तर्फ आँखा दौडाए , त्यै बच्चा जस्तो अनुहार भएको मान्छे को सुरु मै थियो प्रोफाइल चेन्ज भएको रैछ , मलाइ मन पर्ने खाल को , भन्ना ले दारी वाला 😍😍 हाए उस्को त्यो गाला को दारी कति राम्रो सुहाको थियो , अन्तत एसेप्ट गरे रिक्वोस्ट पनि । दिन बित्दै गए उस्को त्यति वास्ता भएन म आफ्नै दुनिया मा रमाइ रहेकी । एक दिन निउज फिड; हेरि रहदा उस्को पोस्ट मा गएर आँखा रोकिए , अनि के रैछ भनेर पढ्न लागे कथा रैछ ,
 मेरै नाम को क्यारेक्टर लाई मुख्य बनाएर लेखेको ।उस्को शब्द मन  परे मलाइ , उस्को वर्णन मन पर्यो मलाइ अनि कमेन्ट गरि हाले , मन पर्यो भन्दै ।केही बेर मा उस्को रिप्लाइ पनि आयो ? धन्यवाद भनेर ।म अफ भए , साझ अन आए फेरि उ पनि अन नै रैछ म्यासेज आइहाल्यो; उता बाट
कृतन- हाइ
म- हेलो
कृतन - के छ?
म ;-फाइन
कृतन:- घर कता नि?
म :- सुर्खेत
कृतन:- कति मा पड्छेउ नि ?
म:- अहिले १२ दिएर बसेकी
कृतन :- कुन कलेज?
म :- इत्राम ।
यसरी सुरु भएको थियो हाम्रो बोली चाली हामी हरु बिच । उहा को र मेरो पहिलो कन्भर्सेसन थियो त्यो , , हुन त पहिलो थियो त्यसैले म न खुल्न चाहे न उहाँ नै त्यसै सकियो ।
 त्यस पछि कुरा हुनै छोड्यो , मैले NMB Micro finance मा जब को लागि इक्जाम दिएकी थिए , अनि शर्ट लिस्ट मा मेरो नाम पनि निस्कियो , अझ अर्को इक्जाम को लागि कोहलपुर जान पर्ने भयो। travelling to Kohalpur from Surkhet . एकै छिन पछि कृतन न्यौपाने कमेन्ट अन युर पोस्ट भन्ने नोटिफिकेसन आएको थियो तर हतार भएका कारण ले हेर्न पाइन अफ गरेर हिडेउ , नेपालगन्ज पुगेर एक छिन त्यहा बाबा को काम सकेर मेरो इन्ट्रान्स कार्ड ललिएर फेरि कोहलपुर फर्केउ , कोहलपुर बसपार्क ,त्यही बसेउ त्यो दिन साझ पख खाना खाइ ओरि मोबाइल हेरे चार्ज जम्मा ५% देखे , त्यही पनि फेसबुक को तल तल लागि हाल्यो खोलि हाले , उस्को कमेन्ट पढे " welcome to my palace , थाहा पाए उस्को यतै घर रैछ । 😍😍😏र फेरि पनि चार्ज ले धोका दियो😒 रिप्ले पनि दिन नपाइ अफ भयो मोबाइल ।अर्को दिक फेरि इक्जाम दिए साउन को महिना थियो जुन सबै केटि , महिला का हात मा हरियो चुरा र मेहेन्दी ले सजिएका थिए तर मेरो खाली थियो एलर्जी ले गर्दा लगाउन नहुने भनेर Dr ले भने पछि  ।त्यो दिन त्यसै गयो , साझ सम्म रिजल्ट आउट हुन्छ भनेका ले कतै ध्यान गएन ढुकढुकी बढाउदै बसिरहे रिजल्ट कै प्रतीक्षा मा ।र आयो रिजल्ट पनि म पास भए , खुसी को सिमाना रहेन , ममु लाई फोन गरेर सुनाए , भाइ लाई बैनी सबै लाई सुनाए । म Luck मा धेरै बिस्वास गर्ने मान्छे भएर होला , भाग्य ले नै साथ दिएर पास भए झै लागिरहेको थियो बिना तयारी कसरी ? हुन्छु नत्र ? भोलि लाई भाइबा राखेको थियो त्यसैले तयारी गरे , जिन्दगि मा खुसी का लहर हरु छाउदै थिए बिस्तारै बिस्तारै , जिन्दगी एउटा बाहाब मा चली रहे छ , म त्यसैमा म डुब्दै हिडिरहे छु , भोलि पल्ट दिउँसो १२ बजे तिर कृतन लाई म्यासेज गरे
म:- हाइ ( उ अनलाइन नै रैछ रिप्ले आइ हाल्यो )
कृतन - हजुर
म - हजुर को घर कोहलपुर नि है ?
कृतन- हजुर , तिमी काहा छ अहिले?
म:- कोहलपुर
कृतन :- कोहलपुर काहा ??
म:- बसपार्क होटल मा
उ:- ए ,
म:- काहा हुनु हुन्छ अहिले ?
उ:- नेपालगन्ज आएको छु काम ले
म:- ए; ल म अफ हुन्छु है
उ:- लौ किन नि ?
म:- इक्जाम छ ?
उ:- यति बेला के को इक्जाम चलेको छ र हौ
म:- हैन के Bank को लागि इन्ट्रान्स इक्जाम ?
उ:- काहा हुँदै छ इक्जाम चाइ ?
म:- ए यहि ,बाल ज्योती स्कुल मा
उ :- म आउछु भेट्न मिल्छ
म:- हुन्छ 😍
हवस तिमी जाउ म आउछु तिमी ले इक्जाम दिने ठाउँ मा उस्ले भन्यो र गयो
। म पनि अफ भए गए interview दिन कता कता डर लागिरहेको थियो त्यसैले आफै लाई धैर्य बनाइ राखे पालो आयो र गयो पनि मैले इन्टर्भिउ पनि दिए अनि गयौं बसपार्क र उति नै बेला सुर्खेत का लागि हिडेउ? स्टाटस पोस्ट भयो ।
travelling to Birendranagar surkhet 😀
करिब साझ ६ बजे तिर घर पुगेका हामी , बाइक को सफर ले गर्दा होला सायद ज्यान दुखीरहेको त्यसैले बेड मा पल्टेर बसिरहे , मोबाइल मा चार्ज थिएन चार्ज मा छोड्दिए , साझ पख खाना खाइ ओरि फेसबुक खोले उस्को कमेन्ट देखेर कस्तो नरमाइलो आभास भयो .
; ए गै हालेको , ह्याव अ सेफ जर्नी  कस्तो बुद्दु म उस्लाइ भेट्ने भनेर जान्छु पनि नभनी फर्के चु । एक छिन निउज फिड मा उस्को फोटो आयो , त्यो त मैले इक्जाम दिएको स्कुल अगाडि को क्याफे भित्र को थियो , उ त त्यही कुरेर पो बसेको रैछ कमेन्ट गरि हाले ।
 I knw this cafe  उ अनलाइन रैछ रिप्ले आइहाल्यो
 तिमी ले इक्जाम देको स्कुल अगाडि को अनि नचिनेर हुन्छ त ।
त्यस पछि म्यासेज मा उ सङ राम्रै सङ कुरा हुन थाल्यो , अफलाइन म्यासेज छोडेको हुन्थ्यो उस्ले , म रिप्ले गर्थे । मेरो जिन्दगी मा मलाइ मन पराउथ्यो एक जना ले मेरो लागि मरिहत्य गर्थ्यो उस्लाइ अब एसेप्ट गर्छु भन्ने सोची रहेकी थिए , तर गरिसकेकी थिइन । कृतन सङ नै कुरा गरिरहन मन लाग्थ्यो बोलीरहन्थे म , फेसबुक मा एउटै मात्र बोल्ने मान्छे उ थियो दिन बित्दै गए , घरी घरी उ मालाइ मेरो नाम ले बोलाउदै भन्थ्यो मिस सोफिया रिजाल , तिम्रो रिजल्ट कैले आउने , त्यो इन्टरभिउ को ? म भन्थे खै MR. न्यौपाने , अफिस बाट खबर गर्छु भन्नू भएको छ 😎😎 । हाम्रा सम्बाद हरु लामा हुन थाले घन्टौ हुन लागे , तिमी भन्नू हुन्थ्यो उहाँ र म तपाईं भन्न थलेकी थिए।उहाँ को आदत परिसकेकी थिए ।सबै कुरा सेयर गर्नुहुन्थ्यो उहाँ , म पनि गर्थे , एक्दिन उहाँ ले केही मलिको हुँदै भन्नू भएको थियो , कि उहाको Gf को अन्तै बिहे भैसकेको रैछ , भनेर दुख लाग्यो सुन्दा कस्तो अर्कै लाग्यो ।
म बोल्दा बोल्दै कति बेला उहाँ लाई आफ्नो मन मा सजाइसकेकी रैछु थाहा नै पाइन , कस्तो चोर हुनु हुदो रैछ , अर्कको मन थाहै नदिइ चोरेर लैजानु भयो , उहाँ को म्यासेज बिना त दिन पनि खल्लो लाग्थ्यो , सान्स बिना को मान्छे झै , सुगन्ध बिना को गुलाब झै , आगन बिना को घर झै । खै कसरी भए म त्यस्तो एडिक उहाँ को , उहाँ त केबल साथी मान्नु हुन्थ्यो तर म त उहाँ को एडिक भैसकेकी । हाए कति मजा को आभास ,कति मीठो आभास एक्लै एक्लै माया गर्नु को , मेरो पहिलो माया को आभास नै उहाँ बाट गरेकी मैले , कति माया गर्नु हुन्थ्यो उहाँ ले थाहा पाए पछि मेरो हाल , तर डर लाग्थ्यो , उहाँ बेखबर हुनु हुन्थ्यो मेरो मन को हाल सङ , त्यो कुरा मैले कहिले जिकिर गरिन उहाँ सामु त्यसैले पनि होला , जो मेरा लागि हत्य गर्थ्यो उस्लाइ अब देखि म्यासेज कल नगर्नु , म तिमी लाई माया गर्न सक्दिन अरु कसैकी भैसके म भनेर म्यासेज गरेर ब्ल्क गरे ।यहि त हो पागल पन्ती भनेको हैन र? मैले उहाँ लाई यसरी चाहन लागेकी थिए कि मानौ उहाँ बिना मेरो जिन्दगि को सेकेन्ड को सुइ सम्म नि चल्न मान्दैन थ्यो । तर म एक बिबस र लाचार थिए डराएकि थिए , उहा ले साथी मात्र सोचेर कुरा गरेको भए , मैले त्यसो भने भने बोल्नौ छोड्नु भयो भने ?

उहाँ को त्यो गालै भरी दारि , अरे वा कति राम्रो सुहाएको , उहाँ का तिनी नसालु आँखा , त्यस अगाडी त्यो चस्मा हाए , कति हो कति मेरो मन मा राज गरेर बस्नु भएको उहाँ , म ब्यचएनि मा बसि रहन्थे उहाँ खै कता कता ? हुन त व्यापार थियो व्यापारी जो पर्नु भयो त्यसैले नि ब्यस्त हुनु हुन्थ्यो।।बर्खा थियो पानि मजा ले परिरहेको थियो , यसरी पानी पर्यो कि त्यो बेला सारा देश जलमग्न भयो ,बत्ती गयो नेट्वोर्क गयो , न मोबाइल मा चार्ज न नेट्वोर्क , म त सायद पागल नै भएर हिड्ने बेला भएको थियो , जसो तसो गरेर मोबाइल मा चार्ज गरे दुई दिन पछि , मलाइ त्यो दुई दिन दुई जुनि भन्दा लामा लाग्यो 😒 , भनिन्छ नि प्रतीक्षा को फल मीठो हुन्छ भनेर, सहि हो , किन कि जब मैले दुई दिन पछि फेसबुक खोले उहाँ कै म्यासेज मात्रै थिए ।
उहाँ- सन्चो छौ नि?
- sty safe है पानी यस्तो परिरहेको छ
- कता हराकी तिमी , कस्तो डर डर लागि रहेको छ्
- मुसु, चाडै आउ है
- मिस उ अलट
- अनलाइन आएउ भने ९८******** म्यासेज गर है
- मेरि मुसि आउ है चाडै , म त येहा एक्लै भए
मैले इनि म्यासेज त कति पटक दोहोराए आफै लाइ थाहा छैन , मेरो हालत , प्यासी थिए र मरुभुमी मा थिए हप्तौ पछि पानी पाएकी थिए र त्यो आभास त्यो मजा , त्यो खुसी जति बेला तिर्खा मेटिदा हुन्छ त्यस्तै थियो , खुसिले बुरुक्कै उफ्रौला झै भएको थियो मेरो मन , लाग्यो उहाँ पनि त तड्पिनु हुदो रहेछ नि म बिना है ? हाए , केही सोच्दै नसोची कल डाएल गरिहाले , थाहा हुदा हुँदै कि मोबाइल मा एक्दम थोरै पैसा छ भन्ने ,तर पनि एक पटक उहाँ लाई सुन्न लाई भए पनि
- उहाँ- hlo
म - hlo
सायद उहाँ ले गेस गर्नु भए झै लाग्यो तर फिक्स त चिन्नु भएन
उहाँ - हजुर
म- चिन्नु भयो
उहाँ - मुसि
हाए कति सजिलै चिन्नु भएकी उहाँ ले , पहिलो पल्ट त मेरो आवाज सुन्नु भएको हो आज तर पनि।।हाए मेरो उहाँ 😍😍 अनि उहाँ लाई मोबाइल मा ब्यालेन्स थोरै छ भनेको ,ल राख म गर्छु भनेर राख्नु भयो ।
त्यस पछि त के छ र , मजा सङ उहाँ सङै बोलेर बसे , त्यो पहिलो रात ,कति मीठो थियो त्यो पल , जीवन को अबिस्मरणिय क्ष्यण ,समय त्यही रोकियोस झै लागिरहेको थियो  😎 कैद गरेर राख्न मन थियो त्यो पल , साच्ची कति मायालु पल थियो 😎😎 जीवन यस्तै बितोस झै लागिरहएको थियो उहाँ सङै बोल्दै उहाँ नै उहाँ मय बनेर । दिन बित्दै गए हामी हरु झन झन कसिदै गएउ , एक अदृश्य प्रेम को डोरि ले हामी लाई झम झन नजिक ल्याउदै गयो त्यो डोरि ले , र अन्तत उहाँ ले नै भन्नू भयो , जुन म भन्न लाई तड्पेर बसिरहेकी थिए उहाँ के मुसो एक कुरा भन्छु है भन्नू भयो भन्नुस न भने
; जिन्दगी कहिले नछोडी बस है मेरै रानी बनेर , तिमी सङै जीवन बिताउनु छ , मेरो माया खुसी सुख।सबै तिमी सङ बाढ्नु छ , मेरो जिन्दगी तिम्रै नाम मा बनाउनु छ के तिमी ले यो माया गर्ने मान्छे , यो मन लाई अपनाउन मान्छेउ त ? आइ लब यु मुसु , लब उ फरेबर 😍😍 सैयौ पटक दोहोराइ दोहोराइ पढिरहे त्यो म्यासेज । उहाँ ले एक पटक भन्नु भाको थियो तिम्रो त्यो दारी प्रेमी वाला पोस्ट पढेर नै मैले रिक्वस्ट पठाको थिए भनेर ।म हसेकी थिए मन मनै सबै लाई धन्यवाद भन्दै 😍😍 एक पटक उहाँ लाई भनेकी थिए मेरो बचपन को बारेमा; थाहा छ म पैलाइ देखि नै ,यो न्यौपाने थर भनेसी मरिहत्य गर्थे नि खै किन किन एकदम मन पर्छ मैले पैले देखि नै भन्थे ममु बाबा लाई बिहे गरे भने न्यौपाने सङ मात्रै गर्छु नि भनेर।।उहाँ हास्नु भएको थियो मेरो कुरा सुनेर ।हामी हरु मस्तथियौ माया को वसन्त बाहार मा रमाउन , वसन्त मा झै पलाउदै थिए हाम्रो माया का बिरुवा पनि , हाये उहाँ को साथ, उहाँ को माया लाग्थ्यो म जति भाग्यमानी सायद कोइ पनि छैन होला 😍😍 किन कि उहाँ जस्तो मेरो जीवनसाथी पाउने वाला थिए , उहाँ एक दम प्रफेक्ट प्रेमी हुनु हुन्थ्यो मेरो लागि , उहाँ लाई सबै थोक आउथ्यो ।उहाँ भन्नू हुन्थ्यो तिमी रिसाउ म फकाउछु , तिमी झगडा गर्न सिक म सम्हाल्न सिक्छु , तिमी पागल जसरी माया गर , म त्यही पागल प्रेमि भएर माया गर्ने छु , तिमी सताउन एक्स्पोर्ट हौ म मनाउन । लब यु मुसि , सधै भरी यसरी नै साथ देउ है ।मेरो जिन्दगी का प्रतेक खुड्किला तिमि सङ नइ बिताउन छ , तिमी मेरि म तिम्रै बनेर जिउनु छ ।😍😎 उहाँ का प्रतेक शब्द ले मेरो मन मा हलचल मचाउथे , प्रतेक शब्द सङै वसन्त बहार खुसी बोकेर आउथे ।म एक लब एडिक थिए , ड्रगिस्ट हरु त कम छट्पटाउछन जति म उहाँ बिन छट्पटिने गर्छु , ड्रगिस्ट हरु त एक डोज लिएसी ३,४ घन्टा लाई आनन्द हुन्थ्यो तर मैले उहाको बोली बिना त १५ मिनेट मात्रै , एक सेकेन्ड लाई भए पनि सुन्न पर्थ्यो ।देश भरी तिज मज्जा ले लागेको थियो , मेरो चाइ ट्रेनिङ सुरु हुने वला थियो ।तिज को एक दिन अगाडि बाट थियो घर त हुन्न थिए तर ट्रेनिङ पनि तिज को बेला उफ्स कस्तो दिक्क लागिरहेको थियो , उहाँ लाई भने काहा हुने ट्रेनिङ भनेर सोध्नु भयो #जहरे हुने अरे , चिन्ता नलेउ म आउछु तिज को दिन तिमी लाइ साथ दिन 😍😍 हाए पहिलो तिज , त्यो तिज मा पनि उहाँ नै आउने , उहाँ कै लागि व्रत बस्ने वला थिए , हाए कति भाग्यमानी म 😍😍 त्यस पछि कुनै पनि कुरा को टेन्स्न भएन , उहाँ म आउछु भनेसी सबै ठिक अब कुनै कुरा को दुख थिएन , अब दिन गन्दै बस्ने वाला थिए कहिले आउला त्यो दिन भन्दै ,बिस्तारै दिन बित्दै गए र अन्तत आयो त्यो दिन उहाँ लाई लिएर आउने दिन 😍😍 पहिलो पल्ट उहाँ लाई देखे को दिन एक दिन अगाडि नै गैसकेकी थिए म अनि त्यही एउटा होटल मा रुम लिएकी थिए १० दिन को लागि , उहाँ पनि हिड्नु भयो कोहलपुर देखि मेरो मन खुसी कति थियो त्यो शब्द मा पोख्न सक्दिन म , अनि अलि अलि डर पनि लागिरहेको थियो , थोरै लाज पनि 😍😍आहा त्यो पल जब उहाँ लाइ आफ्नै अगाडि पाएकी थिए , कालो कपाल , कालै दारी चट्ट मिलेका स्याना आँखा हये त्यस माथी चस्मा कुनै फिल्म को हिरो भन्दा कम हुनुहुन्न थ्यो उहाँ , जति नै तड्पिए पनि भेट भएको केही पल सन्नाटा नै छायो अनि दुबै जना मुस्कुरायेउ अनि मेरो पछि पछि आउदै हुनुहुन्थ्यो उहाँ म त के छ र खुसी ले बुरुक्क भएर मन मनै , हिडिरहेकी थिए रुम मा गयौ सिधै उहाँ फ्रेश हुनु भयो , कता जाने घुम्न भन्नू भएको थियो तर दुबै जना नया भएका कारण ले कहि नजाउ यहि बसेर नै कुरा गरिराखौ भने मैले , दिन भरी उहाँ सङ नै बोलिरहे उहाँ कै काख काइ सिरानी बनाएर बसिरहे उहाँ लाई नै हेरि रहे , आँखा मा सजाउनु थियो ,मन मा त सजाइसकेकी थिए तर धित मरुन्जेल आँखा ले हेर्नू थियो उहाँ पनि केही नखाइ बस्नु भयो म पनि व्रत बस्छु मेरि मुसु को लागि भनेर ,हाए कति केयर गर्नु हुन्छ उहाँ 😍😍 सिर्फ मेरो उहाँ .
समय यसरी नै बितोस , यहि रोकियोस , घडी को सुइ नै नघुमोस , लागिरहेको थियो तर गद्दार समय यसरी दौडिरहेको थियो कि मानौ यति छिटो कहिले नै बितेको थिएन करिब ५ बजिसकेछ , मन्दिर गयौ नजिकै को सोधेर दुबै ले पुजा गरेर फर्केउ , फेरि त्यही प्यारो रुम मा नै , हामी ले दिन भर अगाडि का लागि प्लान बनायौ , कसरी चल्ने ? कसरी बिताउने , बिहे को कुरा निकाल्यौ मजा ले, प्रतेक उहाँ का कुरा मिठा थिए ,उहाँ फर्कनु पर्ने थियो त्यही दिन त्यसैले अन्तिम अन्तिम दिन भैसकेको थियो त्यसैले नि म जान मन छैन तर जानू पर्छ 😒 भन्दै हुनु हुन्थ्यो तर मलाइ खै के पो भयो उहालाइ उभिन लगाएर उहाको अङालो मा बेरिए , उहाँ को त्यो अङालो मा साच्चै नै स्वोर्गिए आनन्द थियो , उहाँ कै अङालो मा बसिरहे , उहाँ ले मेरो अनुहार लाई मज्जा ले नियाल्नु भयो अनि बिस्तारै नजिक ल्याउनु भयो , मेरा आँखा बन्द भए उहाँ का त पहिले न भैसकेका थिए । पहिलो स्पर्श 💋 त्यो ओठ को, दुबै ले दुबै को ओठ को स्वाद थाहा पाएउ ।😍😍, मेरो जीवन को पहिलो किस 💋💋 ।अझै पनि याद आउँछ तिनी तस्बिर हरु , आँखा मा आउछन 😍😍 कति रमाइला दिन थिए तिनी , कति माया गर्नु हुन्थ्यो उहाँ ,ले कति माया गर्थे म 😍😍 आज पनि त्यै २१ बर्स को उमेर मा जसरी गर्नु हुन्थ्यो त्यस्तै गर्नु हुन्छ ।उहाँ फर्कनु भयो त्यो मीठो याद दिएर ,लिएर 😍😍 म पनि खुसी थिए उहाँ पनि ।हामी हरु मग्न थिएउ , मेरो तालिम सकियो म घर गए , मेरो पोस्टिङ काहा हुने मा सार्है टेन्सन भैरहेको थियो , अन्ततः मलाइ चाइएको ठाउँ मै भयो , मेरो उहाँ को ठाउँ मा , कोहलपुर मा 😍😍 , अफिस त थिएन तर त्यहा पनि बनाउने फिक्स भैसकेको हुना ले त्यहा को माहोल लाई अध्यन गर्न त्यहा खटिए , मैले यो खबर उहाँ लाई सुनाइरहदा साच्चै नै म भन्दा धेरै खुसी उहाँ हुनु हुन्थ्यो ।म कोहलपुर गए घर बाट बिदावारि भएर निस्किए , मलाइ घर छोड्नु को पीडा अलिकती पनि थिएन , जीवन मा कहिले घर नछोडेकी म अहिले दुखि हुनु पर्ने तर झन धेरै खुसी थिए,उहाँ ले रुम खोज्दी सक्नु भएको थियो मेरो लागि 😍 बस म पुग्न बाकी थियो त्यहा, मेरो हजुर को ठाउँ मा , उहाँ लाई खबर गरे म गाडी चडे भनेर 😍 , उहाँ कति बेला पुग्छु म भन्दै कुरेर बसिरहनु भएको थियो , उहाँ को प्रतीक्षा गर्ने धैर्य ले धोका दिएको थियो , फोन गरेको गरै हुनु हुन्थ्यो ५,५ मिनेट मा काहा पुग्यौ भन्दै 😍😍 उहाँ को तिनी शब्द मा म खुसी हुन्थे , हुन पनि त हो आफ्नो मायालु ले त्यसरी आफ्नो लागि तड्पदा , खुसी ले मन फुल्थ्यो यति माया गर्ने छन सोचेरै । अन्ततः उहाँ को प्रतीक्षा को समय सकिएको थियो 😍 म पुगे उहाको ठाउँ मा भेटिने बित्तिकै झम्टौला झै गर्नु भएको थियो , सायद पब्लिक प्लेस भएका ले गर्दा होल , आफू लाई रोक्नु भयो , उहाँ को आँखा ले प्रस्ट बताइ रहेका थिए , कति खुसी हुनु हुन्छ उहाँ । सुरु मा त उहाँ कै घर गयौ , उहाँ ले भन्नू र मेरो मन ले सङै भनेका थिए . तेरो बुढा को घर , तैले जीवन को सुरु गर्ने घर ) मुटु ढक्क फुल्यो , किन कि ममु त्यही हुनु हुन्थ्यो , बिस्तारै बिस्तारै पाइला अगाडि बढाए , पाइला सर्न नि लाज मानिरहेको थियो , । ममु को रुम मा गयौ सिधै , ममु इमो मा भिडियो कल गर्दै हुनु हुदो रैछ , हजुरबुवा सङ 😍😍 नमस्ते ममि 😍 उहाँ ले नि फोन राख्दै नमस्ते भन्नू भयो , त्यस पछि कुरा अगाडि बढ्दै गयो उहाँ ले सबै भन्नू भएको रैछ , 😍😍 कुरा गर्दै गर्दा मेरो मुख बाट फुस्की हाल्यो रिजाल का छोरी ले चलाउने घर है यो 😍😍  अहिले सम्म तपाईं ले तपाईं पछि मैले 😎😎 दुबै हास्यौ 😍😍 , उहाँ बोल्नु भयो बधाइ छ रिजाल्नि नानी हरु दुबै लाई 😂😂😂😂 अझ जोड जोड ले हास्यौ सबै 😃😃 म र उहाँ मिलेर भान्सा मा गयौं किन कि ममु र म दुबै चिया को सोखिन😍 दुबै लाई नभै नहुने ✌.. उहाँ ले भन्नू भाथ्यो , बाबा एउटि चिया खाने वला लाई झ्ल्नु भयो अब मेरो पालो नि सेम , हामी बाउ छोरा बिचरा 😂😂😂 । ममु म र उहाँ तिनै जना रुम मिलाउन सुरु भयो सबै सामान हरु उहाँ ले अलरेडि अर्डर गरेको हुनि हुन्थ्यो त्यसैले लघभग ३ घन्टा लगाएर तयार भयो मेरो कोठा , उहाँ भन्दा ५ मिनेट पर को घर मा😍; , बनाइ सक्दा उहाँ थाकेर बेड मा पल्टिदै भन्नू भयो ,; मेरो कान्छो ससुराली घर😂 हसाउन छोड्नु भएको थिएन , सायद उहाँ को खुसी को सिमा थिएन , त्यसैले के के भनी रहनु भएको थियो।।
हाम्रा दिन हरु बित्न थाले प्राए एउटै रुटिन मा , बिहान मर्निङ वाल्क ४ बजे उहाँ आएर उठाउनु हुन्थ्यो , मेरो प्रतेक दिन को पहिलो मर्निङ उहाँ ल नै भन्नू हुन्थ्यो , अनि दिन भर उहाँ आफ्नो काम मा म आफ्नो काम मा , साझ एकै पटक ५ बजे कल आउथ्यो काहा छ मेरो मुसो भन्दै 😎 अनि म भन्थे हजुर को मुसो थाकेर लखतरान भएर पल्टी राकी छ , उहाँ ले भन्नू हुन्थ्यो सङै खाजा खाने है अनि गैन्थ्यो त्यही जाहा मैले उहा लाई कुराएर छोडेकी थिए delight curner cafe " उहाँ को फेबरेट र मेरो एउटै; मटन म:म 😏😏. खाजा खाएसी , लखर लखर हात मा हात हलेर कोहलपुर पुरै एक चक्कर लगाउदा लगाउदै ७ बजि सक्थ्यो अनि रुक फर्कियो उहाँ पनि सङै हुनु हुन्थ्यो म खाना बनाउने तयारी गर्थे नगरे गाली गरि हाल्नुहुन्थ्यो नखाइ बस्ने हैन त्या, उहाँ ले भन्नू हुन्थ्यो कि एक्लै भनेर खाना खान्नौ , त्यै भएर तिमी ले बनएसी मात्र जान्छु भन्दै।।
साच्चै धेरै माया गर्नु हुन्थ्यो उहाँ ले , म बिन तड्पिनु हुन्थ्यो 😎 उहाँ पनि ।उहाँ त मेरो नसा हुनु हुन्थ्यो म त्यसैको।दुरब्यसनी मा फसेकी , नपाए सम्म छट्पटिन बाहेक अरु केही गर्न नसक्ने 😎 । महिना मा १ दिन आउटिङ हुन्थ्यो कहि टाढा घुम्न जान्थ्यौ , कहिले कर्णाली , कहिले बर्दिया रास्टृय निकुन्ज , कहिले बाकें रास्टृय निकुन्ज , कहिले होमस्टे , कहिले सुर्खत नै गैन्थ्यो तर घर का लाई खबर नै गर्दिन थे म। हाम्रो जिन्दगी यसरी नै चलिरहेको थियो , हामी हरु हाम्रो माया मा रमाइरहेका थियौ , उहाँ नै भनेर जिउन लागेको पनि डेढ बर्ष भैसकेको रैछ , ।
एक दिन यस्तो घटना घट्यो जस्ले जिन्दगीमा मा तुसारोपात गार्यो ।
त्यो दिन पनि साझ उहाँ सङै घुम्न निस्किए , खाजा खाएर बाटो मा बरालिदै थियौ उहाँ को फोन म सङ नै थियो हाम्रो फोटो हरु हेरेर हिड्दै थिए ।😍😍 कुनै नया नम्बर बाट फोन आयो उहाँ बाटो मा अर्को साथी भेटिएर बोल्दै हुनु हुन्थ्यो मलाइ नै पिक गर भन्नू भयो , रिसिब गरे ।उता बाट कोहि केटि को स्वोर आयो ।
म - hlo
उ - हजुर , यो नम्बर कान्छू को हैन ??
म- हजुर बुझिन कस्लाइ गर्न खोज्नु भएको गलत परेको होला
उ ;- मेरो कान्छू के कान्छू , भन्ना ले कृतन न्यौपाने यो उसैको नम्बर हैन र?
( उस्को तिनी शब्द ले डेढ बर्ष मा पहिलो पल्ट चसक्क बिज्यो , उस्ले जताएको हक देखेर सनक्क रिस दिमाख मा पुग्यो तै पनि सम्हाल्दै उ सङ बोले)
म :- हजुर , अनि को बोल्नु भएको हजुर ?
उ:- कृतन लाई तिम्रो sweetheart
तिम्रो जानू ले फोन गरेकी थिन भनेउ है , चिनी हाल्छन ।
;टेकेको जमिन नै भासिए झै लाग्यो , अगि सम्म हासिरहेको मन एक्कासी रिस र आँसु ले भरियो 😒😒 उहाँ लाई फोन दिएर केही नभनी सिधै रुम आए फोन अफ गरेर ढोका लक गरेर , झर्न लाई तछाड मछाड गरिरहेका आँसु का प्रतेक थोपा लाई बाहिर निकाले , ।मैले त्यस्तो के गरेकी थिए र , ? अर्कि पनि जीवन मा भै भै नै म सङ के गर्न नाटक देखाएर बस्नु भएको ? जस्की बुढी हु भन्दै धाक लगाएर हिड्थे उस्को फोन लिदा अरु कसैको नम्बर बाट फोन आउँछ र केटो ले मेरो जानू भन्छे😒😒 कसरी मानौ ? सबै केटा उस्तै हुन कोइ फरक छैन , सबै मतलबी हुन ।दिमाख एकोहोरिएको थियो रिस र आँसु बाहेक केही थिएन दिमाख आँखा र मन भरी बाबा लाई फोन गरे आँसु झर्न खोज्दै थियो तर सम्हाले आफु लाई ।उहाँ ले भन्नू भयो , छोरी घर आउ , नदेखेको पनि ८ महिन हुन लागि सक्यो चाडै आउ छोरी , ममि बाबा दुबौ ले भने पछि उति बेला नै रेडि भए र हिडे घडी हेरेको ६:३० हुँदै रैछ अझै गाडी पाउथ्यो त्यसैके कसैलाइ केही नभनी हिडे , गाडी चडे ,कृतन को नम्बर ब्लक लिस्ट मा राख्न भ्याइसकेकी थिए फेसबुक त पहिले देखि नै डिएक्टिभ छदै थियो । viber र Imo दुई टै अनिस्टल गरे , पुर्ण रुप ले आउट अफ कन्ट्याक लेस बने ।
आखिर माया भनेको यहि हो त? आफू भन्दा धेरै बिस्वास गरेकी थिए मैले उहाँ लाई ? तर आज यहि दिन देख्न लाई ? किन मेरो यो मन यसरी टुटाउन लाई ? आखिर किन ? जिन्दगी का प्रतेक घुम्ती , प्रतेक सुख , दुख माया , सबै बाड्ने भन्नू भएको हैन र उहाँ ले तर आज आएर किन यस्तो ? सबै देखि बिस्वास उड्यो जस्को लागि जिउछु मर्छु भन्थे उसैले यस्तो गरे पछि चारै तिर अन्धकार छाएको थियो मन मा केही देख्दैन थिए बाटो मन नै त हो , सबै कुरा आखिर मन नै मरे पछि बाकी सबै कुरा त के नै हो र ? न कुनै चाहा न कुनै इक्ष्या न कुनै लोप कुनै लालच , मलाइ केही चाइएको थिएन यो दुनिया सङ । अब त बस एउटै चाहा बाकी थियो मेरो मन मा , कि मेरो जीवन मा अब कुनै चाहा नहोस 😑😑 । त्यति मरि हत्य गर्ने मान्छे , सबै देखाओटी , उहाँ को एडिक थिए म , तर म आफू लाई रोक्ने छु जसरी पनि । म एक बाहादुर छोरी हो बाबा को सानो कुरा ले म कुनै गलत कदम उठाउने छैन बाच्ने छु , धेरै थोक गरेर देखाउने छु ,म उहाँ लाई 😒😒 घर पुगे करिब १० बजे तिर ढोका ढक ढक गरे सुति सक्नु भएको थियो , भाइ लाइ फोन गरेर ढोका खोल्न लगाए , भाइ आएर ढोका खोल्यो , भित्र छिर्दा अनुहार मा बादल छाएको थियो , दिदी अब त तेरो नि बिहे हुने भयो है ? अझ झन चक्कर लाग्यो भाइ को त्यो प्रश्न सहित को जानकारि ले ? के झर्केर भने ?लौ बाबा ले भन्नू भएन ? तलाइ ? केटा को कुरा चल्या छ , बैंक म्यानेजर सङ ? त्यही भर त तलाइ बाबा ले बोलाउनु भएको।।सरासर आफ्नो कोठा मा गए , सायद रिस र।थकाइ ले ज्यान गलाएको थियो केही सोच्नै नस्क्ने भएकी थिए । भाद्र को त्यस्तै १९,२० चली रहेको थियो गर्मी असाध्यै , त्यो फ्यान ले पनि तातो बाफ फालिरह्को थियो , मन हपहप्ती थियो , कोठा त्यस्तै , बाताबरण त्यस्तै , निसासिएकी थिए सबै तिर बाट केही नगरी बेड मा ज्यन लाई लडाए , खै केइ नसोची पल्टी रहे बस पल्टी रहे 😒😒😒 ।।
भोलि पल्ट बिहानै को सुर्यदय को साथ मा नया दिन सुरु भयो अल्छी पारा मा उठे ,बाबा ममि दुबै जना मलाइ एसरी हेरिरहनु भएको थियो कि मानौ , म कुनै अर्को ग्रह बाट आएकी प्राणी हु। दुबै लाई नमस्ते गरे , उहाँ हरु दुबै जना बोल्नु भयो , ल छोरी मान्छे भएर , यति राती राती आउने हो ? न आउने खबर छ न केही आउन मन नै।भएको भए नि आज आको भए हुन्थ्यो नि ,तर राती राती हिड्नु राम्रो हैन छोरी 😍😍 माया ले सम्झाउनु भयो करिब ८ महिना पछि पाएकी थिए उहाँ हरु को काख फेरि, मलाइ केही प्रती मन थिएन , उहाँ हरु जानू भयो पसल तिर म दिन भरी घर मै बसेर बिताए कहि बाहीर ननिस्की , कसै सङ बोल्न मन लाग्थेन , म कृतन को दुनिया बाट बाहिर आएको पनि एक हप्ता पुगिसकेको थियो , म बिल्कुल नै बेखबर थिए उस्को बारेमा , अनि उ मेरो बारेमा। घर बसेको दसौ दिन बाबा ममि दुबै जना पसल खोल्न जानू भएन , म त के भएछ , बन्द होला भनेर बसिरहेकी थिए।करिब १० बजे तिर फुफु आउनु भयो ,र मलाइ रुम मा लगेर जानू भयो , घर मा के हुँदै छ म केही बुझिरहेकै थिइन , कृतन को याद ले छट्पटीरहेकी थिए म तर धोका दिने सङ कसरी बोलौ भनेर नबोली बसिरहेकी थिए तर मन चौबीसै घन्टा उहाँ कै नाम लिने गर्दथ्यो , म देखेर नि नदेखे झै गर्छन नि त्यस्तै याद आउदा आउदौ पनि नसम्झिएकी बसेकी छु भन्दै मन लाई सान्त पार्दै थिए , न म आफ्नै मन लाई ढाट्न खोजिरहेकी थिए 😑 कसरी सक्थे म आफ्नो मन लाई ढाटेर ढट्न लाई 😑😑 हर प्रायास बिफल हुन्थे 😑 ।फुफु ले ल अब ड्रेस चेन्ज गर आउदै छन उनी हरि भन्नू भयो ? मैले केही बुझिन को उनी हरु ? उनी हरु आउन लाग्दैमा सारि नै लाउनै पर्छ र, मन देखि हजारौ प्रश्न दिमाख मा सोधिए, म पनि के कम सबै फुफु लाई सोधे उहाँ ले भन्नू भयो ल , हाम्रो हाकिम साब आउदै हुनु हुन्छ तिम्रो हात मग्न लगभग पक्का पक्की भैसकेको हो तै पनि फर्मल को लागि आउन लाग्नु भएको मात्रै😒😒। मेरो जिन्दगी के मजाक हो र ? मेरो जिन्दगी के सरकारी सौचालय हो र ? जति बेला मन लाग्यो जस्लाइ मन लाग्यो आफै सच्चाउन जाने ?मेरो जिन्दगी को बारेमा मलाइ नै नसोधी येहा एति धेरै फैसला? तर पनि अब म के नै गर्न सक्थे त ? जस्लाइ नै उहीँ हो मेरो जीवन भनेर हिढेकी थिए उस्ले पनि अन्तै बाटो छने पछि म मा अब के नै बाकी रहयो र? आफू ले छनेको ले भएन , भएन मलाइ आफु ले छनेको ले ? गलत सेलेक्ट गरे , अब बाबा आमा ले त आफ्नो छोरा छोरी लाई गलत कहिले भन्दैनन नि है भने झै मनै देखि आयो त्यै भएर रेडि भए बसे , उनी हरु आएको थाहा पाएकी थिए घर बाहिर स्कर्पियो रोकिन लागेके बेला झ्याल बाट झट्ट देखेकी ।
गोर्हो अनुहार चिल्लै गाला , कालो चस्मा कोट पैन्ट मा सजिएर आएको थियो उ , हुन पनि ठिकै हो बैकं को म्यानेजर जस्तो मान्छे थियो ठुलै पौच वाला थियो , अलि ठुलै घर घराना देखि जो थियो उ, फुफु ले भने अनुसार । उनी हरु आएको ३० मिनेट पछि मलाइ बोलाइयो , म सबै लाई चिया लिएर गए ,उनी हरु ४ जना आएका थिए को को हुन चिनिन सबै लाई नमस्ते गरे सायद एक जना बुवा हुनु हुन्थ्यो । त्यहा बसेर सबै जना कुरा गर्दै हुनु हुन्थ्यो म त के छ र लजालु , भएर सुनेर बसिरहेकी थिए , तर मन लागिरहेको थिएन त्यहा बस्न कति बेला त्यहा बाट उठौला भैसकेकि थिए , तर करिब ३० मिनेट पछि त्यहा बाट पठाउन लाग्नु भयो तर म एक्लै हैन मलाइ हेर्न आएको मान्छे सहित जान मन नभै नभै गए , रुम मा गएसी ढोका बन्द भयो।मन ढक्क फुलेर आयो, बोली सुरु उता बाट पनि भएको थिएन म त झन के बोल्न सक्ने नै थिए र ? न मन थियो न चाहा थियो ,न कुनै इक्ष्या । भाद्र को अन्तिम दिन थियो त्यो दिन जसो तसो उता बाट आवाज निस्कियो , तिम्रो नामे ? मलाइ हास्यो लाग्यो बिहे गर्न भनेर केटि हेर्न आ अरे अनि नाम थाहा छैन ?हस्दै भने सोफिया रिजाल 😎 अनि हजुर को ? मैले पनि मौनता भङ गर्ने उदेश्य ले भने उस्ले भन्यो  रबिन्द्र सापकोटा , के गर्नु हुन्छ नि उता बाट प्रश्न आयो , म एतिकै NMB micro finance मा जब गर्छु , अनि तपाईं , ?? एभरेस्ट बैंक को सुर्खेत साखा मा ब्रान्च म्यानेजर छु अलो छती फुलाउदै भन्यो । एक छिन कुरा हरु चले ,खै किन किन नाइ भन्छु भनेर बसेकी म के भयो मलाइ हुन्छ भन्न पुगे ,बाहिर आयौ , र हुन्छ को इसारा गर्यौ दुबै ले।उनी हरु गए ,त्यहा देखि उस्ले नम्बर लिएर गएको पनि थियो कल गर्यो उ घर पुगेर , सुरु मा हामी बिच आएको लाज अहिले खै कता कुलेलाम ठोकेर भागेछ कुन्नी ?
करिब ८ बजे साझ पख हाम्रो घर को ढोका ढक ढक भयो सबै जना त्यही; ग्यालेरी सङै को खुल्ला कोठा का थियौ , ढोका खोल्न बाबा जानू भयो , बहिर नै एक छिन सम्बाद भए तर जति बुझ्ने कोसिस गरे पनि बुझिन मैले । पछि बुवा ले पछि लाएर लिएर आउनु भयो जब उस्लाइ देखे त मेरो सबै थोक रोकिए , समय नै रोकियो , मन स्तब्द , म त उ सङ रिसाएर हिढेकी थिए तर उस्लाइ देखे पछि मुस्कुराउदै भने ,ओ हो कस्तो टाइम मा आउनु भएको तपाईं ? ल आउनुस तपाईं लाई नै पहिलो बिहे को निम्तो दिदै छु 😒😒 सायद उहा त त्यो शब्द सुन्नै सक्नु भएन छ , फनक्क फर्किएर जानू भयो केही नबोली , तर उहाँ गये पछि हामी हरु पनि सबै जना आ आफ्नो कोठामा गयौ , । मलाइ निन्द्रा लागेन उस्लाइ देखे पछि जति नै रिस उठे पनि सान्त भएकी थिए म , तर जुन मैले भोगेकी थिए आफ्नै अगाडि आफू ले चाहाके मान्छे ले बिस्वास घात गर्दा कस्तो हुन्छ त्यो महसुस गराउन भए पनि भनेकी थिए तर मैले गलत भनेको झै आभास भयो, हत्त पत्त मोबाइल निकाले उहाँ को नम्बर डायल गरे , उता बाट पहिली रिङ मै फोन उठ्यो ? मेरि मुसु के भयो तिमी लाई ? म बाट के भुल भयो? खै म अझै पनि रिस पोखीरहेकी थिए  जानुस न उहि सङ बोल्नुस किन आउनु भएको म भएको ठाउँ मा? किन फेरि सम्हालिसकेको मन लाई खलबलाउन आउनु भयो ??के भनिरहेकी मेरो मुसु मैले केही बुझेको छैन , मलाइ भोलि एक दिन टाइम दिन सक्छेउ ,पिन्छे स्वोर मा आवाज आयो उता बाट अगि सम्म कड्किरहेको मेरो मन त्यो स्वोर ले नै भताभुङ पार्यो , म नौनी पौलिए झै पग्लिए , र हुन्छ भने , फोन राखे।
रात भर सोच मै ब्यस्त भैरहयो मन कति बेला निन्द्रा देबि को काख मा लुट्पुटिन पुगेछु थाहै पाइन 😆 .
बिहान उसैको कल सङै खुलेको निन्द्रा मेरो खै रिसभ गरेर गुड मर्निङ भने र फोन राखे करिब ११ बजे तिर घर बाट निस्किए , उहा ले भन्नू भएको होटल मा पुगे सरा सर रुम मा पुगे ,ढोका ढक ढक गरे ढोका खुल्यो ,चिम्सा आँखा , अन्धकार छाए झै देखिएको मुहार , झुपुक्क दारी , बिचरा मेरो उहाँ मन नै कस्तो अर्कै भान भयो मनै देखि 😑
उहाँ ले बिस्तारा देखाउदै बस्न भने पछि मलाइ पानी खाउ भन्दै पानी दिएर आफू ढोका लक गर्न जानू भयो ।

 "साझ पख सधै झै मेरि मुसि सङ हिडिरहेको म ,त्यो दिन पनि हिडिरहेकै थिए बाटो मा ,बचपन को साथी भेटियो अनि उनी सङ नै थियो मोबाइल फोटो हरु हेर्न मै ब्यस्त उनी , खै कस्को फोन आइराको छ unknown नम्बर बाट भनिन ल उठाउ है भने र म ब्यस्त साथी सङ ,खै कति बेला मलाइ।मोबाइल दिइम , कति बेला फर्किन , साथी सङ छुट्टिदा हेर्छु त मान्छे देख्दिन अगाडि गयौ कि भनेर अगाडि गए ,त्यता पनि देखिन अनि घर गैछन क्या हो ? सायद केही भयो होला भन्ठानेर घर पुगे घर मा पुग्दा रुम मा झुन्डिरहेको ताल्चा देखे कहिले बाहिर जादा ताल्चा हुन्न थ्यो तर अच्म्म त्यति बेला काहा जान पर्यो होल भन्दै मन मनै भुट्भुटाए, फोन हने तपाईं ले डायल गर्नु भएको नम्बर अहिले ब्यसत छ भन्ने टेलिकम लो दिदी को अवाज आयो , फेरि एक छिन पछि गरे , फेरि त्यही उत्तर आयो ।अब काहा खोजौ , कसरी खोजौ ? फोन अफ , म्यासेज जादैन , रुम मा मान्छे छैन ?? आखिर गै त गै काहा? केहि सोच्नै सकिन , त्यो दिन त्यसै घर बेड मै पल्टेर सोचिरहे काहा गएको होला भन्दै , एक दिन भयो चाबी खुलेन , दुई दिन भयो ।।।बिस्तारै दि बित्न लागे , मन काप्न सुरु भयो, उहाँ को आँखा बाट आँसु झर्दै थिए , भन्दै हुनु हुन्थ्यो , । काहा काहा खोज्न गैन , कस्लाइ कस्लाइ सोधिन ? आखिर काहा गइन ? अनुत्तरित उत्तर आउछ्न दिमाख भरी , । म केही सोच्नै नसक्ने भैसकेको थियो , खान खान मन लाग्दैन थियो , खै किन किन आँखा का कुना कुना मा आँसु रसाउन लागिरहेका थिए , आँखा लो एक कुना आँसु झारेरै बसिरहेको हुन्थ्यो । का गयौ कुनै आन्कलन नै गर्न सकिन ? सायद घर ? अब घर गएको कसरी थाहा पाउ त मैले ? लौ अब घर गएको भए पनि, मलाइ एक फेर फोन गरेको भए हुन्थ्यो नि , कुनै खबरै बिना ? आखिर उस्लाइ भयो त भयो के? यहि प्रश्न को वर्षा भै रहयो दिमाख मा । भाइ को नम्बर रैछ कल डायल गरे , फोन उठ्यो ।
म:= hlo भाइ
उ- हजुर , who is this?
म:- म को हु त्यो जरुरत छैन बाबू तर आफ्नै मान्छे हु , यो बुझ
उ:- हवस
म:- अनि सोफिया घर आको छन है ?
उ:- अ , अस्तिन हो
फोन कट , गरे ।
उस्ले के गर्दै छ ? किन गर्दै छ यस्तो केही बुझीरहेको छैन ? तीन दिन पछि घर छोडे , के गर्नु हजुर , माया गरेको थिए , आफू भन्दा धेरै , एका एक , खुसी हामी हरु माझ कालो बादल आएको थियो ? आखीर किन ? एस्को कुनै कारण थिएन म सङ , सायद उसैलाइ था होला ।।
बोली रहदा उहाँ का आँखा देखि आँसु झरिरहेका थिएन , पिन्चे स्वोर मा बोलिरहनु भएको थियो उहाँ,उहाँ पनि त एडिक हुनु भएकी रैछ , मेरो ,।। तर मन मा लागेको प्रश्न सोधि हाले ,
अर्को पनि त Gf रैछ मलाइ किन लुकाउनु भयो , किन बिस्वास घात??
उहा , बोल्नु भयो ? को Gf मेरो ?
त्यो दिन मैले फोन पिक गर्दा उसैको परेको थियो ??
हे प्रभु , त्यो त स्मृति को फोन थियो पछि साझ फोन आएको थियो? रिसिभ गरे उस्ले पनि किन फोन नगरेको भनेर कराएकि थिइ।।
स्मृति 😐😏
मेरो एक मिल्ने साथी थिइ ,के के भन्थी के के ? कुनै कुरा बाकी राख्दिन थिइ ।तिमी लाई पनि त भनेको छु उस्को बरेमा?
।जब उहाले त्यो भन्नू भयो कस्सम , आफू ले जिन्दगी को सबै भन्दा ठूलो भुल गरेको आभास भयो , आफैब्ले आफै लाई गाली गरे, आफै देखि रिस उठ्यो , आबेग मा आएर मैले त्यो काम गर्न पुगे जुन , मेरै जिन्दगी को लागि सबै भन्दा धेरै घातक ठहरिने वाला थियो । म गर्थे पनि त के नै गर्न सक्थे? अब त्यो परिस्थिति उहाँ लाई बुझाउनु थियो त्यसैले अलि कति पनि नलुकाइ सबै भने । मेरो उहाँ साच्चै नै माहान हुनु हुन्छ , चाहे जे गल्ती गरौ उहाँ ले सम्झाउनु हुन्छ , मेरो सब गल्ती माफ गरिदिनु हुन्छ । त्यसैले त म लब एडिक भएकी थिए उहाँ को 😍😍😍 . ।।। त्यहा बाट उहाँ लाई घर लगेर गए , बाबा , मामु , भाइ बैनी सबै थिए ,सबै को अगाडि साचो भने , बाबा रिसाउनु भयो । मान्ने हुन्न झै लागिरहयो , तर जब कृतन वोल्नु भयो तब सबै थोक फेरियो
 अन्कल , तपाईं चिन्ता लिन पर्दैन , म उस्लाई रुहाउन सक्दिन , जस्लाइ भगवान सङ रोएर मागेको छु, हजुर को माया को कमि हुन दिने छैन , सधौ माया , गरेर मेरो मन कि रानी बनाएर राख्ने छु , आज जत्ती माया गर्ने छु म बूढो भएर चाउरी पर्दा पनि त्यति नै माया गरिरहने छु ,  बाबा गम्भीर हुनु भयो , करिब ४ बजेको थियो दिउसो को , बाबा ले ल सबै जना रेडि हौ , भन्नू भयो किन भनेर सोधेको , रिसाउदै भन्नू भयो , मैले भनेको अब प्रतेक कुरा को उत्तर चाइयो ? सबै जना १० मिनेट मा रेडि भएर तल झर , । हामी सबै जना रेडि भएर तल झर्यौ , खै काहा बाट घर बाहिर #Socrpio उभिएको थियो , सबै जना रेडि भएसी कार मा चड्न भन्नू भयो बिचरा सबै जना डराइ डराइ चड्यौ , उहाँ पनि एकोहोरो हेरिरहनु भएको थियो , नानी कोहलपुर आफ्नो रुम पुगौ , म बाबू सङ बाइक मा आउछु 😍😍 ,।। गाडी हिड्यो म डर डर मा बसिरहेकी थिए कुनै प्रश्न को उत्तर थिएन ।
करिब ३ घन्टा मा घर पुग्यौं , । उहाँ हरु दुबै जना ले सबै लाई घर खबर गरिसक्नु भएको रैछ रुम पुगेसी थाहा पाए , । कोहलपुर पुगेर सबै भन्दा अगाडि कपडा को लागि सपिङ चल्यो , बेहुला बेहुली को लागि , गहना हेरिए,किनिए , हतार हतार मा सबै थोक रेडि तर म केही बुझीरहेकी थिइन रात भर सोच्दा सोच्दै गयो , न उहाँ ले फोन गरेर भन्नू भयो न  मैले गरेको उठाउनु नै भयो , । बिहान सबेरै उठेर सबै जना रेडि भयौ बाबा ले ल्याइदिनु भएको ड्रेस लगाए , अनि ३ जना बिउटिसियन आएका थिए मेकअप का सामान बोकेर। मलाइ रेडि गरियो , असोज २ राम्रो सङ याद छ त्यो दिन बागेश्वरी मन्दिर नेपलगन्ज , उहाँको सिन्दुर ले रङिएको मेरो सिउदो ,, अग्नि लाइ साची मानेर खाएको कसम , सातौ जन्म उहाँ कै बनी जिउछु भनी खाएको कसम , । मेरो जिन्दगी को सबै भन्दा धेरै खुसी बोकेर आएको त्यो दिन अर्थात आज को दिन 😍😍 असोज २.. दुनिया को अगाडि म सिर्फ र सिर्फ उहाकी हु , उहाकी अर्धाङ्गिनी म , गर्भ का साथ भन्ने हक पाएको दिन । 😍😍 सबै ले भन्छन नि देखेको भन्दा नि लेखेको पाइन्छ , मैले त उहाँ लाई नै चाएकी , उहाँ लाई नै पाएकी , उहाँ लाई नै देखेकी , उहाँ कै नाम लेखेर भाग्यमा लेखेर आएकी ।
हो  उहाँ मेरो लागि नशा जस्तै हुनु हुन्छ  ,हो एडिक हु उहाकी म।

समाप्त
writer :- susmita rijal
Via :- Sagar Neupane


admin

admin

2 comments:

  1. hawa raxa, 27 barsa agadi facebook nai thieana.. facebook khulekai tye 13-14 barsa jati bhayo jhan nepal maa aako taw tye 10 barsa jati bhako xa.

    ReplyDelete

Powered by Blogger.