bixibit

Breaking News
recent

जोया - कथा एक रात रत्नपार्कको

"दाइ लैजाने हो ?" पछाडिबाट आवाज आयो ।
रातको 11 बजेको हुनुपर्छ त्यो दिन, म भर्खर अफिसबाट फर्किदै थिए । सिमसिम पानी पर्दै गर्दा बाईक नभएकाले म हिड्दै हिड्दै रत्नपार्क सम्म आईपुगेको थिए । ट्याक्सी पनि अबेर भएकाले होला, त्यहा बाट बिदा भईसकेका थिए । "दाइ सुन्नु भएन कि के हो ?" झसङ्ग भए, सोच्दै गरेका कुराहरु भताभुङ्ग भएर लडे ।
यसो हेरे, त्यो कुनै नया दृश्य थिएन्, यसरी कैयौं पटक मैले रत्नपार्क वरिपरि नै रातमा शरीर पाल्न शरीर लाई नै सडक पेटिमा राख्नेहरु देखेको थिए । तर! आज जसलाई देखे उ धेरै भए २२/२४ बर्ष कि हुनुपर्थ्यो । यति कलिलो उमेरमा, यस्तो बाटो लागेको सोचेर मनै खिन्न भयो । बेवास्ता गर्दै हिडन खोजे । "दाइ जे भनेको नि मान्छु, मात्र ५०० रुपैया हो, मेरै कोठामा जाउला" उनले मेरो हात समाउदै भनिन । मनमा अ्इलो पस्यो ।
"हिड तिम्रो रुम" मैले भने । उनी चुपचाप अगि बढिन, म पछी पछी लागीरहे ।



बसन्तपुरको भित्री गल्लिमा एउटा झुपडी जस्तो सानो घरमा पुगेर पाइला रोकिए । उनले ढोका खोलिन ।
"आउनुस न भित्र" यो उनको अनुरोध थियो वा इच्छा बुझ्न सकिन । इच्छा कदापी नहुन सक्छ, किनकि फुलले फुल्न नै चाहन्छ, ओईलाउन चाहदैन, लाउला खाउला भन्ने उमेरमा यसरी शरीर लाई बिक्रीमा राखेर हिडिरहेकी उनलाई देख्दा यो उनको अनुरोध थियो भन्नेमा बिस्वस्त भए म । "तिम्रो नाम के हो ?" प्रश्न गरे उनलाई ।
"जोया" ................... "खास नाम चाहिँ के हो नि?" "असली नाम नै जोया हो, जोया अधिकारी" उनी अलि निराश हुँदै बोलिन । नजिकै टेबलमा राखेको पानी गिलासमा सारेर दिए उनलाई । उनले एकै पटकमा घुटुक्क पिईन । "के गर्छौ तिमी ?" "किन र ? किन सबै कुरा बुझ्न खोज्नु भएको?"उनले झनै निराश हुदै बोलिन ।
उनले फेरि पनि दाइ भनेर सम्बोधन गरिरहदा मलाई उ आफ्नै बहिनी जस्तै लाग्यो । अलि नजिक गएर हात समाते । उ चुपचाप बसिरहिन । "भन न तिमी कसरी यो पेशामा लाग्यौ ? घर कहाँ हो तिम्रो ? के गर्छौ ? मलाई सबै बताउ त तिम्रो बारेमा ।" बास्तबिकता बुझ्न खोज्दै बोले । एक्कासि! उनी मेरो अंगालोमा बाधिएर रुदै बोल्न थालिन " आज सम्म जति पनि पुरुष देखे, सबैले केवल मलाई खेलौना सम्झिएर खेल्थे, तपाईंले यसरी आफ्नै जस्तो गरिदिदा किन किन आज मलाई रुन मन लागि रहेको छ" उनी झन झन बेस्सरी रुन थालिन ।

उनको एउटा शब्दले मनमा बिझायो, पुरुषहरुले केवल खेलौना सम्झिए भन्दा मलाई आफै प्रती घृणा लाग्दै गयो, किनकी म एउटा पुरुष भएर जन्मिए । एकछिन रोईसकेपछी मेरि त्यही प्रश्न सोधे ।
अलि भन्न मन नगरेको जस्तै गर्दै बोल्न चाहिनन्, हुन पनि त हो, रात्री जिवनमा आफ्नो जस्तो पेशा भएपनी उनीहरुको दैनिक जीवन फरक पनि हुन सक्थ्यो । म आफैले धेरै यस्ता युवती देखेको थिए, यो नियतिले गर्दा रात्री जीवन बिताएर आफ्नो दैनिक जिवनलाइ गुजारेका थिए ।
"मलाई यो अवस्थामा मेरो प्रेमिले पुर्यायो, उसलाई विश्बास गरेर मैले उसले भनेका हरेक कुराहरु सहर्ष स्विकार्दै गए, अन्त्यमा जब उसैले छरेको प्रेमको बिज जब हुर्किन थाल्यो, उ मलाई छोडेर गयो, घरमा भन्दा तँ घर छोडेर निस्की भन्दै बाबाले निकाल्दिनु भयो, सायद आमा हुनु भएको भए यस्तो नहुने रहेछ ।"
उनले सबै कुरा यसरी भनिन, कि मानौ यी कुरा मैले सोध्छु नै भनेर उनी घोकेर आएकी थिईन ।
केही नबोली चुपचाप बसिरहयौ, मैले बोल्न केही पाइन, मात्र लाग्यो, प्रेम कति सस्तो भएछ, कसैलाई यौनको प्यास भए, प्रेम गरे जस्तो गर्ने, आफ्नो प्यास मेट्ने र छोड्दिने ।
एकछिन पछी मेरो सामुन्ने उनी नाङ्गिन थालिन ।
"यो के गगरेको" मैले प्रश्न गरे । "जे कामको लागि तपाईं आउनु भएको हो, त्यसैको निम्ति हो, यो गरेको" उनले जवाफ दिईन । म अवाक भए, केहि बोल्न सकिन ।
मेरो पुरुषार्थले मलाई आफ्नो बसमा पार्न खोज्दै थियो, तर! म अह, आफैलाई सम्हाल्दै गए, सम्हाल्दै गए ।

एकपटक यसो हेरे उनलाई, घाँटी घाँटी सम्म कपाल, सुन्दर र हसिलो चेहरा, थियो । उनी मेरो सामु लगभग नाङ्गिसकेकी थिईन । सरिरमा केवल दुइटा लुगा मात्र बाँकी थिए उनको । कपडा थाकबाट एउटा सल झिकेर उनको शरीर लाई ढाकिदिए । उनी केही बोलिनन् ।पर्सबाट आफुसँग भएको सबै पैसा त्यही टेबुलमा राखेर बाहिर निस्किदै भने "भोलिबाट तिमी यो काम नगर्नु, तिमीलाई केही पर्दा मलाई भन्नू, म बेलुकी यहि आउने छु" ।थाहा छैन मलाई के भएको थियो, म आफै आफ्नो बसमा थिईन । एकपटक देखेको, भेटेको, सामान्य रुपमा भन्दा उ प्रती मेरो मनले कब सोच्यो त्यो मनले नै जानोस । बाटो कुरा खेलाउदै हिडे मनमा । कोठा पुग्दा सम्म एक प्यागेट चुरोट सकिसकेको थियो । खाना खान मन लागेन, सुते, केहि नखाई ।


भोलिको दिन जसो तसो बित्यो, साँझ 6 बजे अफिसबाट निस्किएर, म सरासर उनकै रुम तिर गए ।
तर! त्यहा ताल्चा लगाएको थियो । सोचे कतै गएकी होलिन, एकछिन कुर्छु भनेर नजिकै एउटा मुडा जस्तोमा बस्दै गर्दा आँखा ढोकामा अल्झाएर राखेको खाममा पुग्यो । निकालेर हेरे । त्यहा मैले हिजो उनलाई भनेर दिएको पैसा थियो, र एक सानो कागजको टुक्रा ।

जसमा लेखिएको कुराले दिमाग रनथनिदै आयो । लेखेकी थिईन:- तपाईंको नाम ठेगाना केही थाहा छैन, तर यति भन्न सक्छु, तपाईं मलाई प्रेम गर्न थाल्नु हुँदै छ, र म प्रेममा हार खाएर सजाय भोगिरहेको मान्छु हु । मलाई प्रेम भन्ने बित्तिकै, बिस्तरामा सुताउनेहरु याद आउछन, जसलाई एकछिन सम्म आफ्नो सरिर शिथिल नहुन्जेल सम्म मैले थाम्नु पर्छ, जब अघाउछन मबाट, फर्किएर पनि हेर्दैनन् । म प्रेम गर्न सक्दिन ।
मात्र सक्छु कसैलाई शरीर दिन, मन दिनलाई त मन हुनुपर्छ, र मेरो मन बर्षौ अगि टुक्रिएर मलाई घोचिरहेको छ । म बेश्या हु, र यो समाजले मलाई शरीर दिन मात्र खुल्ला गरेको छ ।
एकछिन दिमाग रनथनियो, उठे नजिकै पानीको धारामा मुख धोए ।
सरासर रत्नपार्कको चिनेको भट्टि तिर गए, रक्सी पिउदै चिच्याउन थाले " ए सभ्य समाज तँलाई माझी औंलाको सलाम ।

Via - Ami Prince

Basant Giri

Basant Giri

5 comments:

Powered by Blogger.