bixibit

Breaking News
recent

बलात्कार

" दुई स्तन ", " एक योनी ", " एक लिङ्ग " सायद यही कुरा भएकोले बलात्कार हुन्छ । अह स्तन बलात्कारको कारण होईन किनकी बलात्कार त थुप्रै सानो केटीको पनि भएको सुनेका छौ जसको स्तन उभारीत भएको हुँदैन । उसोभए योनिको कारण बलात्कार हुन्छ तर फेरी थुप्रै चाईल्ड अब्युसको खबर हरु पनि सुनेकै हो जहाँ पुरुष बच्चा पनि सिकार भएको हुन्छ । होईन होईन पक्कै लिङ्गको कारण हुन्छ बलात्कार तर फेरी कहिले काही कुनै पुरुषमा हिंसा भएको खबर हरुको सुन्नु परेको हुन्छ ।  भन्नाले बलातकार लिङ्गको कारणले पनि हुँदैन यदी लिङ्गको कारणले मात्रै बलातकार हुन्थ्यो भने Gang Rape पछी किन केटीको हत्या या उसको प्राईवेट पार्ट्समा कहिले स्टील रड कहिले सिसाहरु खोप्छन । ?




स्तन
योनी , लिङ्ग्कु नै पनि सरीरको संरचनाको कारण बलात्कार हुँदैन । बलात्कार त्यो मानसिक्ताको कारण हुन्छ जसले जब कुनै स्त्रीको सर्टको माथिको दुईटा बटन खुल्लै हुन्छ अनि त्यो बिचको Gap बाट स्तन हेर्ने प्रयास गर्छ । त्यो मानसिक्ता जब स्त्रीको कुर्थाको साईडमा  ब्राको स्ट्रीप देखेर उसको स्तनको ईमेजिनसन गर्छ । त्यो मानसिक्ता जब कुनै स्त्रीले स्कर्ट पहिरेको बेला उसको पाखुरा घुरीराको हुन्छ या पर्खाईमा हुन्छ कहिले त्यो स्कर्ट तल माथी होला या उसको गोडा फैलिएला र त्यो स्त्रीको भित्री वस्त्र देखियोस या अरु केहि ।
त्यो मानसिक्ता जब कुनै साथिले आफ्नो प्रेमीकासँग रात बिताउछ र अर्को सोध्ने गर्छ , पुरा रार संगै हुँदा पनि केहि गर्न सकेनस , त त नामर्द रहेछस । बलात्कार केवल धमलिएको , कुहिएको , गन्धा मानसिक्ताको कारण हुन्छ जहाँ स्त्री एउटा प्रयोग हुने वस्तु मात्र हो , कुनै मनुष्य होईन ।

Atript Jogi
Basant Giri

Basant Giri

No comments:

Post a Comment

Powered by Blogger.