+२ पछि ६ महिना बिदा , पड्ने लेख्न बिर्सिने बेला भैसकेको बेला रिजल्ट आयो , पास 72% ले । अब ब्याचलर लेबल सुरु गर्नु थियो त्यसैले रोजे Amc ( alpine management college) नेपालगन्ज । तर कलेज लागेको 2 महिना पछि जाँदै थिर , विद्यार्थी थिर BBA को पड्ने शैली त्यस्तो । पहिलो दिन गए सङै +२ गरेको साथी अर्थात मेरो Best friend पनि त्यही; पढ्थ्यो उ सङै गए कलेज । आधा कोर्स सकिन लागेको थियो आफू लाई केइ थाहा थिएन , पहिलो दिन कलेज गए आए गोपाल उ सङै मस्त भएर बित्यो त्यो दिन ।.........
मन त्यसै उदासी मा डुबिरहन लागेको छ ,बिगत कै दिन हरु सम्झदै रमाउने बानी परिसकेको थिए; । आउँछ तिनै हासी खुसी को जिन्दगी , प्यारो चितवन र मेरि उनी 😒😒 । उनी अर्थात सब थोक नाम मा नै सबै थियो उनको । उनी लाई पहिलो पल्ट कलेज पड्दा आफ्नो क्लास मा देखेको थिए , ओठ मा मन्द मुस्कान ,; ठुला ठुला आँखा , सिल्की कपाल , कपाल छोडेर आयेकी थिन बेला बेला आँखा मा झरी रहने कपाल मिलाउदै गर्दा मन्द मुस्कान का साथ मा उनी साच्चै नै परि जस्ती ........
पहिलो नजर मा नै उनी मलाइ मन परेको थियो ,बोल्न मन लागेको थियो तर आट अह आएन ।बिहान को कलेज थियो पहिलो पटक उसलाइ देखे पछि ध्यान जति उहीँ तिर गयो , उ मौन थिइ बेला बेला मा साथी हरु सङ जिस्किदै मुसुक्क मुस्कुराउदै थिइ तिनै दृश्य हेर्दै रमाउदै थिए कति चाडै कलेज बिदा भयो थाहै भएन । अब उस्को नाम पत्ता लगाउने कसरी ? कसरी बोल्ने उ सङ ,कुन बाहाना बनाएर उस्को नजिक जाउ ??सोचै म ब्यस्त हुँदै थिए । त्यत्तिकै मा अर्को दिन कलेज हाल्फ टाइम मा खाजा खादै थियौ गोपाल र म क्यान्टिन पुरै भरी भराउ थियो ।त्यतिकै मा उ पनि आइ एक जना साथी लाई लिएर गएर अगाडि खाजा लिए हात म प्लेट समातेर एता उता हेर्दै थिए , मैले बोल्ने मौका पाई हाले , excuse me , if u dnt mind thn u can seat here ; उनी हरु नचाहे पनि त्यही हाम्रै टेबल मा बस्नु पर्ने बाध्यता थियो किन कि सबै प्याक थियो अरु उनि मुस्कुराउदै आए ।.......
उ बस्दै बोल्न लागि #हेर न कति प्याक यार धन्न यहाँ खाली रैछ , thank u hai । त्यत्तिकै मा उ सङ आएकी अर्कि साथी पनि बोली तिमी हरु को नाम के नि ? गोपाल चुप चाप खादै थियो म जति सक्दो उ सङ बोल्ने कोसिस गर्दै थिए तर शब्द भेटीरहेको थिइन; । मैले हात दिदै भने ओ my self avinav sharma .. उस्ले पनि हात मा हात मिलएर भनी roshni paudel ... अनि मैले चाएको उ तिर हात बडाउदै थिए उस्ले पनि हात दिदै भनी प्रकृति ,प्रकृति शर्मा । आहा नाम पनि एकदम राम्रो रहेछ उ आफू जस्तै प्रकृति ।अनि दुबै जनाले गोपाल सङ पनि परिचए गरे । गोपाल मौन बसिरहेको थियो मलाई बिस्वास लागि रहेको थिएन । रोश्नी बोलेको बोलै थिइ एक्लै एक्लै गोपाल लाई जिस्काउदै थिइ त्यो देखेर मलाइ अजिब लागि रहेको थियो , जो बोलेको सुनेर म वक्क हुन्थे उ मौन थियो र अरु कोहि उस्को मजाक बनाइरहेको थियो । म त्यता ध्यान नदिइ खाजा खादै उस्ले थाहा नपाउने गरेर हेरि रहेको थिए ।......
गोपाल :- रोश्नी धेरै फतर फतर गर्नु स्वास्थ्य को लागि हानिकारक छ ।.......
रोश्नी :- हैट ,हसएउ तिमी ले ,तिमी कस्तो क्युट छौ है ? मेरो दाइ जस्तै ??......
;मैले हासो सहन सकेन फुस्किहाल्यो बिचार उ दाइ भनेको सुनेर झस्क्यो प्रकृति पनि मुस्कुराउदै थिइ ........
गोपाल :- हैट, दाइ चाइ नभन म कसैको दाइ होइन ।मेरो दिदी हरु नै हुनु हुन्छ ,म त्यसै मा खुसी छु ।.......
रोश्नी - नाइ के म दाइ भन्छु नि ? बैनी पनि बनाउन त के भयो दिदी हरु भए ।।.......
गोपाल - हे तिमी लाई किन आफ्नो सम्पत्ति मलाइ दिन खोजेकी छौ , छोड्देउ मलाइ आफ्नै सम्पती ले पुग्छ ।😂😂😂......
रोश्नी को बोली अब रोकियो त्यस कुरा मा सबै जना हास्येउ , खाजा खाएर नि सक्यो प्रकृति ले भनिन ल हुन्छ हामी जान्छौ है लाइबेरी मा काम छ , उनी हरु गए पर सिडि चड्ने बेला सम्म हेरि रहे क्यान्टिन बाट....
प्रकृति लाई देखे पछि केही हुदै थियो मलाइ , जो एक दम मीठो थियो , मायालु थियो , उसैमा लुप्त हुन खोज्द थ्यो यो मन।।......
प्रकृति :- सुन न ....
म :- भन न .....
प्रकृति :- तिमी यति मौन किन छौ ? .......
म :- मन मा भएको तिमी प्रती को माया देखाउन नसकेर , निसासिएको छु मौन होइन , आफ्नो भावना लाई खोल्न नसकेर मौन छु ,.....
प्रकृति :- साच्चै ??......
म :- यो मेरो मन को कुरा हो मन को कुरा हरु झुट हुदैनन.......
प्रकृति :- कसरी मानौ कि यो मन देखि भनिराखेको छौ भनेर ?......
म :- यो सबै बिस्वास ले चल्ने चिज हो , जुन साबित गर्न गार्हो हुन्छ ,मेरो मन ले तिमी लाई रोझ्छ ,तिमी मै रमाउछ , यो मन , अब दुनिया मा बस तिम्रै मात्र वस्ता गर्न थालेको छु ।......
प्रकृति :- अरे वा !! कति क्युट एन्सर .......
म:- 😀😀😀.......
प्रकृती :- अभि सुन न .....!!!!!!!!!!
यत्तिकै मा मोबाइल मा आलर्म बज्यो , थुइक्क सपना पो रैछ , सपना; पनि कति मीठो ,; एसो मोबाइल हेरेको 4:55 am भाको रैछ फेरि सुत्न मन लागिरहेको थियो तर बाध्यता कसरी निदाउनु कलेज जो जानू थियो । मोबाइल मा एक छिन फेसबुक खोले एक छिन न्युज फिड हेरेर बन्द गरे । कलेज कति बेला पुगौला भाको थिए , हतार हतार कलेज गए ...गोपाल आइसकेको थियो क्यान्टिन मा बसि रहेको थियो म नि ब्याग राखेर क्यान्टिन तिरै आए , उ सङ गफ गरि रहेको थिए , तर आँखा जति गेट तिर थियो कति बेला प्रकृति आउछे भन्दै उसैको बाटो हेरेर बसि रहेको थिए । बेल बज्यो उ आइन एक छिन पछि क्लास मा बसेर नि ढोका तिर नै हेर्दै थिए पहिलो पिरियड सकियो उ आइन , । दिन भर उसैलाई कुरेर बसे न प्रकृति आइ न रोश्नी नै दुबै जना हराएका थिए ,रोश्नी आएको भए पनि सोध्न त हुन्थ्यो , दुई दिन बिते उ अझै आइन तेस्रो दिन बित्यो उ अझै आइन डर लाग्न थाल्यो कि उस्ले अरु कुनै कलेज त जोइन गरिन ?? एक पटक उस्लाइ हेर्न मन थियो इनि आँखा मा मजा ले सजाउन मन थियो तर उ हराएकी थिइ खोइ कुन दुनिया मा हो । पाचौ दिन फेस्बुक खोले , हतार हतार उसलाई सर्च गरे ...... प्रकृति शर्मा , भेटे , केहि नसोची request पठाए अनि उस्का एक एक गरि तस्बिर हेर्न थाले , साच्चै कति क्युट छ उ , कति प्यारी छ उ , उस्को मुस्कान ले त घाएल बनाउथ्यो , कति बेला एसेप्ट गर्छे भन्दै कुरि रहे नोटिफिकेसन आउदा नि उसैले एसेप्ट गरिकी झै लागेर हेर्थे , तर ब्यर्थ हुन्थ्यो । यतिकै मा एउटा स्ट्याटस फुर्यो दिमाग मा पोस्ट गरि हाले ।........मान्छे हरु भन्छन नि बाडुल्की लाग्यो भने कसैले सम्झेको हुन्छ भनेर यदि याद गर्दै मा बाडुल्की लाग्थ्यो भने उनी ले सास फेर्ने सम्म नि फुर्सद पाउथिनन ।
..कति झुन्डिनु भनेर एक छिन फेसबुक बन्द गरे,..त्यतिकै बेड मै पल्टी रहएको निदाएछु एक छिन मा नोटिफिकेस्न टोन ले गर्दा ब्युझिए ।हेरे को एक पटक त नोटिफिकेसन को स्कृनसट गरेर राख्न मन लाग्यो । prakriti sharma and 3 others comment on your post मान्छे हरु ........ prakriti sharma accept your request खोली हाले कमेन्ट.........
प्रकृति :- अरे वा ✌✌✌ को हो त्यो भाग्यमानी ?
माथी पनि लगभग सबै कमेन्ट यस्तै थिए । उ पनि त्यही ग्रुप मा सामिल भैसकिछ ।सबै जना अचम्म मा थिए मैले त्यस्तो पोस्ट गरेको , सुरु मा प्रकृति लाई नै जवाफ दिए , कोइ होइन हौ , त्यसै मात्र .........
प्रकृति :- साच्ची ?
म:- उम ...
messenger को tone बज्यो एसो हेरेको उसैको रैछ म पनि सबै छोडेर उ सङै सुरु भए कुरा गर्न , मन मा लागेको कुरा हरु सोध्न । ......
प्रकृति :- hi
म :- hlw
प्रकृति :- सन्च्चै छौ ?
म :- सन्च्चै भनुम , तिमी नि ?? कहाँ गएब आज भोलि ??
प्रकृति :- म पनि सन्चचै छु
कहि होइन घर पुजा थियो त्यसैले घर तिर आएको छु ?
म :- घर तिर भन्ना ले ?
उ :- घर तिर भन्ना ले घर नि हौ कस्तो भन्ना ले हो ?
म :- घर काहा हो र ? तिम्रो ?
उ :- दोलखा थाहा छ ?
म :- उम थाहा छ , कालिन्चोक गाको छु हिउँ खेल्न त्यहा बाट कता?।
उ :- दोलखा , चरिकोट देखि 13 km पुर्ब , सुन्दरवती भन्ने ठाउँ मा ।
म :- ए ......
उ:- अनि साच्ची स्टाट्स त खत्रा थियो , कस्लाइ हो भन न नढाटी ?
उसैले सोद्दै थिइ जस्को लागि लेखेको थिए तर के गर्नु , परिस्थिति त्यस्तै झ्याप्पै भनिदिउ कि तिम्रो लागि हो प्रकृति , हो साच्ची तिम्रो एक मुस्कान मा म हराएको थिए , तिम्रो एक नजर मा म फिदा भएको थियो , तिम्रो मुस्कान देख्दा त लाग्छ मेरो सब थोक त्यही मुस्कान मा लुकेको छ । हाए फगत मन लाई चित्त बुझाउने बाटो अनि लामो भासण ....
म :-तिमी लाई 😂😂😂😂 ( जिस्किदै )
उ :- अरे वा , 😀😀 उसो भा म भाग्यमानी 😂😂😂
ल अब चाहिँ कुरा गरिन्छ उ पनि जिस्कन लागि
म :- उम
उ :- साच्ची तिम्रो gf छ किनाइ?
म :- छ त ,तिमी लाई थाहा छैन ?😉😉
उ :- नाइ ,को हो हाम्रै कलेज को ?😒😒
म :- उम हाम्रै कलेज को
उ :- को हो ??
म :- तिमी
उ :- फेरि जिस्किन पर्यो ? मजाक नगर न हौ ?
( कसैले भन्थ्यो यो पापी दुनिया साचो मान्दैन भनेर हो रैछ उसैले साबित गरि )
म :- होइन हौ ,कोइ छैन । अनि तिमी कैले आउने? चितवन??
उ :- अब हिड्न लागेको बसपार्क मा बस कुरि रहेछु,?
म :- यती बेला 3 बज्न लागेको छ??
उ:- उम 5:30 मा ktm अनि 6 बजे टाडी को बस चडे पछि 10 बजे पुर्याइ हाल्छ।
म :- ए , have a safe journey ...
उ :- धन्यवाद हजुर , ल म अब अफ हुन्छु है बस आयो। c u
म :- हवस।।
उ त गै , झन मलाइ अत्ताएर गौ , अब म के गरेर बिताउ इनि पल ,कहिले हुने भोलि अझै बाकी थियो १५ घन्टा अझै उ कलेज पो आउने हो कि नाइ निन्द्रा लागेर आइन भनेर सुति भने ?? एकोहोरो माया गर्नु येहि त छ मजा , जस्मा आफ्नो मात्र हक छ , सम्झना मा नै बोलिन्छ , सम्झना मै माया ले उ सङै जीवन बिताइन्छ , उसैको भैन्छ , उसैको निम्ति बाचिन्छ ,उसको भएर बाचिन्छ , कसैको पर्बाहा हुदैन , जे हुन्छ त बस उसैको ,।.....
" प्रकृति " हो मेरि प्रकृति एक साहित्यकार को प्रसिद्ध लेख झै थिइ , जो पड्न सुरु गर्छ त्यस पछि त्यहा को मुख्य पात्र आफै लाई ठान्दछ ,उसलाइ जे भयो आफै लाई नै भए जसरी पड्छ; आफै झै महसुस गर्द छ। उ वसन्त को चिसो बतास हो , गृस्म को न्यानो घाम हो, ।......
मैले उसलाइ हर चिज मा पाए , जहाँ उस्को खाचो खड्क्यो त्यही बनाए , चर्को घाम मा सितल छाहारी , पुष माघ को जाडो मा त्यो न्यानो घाम , बर्सात मा छाता , दुख मा मुस्कुराउने एक बाहाना , हार मा जित्ने प्रेरणा , जित मा उसैको साथ ।। मन दुख्दा पिढा बुझाउने एक माध्यम बनाए , । म किन यसरी उसैमा हराउदै छु मलाइ थाहा छैन एक पटक देखेको छु राम्रो सङ , एक पटक सुनेको छु उस्को बोली । तर पनि लाग्छ बर्सौ देखि उसैको साथ मा छु एक छिन कै दुरि पनि सहन गाह्रो हुन लागेको छ।......
छ बज्यो जसो तसो बाहिर निस्किए खाना बनाउन मन थिएन त्यसैले ,साझ पर्न लागि सकेको थियो बिस्तारै अध्हारो ले छोपिरहे को थियो मेरो मन मा भने उज्यालो बड्दो क्रम मा थियो, हिड्दै थिए ,बाटो मा वसन्त ( कलेज कै साथी गोपाल उ र म ग्रुप थियो हाम्रो ) भेटियो , ओए का हिडिस लखर लखर ??......
म :- यत्तिकै यार एसो evening walk तिर निस्कु भनेर ...
उ पनि सङै हिड्यो गफ गर्दै , कति बेला मलाइ यो केटि मन पर्यो कति बेला उ ,कुरा गर्दे न यार? उस्को पीडा सुनाउदै थियो , उस्लाइ के थाहा म कुन तनाब मा थिए , ल केटि को कुरा छोड एक छिन सान्त भएर हिढ भनेसी चुप बस्यो । पसल मा छिरे , दुई टा सुर्य किने अनि चौर मा बसेर चुरोट सल्काए सङै उस्ले नि ।हामी हरु दुबै धुवा को त्यो कालो मुस्लो लाई फोक्सो सम्म पुर्याउदै बाहिर फुक्दै थिएउ , फु....... धुवा उडि रहेको थियो त्यसरी नै गन्तव्य हिन मेरो मन डुलि रहेको थियो ।...... उ कति बेला हिडेछ थाहै भएन म एक्लै थिए । Fb खोलेको msg आएको रैछ उस्को हेरेको " avi सुन न टाडी को लागि बस नै पाइन , भरतपुर सम्म को मात्र छ सबै??
केही नसिची रिप्ले गरे त्यसैमा चढ ......
उ:- अनि राती म के गर्नु ? त्या?
म :- म लिन आउछु ?
उ:- भयो तिमी किन दुख पाउछौ ?
लौ यो कस्तो उत्तर देखेरै रिस उठ्यो तापनि भने "98*********" मेरो नम्बर मुग्लिङ पुगे पछि कल गर म लिन आउछु , अनि सुन खाना नखाइ आउ है ।
उ :- लौ किन यति बेला गएर बनाउने जगर छैन म मा?
म :- मैले बनाएर खुवाउला किन tnsn लिन्छेउ भनेको मान अब अफ हौ चार्ज सक्यो भने पछि आपत पर्छ ।
उ ग्यानी भएर गै अफलाइन ।म त्यही बाट सब्जी लिन गए , ,अनि उसैको कल को प्रतीक्षा मा बसे। करिब 9 बजे उस्ले कल गरि "म मुग्लिङ पुगे ...अभि " .......
उस्ले फोन राखी , त्यस पछि सबै भन्दा अगाडि उस्को नम्बर सेभ गरे मोबाइल मा अनि दिमाख मा। मेरो प्रतीक्षा सकिदै थियो , उस्लाइ भेट्न पाउदै थिए खुसी को सिमा थिएन , उस्लाइ खाना नखानु भनेको भएर सबै चिज रेडि बनाएर राखे अनि रुम मिलाए , के भन्ली मेरो रुम को यस्तो दुर्दसा देखि भने ? केटा को जात न परे जागर सबै चिज मा लग्ने रुम सफा गर्न भनेसी त्यस्तै हो, ता पनि जति सक्दो मिलाए बेड मौ ल्यापटप राखेर छोडे , अनि बाइक लिएर गए नारायणगढ , पुल्चोक, उस्लाइ त्यही झर्न भनेको थिए , राती 10 बजि सकेको थियो उसलाई कुर्दै थिए ,चुरोट को तल तल लाग्यो पसल मा गएर के सल्काउन लाग्या थिए बस आएर रोकियो हत्त न पत्त चुरोट छोडेर बस को ढोका तिर हेरे , प्रकृति नै थिइ उ , जति नै भेट्न आतुर भए नि भेटे पछिको केही बेर सन्नटा नै छाउछ शब्द हिन भैदो रहेछ , जुन म आज महसुस गरि रहेको थिए , उ बिस्तारै झरी बस बाट एउटा हेन्ड ब्याग मात्र लिएर सयद मेकअप का सामान मात्र थ्यो होला , त्यो ब्याग मा । परै बाट उस्ले बोलाइ हाली अभि .........,
सच्चै पहिलो पटक आफू लाई पहिलो पल्ट म आफै लाई आफ्नो नाम मन पर्यो उस्ले यति मीठो तरिका ले जो बोलाएकी थिइ । एक छिन औपचारिक गफ गर्दै फर्किन थालेउ ,....
अभि तिमि ले किन दुख गरेको के?
किन के दुख गरे र हौ ,मैले ?
; यति राती येहा लिन आएउ , ? दुख भएन त लाटा ?; कति मीठो तरिका ले सम्बोधन गर्छेउ है तिमी?
हाहा ,तिमी नि साच्चै अचम्म को छौ ?
उस्को त्यो हासो ले मेरो मन त्यसै खुसी , सोची रहेको थिए , यो रात मेरो जिन्दगी को सबै भन्दा मीठो रात, कहिले भुल्ने छैन यो दिन , यो पल , यो साथ उस्को ? जे चाहान्थ्यो मेरो मन पाइरहेको थियो ,मन पनि बाख्रा को पाठो झै उफृरहेको थियो खुसी ले।। गफ गर्दा गर्दै मेरो कोठा म पुग्यौं उस्लाइ भने , यहि हो बस्ने म । म एक्लै बस्ने भएनी तल को सबै कोठा हरु मैले लिएको थिए , 3 ओटा मध्य एउटा मा सुत्ने गर्थे अर्को किचन अर्को मा चाइ खाली थियो बेड र सोफा बाहेक केही थिएन , । त्यो कोठा मा म सधै जान्थे त्यस्तो केही आभास हुन्नथ्यो तर आज पहिलो पटक त्यहा छिर्दा मन गमक्क थियो खुसी ले ,। दुबै जना मेरो बेड रुम मा गएउ , उस्ले चारै तिर हेरि मेरो रुम .......
( एउटा मेरो फोटो थियो टासिएको , अनि अर्को थियो मेरि ममि को काख मा म निदाइ रहेको ,flex size मा अनि बाकी भित्ता भरी गुलाबी कलर 💕💕 , एउटा सोफा थियो जाहा उ बसि रहेकी थिइ , एउटा दराज थियो भुइमा कार्पेट दछाइ एको ) सके सम्म मिलाएर गएको थिए रुम ,उस्ले भनी हाली तिमी यति जागरिलो , सुनेकी थिए केटा हरु आफ्नो रुम कहिलै मिलाउदैनन अरे? म हास्दै भनी हाले , तिमी लै लिएर आउछु भनेर मिलाएर गाको म नि जागरिलो चाइ त्यति छैन । ....
हुन त तिमी नि केटै न जो परेउ ?
म हासे , भने ल म खाना बनाउन गए हौ ?
उस्ले भनी हैट आज तिमी के बनाको नि खाने भए मैले ?
भाग्यमानी सम्झ तिमी लाई भन्दै म किचन तिर गए ,
मन त्यसै दङ्ग थियो , उस्को जो साथ पाएको थिए , मन को सुन्नु भन्छ्न तर यो मेरो मन कति डरपोक ?? केही सोचिरहेकै थिएन ? हराइ रहेको थियो उसैको समीप मा ,
उता बाट प्रकृति ल्यापटप लिएर आइ अनि मेरो चाहिँ सातो गयो ?
उस्ले भनी सुन न अभि तिम्रो laptop को pw के ??
मैले मुस्कुराउदै भने :- The nature 😀😀
ट्राइ गरि सकिछ , अझ भनी खुलेन साच्चै के हो भन त तिमी मजाक नगर , तिम्रो नाम बिन यो मेरो ल्यापटप त चल्दज्न यो मेरो जिन्दगी कसरी चल्थ्यो , उ मेरो प्रतेक नसा नसा म दौडिएकी थिइ , मेरो रगत को प्रतेक कत्रा कत्रा मा थिइ उ , उस्लाइ सम्झन उस्लाइ आभाश गर्न मैले उसैलाइ भेटी रहनु नै पर्दैन थ्यो , एक पटक आँखा बन्द गरे पुग्थ्यो , उ मेरा लागि सब थोक हो , एक पटक सर ले पढाइ रहदा भनेका थिए कि एउटा जाबो केटि को लागि केटा हरु पागल हुन्छन ? त्यति नै बेला म उठेर भनेको थिए #she_is_not_only_one_girl_in_this_world #but_she_is_the_only_one_that_matters😍😍;यो सुनेर केटा हरु सहि हो सहि हो भन्दै थिए म भने उस्लाइ सम्झिरहेक।.......
अभि ......उस्ले बोलाइ , हजुर भन्न नपाउदै चाडो भन pw भन्न थाली भने त , The nature यो eng भयो त्यस्लाइ नेपाली मा चेन्ज गर , अर्थात प्रकृति । उ अवाक मुख बनाएर म तिर हेर्दै थिइ , तर केही बोलिन pw हानी र खोली जब मेरो wallpaper उस्ले देखि एक छिन अचम्म परि ?
उ- अभि यो मेरो फोटो किन wllppr मा तिम्रो ल्यापटप मा ? ( म अब के भनौ भनौ भए ,शब्द धेरै थिए मन ले चाहान्न थ्यो भन्न किन कि डरपोक जो पर्यो , अनि दिमाग नचाउनै पर्यो । )....
म :- मुस्कुराउदै भने, मेरो यो ल्यापटप मा कुनै अरु राम्रो फोटो थिएनन त्यसैले तिम्रै राखेको , ल्यापटप को शोभा बढाउन , त्यस पछि उ गै ।
मेरो मन सान्त हुन थाल्यो फेरि सोच मै हराउदै खाना बनाए, करिब ११:३५ तिर उस्लाइ बोलाए उस्को अगाडि जाने हिम्मत आएन 😀😀 ।
उ आइ ल्यापटप बोकेर; गित हेर्दै ।
उ :- मुस्कुराउदै , तिम्रो बुढी ले चाइ सार्है सुख पाउनी भै अभि ...." उस्ले त्यो भनी रहदा , तिमी ले नै त हो नि पाउने हौ ,मेरो जे भने नि तिमी नै त हौ? मेरो माया को परिभाषा , मेरो जिउने आधार,मैले हास्नु पर्ने कारण , माया गर्नु पर्ने , माया साट्नु पर्ने , यो त जाबो खाना हो , तिमी एक पटक मेरो यो मेरो माया आभास गरेर त हेर एसैमा लुप्त हुनेछौ? मन मा लाग्या कुरा अनि मुख ले बोल्ने शब्द मा धेरै फरक हुन्छ यती सोच्न सक्ने मन ले अलिकती आट दिएर बोलाउन पनि त सक्थ्यो ? तर अहा आएन आयो त बस एक मुस्कान ...उस्को त्यति ठूलो कुरा को एक स्यानो उत्तर दिए मुस्कुराएर खै उस्ले के सोची होला ।
खाना खाएउ ....तर त्यस पछि उस्ले जे भनी त्यो सुन्दा चाइ एक दमै चकित परे ,
उ:- ल अभि म भाडा माज्छु है ?
एक छिन त अक्क न मक्क भए के उत्तर दिउ , शब्द बिहिन बनाइ ? अनि जिस्किदै भनी हाले, भैगो जिन्दगी भर छदै छ नि अहिले पर्दैन। उस्ले खै के बुझी र मैले के अर्थ ले भने म आफै लाई थाहा थिए न। अनि त्यो त्यसै छोडेर गएउ मेरो बेड रुम तिरै। रुम मा पुगेर मैलेल्यापटप लिए अनि चिनाए सबै मेरो साथि हरु , बैनी ,भाइ , बाबा , सानिमा,सानुबुवा , ठुलममी सबै सबै लाई , उस्ले चाइ अजिब चर्तीकला गर्दै थिइ , सबै लाई नमस्कार भन्दै थिइ ,
म :- रुम जान्छेउ र एति बेला ? १२:३० भै सक्यो भोलि बिहान त्यसै नि कलेज गौदैन दुबै जना ,
उ:- तिमी किन नजानी ?
म:- अब तिमी नै येहि छौ त्यो कलेज किन जानू ? तिमी लाई नै हेर्न जाने? ( थाहा छैन त्यत्रो ठूलो आट काहा बाट आयो मेरो )
उ :- उफ्स कति बात जानेको छौ नि तिमी बाते ले ?
म :- हैट , बाते नै त हैन होला हौ?म बिचरा सोझो 😀😀
उ :- अ , सोझो नि पुरै जेरि जस्तै 😁😀
म :- प्रकृती एक कुरा थाहा छ ,जेरि जेलिएकै छ , त्यसैमा त्यस्को महत्त्व छ , त्यो बाङो हुनु मै त्यस्को परिचय छ ।
उ :- सकिन मैले तिमी सङ , हैन का बाट आउँछ यस्ता कुरा तिमी लाई ?
म :- तिमी जास्तै साथी हरु को संगत ले नि ?
उ:- बिचरा म , मलाइ बाते भन्यौं है ?
म :- लौ ,कति बेला?
उ ठुस्किइ ,अचम्म केटि को बानी बुझ्नै गार्हो ,
अब के भनु म ,म नि गित प्ले गर्न थाले ल्यापटप मा , उ बोली आफै
उ :- अभि अब सुतुम ,मलाइ निन्द्रा लाग्यो ,
म :- क हुन्छ ,येहि रुम मै सुत्छेउ कि अर्को मा?
उ :- तैट ,तिमी सङ को सुत्छ ?
लौ इनि केटि हरु को बानी ? म उ येता सुत्ने भए म उता जान्थे सोचेर भनेको उस्ले के बुझी ?
म हासे ल हुन्छ तनि उतै जाउ , बिहान ७:३० भन्दा अगाडि नउठाउ है ,
उ :- हुन्छ ,उ उभिइ बेड बाट तल झरेर फेरि
;सुन न अभि एक कुरा
भन न ?
तल झर त एक पटक ,
म :- किन ?
झरन सरप्राइज छ , उस्ले खोल्टी बाट केही झिके जस्तो लाग्दै थियो म झरे , उस्ले आँखा बन्द गर्न लगाइ , म मन मनै खुसी हुँदै आँखा बन्द गरे, आज उस्को एउटा चिनो त पाउने भए भनेर , उस्ले मलाइ आफ्नो अङालो मा बाधी कान मा सुटुक्क भनी ; gud nit , swt drms.. करिब ३० सेकेन्ड सम्म म उस्को त्यो न्यानो अङालो मा हराए , उ निस्केर गै , कोठा तिर म चाइ कोमा को बिरामी झै भए ।। के थियो त्यो , जुन थियो ,या तारा थियो, गुलाब थियो कि , सयपत्री ? तर जे थियो एकदम राम्रो थियो ? । क्यामेराले भन्दा चाडै कैद गरेको थिए मेरा आखाले उसको तस्बिर।😌😌।.......
उस्को आदत त लागि सकेको थियो, प्यासी थिए म उस्को माया को , अब झन तड्पिन थाले, उ बहेक यो सन्सार मा अरु केइ नि छ भन्ने कुरा भुली रहेको थिए,एकोहोरिए, निन्द्रा लागेर सुत्छु भनेको उस्ले अब झन रात भर्को लागि याद गर्ने चिज दिएर गै, कसरी निदाउन सक्थे र म , घरी घरि तिनै पल, उस्को अङालो मा हराएको सोचेरै बसि रहे,यदि त्यो फिल्म हुन्थ्यो त म रात भर एक पट्क आँखा नझिम्क्याइ हेरिदिन्थे , तर पनि अहिले नि झिम्काउन त सकिरहेको छैन, एसो आँखा बन्द गर्न खोज्यो, उसैको त्यो मुस्कुराइ रहेको त्यो तस्बिर आखै भरी ,उस्को surprise hug, सबै सबै , । यस्तै यस्तै सोच्दा सोच्दै कति बेला निन्द्रा को दुनिया मा पुगे थाहा पाएन ।।........
खै , कसरी सुरु भयो यो माया भन्ने चिज ??किन हुन्छ यति मीठो आभास? कसैको निम्ति यति किन रमाउछ यो मन ? सुरु आँखा बाट , आँखा हुँदै मन सङ जोडिदै जान्छ अनि प्रतेक कोष कोष मा........
अभि .......उस्को त्यो मीठो बोली ले निन्द्रा खुल्यो , घडी हेरेको ८ बजि सकेको रैछ ,
म निन्द्रै मा थिए , हजुर
उ :- gud mrng
म :- मर्निङ , कति बेला उठ्या हौ?
उ :- 5 बजे
म :- अनि यति बेर के गरेर बसेउ त?
उ :- तिमी लाई हेरेर
म :- अवाक भए , फेरि बिहान बिहान किन मजाक हौ ?
उ :-; म पनि भर्खर उठेर तिमी लाउ उठाउन आएको ।
ए , अनि म फ्रेश हुन्छु भनेर निस्के बाहिर एक छिन पछि आए, उ मेरो ल्यापटप बाट केही कपि गर्दै थिइ आफ्नो फोन म हेर्न खोज्दा देखाइन । एक छिन मा चिया खाएर उस्लाइ छोड्न गए उस्को सम्म। दिन हरु बितिरहेका थिए , उ सङ झन झन नजिकिदै थिए , म्यासेज,कल , फेसबुक, भाइबर; लगभग दिन भरी रात भरी नै उहि सङ कुरा हुन थालेको थियो कलेज मा पनि , गोपाल म उ अनि रोश्नी एउटै बेन्च मा बस्न लागेका थिएउ । समय को भाहाब सङै हामी हरु नि अगाडी बढिरहेका थियेउ ।प्रकृति ले भनी अभि घर बाट बोलाउदै हुनुन्छ ४,५ दिन को लागि भन्दै थिइ , उ जाने दुख को कुरा थिएन तर उ गएसी त्यहा फोन लाग्दैन थ्यो कुरा; हुन पाउदैन थ्यो त्यो सबै भन्दा मुस्किल कुरा थियो अब मन ले एक पल पनि छोड्न मान्दैन उस्लाइ अब हक जमाउन नि कसरी सकु?? न त हिम्मत आएर अहिले सम्म आफ्नो मन को कुरा खोल्न सकेको थिए , उस्ले नाइ भनी र बोल्नै छोडी भने भन्ने डर ले> अन्तत उ गइ घर; , उ नभएसी कलेज जानै मन लाग्थेन नगै घर मै बसेर दिन बिताउन थाले , एक दिन फेस्बुक चलाइ रहेको थिए , उ पनि फर्किने वाला थिइ त्यो दिन।।जाने बेला भने अनुसार त्यति बेला रोश्नी को म्यासेज आयो ।।........
रोश्नी :- अभि.....
म :- हजुर
रोश्नी :- सन्चै त छौ नि ? आज भोलि कलेज पनि आउन छोडेउ ।
म :- उम सन्चै छु ? हैन त्यस्तो तेत्तिकै अल्छी लागेर बिहान उठ्नै सकेन अनि नगाको
उ:- अभि ,साच्चै तिम्रो नम्बर देउ न , म उठाइदिन्छु ?
म :- हुन्छ , अनि नम्बर दिए .....
त्यस पछि उ कुरा गर्न खोज्दै थिइ म अफ भए । साझ भयो उ अझै अन्लाईन आइन , किन आइन , म तड्पिन थाले झन झन , उ आउदै त छ कि त्यो पनि छैन ? आउन लागेको भए पनि उ केही खबर त गर्थी होला?? भोलि पल्ट भयो , बिहान बिहान रोश्नि ले फोन गरि , -------
उ:- गुड मर्निङ , अभि उठ उठ अब अनि कलेज आउ
म :- गुड मर्निङ , हुन्छ भनेर फोन राखे।।....
कलेज त जानै थियो मलाइ प्रकृति आइ कि नाइ भनेर जान्न भए पनि कलेज गए , उ आएकी थिइन , कहाँ गै ? फोन ट्राइ गरे लागेन , फोन उन्को लाग्थेन sorry टेलिकम को दिदी ले माग्थिन ।।😀😀 उ सङ कुरा नभाको पनि एक हप्ता भैसकेको थियो उस्को अता पता छैन । के गरु र कसो गरु भै रहेको थियो मन कसरी बुझाउनु यो मन सम्हाल्नै गार्हो भैस्केको थियो ।फेसबुक खोली राखेकै हुन्थे उ अन आइ हाल्छे कि भन्ने आस ले तर उ आउथिन , रोश्नी चाइ धेरै कुरा गर्न खोज्थी थाहा थिएन उ एकदम नजिकी दै थिइ म सङ । येसरी नै रोश्नी सङ बोल्दा बोल्दै १५ दिन बिति सक्यो प्रकृति सङ नबोलेको राती पनि रोश्नी सङ कुरा गरेर फेसबुक बन्द गरेर छोडेर सुते , अर्को दिन कलेज गए , रोश्नी म सङ नै हुन्थी चप्किरहेकी म उस्लाइ जिस्काइ रहेको हुन्थे , उ मुसुक्क हासी रहेकी हुन्थी , म भन्थे , यति मीठो मुस्कान नदे न यार फेरि लब पर्ला ?? उ अझै बाते भन्थी टार्थी ।खाजा सङै जान्थेउ खान्थेउ ।बिदा भएसी सङै चोक सम्म हिड्दै आउथेउ, बाइक कलेज भित्र राख्न नदिने हुना ले येता चोक मै राखेर जान्थे त्यसैले उ गोपाल म भएर , हाम्रो गफ को कुनै अन्त्य हुदैन थ्यो। म उदाशी मा डुबि रहेको जस्तो देखिन्थे अनि गिपाल र रोश्नी मिलेर मलाइ हसाउन खोज्थे म हास्न पनि पैसा लाग्ला जस्तो गरेर फिस्स हास्ने भएको थिए , दारी झन झन बड्दै थियो रोश्नी ले भन्थी दारि चाइ नकाट है सुहाउछ ।😂😂भन्थी म ग्यानी भएर मानिदिन्थे ।प्रकृति काहा हराइ सकि थाहा पत्तो थिएन रोश्नी ले भनी आज घुम्न जाउ न अभि गोपाल ले नि जाम जाम भनेर कर गर्न थाल्यो अनि हुन्छ भन्न; बाद्दे बनाए।......
गएउ मेरो मन पर्ने ठाउँ :- नारायणी किनार गर्मी थियो त्यसैले सितल मा बसेर गोपाल कोक खादै थ्यो रोश्नी स्लाइस र लेज खादै थिइ म चाइ चुरोट को धुवा उडाउन ब्यस्त थिए। कुरा हरु चल्दै थियो त्यतिकै मा गोपाल ले भन्यो कुनै एक wish चाहेउ र पाउने भए तिमी हरु के माग्थेउ , म तिर हेर्दै थिए मैले ल भन गोपाल त के माग्थिस ? उस्ले भन्यो यो हाम्रो दोस्ती सधै यस्तै होस , साच्ची मन छोयो उस्को कुरा ले ,अनि रोश्नी तिमी नि के माग्थेउ ? ..........
उ :- मैले त अभि लाई माग्थे ?
what :- म ? म अवाक भए , के बोलु के भनौ? कुनै शब्द थिएनन म सङ त्यस पछि मलाइ त्यहा बस्नै मन लागेन उठेर हिडे त्यहा बाट ,गोपाल ले ओए का हिडिस रोक सङै जाने भनेसी तिनै जना फर्कियेउ म airphone लगाएर गित सुन्दै बाइक चलाए नबोली घर पुगे । उनी हरु नि आफ्नो आफ्नो घर गए .....मलाइ केइ समझ मा आउदै थिएन मेरो जिन्दगी मा के हुँदै छ ? किन हुँदै छ ? सबै मेरो समज भन्दा बाहिर हुँदै गहिरहेको थियो इस्थिती हरु । मेरि प्रकृति काहा गै? के गर्दै छ होला? केही थाहा छैन ? उस्को याद मा झन झन डुब्दै गै रहेको छु , दिन कट्न मान्दैन रात बित्त्दैन । त्यसै बिरक्त को भैस्केको छु म ? म अधुरो छु उ बिना , नितान्त एक्लो; ,निस्पस्ट अँध्यारो मा कालो जुन्किरी झै । कहाँ जाउ ? के गरौ ? कस्लाइ पोखौ मेरो मन का इनि तडप हरु ? कस्ले बुझिदिन्छ इनि पल मेरो ? मलाइ अरु केही चाइएको छैन बस मलाइ उ चाहिएको छ मेरि प्रकृति चाहिएको छ ।म प्यासी ,म भोको , म तड्पिएको छु ? पानी को हैन ? खाना को हैन ? प्रकृति को माया को ? उस्को मुस्कान को । म साच्चै नै उ प्रती धेरै आसक्त भैस्केको छु ।।म कसरी माया गरिरछु ? म पागल छु उस्को लागि उस्लाइ नै भन्न सकि रहेको छैन ? मन मा धेरै खड्की रहन्छ एक पटक उस्ले भनेको थिइ थाहा छ अभि आफुले चाहेको चिज मागिहाल्नु पर्छ /लिहाल्नु पर्छ नत्र अरु कसैले नै लगेर जान्छ ,उस्ले खै कुन अर्थ मा भनेकी थिइ मैले बुझिन; र ; सहि हो मा उत्तर टुंगाए ।त्यति कै अल्छी लागेर फेसबुक खोले म्यासेज को टोन ले एक छिन आतंक मच्चाए । प्रकृति र रोश्नी दुबै को म्यासेज आएका रैछन ।खै कसरी अगाडि रोश्नी को मा छोइन पुग्यो र पढी हाले मन नभाइ नभै । रोश्नी ।.......
अभि कसरी भनौ , कसरी सम्झाउ तिमी लाई ? कसरी देखाउ म तिमी लाई कति माया गर्छु भनेर ,तिमी लाई पहिलो पल्ट कलेज मा हैन देखेको पहिले नै देखेको थिए ।पहिलो पटक तिमी लाई दुरसन्चार मा देखेकी थिए तिम्रो एक झलक मै तिमी मन परेको थियौ तिमी र गोपाल दुई जना नै गएका थियौ गोपाल को लागि सिम लिन को लागि म आफ्नो लागि लिन गाको थिए , हामी ले सङ सङै फर्म भरेका थियौ तिमी ले आफ्नो नगरिता बाट हेरेर लेख्दै थियौ त्यति बेला नै थाहा पएकी थिए तिम्रो नाम अभिनब शर्मा , त्यही कुरा गर्दा गर्दै तिमी हरु हास्दै थियौ तिम्रो मुस्कान देखेर झनै हुरुक्कै भए ,तिमी हरु कलेज ड्रेस मा थियौ Quest model college को , अनि म +२ पढ्न काठमाडौ जाने तयारी मा थिए ,त्यही देखि नै मैले त्यहा जाने सबै कुरा त्यागे घर ममि बाबा लाई मनाए त्यसै बिच मा त्यो नम्बर मा कल गरे अभि भनेर भनेको गोपाल ले फोन उठायो त्यस पछि थाहा पाए कि त्यो नम्बर गोपाल को लागि रैछ भनेर अनि अब कलेज जोइन गर्नु थ्यो साथी प्रकृति लाई पाइहाले पहिलो दिन देखि नै , तिमी ले बिचार गरेको थियेनौ तिमी मस्त आफ्नै धुन मा थियौ ,म चाहिँ तिमी लाई लुकि लुकि हेर्न मै मस्त थिए ...पहिलो चीन जान क्यान्टिन मा भयो त्यति बेला मलाइ थाहा थ्यो त्यो पुरै प्याक थियो तिमी हरु को टेबल बाहेक त्यही मौका मा बोल्छु भनेर खाजा खान गए , सोछे जस्तै भयो तिमी सङ बोले , मन त तिमी सङ बोल्ने थियो तर मन डरायो अनि गोपाल लाई जिस्काएर बसि रहे तिमी लाई हेर्दै लुकि लुकि , मन नभै नभै पनि त्यहा बाट उठेर जानू पर्यो , अनि फेसबुक मा खोजे तिमी लाई भेटे अन्ज request गर्न खोजेको मिलेन अनि के गर्नौ सक्थे र म ? पछि तिमी प्रकृति सङ एड भएको थाहा पाए पछि मैले प्रकृति लाई नि एड गरे अनि तिमी लाई request गरे , त्यस पछि हामी हरु क्लोज हुँदै गयौं एउटै बेन्च मा बस्ने भयेउ म कति खुसी थिए मलाइ नै थाहा थ्यो , अनि तिमी कलेज आउन छोडे पछि डर लाग्न थाल्यो काहा गएउ? के भयो भनेर अनि तेस्पछी त तिमी लाई नै थाहा छ , । म आफ्नो माया बयान गर्न सक्दिन सच्ची अभि तिम्रै बनेर जिउनु छ , तिम्रै साथ मा यो जिन्दगी बिताउनु छ I love you alt ..love you forever.....🌹🌹💕💕💕💕💕...........
बाफ्रे यो म्यासेज देखेर एक छिन अकमक भए अनि फेरि केइ रिप्ले नगरी प्रकृति को म्यासेज हेरे ।
प्रकृति .............
अभि , सन्चै छौ ?
कस्तो भाको छौ तिमी हेर्न मन छ
आज फर्कदै छु चितवन ,
नरिसाउ ल केइ खबर नै गर्न पाइन
मेरो engagement को अब बिहे मा पक्का invite गर्छु है । miss u avi .. C u tmrw ...take care ।....
active 2 hours ago ...प्रकृति शर्मा 😒😒😒😒
लेखौ पनि के लेखौ? कुनै शब्द थिएन म सङ ? कुनै वाक्य; छैन म सङ , सबै अँध्यारो भयो मेरो अगाडि आँखा खुल्लै थिए मेरा तर केही देख्न सकेन , कुनै छाङा बाट पछरिएको भन्दा जोड ले पछराइए , कति बेला मोबाइल हात बाट तल खस्यो? केही होस थिएन मलाइ , म कुनै भाब देखाउन नै सकिरहेको थिइन एक दमै shocked भएको थिए । जुन कुरा सपना मा सम्म नि देखेको थिइन त्यो मैले आफ्नै जीवन मा भोग्न परिरहेको थियो । कति सजिलै भनेकी उस्ले " नरिसाउ है engagement मा खबर गर्न पाइन बिहे मा पक्का invite गर्छु अरे? ।.......
म एक यस्तो ब्यक्ती थिए जस्ले आफ्नो माया को वसन्त को पालुवा सङ रमाउन नपाइ , नै उजाडिएको थियो , सारा खुसी साचिरहेको म एक्कासी नै आँसु ले आँखा भरिन लाग्यो ....खै कस्तो खेल चलीरहेको थियो मेरो जीवन मा?? सच्चै नै प्रकृति का लागि म केहि थिएन?? मेरा लागि उ सब थोक थिइ , म भने उस्का लागि एक सामान्य साथी?? आँखा बाट आँसु झरिरहेको थिए स्वोर थिएन , तर मन चिच्याइरहेको थियो । कति बेला उठे बेड बाट ,कति बेला निस्किए घर बाट , कति बेला पुगे होटल मा? कति बेला त्यो नसा मा लुप्त भए ? सबै मेरो अगाडि नै हुँदै थियो ? कोइ मेरा लागि मर्छु भनिर्शेका छन ? अनि म जस्को लागि मर्छु भनेको छु उस्ले चाहिँ बिहे को निम्तो दिदै छन । यो सन्सारिक बिचित्र देखेर हासो उठ्दै थियो? अनि आफू ले आफू लाई देखेर रिस उठ्दै ? उस्ले भनेको सम्झिए " आफू ले चाहेको चिज छ भने भनी हाल्नु पर्छ , आफ्नो बनाइहाल्नु पर्छ नत्र भने त्यो अर्कै को हुन बेर लाग्दैन " सायद उस्ले भन्नू को कारण अहिले बुझिरएको छु म । म मा सब थोक गर्ने आट आयो उस्लाइ एक पटक मन को कुरा खोल्न सकेन ? एक पटक भन्नू पर्ने थियो मैले।........
रात बित्त्दो थियो , नसा चड्दो थियो , खै रक्सी ले त के हल्लाउनु उसैको नसा ले धेरै नाचिरहेको थिए , त्यो सबै घटना भुल्न पिउदै थिए सारा थोक भुल्न पिउदै थिए तर साला रक्सी पनि गद्दार निस्कियो जति जरि थपिदै जान्छ उसैको त्यो मुस्कान उसैका तिनी आँखा त्यो अनुहार आँखा मा नाच्न थाल्छ; , अब त प्रतेक थोपा थोपा मा उसलाई पाउन थालेको छु ; उस्को तिनै message हरु नै दिमाग मा नाचिरहन थालेको छन , पिउदा पिउदै रुस्लान को 1 फुल सक्की सकेको रैछ।। सयद त्यो पल जति नै पिए पनि मलाइ छुदैन थ्यो होला रक्सी को मातले, रक्सी ले मन , दिमाग कतै पनि छोएन तर खुट्टा लाई लागेछ , बोली लाई लागेछ लर्बराउदै रुम सम्म पुगे घडी हेरेको 8 बज्न लागेको रैछ तर रुम मा पुगेर जे देखे एक छिन अकमक्कै परे , प्रकृति लाई देखे अलि अलि लर्बरिएको म पुरै भए , झन । म एक पटक आफै लाई चिमोटेर हेरे म धेरै नै खाए क्या हो उसैलाइ देख्दै छु ? अत्ति भयो तर उ सच्चै नै त्यही थिइ साचो नै रहेछ , एक छिन मा गोपाल र रोश्नी पनि । सच्ची चक्कर लागेर त्यही ढलौला झै भो ,what the hell is goin on my lyf? मन मा यहि प्रस्न तेर्सियो म जसो तसो प्रकृति को अगाडि पुगे ,उस्ले केही नमानी hii भन्दै अङालो मा लिइ । ..........
कति तड्पिएको यो मन ले अलि कति भए नि राहात पायो ,?? हेर त कति दारी पालेको ? कस्तो जोगि झै भाको छौ ? अनि आज पिएर आयेको ? के भयो ? एस्तो ? म नहुदा यति केयर्लेस हुने तिमी ? हुम? । उस्ले यसरी हक जमाइरहेकी थिइ कि मनौ म उसैको उ बस उस्को , अलि कति मन हल्का भयो उस्को तिनी शब्द हरु ले तर म कुनै शब्द निकाली रहेको थिएन रक्सी को मात ले धेरै नै मात्तिन लागेको थिए ,नसा धेरै चडेको थियो । रुम को चाबी गोपाल लाई दिए र खोल्न लगाए म चाइ प्रकृति कै हात समाएर उभिइरहेको थिए उभिन सक्ने स्थिती मा थिएन पछि बल्ल बल्ल रुम सम्म पुगे कति बेला बेड मा लखतरान परेर पल्टिउला भैरहेको थियो गएर पल्टिए ।सबै जना आए मेरो छेउ मा मलाइ एसरी हेरि रहेका थिए कि मानौ म मङल ग्रहा बाट आएको प्राणी हु, मानौ कहिले देखेका थिएनन उनि हरु ले ? अनि म चाहिँ ब्यस्त थिए कि के हुँदै छ ? यो सब माहोल बुझ्ने कोसिस गर्दै थिए तर उनी हरु नि मौन थिए ।कति बेला हेर्दा हेर्दै निदाए थाहा छैन एकै पटक राती १२ बजे बिउझिए त्यो पनि प्रकृति ले बिउझाएर ।..........
happy birthday avii ...mero avi...भन्दै मेरो छाती लाई सिरानी बनाएर बोल्न लागि , तिमी लाई थाहा छैन कति मिस गरे ,कति सयद एस्को नि हिसाब राख्न मिल्थ्यो त balance सिट मा देखाइ दिन्थे ? सच्ची तिम्रो अभाब धेरै खड्किरह्यो मेरो हर दिन मा हर रात मा हर प्रहर मा , सायद मैले त्यही अक्सिजन लिइन होला त्यो भन्दा धेरै तिमी लाई सम्झिए । जुन दिन मेरो engagement भयो त्यो दिन त सच्चै ,अभि भाको भए के गर्थ्यो ? भन्ने सोच मै हराइ रहे , त्यो सारा भिड मा तिमी लाई नै खोजी रहे ?? त्यस पछि उ बाहिर निस्किइ पछि गोपाल र रोश्नी दुबै आए केक लिएर अनि hapy brthday gentleman ,happy brthday idots , hppy brthday mro saathi .. बल्ल याद आयो कि मेरो आज बर्थ्डे । तर जब प्रकृति ले बोल्न सुरु गरेकी थिइ कि खुसी को सिमा थिएन बर्थ्डे गिफ्ट मा .मैले उस्को साथ पाएको छु जब उस्ले फेरि त्यो engagement को दिन भनेर कुरा निकाली मरे तुल्य बनाइ ।पल भर कै लागि भए नि खुसी हुन नपाउदै फेरि सबै टुटाएर गै।.........
मम कलिङ देखे , उठाइ हाले
म :- ममि
ममि - happy birthday prince charm 😀 , alwys be happy be smart .
म :- thank u swt hrt
बोल्दै थिए प्रकृति ले फोन खोसी हाली र ममि सङ बोल्न थाली
प्रकृति :- ममि नम्स्ते
ममि :- ( छक्क; पर्दै ) नम्स्ते ,मैले चिनिन नि ?प्रकृति हो ?
उ:- उम चिन्नु त भयो
ममि:- धेरै कुरा गर्छ अनि
उ:- है thank u mum ,अभि लाई जन्म दिएको मा , तपाईं ले हामी लाई सबै भन्दा बहुमूल्य उपहार दिनु भएको छ हामी साथी हरु आएका छौ एहा उस्लाइ सर्प्राइज दिन
ममि :- ४ जना त छौ होला ?नि ?
उ :- उम, हजुर लाई नभन्ने कुनै कुरा छ अभि ले ?
ममि :- छैन
ल ममि राखे है केक काट्दै छम , पहिलो तपाईं को भाग है त ?
ममि मुस्कुराउदै हुन्छ भन्दै राख्नु भयो ।.......
फेरि फोन बज्यो देखे मुकेश कलिङ
मुकेश :- सा*****,एत्रो बेर सम्म को सङ bg थिस ? हामिलाइ पालो नदिने ?
;hello भन्न पाको छैन गाली गर्न सुरु
म :- ममि ले कल गर्नु भाको थ्यो यार
उ :- ए बचिस , ल बधाइ छ तलाइ एक बर्ष बूढो भैस, एक बर्ष अझ बड्यो हाम्रो दोस्ती को आयु , सधै भरी यस्तै होलास ,केही परिबर्तन नहोलास ,
( उस्को wish मा बीस थियो काहा बुझ्न गार्हो हुँदै थियो ,)
धन्यवाद यार ,
मुकेश - सुन ओए म चितवन आउदै छु एक हप्ता पछि पार्टी चाइन्छ त्यति बेला भन्दै फोन राख्यो ... ( मुकेश अर्थात मेरो बाल्यकाल देखि क साथी एकदम मिल्ने ,उ सङ का पल हरु सम्झन लाएक छन । ) रोश्नी को अनुहार हेरि रहेको थिए शून्य देखिन्थ्यो उस्को अनुहार मा मौन थिइ उ ,खै किन बोल्न मन लाग्यो उ सङ ,अलि अलि छोडेको थियो रक्सी को नसा ले ?.....
रोश्नी ......
उ :- ह्जुर भन न
म :- खाना खएउ?
उ :- नाइ
म :- किन नखाको त हौ?
उ ;- अब सङै खाने त्यही भएर ।
उ मुसुक्क मुस्कुराइ ।केक काटे , गोपाल लाइ खुवाए पहिले अन्क रोश्नी र प्रकृति लै क्रमशः ।ल हिड जाउ खाना खान भन्दै किचन मा लगेर गए मलाइ म गएर फ्रेश भए सुरु मा गाला भरी दलोएको केक पखाले । आएर खाना बनाएर बस्या रैछ्न म झ्याप भएर सुत्या सुतै ।अनि रोश्नी ले भनी अब अभि को bday केही रमाइलो त चाइओ ? के गर्ने ?........
गोपाल :- भोड्का खानु पर्छ अब ?
प्रकृति :- उहा ले पहिलै चडाएर आइस्क्नु भयो ?
गोपाल :- तिमी ले चिनेकै छैनौ ? मेरो साथी लाई थोरै मोरै ले केही हुन्न ,त्यही नि फ्रेश छ उ
हसेउ सबै फेरि खुल्यो 8848 ko बिर्को। खादै थिएउ रोश्नी ले त थोरै खाएर पुग्यो मलाइ भन्दै थिइ म मातेको ताल मा गएर emotional blackmail गरेर मेरो लागि भन्दै ,काख म राखेर 7 प्याक सम्म खुवए त्यस पछि उ बेहोस भै भनु कि पुरै झ्याप बल्ल बल्ल बिस्तारा सम्म छोडे सबै जना फुल भए अन्क अर्को रुम मा गए रोश्नी र प्रकृति म र गोपाल मेरो बेड मा।।गोपाल त पल्टन नपाउदै निदाइ हाल्यो म चाहिँ निन्द्रा थिएन। .......
खै के हुँदै छ जिन्दगी मा ? बाहिर जति नै हासे पनि मन मा खिल गडेको छ ,प्रकृति मेरि हुदिन , अनि म के गरौला ? उ बिना को यो सन्सार , माया गर्ने को कमि थिएन तर मलाइ उ चाइएको थियो , कसैले भनेको थ्यो ( मन परेको जुत्ता पो जुत्ता नत्र खाली खुट्टा ) सहि नै भनेको थियो ।। म अब त झन आफ्नो मन को कुरा कसरी पोख्न सकौला उ सङ? उ अगाडि भएसी सबै भुल्छु उस्ले हक जताउछे यसरी कि उ मेरै हो झै लाग्छ , अनि जब एक्लो भएर सोच्न थाल्छु अनि फेरि इनि आँखा को कुना रसाउन थाल्छन । यदि धितो राखेर उस्लाइ पाउने भए म आफू लाई नै राखिदिन्थे ? उस्लाइ पाउन को निमित्त मैले जे पनि गर्ने सामर्थ्य राख्थे तर उ नै अरु कसैको बनेर आएकी थिइ उस्लाइ कसरी भन्न सक्थे ? तिमी मेरि हौ मेरो सिवा कसैको हुन सक्दिनौ भनेर ? निन्द्रा लागेन गए प्रकृति लाई उठाउन उ बिउझै रैछ बाहिर आइ ।.......
;म :-तिमी लाई नि सच्ची । भयो छोड अनि किन गरेको engagement हामी लाई खबर नै नगरि?
उ;-मलाइ मन थिएन अभि त्यो सब को मेरो चाहा अरु केही छ ब त्यो भनेर नि फाइदा छैन ?
म :- अनि किन गरेको त ? (मन सम्हाली नसक्नु भएको थियो त्यसैले हिम्मत गरेर सोध्न गएको थिए )
उ :-ममि बाबा ले वचन दिई सक्नु भएको थियो त्यसैले?
म : ( सबै को प्रेम को बिच मा घरपरिवार ले नै अफ्ट्यारो मा पर्दछ ,मन नहुदा नहुदै पनि , अरु कसैको हुनु पर्छ? आखिर किन? घर का ले नबुझ्ने , हाए फगत ) अनि तिम्रो चाहा नभै ?
उ :- (पिन्छे स्वोर मा) उम ।
उस्को बोली मात्र पिन्छे भयो , मेरो मन मा आँसु को भेल आयो ? ,दिमाग मा केही आइरहेको थिएन के भनौ के नभनौ
म :- तिम्रो चाहा सुन्न पाउछु ?
उ :- तिमी , मेरो चाहा , मेरो आदत ,मेरो बानी ,मेरो माया,मेरो सब थोक तर अब म चाहेर पनि केही गर्न सक्दिन
म।:- मन खुसी भयो मेरो नाम जब उस्ले लिइ , तर फेरि अन्तिम का तिनी वाक्य ले चसक्क रोप्यो
उ :- साच्चै तिमी कति प्यारो छौ है? म तिम्रो हुन पाइन त के भयो ,तिमी लाई धेरै माया गर्ने रोश्नी छउस्को मुख बाट जब रोश्नी को नाम सुने अझ झस्किए
उ :- अत्ति माया गर्छे तिमी लाई उस्ले ? तिमी ले त्यति सोच्न पनि सक्दैनौ अभि?
म :- तर मेरो चाहा ? अरु केही छ ?
उ :- थाहा छ , म हु तिम्रो चाहा ? के गर्नु भाग्य मै नभएसी मन मात्र मिलेर नहुने रैछ , भाग्य पनि चाहिदो रहेच ।
उ एकोहोरो बोली रहेकी थिइ म चुपचाप सुनी रहेको थिए । उ त्यति भनेर गै भित्र सायद आँसु पुछ्दै ।
म एक्लै बसि रहे त्यही आँसु बगाएर; ..................
जीवन को १८ औ जन्म दिन मा आएर भोगिरहेको थिए एस्तो सबै चिज हरु।। चाहेर पनि म केही गर्न सक्दिन थे ,परिस्थिती सबै मेरो अनुकुल थिएन । म एक बिवस पात्र थिए नाचिरहेको थिए म समय को धुन सङै । पिडि मै बसेर रात बित्यो करिब ५ बजे तिर रोश्नी उठि , बाहिर आइ म भएकै ठाउँ मा सायद मेरो गाला भर आँसु को दाग थियो होला ,.....
उ :- अभि
म:- हजुर भन
उ :- तिमी लाई मैले कर गर्दिन यदि तिमी लाई म प्रती तेस्तो भावना आउदैन भने ,तर तिमी ले कहिले भन्न पाउने छैनौ कि मलाइ माया नगर भनेर ।
म :- त्यो तेरो माया हो रोश्नी ?त्यस्मा तेरो मात्र हक छ, तैले जसरी चाहान्छेस त्यसै गरि माया गर्न पाउने छस।
उ:- Thank u , मलाइ बस तिमी लाई Hug गर्न पाउनु पर्यो ? अरु केही आश राख्दिन ?
उ साच्चै मरिहत्ते गर्थी मेरो लागि ,म भाग्यमानी कि अभागी ? मलाइ यति माया गर्ने पनि छन ,र मैले आफू ले भन्दा धेरै मान्छे अरु कसैको बेहुली भएर जाने वाला थिइ आफ्नै आँखा अगाडि ।....
म :- हवस
उ आएर मलाइ आफ्नो अङालो मा बेरि , एसरी कसि कि मानौ कुनै आधी ले उडाउन आटेको झै गरेको छ । तर खै किन मन सान्त भयो सारा बोझ उसैले आफु सङ लागि झै लाग्यो । मन सान्त भयो । उ करिब पाच मिनेट सम्म बसि म पनि चुप चाप बसि रहे उसैको अङालो मा ,मलाइ कसैको न्यानो काख को जरुरत थियो जुन उस्ले पूरा गरि ।यदि मैले प्रकृति लाई नदेखेको भए ,सायद उसलाइ नै बनाउथे आफ्नो ।उ रुप मा नराम्री थिइन रुपमा प्रकृति भन्दा राम्री थिइ , मुस्कान मीठो थियो , हाइट पनि ठिक्क को थियो , न मोटि थिइ न 0 फिगर वाला , सारिरिक बनाओट मा कुनै दोश थियेन हुन त उस्को माया मा पनि दोश थिएन , तर मेरो मन उ प्रती आएन अरु कसैको लागि धड्कन खोज्यो । यो मन भन्ने चिज नै यस्तै हुदो रैछ न कुनै फर्मुला अनुसार हिड्ने न कुनै रुटिन लाई पछ्याउने ,जहाँ जस्ले लोभ्ह्यो उसैको नै हुने । उ गै फेरि रुम तिर म पनि गए म मा कुनै नसा बाकी थिएन सबै रक्सी को नसा हराइ सकेको थियो । म पनि गएर बेड मा पल्टिए .......
प्रकृति हो मेरो जुनुन हो उ , यदि उ गित हो भने त्यस्को धुन हु म , उ बादल भए म वर्षा , उ रात भए म तारा , उ गुलाब भए म उस्को बास्ना , ... यस्तै यस्तै सोच मा कति बेला निन्द्रा देबि ले अफ्नो दुनिया मा लगिन थाहै पएन , । रात भर को अनिधो थिए म , बर्थ्डे थियो फोन र म्यासेज उत्तिकै आइरहेका थिए करिब ७ बजे तिर फोन को घन्टी ले निन्द्रा खुल्यो , देखे रमेश कलिङ ,रिसिब गरे ।.......
रमेश - happy brthday keta ...be blsd yar
म :-; thank u ,
उ :- पार्टी खै ?
म - आइजा सङै बसुला र दिउला ,
उ - सच्ची ?
म - मजाक गर्छु त यार
उ :- उसो भए टाडी आइजा
म - के भन्छ ? के गर्न आउनु त्या चाइ ?
उ :- म के गर्नु येहा एक्लै ? तेरो बर्थडे पार्टी खानु परेन ।
म :- मजाक त गरि राछैनस नि ?
उ :- नाइ यार
फोन राखे र मुख नधोइ गए लिन उस्लाइ । रमेश अर्थात उ म र मुकेश play group देखि सङै पढेको ,सङै हुर्केको साथी , उ काठमाडौ बसेर पढिरहेको थियो +२ , मेरो बर्थ डे मा केही न केही सर्प्राइज दि राख्थ्यो ,थाहा थिएन यो पटक के दिने हो? गोपाल रोश्नि र प्रकृति रुम मै थिए सबै लाई रक्सी को नसा ले छोडेको थिएन । थाहा थियो उस्ले केही न केही सर्प्राइज दिन्छ भन्ने तर यति ठूलो दिन्छ थाहा थिएन ,उ र ममि सङै देखे ? एक छिन त मन मनै चिच्याए ममि भनेर अनि गए ममि र उ भाको ठाउँ मा । अनि दुबौ जना लाई रुम मा लगेर गए बाटो मा पो थाहा पए कि रमेश हिजो नै चितवन आइसकेको रैछ , सबै चिज पहिले नै तय भैसकेको रैछ , ममि लाई नि कर गरेर उस्ले बोलाएको रहेछ ।रुम को हालत सम्झिए , कोठा मा रक्सी को बोतल हरु थियो त्यो सब ममि ले देखेसी के हुन्छ ? बाफ्रे , नलागेको पिसाब लाग्यो भनेर बाइक रोके , अनि हतार हतार गोपाल लाई कल गरेर भने अनि सबै जना मिलेर सब मैलाउन लगाए , बाइक को स्पिड सायद त्यो भन्दा अगाडि कहिले त्यति स्लो भएकै थिएन होला। रुम मा पुगे सबै लाई खबर भैसकेको थियो रुम मिलाइ सकेका थिए अनि कति चाडै मेकअप गर्न पनि भ्याइसकेका? हुन त दुबै लाई राम्री देखिनु थियो नि , ।😍😍😍😍; .......
रुम पुगेउ , ममि चिया को भोगी त्यसैले प्रकृति ले चिया बनाउदै थिइ ,गएर सबै जना ले ममि लाई भेटिसक्दा पनि प्रकृति आइन म का गैछ सोच्दै थिए ,एक छिन मा आइ हाली नमस्ते ममि हजुर को लागि स्पेसल चिया स्पेसल मैले बनाको भन्दै दिई , ममि ले चिनी हाल्नु भयो प्रकृति नै हो भनेर , कसैले नाम लिएको थिएन।।एक छिन चिन जान कर्यक्रम नै चल्यो ,अनि आज मन्दिर जाने हो सबै जना नुहाउने र रेडि हुने भनेर ममि ले भनेसी सबै जना ले सहमती जनाए अनि गए रोश्नी गोपाल र प्रकृति । म ममि र रमेश मेरो रुक मै थिएउ सबै जना नुहाएउ ,हिजो को नसा ले झुम झुम ब्नाइ रहेकै थियो त्यही नि ,करिब ९ बजे तिर रोश्नी ले कल गरि रेडि भैसके भन्न लाई।लगातार गोपाल र प्रकृति ले नि ,खाना नखाइ पुजा गर्न भनी निस्किएउ , डाडाकालिका मन्दिर ( मौलाकालिका ) गैंडाकोट को सिर मा। गोपाल र रमेश ,रोश्नी र प्रकृति ...ममि र म, छ जना दुई बाइक एक स्कुटी मा गयेउ , खुसी थिए म , सबै जना को साथ पाएको थिए ,। बिस्तारै सिडि हरु चड्दै थिए ,, साच्चै भनुम त्यो उकालो ,सम्झेर नि दिक्क लाग्थ्यो ,अब ममि को जिद्दी ले गर्दा जानै पर्यो , फोटो खिच्दै अगाडि बड्दै थिए ग्रुप हरु म चाइ अन्तिम मा थिए लखर लखर । अन्ततः करिब 1:30 मिनेट को सिढि चडाइ पछि पुगियो मन्दिर। हाम्रो गन्तव्य , डाडाकालिका । 😀😀😀एक छिन पुजा गरेउ , सबै जना ले टीका लगाएउ, फोटो खिचेउ अनि फर्किएउ घर तिर । मन त्यसै खुसी हुँदै थियो आत्तिएको मन एका एक सम्हालिएको थियो ,खै मलाइ सबै चिज भुल्न भन्दै थियो मेरो मन र आज को दिन मै रमाउन खोज्दै थिए म ।बर्थ्डे को लागि केक अर्डर गरिसकेका थिए सबै ले घर ममि रोश्नी र प्रकृति लाई छोडेर गोपाल म र रमेश निस्किएउ ।रमेश भन्दै थियो आज बौलौने गरेर खाने हो म त ,उस्को कुरा काट्दै गोपाल ले भन्यो नाइ यार त्यसरी खादा हामी लाइ त केही भएन अभि लाई गार्हो हुन्च , बिचारा कुन चाइ बुडि सङ गएर बसौ भनेर? यो सुनेर रमेश अच्म्म पर्यो उ बेखबर थियो तिनी सबै घटना; । होटल पुगेर OLD Durbar अर्डर गरे केटा हरुले , दिन अलि चिसो थियो पानी परि रहेको हुना ले । मौसम ले च्यालेन्ज गर्ने हाम्लाइ भन्दै हामी नि challenge acptd भनेर सुरु हुँदै थिएउ। एक र हाफ सक्की सकेको थियो हामी हरु मधहोसि मा थियौ ,फेरि को बौलाएर चिसो बियर मगाएछ गिलास मा नहालि बोतल बाट नै एक सान्स मा कस्ले सक्ने भन्दै सुरु भइयो । फेरि भोड्का आयो। लाग्छ सम्झदा लाग्छ सायद त्यो दिन हामी ले 6 ब्रान्ड का रक्सी खायौं होला।। स्थिती नाजुक थियो मेरो बाइक धान्ने स्थिती मा नै थिएन म तै पनि तीन जना लाई बसाएर निस्किए करिब ७ बज्न लागेको थियो ममि ले कल गरेर बोलाउनु भैस्केको हुना ले जानै पर्ने थियो ,मुख बाट रक्सी ह्वास्स गनाइ रहेको थियो के गरेर गन्द हटाउने भन्दै केटा हरु सोच्दै थिए , दिमाख मा आइ हाल्यो; । डाबर पुदिन हरा को क्याप्सुल ।😂😂😂 --------
चार पत्ता किनेर सङै ३,३ पिस हालियो रमेश ले त टोकेछ बिचारा हा र हु गर्दै थियो त्यो देखेर हास्दा हास्दै हामी दुइटा को नि हाल त्यही। आँखा बाट आँसु झर्दै घर पुगियो , हामी हरु कहि रुन गएका थियौ गएर धित मरुन्जेल रोएर आए जस्तै देखिएका थिएउ , आँखा सुन्निएका थिए ,रातै थियो त्यही माथी आँसु नि झर्दै थियो। मलाइ देख्ने बित्तिकै रोश्नी ले अभि भन्दै समाती हाली उस्लाइ फोन मा भनिसएको थिए हालत यस्तो छ ममि लाई था नहोस भनेर ।होस अलि अलि थियो ,मुख मा गन्द थिएन तर पुरै शरीर नाचिरहेकै थियो ,मन मस्तिष्क नाच्दै थियो झुम्दै थियो कुनै सोच मै थिएन मन , आनन्दित थियो सबै तिर । धङ्धगाउदै केक काट्ने ठाउँ सम्म त पुगे , गोपाल र रमेश दुबै जना गाउदै अङालो हालेर आउदै थिए ; पानी पर्यो अशिना झर्यो ...... केक काटियो सबै भन्दा अगाडी; ममि लाई खुवाए अनि अरु लाई ,सबैले गिफ्ट दिए सबै को गिफ्ट हेर्न थाले ,तर रोश्नी को खोल्न मन लागेन त्यहा जे पनि हुन सक्थ्यो ।खाना खयेउ ,रोश्नी घर जानू पर्छ म भन्न थाली करिब ९ बजे तिर म छोड्न जान्छु भन्दै तम्सिए उस्को अनुहार मा केही चमक आयो सायद खुसी भै मन देखि नै।उस्ले एउटा चिट दिएकी थिइ ,त्यस्मा लेखिएको थियो अभि म आज जस्सरी नि घर जानू पर्छ ,ममि बाबा मामाघर जानू भएको छ ,उस्को घर मा उ ममि बाबा मात्रै हुनुहुन्थ्यो ,दाइ जापान हुनु हुन्थ्यो; । अब उस्को ममि बाबा ले नै भन्नू भयेको थियो होला नत्र सायद उ यो माहोल छोडेर जान चाहान्न थि। उस्लाइ घर सम्म छोड्न गए उस्ले दिएको गिफ्ट पनि मेरो अगाडि नै खोल है भनेको कारण बोकेरै लिएर आएको थिए ।उस्को घर पुगेका के थियौ ,अशिना पानी पर्न थाल्यो।उस्ले भित्रै आउ न भनी गए ,उसैको पछि पछि लागेर सिदै उस्को रुम मा गयेउ , । उस्ले भनी ल अब खोल गिफ्ट । मन ढुक ढुक गराउदै बिस्तारै त्यो प्लास्टिक प्याकिङ कभर निकाल्दै गए ,भित्र box थियो र त्यो box भित्र थियो ,एउटा पाना ,र अर्को थियो दुई जना केटा केटि को मुर्ती जस्मा लेखिएको थियो अभि, रोश्नी ,अनि एउटा स्यानो घर थियो तेस्मा लेखिएको थियो dream home ...जुन अभि र रोश्नी को मात्र हुनेछ।।निसब्द थिए म बाहिर हावा हुरि, असिना जोर जोर ले कराउदै थियो त्यो कागज मा लेखिएको कुरा पढ्न मन लाग्यो खोल्दै थिए उस्ले पछि पड्नु भनी ,ल उसो भए ठिकै छ भनेर मैले वास्ता नगरेको झै गरे तर मन मा लागिरहेको थियो ? कि के छ यो।भित्र भनेर? उस्ले नै सोधी........
रोश्नी :- कस्तो लाग्यो ?
म :- के ?गिफ्ट ?
उ:- उम
म:- तिमी जस्तै
उ :- (मुसुक्क हासी खै के बुझी उस्ले ? ) उस्ले भनी अभि आज बाबा को भोड्का चोरेर खाम है?
म :- लौ तेस्तो खान मन।थियो भने अगिनै भन्नु पर्थ्यो दिउसै लगेर झ्याप बनाइदिन्थे?
उ :- हैन ,के मलाइ जोख्नु छ ?
म :- लौ रक्सी खाएर के जोख्ने हो र हौ?
उ :- तिमी मा बढी नसा छ कि यो रक्सी मा ?
म बोल्ने कुनै शब्द बाकी राख्दिन थिइ उस्ले , लग्थ्यो उस्ले बेला बेला मा साहित्य को कलाश हरु पनि लिन्छे किउ गै कोठा तिर भोड्का र snacks हरु लिएर आउछु भनेर ? म यहि हो मौका भनेर त्यो कागज निकालेर पढ्न थाले ।....
Dear avii....
तिम्रो यो मुस्कान ,तिम्रो यो मुस्कान सधै भरी हसरी नै सम्हालेर राख है ? कैले पनि नलुकाउ ल , म तिम्रो यो मुस्कान नदेखे सम्म बिरामी नै हुन्छु ,आगन बिना कै घर हुन्छु , छाला बिना को मादल हुन्छु बेसुरे , सान्स चल्दा चल्दै निसासिन्छु भित्रै देखि नै ।तिमी ले चालेका हर कदम हरु पूरा हुन , आफ्नो ख्याल गर्नु सधै भरी ,त्यो दारी चाइ सम्हालेर राख है कस्तो सुहाउछ तिमी लाई ,। थाहा छ तिमी मेरो हुदैनौ भन्ने , आश लाग्दैन ,त्यही पनि कुनै कुना मा आश रहन्छ ,तिमी मेरो भैदिए म कति खुसी हुन्थे होला? कति भाग्यमानी हुन्थे होला? अभि अभि भनेर मात्रै हुदैन तिमी लाई पाउन भाग्य मै लेखेर आउनु पर्छ झै लाग्न थालिसकेको छ ,मलाइ म जन्मेको ६ दिन को दिन भाबी ले के लेखिदिएको छ त्यो जान्न मन छ ,बस मेरो भाग्य मा तिम्रो नाम छ कि नाइ ? त्यो जान्न मन छ । तिमी नै हो मेरो प्रेम को मीठो आभाश , मेरो पहिलो माया ,मेरो सान्स मेरो हर चिज , तिमी लाई बाकी दुनिया सङ तुलना गर्नै सक्दिन ,तिमी एक तर्फ र बाकी सारा अर्को तर्फ भएनि तिमी लाइ नै रोज्ने छु ,कुनै अलमल मा नपरी ।तिमी सङ पहिलो पटक आज तिम्रो अङालो मा बस्न पाए साच्चै हावा हुरि ले उडाउला झै भाकी म ,अगाडी पाहाड आएर सबै हावा हुरि नै छेके झै भयो ।।तिमि मेरो ओरिपरि छौ भने मैले आँखा बन्द गरे पनि थाहा पाउछु,यो मन त्यसै ढुक्ढुक बडाइहाल्छ चाहे इनि आँखा ले तिमी लाई देखेको होस या नदेखेको होस।Happy birthday dear alwys love you...take care ...............
मन नै रित्तिए झै लाग्यो ,लाग्यो सार्है अन्याय गरिरहेको छु ,उ आइ हाली चियर्स 🍺🍺🍺 भन्दै भोड्का , पापड ,गाजर र काक्रा लिएर ।र आज तिम्रो बर्थ्डे पार्टी है त भन्दै गिलास मा भर्न थाली भोड्का,भरेर सके पछि गिलास समाउदै भनि चियर्स 🍺🍺 एक , एक गर्दा गर्दै धेरै नै भयो मलाइ बाहिर त्य्स्स्तै पानी परिरहेकै थियो एक्कासि चट्याङ परेको त्यो ठूलो आवाज ले उ मेरो अङालो मा बेरिन पुगि आँखा बन्द गरेर ,एक छिन उस्लाइ हेरि रहे ,उ बोली हाली किन यसरी हेरेको मलाइ ? म :- मलाइ कहिले छोडेर त जादिनौ नि; ? उ :- हात समाएर त हेर त्यसपछि आफै थाहा पाई हाल्छौ ,ज्यान जाला तर म छोडेर जादिन ।खै कसरी कसरी मेरो मुख बाट निस्कियो :- I love youरोश्नी । उ सायद त्यति खुसी कहिले भएकी थिन होला त्यति खुसी देखिदै थिइ ।Thank you thank you so mch avi मलाइ थाहा थियो एक दिन तिमी ले जरुर बुझ्ने छौ ...त्यसै बोतल को नशा ले मातिएकी उ, मेरो उत्तर ले उ झनै मात्तिन लागि।।म बेड मा बसि रहेको थिए उस्ले दुबै हात ले मेरो गाला समाती र बिस्तारै आफ्ना तिनी पिन्क ओठ हरु नजिक नजिक नजिक ल्यादै थिइ म एक दर्सक जस्तै ट्वा परिरहेको थिए बिस्तारै उस्का तिनी।ओठ हरु को स्पर्श मेरो ओठ मा गराइ , उस्को त्यो लिप्स्टिक को संवाद कति मीठो 💋😁😀 । म तठस्त बसि रहेको थिए उ भने ओठ मा ओठ जुधाउदै मा ब्यस्त थिइ।पहिलो पटक कसैको ओठ को स्वाद लिदै थिए बिस्तारै बिस्तारै उ आक्रमक हुँदै गै ,मेरो ओठ ,गाला ,निधार ,घाँटी ,गर्धन चारै तिर । र अन्तत जुन कुरा नहुनु पर्ने थियो त्यो भै छाड्यो ,मन साटेकी थिइ तर तन पनि साट्न पुगि म सङ ,नसाले गर्दा या उस्को चाहा ले नै बुझ्न सकिन। तर म होस मा थिएन सायद रक्सी को नसा हुदैन थियो त त्यो हुदैन थियो।।बहिर पानि पर्न बन्द हुन लागेको थियो म जान्छु भनेर निस्किए। घर पुगे र बिस्तारा मा पल्टिए कती बेला निदाए थाहै भएन. जिबन मा पहिलो पल्ट रक्सी ले धोका दियो मलाइ। आफै लाई देखेर घिन लाग्न थाल्यो ? त्यो रक्सि को नशा मा कसैको अस्मिता माथी खेलवाड गर्न पुगे ? सच्चै नै यो चिज बनाउने मान्छे निर्दयी हुनु पर्छ ।नत्र प्रकृति का लागि मात्रै धड्किने यो मेरो मन ले किन उ सङ झुटो शब्द बोल्यो ? मलाइ उ प्रती कुनै भवना नै छैन भने? म अब आफ्नो अनुहार उस्को अगाडि कसरी देखाउ? प्रश्न नै प्रश्न ले मेरो इनि मस्तिष्क पड्कन थाली सकेको थियो बिहान सबै जना आफ्नो आफ्नो घर गए ,रमेश पनि जान रेडि भयो उस्लाइ छोड्न चोक सम्म गए फर्के ।...........
ममि ले खाना आइज भन्दा नाइ मन छैन भनेर रुम मै आफू लाई लम्पसार बनाएर राखे ।त्यो भयानक घटना ले मेरो मन मस्तिष्क चारै तिर घात गर्यो ? कसैको माया को नाजायज फाइदा उठाए? कसै लाई झुटो आश देखाए । मलाई लाग्न थाल्यो म कसैको माया को हकदार हुनै सक्दिन , म झुटो हु , म बस झुटो ,म मा कुनै साचो छैन , । भनिन्छ पीडा तिनै ले दिने गर्छ्न जो आफ्नो लागि खास हुन्छ्न , त्यो म खुद आफै ले प्रमाणित गरे रोश्नी को हक मा । उ कति सपना सजाएर बसिरहेकी होलि यता म ? सचो भनौ ? कुन आट ले ? कुन मुख लिएर भनौ ? कसरी भनौ ? केही कुरा पनि मेरो समज मा आइरहेकै थिएन , नुन खाएको कुखुरा झै भएरै दिन बित्यो । भोलि पल्ट ममि पनि फर्किनु भयो , अनि म नितान्त एक्लो भए । उदासी दिन हरु खै ?को सामु जाउ यो प्रश्न को जवाफ खोज्दै ? प्रकृति लाई भनौ ? छि भन्ली भन्ने डर ? रोश्नी सङ बोल्ने कुनै आट छैन म मा ,म बस उस्को दोशी हु। मेरो कुनै हक छैन उ माथी , उ कुनै गुडिया हैन जति बेला मन लाग्यो त्यति बेला प्रयोग गर्ने । म सङ कुनै बाटो थिएन ,म यसरी अल्झिन पुगे कि खुद आफै ले आफै लाई निकाल्न संभावना देख्न छोडे , उ मलाइ यति माया गर्छे कि म उसलाई उस्को त्यो चोखो माया को त्यो सजाए दिए। मोबाइल अफ थियो ,कसै सङ बोलेको थिएन ,न कलेज गएको नै थिए ,कुनै साथी हरु सङ बोलचाल थिएन , मेरा दिन हरु त्यसै अँध्यारो कोठामै बित्न थालेको थियो ,सुनसानी मै यो चिच्याइरहेको मन लिएर बसिरहेको थिए । मेरो हर्कत पागल भन्दा कम हुन लागेका थिएनन , कोठा मा बन्द गरेर राख्नु पनि मेरो त्यही मध्य एक थियो । खाना खान बन्द भैसकेको थियो मेरो , मलाइ आफू ले गरेक गल्ती को सजाय पाउनु थियो , तर कसरि? जुन सजाय दिए पनि कम हुन्न थ्यो , मैले कसैको भावना सङ खेलेको थिए ,नमज्जा सङ। कसैको बाइक को हर्न बज्यो कोठा अगाडि को आयो भनेर बाहिर निस्किए , गोपाल र प्रकृति लाई देखे , उनी हरु को अनुहार ,कुखुरा को नुन खाए जस्तै थियो ? के भयो , उनी हरु लाई यस्तो किन अनुहार बनाएका ? कि उनी हरु ले नि थाहा पाए ,करिब सात दिन पछि भेट हुँदै थियो। उनी हरु दुबै का आँखा मा टिलपिल आँसु देखे त्यो देखेसी ,के भयो ?किन रुदै छौ तिमी हरु । अभि .......अभि रोश्नी यो सन्सार मा रहिन ,हामी सबै लाई छोडेर गै , she quit herself........................
....she quit herself यो शब्द ले मेरो मनस्पटल हल्लायो , के प्रस्न गरौ? किन भन्ने आट पनि आएन ? एक धारा आँसु खस्यो उसैको नाम मा , गोपाल र प्रकृति दुबै थिए , उनी हरु पनि शोक मा थिए ,कैले पन्नी सोध्न सकिन ? सयद म कस्तो महसुस गर्दै छु ,त्यो कसैले पनि कल्पना गर्न सक्दैन ?दिमाख मा एउटै प्रश्न ले; उस्ले यस्तो कदम चाली ? उसैले भनेकी थिइ कि थामेर त हेर बाचुन्जेल को कुरा गर्छौ तिमी ,म मरे पछि पनि तिमी लाई छोड्ने वाला छैन , इनै शब्द हरु भनेकी थिइ ,यसरी नै ... मैले उ प्रती भावना आएन आएन भन्थे तर आज भोलि ,मैले उस्लाइ नसम्झेको कुनै पल हुने गर्दैनथ्यो, होस आए देखि होस नजाने बेला सम्म उसैको नाम मात्रै हुने गर्थ्यो मेरो मन ,मस्तिष्क मा , मैले ज गरेको थिए उ प्रती , त्यो सरासर गलत थियो । प्रकृति हरु ले कर गरे जाउ न अभि पिलिज भन्दै , म मा कुनै त्यस्तो आट थिएन कि उस्लाइ मैले हेर्न सकु , कुन साहास बोकेर जाउ ? उसलाइ मैले नै मारेको त थिए ? तर उस्ले एक पटक त भन्न सक्थी ? आफू भन्दा धेरै माया गर्छु भनेकी थिइ उस्ले तर खै ? कसरी गरि त ? आज भोलि का प्रेमी हरु कहि बजार जादा म जाँदै छु है बेबि भन्दै हिड्या हुन्छन तर उस्ले , अर्कै सन्सार मा जदा पनि ? न कुनै कुरा को जिकिर गरि ? न कुनै सम्स्या भनी ? त्यसै जे थियो मन मा आफै मा राखी र समाप्त भइ । मलाइ कारण जान्नु थियो हिम्मत गरेर सोधे प्रकृति र गोपाल लाई ? उस्ले एस्तो किन गरेकी केही थाहा छ ? दुबै ले नाइ को भाब देखाए ,त्यतिकै मा प्रकृति बोली " रोश्नी को बाबा को कल आयो , आउ भनेर बोलाउनु भएको थियो त्यहा गए पछि थाहा पाए मैले कि रोश्नी ले यो सन्सार नै छोडिसकेकी छ भनेर ? उस्को बाबा ले सोध्नु भयो ? किन गरि ? यस्तो ? यहि दिन को लागि उस्लाइ यसरी पालेको ? के पुर्याएको थिएन उस्लाइ , उस्ले भनेको हर चिज उस्लाइ दिएको थिए , एक्लि छोरी हो , भन्दै रुन थाल्नु भयो , नानी तिमी लाई थाहा छ भन्नू भयो पिलपिल आँसु; झार्दै ,त्यहा मान्छे र पुलिस को भिड लागि सकेको थियो , मैले केही सोच्नै सकि रहेकी थिइन मैले नाइ अन्कल केही थाहा छैन भन्दै थिए , मेरो आँसु पनि गाला हुँदै कति बेला बाहिर निस्की सकेछ , उस्को आमा बिचरी बेहोस हुनु भएको थियो , सबै जना शोक मै थिए त्यहा ,केही सोच्नै सकिन अनि गोपाल लाई बोलाएर यहाँ आएकी ।उस्लाइ एक अन्तिम पटक भए पनि हेर्न पाउनु पर्छ तिमी ले त्यसैले भनेर तिमी लाई लग्न आएकी ?। ................
म मा अब कुनै चिज बाकी थिएन जिन्दगी मा सबै थोक गुमाइसकेको छु , अब के नै गर्नु छ र जिन्दगी मा ? के नै पाए मैले यो जिन्दगी बाट , जे पाए मेरो आफ्नो हो भनेर हक लगाउन नपाउदै अरु कसैले लगि दियो ।प्रकृति मेरि हो भन्ने बेला मा उस्ले सर्प्राइज दिदै भनी म कसै अरु को भैसके , रोश्नी थिइ उस्लाइ भन्न सक्थे , रोश्नी छ मेरो निम्ति म एक्लो छैन , चाहे मैले जे गरौ उ त छ तर अफसोस उस्ले नै एक्लो बनाएर गै । मलाइ किन ? कसरी ? भन्ने प्रश्न ले नै चक्कर लाग्न थालिसकेको थिए, मैले भने तिमी हरु जाओ म जादिन पिलिज कर नगर्नु , भित्र गएर बसे उनी हरु सङ केइ नबोली , उनी हरु फर्के । उ सङ को पहिलो अनि त्यो अन्तिम रात , पहिलो पटक नशा मै भए पनि उस्लाइ माया गरेको रात , उ नशा मै भए पनि मेरो माया को आभाश गरेको रात , उ कति खुसी थिइ भन्ने कुरा सयद उ नै जान्न सकोस म त आन्कलन गर्न पनि सक्दिन थे , I love you roshni भने पछि सबै भन्दा अगाडि त उ मेरो अङालो मा आएकी थिइ ,बेसरि अ्गालो मा बेरेकी थिइ, उस्ले भन्दै थिइ हाए आज मेरो लागि साच्चै नै खुसी को दिन हो धेरै बर्श पहिले तिमी यहि दिन मा यो सन्सार मा आएका थियौ अनि आज यहि दिन मा मेरो सन्सार मा पहिलो कदम राखेको छौ , भगवान ले मेरो ६ ठौ दिन मा मेरो भाग्या लेख्दा तिम्रो नाम पनि जोडिदिएका रहेछन , Thank you soo mch god मेरो प्रेम , मेरो भरोशा , मेरो सब थोक । उ एकोहोरिएकी थिइ त्यो दिन , बस खुसी थिइ ,उस्को त्यो चस्मा मा उ यति राम्री देखिएकि थिइ उ , उस्लाइ सोधे , तिमी चस्मा किन लगाउछेउ ? ?...........
उस्ले भनी सानै मा टाउको दुख्थ्यो चेक गर्दा आँखा कमजोर रैछ अनि लगाउन लागेकी , । तर उस्को चस्मा मा उस्लाइ सच्चै एक दम राम्रो सुहाउथ्यो , चस्मा एक पटक लगाउ मैले ? भन्दै लगाएको थिए । अरे वा मेरो हिरो ,झन सुहाएको मेरो बूढो लाई मेरो चस्मा , हजुर पनि बनाएर यस्तै फ्रेम मा लगाउनु है पावर वाला नभाए नि , म मुस्कुराउदै हुन्छ को सकेत गरेको थिए । उस्ले फोटो खिचौ न है हाम्रो भन्दै मेरो मोबाइल मागेर खिचेकी थिइ , मेरो अङालो मा उ उस्को चस्मा मेरो आँखा मा ,उस्को त्यो मुस्कान , तिनी लठ्ठ परेका आँखा , तिनी कोमल ओठ हरु जिस्किदै थिए म उ सङ , उस्ले बूढो हजुर भनेर हक जताइसकेकी थिइ । रिंगटा लागे झै भयो कति बेला सोच्दा सोच्दै बेहोस भए म थाहा थिएन बेड मै थिए पछि राती १ बजे तिर उठे , उस्को त्यो पार्थिब शरीर त खरानी भैस्केको थियो होला , म लाई निस्चल रुपले माया गर्ने उ , अब खरानी भएकी थिइ .......म हजुर कै लागि जिउने छु , हजुर कै लागि मर्ने छु , हजुर सङै मर्ने छु , म मा सिर्फ हजुर को हक छ , बाकी कसैको छैन , रोश्नी सृफ अभि कि हो , अनि अभि रोश्नी को । भन्दै दराज खोली त्यह बाट एउटा टि शर्ट निकाली खरानी कलर मा फुल मा थियो उस्ले मलाइ त्यो लगाउन आग्रह गर्दै थिइ मैले नि उस्ले भनेको मानेको थिए ग्यानी भएर , लगाइ सके पछि एउटा फोटो किलिक गरि दुबै जना को राम्रो आएको थियो उस्ले आफ्नो wallppr मा राखी मलाइ नि पठाइदिइ , मेरो मा नि त्यही फोटो राखी wallppr मा। उस्को माया को कुनै हिसाब थिएन बे हिसाब माया गर्थी ,कुनै कुरा चाहिन्न थ्यो बस म भए पुग्थ्यो उसलाइ , कुनै पनि चिज सङ तुलना गर्दिन थिइ , म बहुमुल्य थिए उस्का लागि ।उ जब सम्म यो सन्सार मा थिइ माया उस्लाइ गर्न सकिन तर जब उ गै त्यस पछि मलाइ माया को अभाश भयो , उ मा के थियो ,उस्को माया मा के थियो तर ज थियो एकदम प्यारो थियो ,उ मेरि हो भन्न मन छ तर के भनौ ? जब उ यो सन्सार मा नै रहिन ? हर दिन हर सपना , हर प्रहर , हर क्षण , उसैको कल्पना मा डुब्न थाले , मलाइ जे लाग्थ्यो त्यही गर्थे य राती सपना मा अनि रुदै बसेको हुन्थे ,सपना मै उसैको नाम लिइरहेको हुन्थे , खै के हुँदै थियो मलाइ , म आफनै पनि मत्लब लाग्न छोडिसकेको थियो; , रक्सी नखाएको दिन हुन्न थ्यो , पेट मा खाना नगाएको १० दिन भैसकेको थियो , मुख ज्यान हेर्दा नि घिन लाग्ने भैसकेको थिए , न त मुख धोएको थिए न त दारी काटेको न कपाल मिलाएको ,नशा मै थिए खै काहा बाट मोबाइल अन गर्ने सोचे , एक छिन मा फेसबुक पनि खोले ,।म्यासेन्जर को टोन के एक छिन झर्को लगायो तर रोश्नी को नि म्यासेज थियो त्यसैले उसैको खोले हतार हतार ............
१) गुड मर्निङ बूढो , ह्याब अ नाइस डे , लब यु सो मच ,टेक केयर , आज म कलेज आउदिन है ,टाउको दुखी रहेको छ , हजुर को एक दम याद आइरहेको छ ।
२) बूढो मोबाइल के भयो हजुर को अफ मात्रै भन्छ ? हजुर को बोली सुन्न एकदम मन लागि रहेको छ ।मिस उ
३) म आज काठमाडौ जाँदै छु है , दाइ आउदै हुनु हुन्छ उहाँ लाई पिक गर्न , मेरो मोबाइल नि बिगृयो सो मोबाइल अफ भन्छ है ।
४ ) सरि मेरो बुढा
५ ) एक पटक सन्ध्या लाई भेट्नु है बूढो , मलाइ माफ गरिदिनु , लब यु मिस उ , म तपाईं कै हो अनि तपाईं मेरो नै ।
इनि म्यासेज को तात्पर्य के ? किन सरि भनेकी ? सन्ध्या लाई भेट्न किन भनेकी ? सन्ध्या को हो ? मैले चिनेको त छैन कसरी भेटौ अब ? कस्ति छ ? को हो ? कहाँ कि हो ? किन भेट्न भनेकी हो ? मन भरी प्रश्न नै प्रश्न थिए , तर उत्तर केही थिएन । अब मलाइ एक पटक सन्ध्या लाई भेट्नै थियो जस्सरी पनि तर का छ ? को हो चिन्नु कसरी एकदम गार्हो थियो । न म हिम्मत गरेर उस्को घर जान सक्थे ? न उस्को स्कुल को साथी हरु लाई राम्रो सङ चिन्थे ।राती को दुई बजेको थियो नशा अलि कम हुँदै थियो दिमाख बाट । अर्को दिन उज्यालो भयो , म गए रोश्नी को घर आट गरेरै , अब त्यहा को चाहिँ सन्ध्या हो चिन्नु थियो तर कसरी ? कुनै उत्तर थिएन ।उस्को ममि बाबा ? को अनुहार देखेरै माया लागेर आयो तर उस्को दाइ लाई देखेन मैले ? उ त दाइ लाई लिन जाँदै छु भनेकी थिइ? उस्को छिमेकी दाइ लाई चिन्दथे एउटै कलेज थियो हाम्रो उनी १२ मा पड्ने हामी ११ मा। अनि उस्को दाइ आउनु भाको छैन ? नाइ भन्दै उहाँ को जवाफ आयो ।भोलि पुग्नु हुन्छ थपे उनले ?म अचम्म मा परे , मलाइ रोश्नी ले किन झुट बोलेकी ? जवाफ सबै अन्धकार मै थियो । फेरि तेहि दाइ लाई सोधे सन्ध्या को हो चिन्नु हुन्छ हजुर ले ? अ चिन्छु , उ त्यो कालो पेन्ट मा कालो टिसर्ट लगाएर बसेकी त्यही हो; सन्ध्या , रोश्नी को एक्दम मिल्ने साथी बचपन देखि नै । सन्ध्या भएको ठाँउ मा जानू थियो उ सङ बोल्नु थियो तर त्यहा ओरि परि मान्छे नै मान्छे थिए , उस्ले मलाइ देखि एक छिन अकमक परे जस्तो गरि र उ बाहिर निस्किइ ।म पनि उस्को पछि पछि निस्किए , उस्ले सोधी , तपाईं नै हैन अभि ? उम हो ? कस्तो हाल बनाउनु भएको आफ्नो मैले चिनिन , आँखा गडेका छन कस्तो एक्दम अर्कै; देखिनु भएको छ , त्यो अभि जस्को मैले फोटो देखेको थिए उ भन्दा एक दम भिन्न । आँखा मा टिलपिल आँसु आइ हाल्यो किन कि मैले देखेको थियो त्यो मुस्कुराइ रहेको रोश्निको तस्बिर मा माला लगाएको थिए ।रुन्छे आवाज मा रोश्नी के खै किन तिमी लाई भेट्न भनेकी थिन , केही भनेकी छन तिमी लाइ ? ......
सन्ध्या :- नाइ त्यस्तो केही भनेकी त छैन तर एउटा गिफ्ट जसरी प्याक गरेर केही दिएर छोडेकी थिइ त्यो तपाईं लाई दिन भनेर छोडेकी थिइ ।
म :- खै काहा छ ?
उ :- उम भोलि भेट्नु न है नारायणी तिर मा त्यही दिनेछु तपाईं को अमानत हजुर लाई ।
म हुन्छ भनेर निस्किए । उस्को नमबर लिएर । मलाइ बस अब भोलि को प्रतीक्षा छ बस , यो दिन यो एक रात काट्नै पर्ने थियो तर कसरी ?कुनै उपाय थिएन त्यही रक्सी बाहेक दिमाख मा केही आइ रहेकै थिएन ,दुई बोतल लिएर गए भोड्का को कोठा मा , साला रक्सी कस्तो चिज ? जब एस्को एक घुट घाँटी हुँदै झर्छ त्यस पछि बिस्तारै ....अनि बिस्तराइ सबै तिर रमाइलो नै देख्द छ ।नशा को हद पार गरि सकेको थिए मैले , आफू लाई तड्पाउन कुनै कसर बाकी राखेको थिएन आफू ले आफू लाई । म एक न्यायाधीश भएको थिए अनि सजाए तोकेको थिए , आफै ले आफै लाई। पिउदा पिउदै निदाए छु भोलि पल्ट सन्ध्या लाई कल गरे उ हुन्छ भनेसी म पनि हिडे , नारायणी तिर मा बसेर चुरोट को धुवा उडाउदै थिए ,,आफ्नो बस मा केही चल्थ्यो त येहि धुवा लाई जता उडाउन चायो त्यही , नत्र त सब बिपरित हुँदै जाने ,यो सन्सार को रित। उ आइ खै एक पटक मुसुक्क हासी ,एक छिन बसेर गफ गरेउ फर्मल रुपले , ल म जान्छु है भनी , जादा जाँदै एउटा गिफ्ट प्याक पनि दिएर गै । बाहिर कबर मा लेखिएको थियो For my avii ...only ... मुटु को धड्कन बड्न थाल्यो बिस्तारै हात काम्दै थिए त्यो समात्दा समाएर फर्किए घर म पनि। त्यो र्यापर खोल्दै गए बक्स भित्र एउटा डायरी थियो । पहिलो पाना पल्टाए, #डायरी ..... अभि ....... यो नाम मा नै केही खास छ , छुट्टै आभाश छ , त्यसै मन खुसि हुन्छ , कति माया लाग्छ उहाँ को कुनै मेजरिङ चिज भएको भए नापेर देखाइदिन्थे होला ,मलाइ आफ्नो माया लाग्दैन , आफ्नो सट्टा पनि उहाँ लाइ नै गरेकी छु , । उहाँ कलेज न आएको कति फिन भयो , देख्न मन छ , इनि आखा आत्तिएका छन , मन डराउन थालेको छ , उहाँ लाई नदेखेर ?जसरी भए पनि उहाँ सङ बोल्नु छ मलाइ तर कसरी ,? .........
आज उहाँ लाई भने आफ्नो मन को कुरा भने , तर खै उहाँ झनक्क भएर उठेर हिड्नु भयो , अनि एक शब्द नबोली जानू भयो । मैले केही गल्ती गरे झै त लाग्यो तर के गरे बुझ्नै सकिन फेसबुक मा म्यासेज गरिदिए मन मा लागेका सबै कुरा अनि बास्तब मै के भएको थियो सबै , उहाँ को कुनै प्रतिकृया आएन ,।म के गरौ ? कसरी बुझाउ ? उहाँ लाई ? उहाँ को जिन्दगी मा कोइ अरु छ ? यदि हुन्थ्यो त गोपाल ले भन्नू पर्ने ? उहाँ ले नै भन्नू पर्ने; एउटै बेन्च मा बस्ने ,केइ थाहा हुनु पर्ने ? तर फेरि किन उहाँ को कुनै जवाफ आएन? । दुई पाना खाली आयो फेरि डायरी मा अनि तेस्रो पाना मा थियो जुन मैले खोजेको थिए , उस्ले किन यसरी मलाइ एक्लै छोडेर गै ,? मैले सुरु मै अनुमान गर्न सक्थे त्यो पाना मा छ भनेर किन कि त्यो पाना को सुरुवात मा नै लेखीएको थियो ठुला ठुला अक्षर मा " मेरो अपुरो काहानी , मेरो आधा प्रेम , मेरो आधा जीवन , सरि मेरो बूढो यो पाउने बेला सम्म म सायद हजुर भन्दा धेरै टाढा गै सकेकी हुनेछु माफ गर्नु होला ...आज सार्है नै टाउको दुख्यो कलेज नगै घर नै बसे , दिन भरी नै चक्कर आउला झै भयो , म बिरामी नै भए , तपाईं लाई कल गर्छु भनेको लागेन , झन त्यसै बिरामी भए ,छट्पटीन थाले म , Nims को गोलि खाएर रात कटाए बिहान सम्म नि ठिक भएन झन झन दुख्दै गयो टाउको , झन चक्कर लागि रहन थाल्यो , अत्ति भयो भनेर गए हस्पिटल , सामान्य औषधि दियो तर त्यस्ले नि काम गरेन ,भोलि पल्ट भरतपुर नै गए CMC ( Chitwan medical college )गएर सबै चिज चेक गराए टाउको धेरै दुख्छ भने पछि टाउको को सिटि स्क्यान गरे , रिपोर्ट आउन केही छिन लाग्छ डाक्टर को यो जवाफ आयो अनि त्यसै waiting desk मा बसेर फेसबुक खोले तपाईं अझै पनि अनलाइन आउनु भएको थिएन , हजुर को त्यही बासी प्रोफाइल हेरेर बसि रहे , मेरो मन हस्पिटल बाट एका एक हजुर भएको ठाउ मा पुग्यो , म सोच मै ब्यस्त थिए दसौं आउन लागेको थियो हजुर घर जानू हुनेछ अनि म के गरेर बिताउला त्यो एक महिना, मेरो लागि १२ बर्ष को बनबाश झै हुने वाला थियो । जिन्दगी मा एक्लै नै बाचिरहेकी थिए म, एक्लै हासिरहेकी थिए म , तपाईं आउनु भन्दा अगाडि पनि ,तर जब जब हजुर सङ भेट भएको थियो त्यसपछि बुझ्न थालेकी थिए जिन्दगी का कथा ,मोड हरु मलाइ भन्न मन थियो सुखी त म पहिले देखि नै थिए तर जब हजुर जब देखि भेट हुनु भयो खुसी हुन थालेकी छु म तर खै भन्नै सकिन मन को कुरा मन मै रहयो , ।रोश्नी पौडेल कसैले मेरो नाम बोलायो ,एसो हेरेको नर्श ले रैछ , हजुर एक छिन भित्र आउनु होस त, म गए भित्र के आएछ रिपोर्ट मा भनेर ।............
डा. - हजुर एक्लै हुनु हुन्छ ?
म :- नाइ ममि ,बाबा हुनु हुन्छ ।
डा. - बाबा लाई बोलाउनु होस भित्र
म:- उहाँ हरु त घर हुनुन्छ , म त एक्लै छु येहा त
डा.:- घर काहा हो र हजुर को ? सक्नु हुन्छ भने आफ्नो अभिबावक हरु लाई बोलाउनु होस ,राम्रो हुन्छ ।
डा. को कुरा सुनेर मुटु ढुक्क फुलेर आयो , डर लाग्न थाल्यो , यस्तो किन भन्दै छ ? डा. ले ? उहाँ हरु लाई त बोलाउने कुरा नै छैन ।
म :- मेरो घर यहाँ हैन , उहाँ हरु त गाउँ मै हुनु हुन्छ ? बोलाउन मिल्दैन गार्हो हुन्छ ( झुट बोले )डा . मौन थियो उ केही बोलेन केही बेर अनि आफै सोधे
अनि डक्टर रिपोर्ट मा के आयो ?
डा .:- त्यस्तो केही हैन , आफ्नो केयर गर्नु , घर जानू होस १,२ हप्ता रेस्ट गर्नु होस homesickness ले गर्दा हो
अब के बुझौ म ? उस्ले सरा सर झुट बोली रहेको छ मैले बुझी हाले ? मुटु को बेग झन झन बड्दै गयो , हात , खुट्टा काम्न थाले तर सोधी हाले
सर मलाइ के भएको छ नढाटी भनीदिनु होस पिलिज , यसरी झुट नबोल्नु होस
डाक्टर केही बेर मौन बस्यो खै कुनै दोधार मा थियो सायद , ।
उस्ले जब मुख खोल्यो , सायद त्यो शब्द सुन्नु पर्थ्यो भन्ने थाहा हुन्थ्यो त म , म त्यती कर नै गर्ने थिइन , म hospital नै जाने थिइन ।
sorry; you are in the last stage of your life , ब्रेन ट्युमर छ हजुर लाई , ।
कुनै एक शब्द निस्किएन मुख बाट तर मन यसरी चिच्याउन थाल्यो , मन यसरी रोयो कि रोक्दा रोक्दै पनि आँखा बाट आँसु तछाड मछाड गर्दै बाहिर निस्की हाले , गद्दार आँखा , गद्दार आँसु , थाहै नदिइ आफ्नै ताल मा खसिदियो , । नर्श ले , सम्हाल्नु होस आफू लाई भन्दै फकाउदै थिइ ।तर मेरो मन सम्हाल्न कसरी सक्थे म , उस्को त के नै भनौ । जसो तसो आँखा मा आँसु लुकायर निस्किए बाहिर CMC बाट; स्कुटर स्टार्ट गरे , आँसु रोक्दा रोक्दै पनि झरी रह्यो , मेरो अगाडि चौतर्फी अँध्यारो छायो , उज्यालो दिन हरु मा एक्कासी कालो बादल छाइदियो , हासी खुसी बिति रहेको मेरो जीवन ? मेरो जीवन ? यसरी भताभुङ भयो ? कि मैले कहिले कल्पना सम्म नि गर्न सक्थिन, टिकौली आयो स्कुटर साइड मा पार्क गरेर गए जङ्गल भित्र । यसरी रोए , सायद मेरो जिन्दगी मा अब बाकी थियो त त्यही आँसु मात्र जुन अहिले सम्म एक थोपा नझारी बाचेकी थिए , अब बाचुन्जेल आँसु नै बगाउनु सिबाय केही गर्न सक्दिनथे म । जिन्दगी ले पाना पल्टियो next page... यसरी बिच बाटो मा आएर साथ छोड्यो भाग्य ले कि मैले कल्पना गरेकै थिइन ।मेरो मन , मेरो मस्तिष्क , मेरो नशा नशा मा हजुर हुनु हुन्छ ,हजुर लाई कसरी भनौ ? म यो सब ?अब हजुर लाई पागल जसरी चाहाने रोश्नी ले छाडेर जाँदै छ ,फेरि हजुर को जिन्दगि मा आए यसरी कि सायद त्यो भन्दा धेरै त बिजुली चम्कदा त्यो भन्दा बढी समय देखा पर्छ , म त मरुभुमी को रुख भएछु हजुर को लागि जुन पाउन मुस्किल नाइ सम्भब नै छैन ,।।हामी एक हुन केही गरे पनि पाउने भएउनौ,। मलाइ थाहा छैन हजुर ले कति माया गर्नु हुन्छ मलाइ , तर हजुर सङ म अब टाढिनै पर्छ हजुर सङ का तिनै दिन हरु सम्झेर मैले अब जीवन बिताउनै पर्छ धेरै बाचे एक महिना भनेर तोकिदिएको छ , म कुनै हालत मा बाच्न सक्दिन अब, हजुर लाई पाउने चाहाना यो जुनि मा अपुरो नै रहने भयो ,.......
भाग्य ले ठग्यो र मात्र नत्र हजुर को छाया लाई पछि पारिदिन्थे , छाया ले अध्यारो मा साथ छोड्दछ तर म हजुर को हरपल ,हर क्षण ,हर प्रहर , हर खुसी , हर दुख ,प्रतेक प्रेम को आभाश मा, हर क्रोध मा , हर थकाइ मा, हर जोश जागर मा , प्रतेक सफल्ता मा , प्रतेक हार मा , प्रतेक निराशा मा , हर हर क्षण हजुर सङ नै जिउजे आश थियो , तर आश आश मै रहेर गयो , यो जुनि मा त भाग्य ले ठग्यो तर अर्को जुनि लिनेछु हजुर कै निम्ति भाग्य लाई नै ठगेर अनि हर इक्षा हरु पूरा गर्ने छु ।मलाइ माफ गरिदिनु है अभि .....यो जुनि मा हजुर कि हुन सकिन। आज पहिलो पल्ट हजुर सङ झुट बोले , कि दाइ लाई लिन जाँदै छु , अनि मोबाइल बिग्रेर अफ भएको छ भने; ,साचो त्यो थियेन मेरो हजुर , म सङ अब हिम्मत छैन हजुर सङ बोल्ने , हजुर सङ मुस्कुराउदै कुरा गर्ने , हजुर सङ साचो बोल्ने त्यही भएर मोबाइल अफ गरेकी छु , हजुर ले try गर्दा लागेन भने हजुर आत्तिनु होला भनेर सरासर झुट बोले । दुई दिन बिते मेरो घर भित्र नै हजुर को अङालो मा बसेर मुस्कुराउदै गरेकी मलाइ हेर्दै , साचै कति खुसी थिए म ,हिजो का दिन सम्म आज एकाएक एउटा ठूलो सुनामी आयो अनि मेरो सारा खुसी , इक्षा ,चाहाना,रहर , हासो सबै डुबाएर बगाएर लिएर गयो । हए म कति अभागी 😑😑😑.. हजुर को अङालो मा बस्न मन छ , जति पल बाच्छु हजुर कै साथ मा बाच्नु छ , हजुर सङै बिताउन मन यो मेरो बाकी दिन , तर पनि म सक्तिन , मेरा मन का सारा रहर मारेर बसेकी छु म। बस एउटै मात्र चाहा बाकी रहयो मेरो जीवन मा कि अब कुनै चाहा नहोस 😒😒😒😒। .. मेरो प्रतेक दिन , प्रतेक पल , प्रतेक प्रहर आँसु मै डुबेर बित्न लागे न घर कसैलाइ भन्न सक्छु , उहाँ हरु लाई कसरी दुखी बनाउन सक्छु मैले ? अनि हजु । सबै भन्द धेरै आँसु त तब झर्ने गर्थे इनि आँखा बाट जब जब हजुर को नाम मेरो धड्कन ले लिने गर्दछ , प्रतेक सास बाट हजुर नै याद आइ रहनु हुन्छ , हजुर कै काख मा मर्न पाउ झै लागेको छ ,। त्यो अन्तिम रात नै भनौ अब मेरो जिन्दगी मा त्यो जस्तो खुसी को पल कहिले आएनन , त्यो हजुर को काख , हजुर को समीप , हजुर को आभास हजुर को अङालो , हजुर को माया , हजुर कि म, सबै हजुर नै हजुर मिलेर बनेको त्यो रात । जहाँ हजुर र म अनि हाम्रो माया बाहेक केही थिएन ,थियो त केबल एक निश्चल माया , एक प्रेमी युगल जोडि ,जो तल्लिन थिए आफ्नो माया को वसन्त को पालुवा मा रमाउन । हाम्रो कस्तो माया वसन्त को पालुवा झै पलाउन नपाउदै ओइलि झर्यो , खै कस्को नजर लाग्यो हामी माथी । म त मर्दै थिए सङ सङै दुई चिज अरु पनि मार्दै , हाम्रो माया अनि तपाईं को भरोशा ।.........
मलाइ माफ गरिदिनु म अब बाच्न सक्दिन यसरी तड्पिएर म यसरी प्रतेक प्रहर तड्पी तड्पी मर्नु भन्दा एकै पटक सान्स रोक्छु मलाइ अब चाइदैन यो सन्सार , मिलेछ भाने अर्को जुनि हजुर कै बनेर जिउने छु , हजुर कै लागि आउने छु यो धर्ति मा । ।आट गरेर त यो लेखे अब हजुर लाई साचो भनेर छोड्दै छु ,तर यो सन्देश कसरी हजुर सङ पुराउ ? यहि सोच ले नै पिरोलिन थालेकी छु म । सन्ध्या लाई दिने छु यो सबै तर उस्लाइ थाहा हुने छैन यो भित्र के छ? भनेर उस्लाइ त बस एक माध्यम बनाएकी हु मैले ,उस्ले जान्दा जान्दै पनि कसैलाइ केही भनिन भनेर उस्लाइ नराम्रो नसोच्नु होला।..... I love you forever ..love you alwys...हजुर कै नाम लिदै मर्ने छु , अर्को जुनि मिल्यो भने फेरि भेटौला , माफ गरिदिनु मलाइ । सबै खाली पाना थिए त्यस पछि। ......................
#अहिले .....................
फोन को घन्टी सङै उदासिएको यो मन झसङ्ग भयो हेरेको उनिको रहेछ
उनी :- कहाँ हराउनु भयो के ?
म:- तिम्रो माया को सहर मा
उनी :- था छ नबोलेको हामी पूरा१२ घन्टा भयो , तपाईं कसरी बस्न सक्नु भयो ? मेरो याद आएन ?
म :- यदि याद गर्ने कुरा को कम्पिटिसन भएको भए , सायद मैले स्वोर्न पदक नै पाउथे।
उ :- अरे वा बाते कस्ले सकोस तपाईं सङ ,?
म:-हाए,तिमी छौ त ?
उ:- अज्झ ,
म :- अनि के गर्दै छौ ?
उ:- उम यतिकै हजुर लाई मिश गरेर बसिरहेकी छु , भोलि बाट कलेज जानू पर्यो ।
म:- है ,उम जाउ जाउ , जानू पर्छ कलेज ?
उ:- उम , miss you alt.... ...I love you मेरो लुरे
म :- miss you alt alt....I love you डल्ली
उ :- हवस टेक केयर
म :- यु टु ।
जिन्दगी का हरेक तरंग सङ घुलमिल भैसकेको छु, जिन्दगी मा सब थोक गुमाएर फेरि केही पाएको छु , केही पाउने आश जागेको छ । हर दिन हर प्रहर मलाइ मात्र सम्झीरहने मेरि उनी , रोश्नी झै लाग्छ उ , उस्तै माया गर्छिन , मेरा लागि उस्तै पागल हुन्छिन , मेरि उनी प्रकृति .. .हो मेरि प्रकृति ...........
कसै को लागि मर्नु भन्दा कसैको याद मा बाच्न धेरै कठिन हुदो रहेछ जिन्दगी का खाली पाना मा , जिन्दगी को सुमधुर काहानी लेख्ने मेरो यो मन , तर त्यस्तो भएन , यसरी बदलियो कि सब थोक मैले केही बुझ्नु भन्दा पहिले नै , म हारिसकेको थिए , म हारेको खेलाडी थिए, जित्नु थियो अब सब थोक , सबै चिज प्राप्त गर्नु थियो मलाइ ,त्यसैले सम्हालिदै ,सम्हाल्दै यहाँ पुगे , जिन्दगी का हर एक प्रहर मा,धेरै घुम्ती हरु बाट मोडिए म, जसरी नचायो समय ले त्यसै गरि नाची रहे ,जे बनयो त्यही भएर नै बसि रहे , आफू ले प्रयाश नगरेको पनि हैन समय सङ लड्न तर यसरी हारेको थिए कि म कहिले त्यो ठाउँ बाट उठेर हिड्न सकौ ।हो म एक हरेको पात्र ,अभिनब शर्मा।..............
#बिगत
त्यो डायरी हात बाट तल झर्यो , कस लाई के भनौ ? के भन्न जाउ ? मन भरिएको थियो तर ,के भनौ कुनै शब्द थिएन मन मा बेड मा नै लडे , कुनै ठुलो छाङा बाट खसे झै भयो ? तर रोश्नी ?? उ जितेर गै ?या हारेर ? थाहा थिएन तर म हारेको थिए । मैले उस्लाइ माया नगरे नि मैले गुमाएको थिए उस्लाइ , जस्ले आफू भन्दा धेरै माया गर्थी । दशै को सुरुवात हुँदै थियो बिस्तारै तिज सकिएको थियो भर्खर भर्खर अब टर्मिनल इक्जाम आइस्केको थियो , न पड्ने रहर थियो , न कुनै जोश थियो , म एक मौन ब्यक्ती भएको थिए मलाइ थाहा थियो म यहि स्थिती मा बसेर हुदैन , मेरो मन देखि नै आउथ्यो I have to move on.. तर पनि म कमजोर थिए , सक्दिन थे , केही काम मा ध्यान दिए जस्तो मात्र के गरेको हुन्थे उसैको त्यो हासो , त्यो अन्तिम रात र त्यो पत्र आँखा मा झल झल आइ हाल्थ्यो । खै म के गरौ गरौ ? न कलेज मा पढाइ मा ध्यान जान्थ्यो न कतै । धेरै दिन भैस्केको थियो म मौन नै हुन थालेको एक दिन रुम मै झोक्राएर बसेको थिए त्यत्तिकै मा डोर बेल बज्यो गएर खोले प्रकृति थिइ उभिएकी ।जति सक्दो मुस्कुराउन खोज्दै बोले ।.......
म :- हाइ
;उ मौन नै थिइ , एक्कसी मलाइ उस्को अङालो मा बाधी उस्ले ? तर खै ? मलाइ त्यो फिका लाग्यो , कुनै रश नभएको झै लाग्यो , बास्ना बिना को गुलाब झै लाग्यो , सान्स बिना को मान्छे झै लाग्यो , रङ बिना को चित्र झै लाग्यो । रोश्नी को अङालो याद आयो , उस्ले जब पहिलो पटक अङालो मा लिएकी थिइ सब चिज भुलेको थिए उस्को त्यो अङालो मा , ।......
म नै बोले किन ?? के भयो ? सब ठिक छ नि ?
उ :- नाइ केइ ठिक छैन ?
म :- के भयो र?
उ:- तिम्रो यो व्यबहार ठिक भएन , तिमी धेरै परिबर्तन भएउ अभि ? मैले तिमी लाई एस्तो पाएकी थिइन तर आज भोलि हर कुरा हरु एक दम भिन्न हुँदै गएका छन तिम्रा ? एक्लै बस्छौ , एक्लौ रमाउन खोज्छौ कि तड्पन ? केही बुझ्दिन ? म नजिकिन खोज्दा आफै टाढा जान्छौ आखिर किन?
म :- के गर्नु ? नपाउने आशा मन भरी साचेर ? के गर्नु ? पूरा नहुने सपना सजाएर ?के गर्नु ? टुट्न को निम्ति जोडिन खोजेर ? हो म अब सक्तिन त्यो अभि हुन जस्ले तिमी लाई माया गरेको थियो , जस्ले तिमी बिना बाच्दिन भन्थ्यो ? त्यो नै छैन यो सन्सार मा ? त्यो त कहिले नै गयो एहा बाट टाढा टाढा धेरौ कहिले नफर्किने गरेर
उ :- नाइ तिमी झुट किन बोल्दै छौ ? कहि गएको छैन? जब देखि उ गै तिमी एकोहोरो भएका छौ ? तिमी ले उस्लाइ माया त गर्दैन भनेको थिएउ तर यति नाटक के का लागि बुझ्न सक्छु ?
म :- माफ गर मेरो फिलिङ्स हो नाटक हैन ? अनि तिमी लाई भनी रहनु पर्छ भन्ने छैन ?
उ मुस्कुराइ बस
एक।छिन मौन भए
म :- सरि है , अगि के के भने ?
उ - लौ, के भयो भर्खरै को भर्खरै ??
म :- म कहि डुबेको डुङा हु , कता छ किनार बुझ्न नसकेर अलमलिएर हिडि रहेको । त्यसैले आश लाग्छ अलि कति माटो देखे पनि बगर झै लाग्छ ।
मेरो हालत देखेर सायद उस्लाइ डर लागेर आएछ , उ जान्छु भनेर हिडि ।
र म एक्लै चट्पटी दै बसि रहे । गोपाल यदि त्यस बेला साथ दिन्न थ्यो त म सायद पागल भएर हिड्थे होला। उ प्राय म सङै न हुन्थ्यो हसाउथ्यो जोक्स को भन्डार बनेको थियो मेरा लागि , र दसौं आयो । सबै जना लाई दशै लागेको थियो र मलाइ पनि लाग्दै थियो बिस्तारै पुराना कुरा हरु भुलेर अगाडि बडिरहेको थिए , म अब फेरि त्यही अभि भैसकेको थिए , जो प्रकृति को लागि पागल हुने गर्दथ्यो । हाए मेरि प्रकृति , मेरि मायालु छ है उ , जति नै माया गरे पनि कम झै लाग्छ उस्लाइ , ।उ सङ घनिष्टता बड्दो क्रम मा थियो , प्राए दिन सुरु उसैको गुड मर्निङ नक्कले देखि गुड नाइट बाते अब सुत्छु सम्म । बिहान उसैको त्यो मीठो बोली सङै मेरो दिन मुस्कान का साथ सुरु हुन्थ्यो , कलेज गयो , उ म गोपाल तीन जना बेन्च एउटै पढाइ कम जोक्स धेरै हुन्थ्यो । प्राए जोक्स भन्ने मा गोपाल र म हुने गर्थेउ उ चाइ प्याट्ट पिड्दै मुख छोपेर मुस्कुराउदै हुन्थी । हाम्रा हासी खुसी दिन मा अब आयो एक महिना जुन अलग बसेर बिताउनु पर्ने थियो , म कहाँ कोहलपुर र उ काहा दोलखा , कुनै कुरा ले पनि हामी हरु भेट्न मुस्किल पर्दथ्यो ।म लाई घर जान मन थिएन म त्यही रमाइलो मा रमाइरहन चाहान्थे सारा सन्सार भुलेर उनी हरु सङै बस्न चाहान्थे तर सबै सोचे ...जस्तो नभै दिने म नगए पनि उ जाने वाला थिइ , बिबश हामी हरु छुट्टिनै पर्यो , गोपाल र उ दुबै जना मलाइ छोड्न को निम्ति आए पुलचोक सङ , मलाइ जान मन थिएन त्यो साथ छोडेर तर पनि केहि गर्न सक्ने वाला थिइन । बस आयो चडे ,एक छिन रोकिरहेकै थियो बस दुबै जना बाइ गरे , I will miss you avii...प्रकृति ले टिलपिल आँसु पार्दै भनी , त्यस पछि त झनै मलाइ त्यो बस बाट झरेर नगै उहीँ सङै बसु भयो , तर उनी हरु फर्किसकेका थिए म मौन सिट मा बसिरहे।..........
बस ले बिस्तारौ आफ्नो गति लिदै गयो , नारायणी माथी बिस्तारै बिस्तारै चितवन लाई छोडेर गयो , बेग ले आफ्नो गन्तब्य पुग्न लाई हिड्यो तर मेरो मन त्यही छोडेर म पनि त्यही बस मा हिडिरहे कुनै खुसी थिएन म मा , घर जाँदै थिए तर पनि खल्लो खल्लो लागि रहेको थियो । दशै आयो गयो मलाइ कसरी त्यो महिना सकु भनेर नै हैरान थियो जसो तसो सकिए बिदा को दिन पनि र फर्के म , उहीँ प्यारो ठाउँ , जहाँ पहिलो पल्ट मैले उसलाइ पाएको थिए। हाम्रो सम्बन्ध खै कस्तो भनौ ?म उसैलाइ मरि मेट्थे , हर दिन हर प्रहर उसैलाइ नै माया गर्थे , उस्लाइ मन को कुरा भनेको नि थिए तर उस्ले सिधै नाइ हुदैन , हामी साथी मात्र भन्थी तर मलाइ उस्को ब्याबहार मा साथी नभै त्यो भन्दा माथी देख्दथे, उ म सङै नै हुन्थी झुमिरहेकी तर पनि उस्ले मान्दिन थिइ , एक दिन गर्हौ मन ले सोधे , हामी मिल्ने साथी मात्रै त हो नि है प्रकृति ? उस्ले पनि हो त ,यसरी नौ हामिले हाम्रो प्रेम को निर्मम हत्या गरिरहेउ, उस्को मन मा म थिए उस्ले पनि माया गर्थी तर किन मानिरहेकी थिइन सम्बन्ध अगाडि बढाउन ? उस्लाइ गित गाउने ठूलो रहर , उ फोन मा कुरा गर्दा गाउद थिइ , म सुन्थे साच्चै नै मीठो स्वोर उस्को ।मलाइ त्यो स्वोर यति मन पर्थ्यो , बिहान आलर्म मा उसैको बोली राख्दथे। " " तिम्रो मन को माझ मा फुल्न मन लाग्छ " तिम्रौ मीठो बात मा भुल्न मन लाग्छ " तिम्रो मिठो बात मा भुल्न मन लाग्छ , तिमिलाइ न्यानो अङालो मा बाधी हिड्न मन लाग्छ ।। तिम्रो मन को माझ मा फुल्न मन लाग्छ " तिम्रो मीठो बात मा भुल्न मन लाग्छ " तिमी बाट सधै म दुर दुर हुन्छु , तिमी बाट सधै म दुर दुर हुन्छु , हर पल तिम्रै साथ मा डुल्न मन लाग्छतिम्रो मीठो बात मा भुल्न मन लाग्छ तिम्लाइ न्यानो अङलाओ मा बाधी हिड्न मन लाग्छ , तिम्रै मीठो बात मा भुल्न मन लाग्छ ...........भयो "".....................
उस्ले एक दिन फोन मा बोल्दा बोल्दै राती करिव १२ बजे गाएकी थिइ यो गित र मैले रेकर्ड गरेको पनि थिए ।त्यो गित यसरी गाएकी थिइ मलाइ गगन सर्गम ले गाएको खल्लो लाग्यो उस्को त्यो स्वोर को अगाडि । जब जब उ मुस्कुराउछे , साच्चै नै खुसी हुन्छु, उसैको लागि नै बाचिरहे छु झै लागिरहन्छ ।उस्लाइ भन्छु पनि तर जब उस्को मौन उत्तर हुन्छ ,मन त्यसै अमिलो भै दिन्छ , त्यसै गरि बिते ,मेरो कलेज का दिन सबै ,कहिले उ सङै घुमेर , हामी हरु कहाँ घुमेनौ ? दामन गएर हिउँ खेलेनौ कि? फेवा मा बोटिङ गरेनौ कि? मिर्मे को त्यो कालीगण्डकी को त्यो चिसो बतास मा साथै भएनौ कि? त्यो सिला लाई मैले डोरि ले बाधेन कि उस्लाइ नै पाउन भनी ? लुम्बिनी घुमेनौ कि ? हात मा हात समाएर , धरहरा को टुप्पो मा गएर सारा काठमान्डू हेरेनौ कि ? चोभार को डाडा मा गएर सान्त सङ एकान्त मा दिन बिताएनौ कि? पशुपती गएर सङै पुजा गरेनै कि ? मैले जति पनि मन्दिर जान्थे त्यहा त्य्हा उस्लाइ नै माग्ने गरेको थिएन। म एक माग्ने भैसकेको थिए मन्दिर बाहिर बसेर माग्ने ले त केही माग्दैन थ्यो होला म भित्र गएर एउटै रट लगाएर बस्दथे , मलाइ मेरि प्रकृति चाहिन्छ भगवान ,सौरहा देखि नारायनी किनार त हाम्रो दिन बिताउने ठाउँ नै भएको थियो सङै हुन्थेउ प्राए हामी हरु। साच्चै नै धेरै रमाइलो गरि बिताए मैले मेरो कलेज जीवन , तर मैले सकिन उस्लाइ मनाउन , सकिन मैले उस्को मुख बाट I love you avii .....सकिन , उस्ले एक पटक मात्र भनेको भए नि अझ खुसी हुन्थे होला म , उस्को I love you avii यो शब्द नपाए पनि , उसैको त्यो साथ को कमि हुन दिइन ,मेरो दारि उस्लाइ सधै भारी हुने गर्दथ्यो तर फेरि उस्लाइ मन पर्न थालेको थियो ,मलाइ हास्न सिकाइ , रमाउन सिकाइ बाच्न सिकाइ , सारा थोक सिकाइ , उस्ले सधै भन्ने गर्दथिइ अभि जिन्दगी को सबै सबै मोड मा म नभए पनि कहिले नात्तिनु म सधै तिम्रो मन मा रहने छु तिमी ठूलो मान्छे भएको हेर्ने ठूलो रहर छ , मेरो रहर पूरा गर्दिन्छौ नि ?मैले एक पल पनि नसोची भनेको थिए अरु कुरा भए म भन्न सक्ने थिइन होला तर जब तिम्रो खुसी को कुरा आउँछ तिम्रो लागि सदा जे पनि गर्न सक्ने छु ,उम एक दिन धेरै ठूलो मान्छे बन्ने छु मेरि डल्ली नआत्तिए,.................
मैले एसो भनी रहदा उ मुसुक्क मुस्कुराएकी थिइ म भुतुक्कै भएको थिए त्यो मुस्कान मा एक पटक अङालो मा बेरेको थिए , उस्ले रोक्दिन थिइ , मेरो अङालो उस्को लागि एउटा अधार थियो जब जब दुखी हुन्थिइ सम्लान सक्दिन थिइ म भएकै ठाउँ मा आउद थिइ मेरि अङालो मा घन्टौ बसेर बिताउने गर्दथिइ ।मेरो मन ले सधै भन्थ्यो कि उस्ले माया गर्छे तर भन्दिन , त्यही त कमि हुन्छ केटि को जात को जति नै माया गरे पनि देखाउन नसक्ने , म सधै यहि सोचेर नै बसि रहन्थे , जब अन्तिम दिन भयो हाम्रो +२ को परिक्षा को मन मा खुसी भन्दा धेरै दुख ले सोच मग्न भै रहेको म । भोलि देखि मैले त्यो साथ पाउने वाला थिइन , के गर्नु मैले अनि ? म एक दुर्ब्यसन मा थिए , त्यो उ थिइ ,उ बिना केही पनि आउदैन थियो मेरो दिमाख मा , इक्जाम सकियो उ सङ बाहिर सम्म सङै आए , गोपाल म र प्रकृति , सबै जना मौन थिए , हाम्रो अगाडि पछाडि हिडिरहेका साथी हरु अब ब्याचलर का पड्ने ?के पड्ने सबै जना सोची रहेका थिए मलाइ अब के गर्ने के पढ्ने भन्ने कुरा ले भन्दा उस्को साथ मा कसरी रहन सक्छु म भन्ने सोच ले नै सताइ रहेको थियो । त्यो दिन फेरि भेटौला भनेर प्रकृति गै हाली म र गोपाल गएउ , बिस्तारै बिस्तारै ,गोपाल ले बुझी रहेको थियो म मा के बिति रहेको छ भनेर, उस्ले बल्ल बल्ल सम्हालेको थियो मलाइ पागल भएर हिड्न तम्तयार भएको मान्छे लाई जिन्दगी सङ चिनाएको थियो , सबै भन्दा रमाइला पल दिएको थियो सधै नै म उस्को कृतज्ञ हुनेछु । म इक्जाम सक्किएको तेस्रो दिन गए काठमाडौ गोपाल पनि आउछु , साउन पछि भनेर म गएको थिए , काठमाडौ मा साथी हरु थिए उनी हरु को मद्दत मा कोठा खोजे बल्खु मा ।मलाइ काठमाडौं को मौसम चाइ सार्हौ मन पर्ने , गर्मी सहनै नसक्ने म , गर्मि मौसम मा त्यो सितल अनुभव ले स्वोर्ग मा भए झै लाग्द थ्यो ।।मेरि उ सङ नबोलेको 4 दिन भएको थियो उस्ले कल गरि काहा छौ अभि ? ................
म - कोठा मा
उ - का को ? छैनौ त यहाँ ?
म - काठमाडौ आइसकेको म , तिमी लाई खबर गर्न खोजेको थिए फोन अफ भन्यो अनि आएको अस्ति ,।
;उ सङै नभए पनि उस्ले आफ्नो कमि हुन दिइन सधै सङै हुने गर्दथिइ , रात भर फोन दिन भर फेसबुक , जुकरबर्ग ले गर्दा हानी हरु धेरै धेरै नजिकिएका थियौ । उ चितवन नै थिइ घर जान्छु आज भन्दै कल गरि ल हुन्छ , यहाँ पुगे पछि भेट्न नभुल भन्दै थिए म हुन्छ ,बसपार्क आउ है भनेर फोन राखी , म उसैलाइ कुरि रहे करिब ४ घन्टा पछि म निस्किए; कोठा बाट , बसपार्क मा कुरि रहे उ पुगि र सायद देखि पनि होला , कल आयो , हैट के हो मान्छे त चिन्नै नस्क्ने जस्तो देखिएको छौ त ? हिरो देखिरहेको छौ यो कालो टि सर्ट मा ,उस्ले कहि बाट देखिरहेकी छ थाहा पाई हाले ,चारै तिर नजर घुमाए एता नि देखिन उता नि , काहा लुकेकी छ , अनि बोले, अरे यार यसरी नतड्पाउ त ? आउ अगाडी । उ हुन्छ भन्दै पछाडी बाट मलाइ अङालो मा बेरि उस्को त्यो धड्कन को गति ले नै उस्लाइ चिन्ने भएको म , हात तानेर अगाडि ल्याए , गफ गर्दै थिएउ , तर उ मेरो तारिफ गर्नै मा मग्न थिइ , म अच्म्म मा थिए के भएछ भनेर ? त्यो दिन उ काठमाडौ नै म काहा बस्ने भै , बल्ल बल्ल मनाए , नाइ जान्छु जान्छु भनेर जिद्दी गर्दै थिइ म काहा हार मान्ने वाला मा थिए उस्लाइ जिति छाडे , उ र म मेरो कोठा मा आएउ , दिउस ४ बजे तिर निस्किएउ त्यहा बाट चोभार जाने भनेर , T.U को जङल हुँदै बिस्तारै बिस्तारै गफ गर्दी निस्किरहेउ, T.u का प्रतेक डिपार्ट हरु हेर्दै , धेरै जोडि हरु थिए , हामी जस्तै बरालिएर हिडि रहेका , बाटो मा चटपट बनाउने भैया देखि हाली जाम भनेर गएउ , चटपट खान , म नाइ भन्दै थिए उस्ले कर गरि , नाइ भन्न सकिन त्यो उस्को अडर थियो जाहा भुजा चाउचाउ को मात्रा कम हरियो खुर्सानी धेरै देखिरहेको थिए मलाइ त्यसै पिरो भनेसी सातो जाने अनि चटपट मन नपर्ने त्यो देखेसी त नाइ भनेको , मेरो कसम खाउ त्या , लौ कस्तो बन्दन यो ? चट्पट को लागि उस्को कसम ,अब नाइ भन्ने आट आउने कुरै भएन ,स्वा स्वा गर्दै खादै थिए ५ चम्चा खाइ सके पछि मैले हार मानी सकेको थिए , त्यो चाटपट कम हरियो खुर्सानी खाइ रहेको बढी आभास हुँदै थियो उ मजा ले खादै थिइ , मन मन त साच्चै , हैट यस्तो कसरि खान सकेकी , म उस्ले खाएको हेरि रहेको थिए उ मलाइ हेर्दै भन्दै थिइ, खाउ यस्तो मीठो छ , किन नखाको ? .................
यस्लाइ मिठो हैन ?पिरो भनिन्छ , चट्पट कम खुर्सानी धेरै ?म त सक्दिन ? उ हासी , चिन्ता नगर म छु खाइ हाल्छु भन्दै मेरो वाला भाग पनि खाइ , हैट तिमी एस्तो पिरो केइ नमानी कसरी खाएउ ? हुम?; म त पछि खुर्सानी किन्दा किन्दै भिकारी हुन्छु क्या हो ? दिन मा किलो खुर्सानी एक्लै खान्छेउ जस्तो छ? जे पनि भन्दै अगाडि हिडेउ। त्यो मनमोहक साझ , त्यो चिसो बतास त्यो उस्को न्यानो साथ मजा छुट्टै थियो त्यही बाएर म कल्पना मा डुबेको थिए उ सङ सारा जीवन त्यही खुसी मा बिताएको , गफ गाफ गरेउ त्यहा बाट फर्किनु पर्यो भन्दै उ हिडि म पछि पछि.त्यो साझ उसैले बनाइ खाना , जे भए नि खाना चाइ मीठो बनाउथिइ , म जिस्काउन पछाडी पर्थेन भनी हाल्थे जे होस म जिन्दगी भर खाना चाइ मीठो खान पाउने भए , उ केइ बोल्दिन थिइ मुस्कुराए जस्तो गर्थी , त्यही मुस्कान मात्र उसलाइ थियो नत्र अरु बेला को मुस्कान मा म फिदा हुने मान्छे त्यो मुस्कान ले मन बटार्थ्यो कस्तो कस्तो लाग्थ्यो ? खै नचाहादा नचाहादै आएको मुस्कान जस्तो, कि जबर जस्ती हासेको मुस्कान जस्तो ? तर उस्लाइ सुहाउन्न थ्यो त्यो। अर्को दिन बिहानै उ गै , । दिन उसरी नै बित्दै थिए , बिहान को क्लास थियो जान्थे आउथे अनि उ सङ नै बोलेर दिन बिताउने गर्थे , जिन्दगी राम्रो सङ नै चल्दै थियो , गोपाल पनि आइ सकेको थियो हप्ता मा २,३ दिन रक्सी पिइन्थ्यो धेरै हैन हल्का हल्का उस्ले थाहा नपाओस भन्ने तरिका ले ,नखानु है भनेर भन्द थिइ उस्लाइ नाइ भन्न नसक्ने म , रक्सी लाई नि त्याग्न सक्दैन थे म, त्यसै ले उस्ले था नपाउने गरेर पिउथेउ । ................
साउन ११ बिहान क्लास बाट फर्क्न लागेको थिए करिब ११ बजेको थियो , गोपाल ले कल गर्यो ओए चाडो आइज , भोक लागि सक्यो , उस्ले कहिले नकुर्ने मलाइ आज कुरेको देख्दा अच्म्म लाग्यो , ल हुन्छ भनेर हुइके पुतलिसडक बाट बल्खु तिर जाम ले सतायो कालिमाटी मा केही छिन , भोक मलाइ नि लागि सकेको थियो त्यासैले कतै अलमल नगरी हिडे , प्रकृति को कल आको थियो उ सङ कुरा गर्दै बल्खु झरे , ल अब कोठा पुग्न थाले एक छिन पछि कल गर्छु भनेर फोन राखे , ढोका लक थियो; ओए खोल चाडो , ढोका खुल्यो ढोका गोपाल ले हैन मेरि जान ले खोलेकी थिइ,सरप्राइज भन्दै मुस्कुराइ रहेकी थिइ गोपाल थिएन कोठा मा उ आइ बाधिइ मेरो अङालो मा मेरो खुसी को सिमा थिएन , सर प्राइज नै सार्है मन परे मलाइ उस्का , सधै सधै , धेरै नै सरप्राइज दिई उस्ले । म आज नै फर्कने हो दोलखा चरिकोट जान्छु भनेर आको यहाँ , म निसब्द उसैलाइ सुनी रहेको थिए , उसैले खाना खुवाइदिइ आफ्नै हात ले , म खुसी थिए , उस्को माया मा , उस्को साथ , चाहे उस्ले; I love you नभने पनि माया गरि नै रहन्थी , चाहान्थी , केयर गर्थी । साच्चै प्रकृति एक मीठो आभाश हो , हो मलाइ अथाहा माया गर्ने एक हो उ।। २ घन्टा जति बसि ल अब जान्छु भन्दै उ गै म छोड्न जान्छु भन्दा भयो रेस्ट गर भनेर दिइन उ गै ।खै मलाइ सपना झै लागि रहेको थियो ,किन आइ , केही बुझ्नै नसकी छटपटिएको थिए , उ हिड्नु भन्दा अगाडि एउटा गिफ्ट प्याक दिएकी थिइ त्यो खोले हतार हतार , त्यो भित्र थियो निमन्त्रणा कार्ड ,अगाडि लेखिएको थियो अभि; .. पहिलो कार्ड तिमी लाई है ..................
प्रकृति परिणय 💕💕💞 सरोज सुभ बिबाह । साउन १७ गते । ..........छ दिन बाकी ............
आँखा अगाडि नै थियो जे थियो , त्यो खोल्ने आट अह पटक्कै अएन , फालिदिए एक मिनेट पनि नराखी झ्याल बाट बाहिर ।उ मेरि हुन सक्दिन भन्ने गर्थी ,म एति सम्म अन्धो भएर अगाडि बढे कि ,उ कोइ अरु कि हुँदै छ ,मेरि हैन यो नसोची उहीँ का लागि बाचिरहे, उस्ले पनि त गर्थी? अनि त्यो ?? त्याग??खै कस्ले चलायो यो रित सन्सार मा , जस्लाइ आफू भन्दा धेरै माया दियो उ ,कहिले आफ्नो नहुने,सायद कुनै शास्त्र मा लेखेको हुन पर्छ ,नत्र किन सधै यस्तै यस्तै नै भै रहन्छ। मन मा एउटै कुरा दोहोरिन लाग्यो कि म एक असफल प्रेमी नै भए , प्रेम नफाफेको एक म।जो कोइ मेरो नजिक माया लिएर आउन खोज्यो उ नै हरायो , त्यति बेला एउटा मन्त्र ले काम लिए , जे हुन्छ , राम्रा का लागि नै हुन्छ, तर बेला बेला मा प्रस्न गर्थ्यो, के यो साच्चै नै राम्रो हुन को लागि हुँदै छ ,दिमाख ले भन्थ्यो हो राम्रो को लागि नै हुँदै छ , तर मन ले भन्थ्यो यदि हुन्थ्यो भने उ नै किन अरु कसैको भै ? मलाई किन एक्लो बनाएर गै , मन कै आन्तरिक दोन्द मा पिलिसिरहे म । म दुखी भए तर सायद बानी परेको थिए म दुख भोग्न त्यसैले तेति पनि पीडा भएन जति हुने गर्थ्यो , यो छ दिन खै कसरि बिताउदै थिए , न कल गरे न केही ,प्रकृति को फोन पनि रिशिब गरिन ,पर्सि बिहे को दिन मन मा ना ना कुरा खेलिरहेका थिए , भगवान सङ मागिरहेको थिए उस्लाइ , कसरी उ मेरि हुन सक्दथिइ ? कुनै आश थिएन उ नै आएर First card for you avii भनेर दिएर गएकी थिइ।जती जति उस्को बिहे को दिन नजिकिदै थियो त्यति त्यति छट्पटी बड्दो थियो , खै किन किन कुनै मन को कुना मा कसैले नराम्ररी चोट दिए झै हुँदै थियो , जो आउदैन भन्ने थाहा हुन्छ नि उसैको बडि आश , बडि प्रतीक्षा हुने रैछ। मन लाई सम्झाउन नै गार्हो हुँदै थियो , ममि लाई कल गरे , जति नै ठुलो भएनी , जब जब मन आत्तिन्छ आमा नै चाहिन्छ , मन लाई सम्झाउनु थियो ।................
म : सन्च्चै हुनु हुन्छ
ममि:- अ, अनि तलाइ के भाको बिरामी छस क्याहो ?
( आमा माहान त्यसै भनेको हैन , मेरो मन को पीडा भनेको थिएन एक शब्द मा नै बुझ्नु भैसकेको थियो , केही नभनी सारा बुझी सक्नु भएको थियो )
म : सन्च्चै छु ममि, के गर्दै हुनुन्छ ,?
उहाँ :- यतिकै बसि राछु ? अनि प्रकृति ? को खबर के छ ?
म:- ( सम्हालिदै) उम ठिकै छ , बिहे ३ दिन पछि
उहाँ :- ह?के भन्छ?
म- अ जे सुन्नु भयो सहि नै सुन्नु भयो ?
उहाँ :- एए,
( उहाँ लाई भनेको थिन मैले कि प्रकृति लाई माया गर्छु भनेर तर उहाँ ले बुझ्नु भाको थियो मेरो मन को कुरा,अनि भन्नू भाको थियो , प्रकृति लाई मेरि बुहारी बनाउने हो )..............
म!- हजुर को चाहा , पूरा गर्न सकिन ममि , सरि ( आँसु झर्न खोज्दै थियो आँखा बाट आँसु नझरे नि आवाज मा आँसु झरी सकेको थियो )
उहाँ - बाबू , सम्हाल आफू लाइ यदि तैले गरेको माया साचो छ भने पक्का पनि उस्लाइ नै पाउने छस ।
ममि सङ बोल्दा बोल्दै आँसु झर्यो, फोन राखे फेरि आश पलायो ममि सङ बोलेर अनि तय यात्रा दोलखा को , गोपाल लाई लिएर । दुबै जना रेडि भएउ , उस्लाइ थाहा नदिइ काहा जाने रेडि हुन लगाको थिए उस्ले हैन ओए का लिएर हिड्न लागिस भन्दै नसोधेको हैन तर म चाइ सर्प्राइज भन्दै उस्लाइ झन उत्सुक बनाइ राको थिए , ब्याग प्याक भयो हिडेउ बल्खु देखि। बसपार्क सम्म पुगेउ , चरिकोट को गाडी 2 बजे को रैछ घडी हेरे 1:45 , टिकट लिहाले दुबै जना को र गाडी मा गएर बसे । बस गुड्यो करिब 2:15 मा बिस्तारै बिस्तारै काठमाडौ को भिड लाई छिचोल्दै अगाडी बढी रहयो , मन लाई हतारो हुँदै थियो कति बेला पुग्नु त्यहा।.........................
#मन_का_कुरा
प्रकृती बिना बाच्न सक्दिन म , किन मलाइ एक्लै छोडेर जाँदै छौ ? कसैले सोधेको थियो मलाइ एक पटक जीवन के हो साथी भन्दै ?मैले हत्त न पत्त मोबाइल को ग्यालेरी मा लुकाएर राखेको तिम्रो तस्बिर देखाइ दिएको थिए; , त्यो मान्छे मुस्कुराउदै नि शब्द भएर गएको थियो ।मैले जीवन लाई न त्याग भनेर बुझे? न जन्म देखि मृत्युु सम्म को यात्रा भनेर नै ? न चोट को खानी भनेर बुझे ? न रङमन्च भनेर बुझे ? न बुझे केही अरु , मैले जीवन को एउटै मात्र परिभाषा जानेको छु , त्यो हो तिमी , तिमी नै हौ मेरो लागि सब थोक ? सब ।मेरो सास , प्रकृति प्रकृति भन्दै धड्किरहने यो धड्कन; , इनि आँखा जस्ले तिमी लाई सजएका छन , इनि कान जस्ले तिम्रो मीठो बोली सुन्ने गर्द छन सब थोक इनि सबै मा तिमी नै तिमी छौ ? तिमी बिना एक दम नितान्त एक्लो छु म , हो म एक प्रेमी हु तिम्रो , माया गर्लान अरु ले पनि तर मैले त माया भनेको के सिकेकै तिमी बाट हो ,तिमी तिमी भन्दै रम्ने यो मन छ म सङ , तिमी बिन तड्पिने मन छ म सङ , तिमी बाहेक अरु केही नचाहाने चाहा मै सङ छ , मेरो हर थोक मा तिमी लाई पाउने मन छ , म तिमी लाइ जिबन्त साथ दिन चाहान्छु छाया हुन चाहादिन तिम्रो किन कि त्यो छाया ले पनि साथ छोड्ने गर्द छ अँध्यारो मा त । म त सधै भरि तिमी सङै रम्नु छ , तिमी सङै बाच्नु छ , तिमी सङै माया साट्नु छ, तिमी सङै पीडा साट्नु छ, तिमी सङै सारा सन्सार घुम्नछ ,तिम्रै अङालो मा बस्नु छ ,तिम्रो मुस्कान हेर्दै जीवन बिताउनु छ ? तर तिमी ? यति सजिलै कसरी जान सक्छेउ ? म के गरौला ? तिमी नै नभए ? तिम्रै लागि सजाएका इनि सपना हरु के गरौला म ?तिमि मेरो जीवन मा भैनौ भ्स्ने त जिन्दगी मेरो अपुरो नै हुनेछ ,तिमी बिना एक्लै तड्पेर नै बिताउनु मेरो जीवन , अह म सक्दिन मेरि माया ? तिमी ले एक पटक त मेरो माया बुझ्ने कोसिस गर्नु पर्थ्यो ? किन तिमी ?किन तिमी केही नसोची गएउ मेरा लागि ? एक पटक मात्र तिमी मेरो ठाउँ मा बसेर सोचिदेउ ,त्यस पछि कहिले जाने छैनौ मलाइ एक्लै पारेर ? तिमी ले मलाइ बिहे को फर्स्ट कार्ड दिन त्यहा सम्म पुगेउ? किन घाउ बनाएर नुन छर्किन लागेउ? यदि जीवन मा मैले केही हासिल गर्नु छ त बस तिमी नै ? तिमी नै हो ,मैले तिमी साथ मा भए जे पनि गर्न सक्ने सामर्थ्य राख्थे होला? तर तिमी नै साथ छोडेर गएसी , म मा कुन साहास ले काम गर्थ्यो ? मेरो हार को लागि आत्मबल तिमी , जित को प्रेरणा तिमी , बस तिमी नै तिमी । मेरि परि जाउ हिड तिमी र म जाहा कोइ नहोस , होस त तिमी म र हाम्रो माया अनि प्यारो साथ ।...................
#बसमा
मोबाइल मा रिङ्टोन बज्यो हेरे प्रकृति को नै रहेछ , रिसिभ गरे
प्रकृति :- अभि , काहा छौ ?
म :- बस मा, तिमी काहा ?
प्रकृति :- घरमै ,तिमी सङ बाबा भेट्न खोज्नु भएको छ ,
( उस्ले यो भनीरहदा मन मा मरेको आश ले फेरि जीवन पायो , कि उस्ले भनी त , उस्ले मानी त मेरो माया लाई , उस्ले पनि त्यसरी नै माया गरि त , जसरी मैले गरेको थिए , एक्कासी मन भरी प्रश्न को ओइरो आयो)...........
;म:- किन ?
प्रकृति :- जिन भए नि , तिमी आउ न है , पिलिज मेरो लागि भए पनि ??
म :- हए , तिमी ले भन्ने अनि म नमान्ने कसरी हुन सक्छ ?? प्रकृति ले भनेको कसरी नमानेर बस्न सक्छ होला अभि ?
प्रकृति :- मुस्कुराइ ,
अभाश भयो त्यही मिठी मुस्कान को मन नै हरर भएर आयो , मन भरी आशा बटुल्दै हिडि रहे आफ्नो गन्तव्यमा , अनि फोन राख्नु भन्दा अगाडि उस्लाइ भनेको थिए
चरिकोट पुग्न अब १ घन्टा लाग्छ लिन आउ ?
उ चकित हुदै ,यहि आउदै थियौ ??
उम के लाग्छ , म त्यसै चुप बस्छु झै लाग्छ कि क्याहो?
उ बाते , ल ल आउ म लिन आउछु ।
मन फुरुङ ,उस्को कुरा ले म बिस्वस्त थिए मैले उस्लाइ पाउने भए भनेर , ममि को शब्द कान भरी गुन्जन थाल्यो ( यदि तैले गरेको माया साचो छ भने , अवस्य पाउने छस उस्लाइ , अवस्य उ तेरि हुने छ ) मन त्यसै खुसी , मेरो माया साचो , उस्को लागि। चरिकोट पुगे , बसपार्क मा झरे नम्बर डाएल गर्दै थिए , पछाडी बाट कसैले आँखा छोप्यो , चिनी हाले , तिनै हात थिए ती , जस्लाइ समाएर सारा सन्सार डुल्नु मन थियो , तिनै हात थिए , जस्को मलाइ जरुरत थियो , त्यो मेरि प्रकृति कै थियो , , गोपाल हेरिरहेको थियो हामी लाई उस्लाइ अङालो मा राखे , एक छिन , सारा तडप , सारा डर , आत्तिएको मन लाई सम्हाल्न लाई भए पनि ।उस्को त्यो मुस्कान , हाए मेरो सबै भन्दा प्यारो चिज उसैमा थियो , ल जाम भनेर हात समातेर हिडि , गाडी चड्नु अगि उस्ले गोपाल लाई जिस्काउदै भनी , एक जना मात्रै जन्ती ? अरु खै ? मलाइ थाहा पनि थिएन कि म जन्ती बनेर हिडेको भन्ने , एस्ले कालिन्चोक जाने भनेको थियो त्यो पनि बस मा चडेको १ घन्टा पछि ।हास्दै गएउ ।उस्को घर पुगेउ। मोड मा एउटा मात्र घर , २ तले , हरियो कलर पोतिएको , माथी छत बाट स्पस्ट हिमाल देखिने , जे होस एक्दम राम्रो लाग्यो , गोपाल ले जिस्काउदै भन्यो , ल पुगियो तेरो ससुराली , हासेउ हामी दुबै , उ चुप चुप भन्दै थिइ । तर म एक कुरा ले अचम्म मा परे ,उस्को त पर्सि बिहे थियो आज कुनै तयारी थिएन , एस्तो कसरी ? बिहे क्यान्सिल ? सोध्न मन लाग्यो तर कसलाइ सोध्नु ? मन मा चाहिँ गडिरह्यो प्रश्न ? एक जना अधबैंसे मान्छे लाई देखाउदै भनी , बाबा उ अभि ? अनि गोपाल , हामी ले नमस्ते अन्कल भनेउ ,दारी का शोकहिन रहेछन बुढा जे भए पनि , झपक्क दारी कहि कहि सेता सेता पनि थिए हसिलो मुहार , चाउरी पना अलि अलि देखा पर्ने , मुस्कुराउदा , स्टकोट मा पावर वाला चस्मा देख्दै एकदम भलाद्मी र नया जेनेरेसन टाइप को हुनु हुन्थ्यो ,उहाँ मा मैले हाम्रो जेनेरेशन र हाम्रो हजुरबुवा को जेनेरेशन दुबै देखे।जे भए पनि समझदार हुनु हुन्छ जस्तो लाग्यो उहाँ। अनि आमा पनि आउनु भयो , उहाँ सङ पनि चीनजान गरेउ , भित्र लागि प्रकृति ले , उसैको रुम मा लिएर दुबै जना हामी हरु यति सोजो भएका थिएउ , मानौ हामी जत्तिको सोझो ब्यक्ती यो सन्सार मै छैन कहि पनि ,तर हामि हरु दुबै जना मन मनै हासी रहेका थियौ आफ्नो शैली देखि।सझ पर्न थालेको थियो ,हामी हरु दुबै जना , फ्रेश भएर बसिरहेका थियौ ,उस्को ममि ले भन्नू भयो , बाबू हरु लाई एसो घुमाइदे न , आफ्नो गाउँ ,? गफ त घुम्दै गरे पनि हुन्छ ,। त्यस पछि लागियो गाउँ घुम्न ।उकालो उरलो , फ्याट फुट्ट घर हरु त्यति बाक्ला बस्ती थिएनन , मौसम चाइ चिसो थियो, बेला बेला मा चिसो हावा को झोका आउथ्यो , म रमाइ रहेको थिए , उसैको साथ मा , उस्लाइ सोधी हाले , मन मा..म :- कार्ड मा त पर्सि को डेट थियो बिहे को ? अनि आज सम्म केही तयारी छैन किन ?...................
उ :- अब हुने भए पो तयारी हुने ?
म:- लौ , किन ?
उ:- मैले मानिन
म:- अनि के खान चाइ मलाइ फर्स्ट कार्ड भन्दै दिएर तनाब द्या त ?
उ :- अब त्यही सोछे त्यही भएर ?
म:- त्यस्तो नि; हुन्छ ?
उ :- भयो अब
साझ झपक्कै पर्यो तिनै उकाली ओराली गर्दै गाउँ , घुम्दा घुम्दै , उसै सङ रमाउदै ।घर पुगेउ ? सबै जना बाहिर नै बस्नु भएको थियो , गएउ सबै जना खाना खएउ? तर म सोच मा ब्यस्त थिए , के कुरा गर्न चाइ बोलाको मलाइ? मन मा जिग्यासा बड्दो थियो ,खाना खाएर सके , सबै जना उठेउ , बाहिर बसि रहेको थिए एक्लै म।गोपाल ममि सङ बोल्दै थियो फोन मा त्यतिकै मा प्रकृति को बाबा ले बोलाउनु भयो ? उहाँ को रुम मा नै लिएर जानू भयो मन ढुकढुक गर्न थाल्यो अब के सोध्छ बुडा ले ? .........
उहाँ :- बाबू को घर काहा ?
म :- कोहलपुर
उहाँ :- ममि, बाबा के गर्नु हुन्छ ?
म :- ममि घर मै बस्नु हुन्छ , अनि बाबा आफ्नै अफिस मा
उहाँ :- दाइ , भाइ , बैनी ,दिदी कति
म :- म बैनी , मात्रै
उहाँ :- पछि के गर्ने सोच छ ? लक्ष्य के छ??
म :- अहिले IELTS गर्दै छु , क्यानडा को प्रोसेस मा छु , उता गएर १० बर्श जति बस्छु , पछि यहि आएर आफ्नो व्यापार बढाउछु
उहाँ :- प्रकृति लाई कति माया गर्छौ ?
( यसरी प्रश्न को बर्सात भैरहेको थियो कि मानौ , कहि दोन्द मा गोला वारि भैरहेको हो, म अन्योल मा थिए । अब कस्तो प्रश्न सोध्नु भयो ,कुन जवाफ दिम ?)
म :- के गर्नु अन्कल ,इनि इन्जिनियर हरु ले आज सम्म त्यस्तो कुनै यन्त्र बनाएन जस्ले माया झोख्न सकोस, यदि बनाएका हुन्थे त जोखेर देखाइदिने थिए ।खैर त्यो सबै छोडौ , म आज सम्म बाचेकै उस्को लागि हो , उसलाई नै माया गर्न को लागि हो ।
उहाँ :- कुनै कारण त्यस्तो ? किन यति धेरै माया ?
म:- कुनै कारण भएर माया गरेको भए त भनी दिन्थे , माया गरे अन्कल मैले , कुनै सामन किन्न गए झै गरिन के राम्रो किन राम्रो कस्तो प्राइज केही नहेरी बस माया गरे ।
उहाँ :- तिमी पनि उस्तै रैछौ ? एउटि ले एहा तेइ भनेर दिमाख खाएकी छ , बाच्छु त केबल उस्कै लागि , उसै सङ नत्र चाइदैन मलाइ यो जीवन , चाइदैन मलाइ केही चिज , म उसैको हु ,उसैकी बनेर जिउछु , म मा बस उसैको मात्र माया छ , यस्तो भन्छे , कति ठूलो लाज भयो , हुन लागेको सबै तयारी भएको बिहे मैले नाइ भनेर तोडे सम्बन्द , यदि त्यति नै माया गर्थेउ त किन भनेनौ दुबौ मिलेर अगाडि नै ? तिमी हरु के माया गरेउ ? त्यति मात्रै कर्तव्य हो ? घर का ले मनेनन भागेर हिड्यो ? त्यस्तो होइन बाबू , तिमी हरु पढेलेखेका , बुझाउने हो घर का लाई , सम्झाउने हो त्यस्तो गर्ने हैन ?
म:- हो , मैले माने तर म त्यस्तो भागेर जाने , भगाउने परिन ,हजुर हरु को इज्जत को कुरा हुन्छ , सब थोक हुन्छ , सक्छु त मागेरै लैजान्छु भन्ने सोच को मान्छे म।
उहाँ :- ल ममि बाबा लाई बोलाउ उसो भए अब इङेजमेन्ट गर्ने अनि बिहे अर्को बर्श तिमी बाहिर जानू भन्दा अगाडि ।
( न केही सोध्नु न केही बुडा ले आफ्नो फैसला सुनाए , तर जे थियो मेरो हक मा थियो , खुसी को कुनै सिमा रहेन अब म मा
म :- धन्यवाद अन्कल , हजुर ले कुरा बुझिदिनु भयो खुसी लाग्यो , हजुर ले ४ जना को जीवन बर्बाद हुन बाट बचाइ दिनु भयो । ल अन्कल म अहिल्र बाहिर जान्छु ।
बाहिर निस्केर कल गरे ममि लाई बिस्तार मा सुनाए ममि खुसी हुनु भयो , तर बाबा अफिस को काम ले गर्दा गोवा जानू भएको रैछ ,ल तपाइ र बैनी आउनु बाबा लाई भनेर , उहाँ ले हुन्छ भनेर फोन राख्नु भयो ,।
अन्कल लाई भने बाबा आउन पाउनु हुन्न अहिले अफिस को काम ले बाहिर जानू भएको रैछ , ममि र बैनी मात्रै आउदै हुनु हुन्छ भोलि ।
ल हुन्छ भनेर उहाँ जानू भयो ।।
मानौ यो सब एक चमत्कार भै रहेछ मेरो जिन्दगी मा, एकाएक यस्तो मोड लियो मेरो जिन्दगी ले जुन मैले कहिले सोचेको थिइन , मेरि उनी अब मेरि ,सदा सदा को लागि पाएको छु, अब कसैको रोकतोक छैन , न कुनै समस्या नै । प्रकृति सङ बोल्न मन लाग्यो गए उसैको कोठा मा ?
म : तिमी नि ??
उ :- म के ?
म :- म त्यति मरि हत्ते गर्दा , कहिले किन भनिनौ कि म माया गर्छु तिमी लाई ?
उ :- मैले सधै माया गरे तिमी लाई अभि , हो मैले शब्द ले भनिन तर मेरो प्रतेक व्यबहार मा , माया गरि रहे , सधै , तिमी लाई भन्नू नै पर्छ लागेन , तिमी ले त बुझेउ होला सोची रहे ,हर पल , हर्दम तिम्रै नाम लिएर बसे , हर पल तिमी लाई नै चाहे , मलाइ तिम्रै बनाए , ,मलाई बिस्वास नै थिएन कि बाबा ले मान्नु हुन्छ भनेर ,किन तिमी लाई झुटो आश देखाउ झै लाग्यो तर जब तिमी लाई कर्ड दिएर आए त्यस पछि,म जिउदो लास भए , अब न कुनै आश बाकी थियो जीवन बाट हिम्मत गरेर बाबा लाई भने उहाँ ले मन्नु भएन सुरु मा , अनि ममु लाई भने उहाँ पनि त्यस्तै , अनि एक अन्तिम उपाए बाकी थियो एक शब्द मात्र बोले , यदि म अभि कि हुन सक्दिन भने कसैकी हुन सक्दिन ,म उ बिना बाच्नु छैन ।त्यस पछि सबै कुरा सोध्नु भयो बुझ्नु भयो अनि तिमी.लाई बोलाउन भन्नू भयो।हो शब्द मा देखाइन तर तिमी झै चुप त बसिन तिम्रो हुनु थियो मलाइ बस , ( यति माया गरि , खै म तिनै शब्द कै पछि दौडी रहे,एक छिन आफै लाई देखेर अचम्म लाग्यो अनि उस्को अन्तिम को उस्को शब्द तिमी झै चुप बसिन भन्ने शब्द ले मन मा छोयो ) सन्नाटा छायो कोठा मा म उस्को नजिकै गए उसलाइ आफ्नो अङालो मा बेरे अनि कति पटक I love you भने कुनै गिन्ती थिएन , उस्ले पनि अन्तत भनी I love you alt मेरो लुरे । ममि र बैनी दुबै जना पुग्नु भयो उहाँ हरु पनि खुसी हुनु हुन्थ्यो तेस्रो दिन इङेजमेन्ट भयो , अनि बिहे को दिन फिक्स भएन पछि नै गरौला भनेर हामी हरु फर्केउ । मैले काठमाडौ मा राम्ररी नै पढी रहेको थिए , उ आउथी हप्ता मा एक पटक एक दिन बस्थी जान्थी , दिन हरु खुसी का पल ले बित्दै गए +२ को रिजल्ट पनि आयो ,सबै जना पाश भएउ, मेरो IELTS को रिजल्ट आयो ,7 आयो म कोहलपुर आए , अनि बहिर कै प्रोसेस मा लागि रहे ,त्यही बिच मै बिहे को डेट फिक्स भैसकेको थियो , माघ १८/२०७२; ...................
#अहिले
अब बस १ महिना बाकी थियो , उस्लाइ मेरो नाम को सिन्दुर ले रङ्याउन , मेरो नाम को मङलसुत्र पहिराइदिन, समाज को अगाडि नै बेहुली बनाएर उसलाइ भित्राउन 💕💕💕💕💕
(Some Love stories have perfect ending , bt some stories has been incomplete ) ....The end......
Via - Avinav Sharma
for more stories like our page Fans Of Keki Adhikari

Take a bow
ReplyDeleteAbsolutely loved it .. 🙏🙏
hats off bro..
ReplyDeleteThank you😃
DeletePERFECT SUPERB!!!!! J vaneni kam hunexa
ReplyDeleteDherae dherae ramro lagyo daju..
Patra haruko bhawana sangae bagein ma..
<3 <3 <3