bixibit

Breaking News
recent

अन्तिम चिठी - Saru Kandel को

आदरणीय बाबा आमा अनि प्यारो सुबोध , कहिल्यै सोचेकी थिइन म कहिल्यै सुसाइड नोट पनि लेख्नेछु । जिन्दगी आखिर हाम्रो सोचाइले चल्दो पनि त रहेनछ । मेरो भौतिक स्वरुपको अन्तिम चिनो स्वरुप यो चिठी छोड्दैछु । बाबा, हजुरकी हिम्मतिली छोरिले आज घुडा टेकि । उसलाई अब यो लडाइले पुगिसक्यो जसमा उसलाई हार्नु मात्र छ । अब मलाई ती अदालतका म्यादै पिच्छे नाङ्गिनु देखि पुग्यो हजुरका अघि सुबोधका अघि जजका अघि वकिलका अघि सबका अघि ।मलाई बारबार गर्ने शब्दका बलात्कार देखि पुग्यो, बाबा बरु त मलाइ त्यो रात त्यती दुखेको थिएन जति अदालतमा दिनहरु दुख्छन ।

हुन त हजुर मलाइ डाग्रे भन्नुहुन्थ्यो बासको झ्याङमा कराउने । तर म भन्दा भन्दै थाके बाबा कि म किन अफिसबाट फर्कन ढिलो भए ?? उनिहरुले कसरी मलाइ बस स्टेसन बाट उठाए?? उनिहरुले कहाँ कहाँ छोए मलाइ कसरी कसरी छोए??कसरी मेरा लुगाहरु एक एक गर्दै मेरो हरबाट हराउदै गए??उनिहरु कसरी हासे के भनेर हासे??मैले के भनेर हार गुहार मागे के भनेर बिन्ति गरे कती पटक बिन्ति गरे ?? म थाकिसके । तर बिपक्षि वकिललाइ मान्नुपर्छ बाबा उनले मलाइ पनि बिस्वास दिलाइसके कि गल्ति मेरै हो । कि सायद म बेश्या हु ?? उनको बसमा हुदो हो त उनी यो पनि प्रमाणित गर्थे कि त्यो रात बलात्कार उनिहरुले मेरो होइन मैले उनिहरुको गरेकी थिए । बाबा उनको त्यो सानी छोरिलाइ आशिष् दिनुहोला उसलाइ कहिल्यै अफिसबाट ढिलो फर्कन नपरोस । बाबा अब मलाइ सजिलो बाटो चाहिएको छ ।मैले बुझिसके कि कि लड्नु सजिलो छैन, दिनरात आशुमा डुब्नु सजिलो छैन, बा आमा लाई रोएको देख्नु सजिलो छैन । कमसेकम झुन्डिएर मर्नु भन्दा सजिलो छैन यी सव भोग्नु । पंखामा झुन्डिरहेको सल बोलाइरहेछ बाबा जान्छु आफ्नो ख्याल राख्नुहोला, आमालाइ सम्झाउनु होला,सुबोध छ म नभए नि उसको हर इच्छा पूरा गर्दिनुहोला । आगन पोलेर जाने रहर थ्यो चितामा पोलिएर जान पार्यो परिस्तिथिले । सुबोध, राम्री बुहारी खोज्नु आमा बाबालाइ स्याहार गर्ने । अनि म आउनेछु बुहारिको कोखमा तेरि छोरी बनेर फेरि तलाइ सताउन बा आमाको काखमा खेल्न । मलाइ पर्खिएस है । उहीँ अभागी छोरी/दिदि सुबिना
Basant Giri

Basant Giri

No comments:

Post a Comment

Powered by Blogger.