bixibit

Breaking News
recent

आत्महत्या किन ???

आजकल धेरै सुनियो "सुसाइड भनेको घृणित काम हो" यो बस एउटा डरपोकले मात्र गर्ने कार्य हो तर के तिमिलाइ थाहा छ आमाले पिङ्ग खेल्न सिकाउदा डराउने छोरीले कसरि पासो लगाउने हिम्मत जुटाइन? के तिमि कल्पना गर्न सक्छौ कि बाबाले पौडी खेल्न सिकाउदा पानि संग डर लाग्छ भन्ने छोरोले कसरि खोलामा हामफालेर आत्महत्या गर्ने हिम्मत जुटाए?घरमा ग्यास बाल्न पनि डराउने छोरीले कसरि आफुलाइ जलाएर प्राण त्यागिन? बाइक चलाउन डर मान्ने छोरोले कसरि गाडीको अगाडी आएर आफ्नो ज्यान दिए?
हो सुसाइड एउटा घृणित कार्य हो तर हामीले बस सुसाइड गर्ने हरुलाइ दोषी मान्यौ अनि हामिहरुले आफुहरु लाइ चोखो बनाएर पन्छियौ मान्छे को जसरि जन्म एकपल्ट हुन्छ त्यसरी नै मृत्यु पनि एकपल्ट हुन्छ त्यो सबैलाई थाहा छ तर यो सबै थाहा हुदा हुदै किन कसैले आत्महत्या गर्यो के हामीले कहिले बुझ्न खोज्यौ? यहा कोहि पनि एक पल्टको जिन्दगिमा Suicide गर्छु भनेर जन्मिदैन तर कहिले काही जिन्दगिमा यस्तो अबस्था आउछ कि हामीले जिन्दगिलाइ अगाडी बढाउनु भन्दा सिदयाउनु बेस मान्छौ अनि सबै कुरा भुलेर मृत्यु को बाटो रोज्छ

मृत्यु कतु सत्य हो तर आत्महत्या हामीले रोक्न सक्छौ आजकल मान्छेहरु बाहिरबाट हेर्दा जति हासी खुसि रहेपनि यहा सबै भित्र एउटा आफ्नै पिडा छ, कसैलाई घर परिवारको टेन्सन त् कसैलाई गल्फ़्रेन बोय्फ़्रेन को टेन्सन, कसैलाई जागिर नपाउनु त टेन्सन त कसैलाई अमेरिका अस्ट्रेलियाको भिसा नलागेको टेन्सन अनि जब यी टेन्सनले हद नाग्छ तब मान्छेहरु हरेस खादै मृत्यु को बाटो रोज्छन त्यसैले म मेरा साथिहरुलाइ के सुझाब दिन चाहन्छु भने आफ्नो फुर्सद को समय आफ्नो घर परिवार अनि साथि भाइ संग बिताउने गर्नुस कसैलाई येहा एक्लो महसुस हुन नदिनुस् भान्छा नि "खालि दिमाग सैतानको घर" खाली दिमाग मा प्राय नराम्रो कुरा मात्र खेलिरहेको हुन्छ त्यसैले कसैलाई त्यस्तो खराब सोच्ने समय नै नदिनुस् कि उसले झुक्किएर पनि आत्महत्या को बारे सोच्ने पनि समय नहोस #Say_No_To_Suicide Via - Bindash_Charlie
Basant Giri

Basant Giri

No comments:

Post a Comment

Powered by Blogger.