म सानो छदा मेरो न्वारन पन्डितले गरीदीए रे तर म जब जबान भए तब मेरो अर्को न्वारण समाजले गरीदीयो ......ओहो!!! म त समाजको प्रिय मान्छे, प्रिय नै नाम दीयो "वेश्या" । म हरेक रात एउटै गुण भएका मान्छे सग बेचीन्छु मात्र अनुहार अनी जिउडालको फरक न हो । डीयर readers, म हरेक रात एउटै मोलमा बेचीन्छु अनी त्यही मोलले मेरो घरमा म र मेरी बुढी आमालाई भात मुछ्ने झोल खान पुग्छ । मेरी आमालाई रातो रङ खुब मन पर्ने तर बिडम्बना मेरी आमालाई त्यो रातो रङले पटक्कै मन पराएन म सानै छदा सेतो रङकी प्रिय हुनुभयो रे ।
हो म मेरी आमाको सेतो रङमा अनी रङ उडेका सपनाहरुमा केही होलीका छीटा जस्ता खुसी छर्न शरीर बेच्छु । मेरी आमाको प्रिय साथी खोकी अनी अर्को कुरा मेरी आमाको मुटुको धड्कन मेरो भन्दा दुई गुना छीटो धड्काउने दम को दम कम गर्न शरीर बेच्छु । सन्सार माया प्रेममा टीकेको छ भन्नु त बहाना मात्र हो रहेछ महोदय यो सन्सार त त्यो कागजको नोटमा टीकेको रहेछ जुन नोटको लागी भाग्यले दीएको सयौ चोट खान पर्छ । हो त्यही नोट अनी चोट सगंको सम्बन्धलाई मीलाएर सपनाहरुको कोट किन्नको लागी म शरीर बेच्छु । म मेरा जिम्मेबारीहरु पुरा गर्न नसकेर लाचार भएर शरीर बेच्छु ..अ हो महासय म खुलेआम शरीर बेच्छु अनी कहलाउछु बेश्या !!
-महारानी साहेबा
No comments:
Post a Comment