'तिम्रो डिम्पल मन पर्छ मलाई!' अनामिकालाई च्याटमा भनिदिएँ मैले!
'मेरो डिम्पल कहाँ छ र बुद्धु?' सोधि उसले!
'पेटमा। सारी लगाउँदा देखिन्छ!'
'टोइट्! नाइटोलाई डिम्पल रे!' ऊ हाँसेको मैले इमोजी हेरेरै महशुस गरेँ। म पनि हाँस्दाहाँस्दै उदास भैगएँ! मेरो कहाँ हक छ र उसको नाइटो अनि छातीको उभारको तारिफ गर्न! ऊ कसैकि श्रीमती थिई अनि अहिले आमा छे कसैकि!
'अब त कहाँ छ र ममा त्यतिबिघ्न आकर्षण!' उदास हुने पालो उसको थियो!
हाम्रा त बिगत मिल्छन्, वर्तमान मिल्छन्। हाँसो, खुशी, चाहना अनि अझै उदासीहरू पनि मिल्छन्!
'अनि उमेर?' सोधि उसले!
'मायालाई उमेरले छेक्छ र?' भनेर भन्न सक्दिन थिएँ म।
सम्झनाको इनामेलले अनामनगरका दिनहरूको चित्र कोरिदियो मनको भित्ताभरि! कसरी भएथ्यो प्रेम एउटा प्लस टु पढ्ने केटाको, एउटि गृहिणिसँग, कसैकि श्रीमतीसँग!
'के हामी फेरि सँगै हिँड्न सक्दैनौँ?' सोधि उसले!
'तिमी थानकोट पुगिसक्यौ, म कलंकिमा छु अझै!'
'मैले कुर्नु हुन्न?'
'उमेरको यात्रा कहाँ रोकिएर रोकिन्छ र?'
'तिम्रो लागी डिभोर्स गरेर बसेकि छु। अनामनगर छोडेकि छु। आएकि छु तिम्रो प्रेमनगरमा।'
'के भन्छ थाहा छ प्रेमनगरले?'
'के भन्छ?'
'प्रेम नगर् भन्छ!'
फोन बज्यो। निस्किएँ चोकतिर। डल्लीसँग फोन गर्दै हिँडिरहेँ बाटोमा। हातको फोन कानमा टाँसेर हिँडिरहेँ मुसुमुसु हाँसेर! तरकारी पसलमा तरकारी छानिरहेकि उसले एकोहोरो हेरिदिएर खोसि मेरो हाँसो! औँलाहरू रोइरहेझैँ लाग्यो, भर्खर च्याटमा लेखेर रोएका औँलाहरू! 'मलाई रूवाएर कसरी हाँस्न सक्छौ तिमी?' उसको मनले भन्यो सायद! 'आफु रोएर कसरी हँसाउँ त दुनियाँलाई?' मेरो मनले दियो जवाफ! 'कसरी?' 'बुढि आईमाईसँग बिहे गर्दा जग हाँस्दैन?' मनमनै बोलिगएँ! 'माया गर्दा नि? आशा देखाउँदा नि? हाँसेन तिम्रो जग?' 'बच्चा थिएँ त्यतिबेला! 'बच्चा नबस्ने औषधि किनेर ल्याउने तिमी बच्चा थियौ?' उसको मन चिच्यायो मनभित्रै! सिमी किनेर गयौ तिमी। म उभिएरै चोकमा तिम्रो पछिपछि गएँ! खाना बनायौ, छोरालाई खुवायौ, आफुले मुछिरह्यौ, फगत मुछिरह्यौ अनि चुठ्यौ! के यस्तै हुन्छ प्रेम? कहिले जातले छेक्न आउने, कहिले भाषाले रोक्न आउने, कहिले उमेरले बिझाउने अनि कहिले धर्मले छुटाउने! फेरि फोन आयो डल्लीको। सोध्छे, आजकाल के भा'को छ? भन्छु, याद भनेको मनभित्रको घाउको खत हो डल्ली, कहिल्यै नमेटिने। कहिलेकाहिँ वर्षौँपछि पनि पुरानो घाउ दुखेर आउँछ। 'के भयो भनेको?' 'दुख्यो।' 'खुब हिँड्न परेको होला खुट्टा बिरामी भा'को मान्छेलाई।' कति निर्दोष छे डल्ली, दुख्ने त मन हो नि! पोल्ने त मुटु हो नि। मलहम लगाएर भरिने घाउहरू भन्दा मनका घाउहरू अत्ति दुख्छन्! बिचरी अनामिका!!
Via : Suresh Badal

No comments:
Post a Comment