bixibit

Breaking News
recent

Pramisha - A True Love Story

बस स्टपमा मोबाइल चलाउदै  बसिराको थिय।  जानु कतै पनि थियन तैपनि तेहा बस्नु मेरो दैनिकी नै भाको थियो , जब म मर्निङ्ग वाक बाट फर्किन्थे तब तेही गएर बसिरहन्थे  न त कसैको पर्खाइ थियो न त कतै जाने उदेश्य नै  त्यहा बस्दा खोइ किन आनन्द लाग्थ्यो . त्यहाका मान्छेहरु, बाटोमा गुड्ने गाडीहरु हेर्दै करिब करिब १ घण्टा बिताउथे देख्थे कोहि मान्छे हरु कसैलाई पर्खेर बसेका हुन्थे कोहि गन्तब्यमा जान को लागि गाडी कुरेर बस्थे त कोहि गाडीबाट आउथे .. यो संग मलाई कुनै परबाह नै थियन .. आखिर अन्जान मान्छे को पनि के वास्ता राख्नु बेकार. मा चुपचाप मोबाइल मा फेसबुक चलाउदै बस्थे अनलाइन न्युज हरु हेरेर टाइम पास गर्थे या टाइम वेस्ट गर्थे त्यो त मलाइ पनि थाहा हुदैनथियो .. मेरो बानि नै थियो कान मा एयरफोन लगाएर बस्ने अझ गाउको भासामा भनौ 'जतिबेला पनि एयरफोन ठोसेर' बस्थे..एयरफोन मा के बज्थ्यो या बज्थेन त्यो पनि मैले थाहा पाउथेन .. 


मेरो अगाडी एउटि १८-१९ बर्सकी ठिटी कलेज ड्रेस मा आइ उस्लाइ देख्ने बित्तिकै म अलमलिय .यस्लाइ त मैले पहिले नै कतै देखेको थिय। अलिबेर सोच्दा पनि ठम्याउन सकिन । म एकोहोरिरहे। उ मलाइ हेर्दै मुसुमुसु हास्दै थिइ।  पछि अड्कल काटे । यिनलाइ त मैले अस्ति पार्कमा पो देखेको थिय। मलाइ बादरले झम्टिन खोज्दा मलाइ हेर्दै बेसरी हासेकी थिइन !  म कल्पनामा हराइरहेको थिय।म तिर हेर्दै उन्ले केहि बोलिरहेकी थिइ तर मेरो कान मा एयरफोन भएकोले उस्ले बोलेको कुरा केहि पनि बुजेको थियन। उन्ले सोचिन होला । मैले उन्को कुरा को बेवास्ता गरिरहेको छु । तर मेरो मनसाय त्यो थियन।। झोलाबाट कापी निकालेर  पेज को सानो टुक्रामा केहि लेखेर मलाइ दिइन । के लेखेकी थिइन त्यो भन्दापनी । मैले उन्लाइ मात्र हेरिराको थिय । नेपाली उखान "लाटाले पापा हेरे" जसरी।। अनि मलाइ खुल्दुल लाग्यो के लेखेर दिइन त  त्यो टुक्रा हेरे तेस्मा मोबाइल न. लेखेको थियो अनि तेस्को तल पट्टि लेखेकी थिइन "यो मेरो मोबाइल न. हो यसमा कल गर्नु " । तेती नै बेला उनको कलेज बस आयो उनि चढिन अनि झ्याल संगै को सिट मा पुगेर मलाइ बाइ भनिन अनि के पो भन्न खोज्दै थिइन मैले सुनिन अनि बस पनि गैहाल्यो। म त एकछिन अलमल पो परे आखिर यिनले मलाइ मोबाइल न. किन दिइन त ? न त उनले मलाइ राम्रो संग चिनेकी छन् न त मैले नै उनलाई बस तेइ पार्क मा त देखा देख भाको .. ह्या नचिनेको मान्छेको न. किन सेभ गर्नु पछि सोचे केहि काम भएर नै होला .. आफु बेकार किन घमण्ड गर्नु । मलाइ उनको नाम थाहा थियन .. थाहा होस् पनि कसरि राम्रो संग चिनेको त छैन . आफैले उनको दोश्रो न्वारन गरिदिए म एक्लो को उपस्थितिमा । यसको लागि पुजा पाठ गर्नु परेन ग्रह हेर्नु परेन .. नाम आफै जुराइदिए "प्रकृति" .. कुनै अर्थ ले यो नाम राखेको त होइन तर मनमा येइ नाम आयो अनि मोबाइल न. सेभ गरे "प्रकृति" अनि तत्कालै नोटिफ़िकेसन आयो उनको भाइबरमा यो न. रैछ । उनले लेखेकी थिइन कल गर्नु भनेर तर मैले कल नगरी भाइबरमा मेसेज गर्ने बिचार गरे अनि मेसेज ट़ाइप गरे "Hi ma ........ agi timle no. deko thiyau ni" तर मेसेज सेंद नै भयन नेट प्रब्लम देखायो नेट पनि गयछ । ब्यालेन्स चेक गरे ब्यालेन्स त Rs. 0.83 मात्र रैछ। उनले लेखेकी थिइन कल गर्नु भनेर तर मैले कल नगरी भाइबरमा मेसेज गर्ने बिचार गरे  अनि मेसेज ट़ाइप गरे "Hi ma ........ agi timle no. deko thiyau ni" तर मेसेज सेंद नै भयन नेट प्रब्लम देखायो नेट पनि गयछ । ब्यालेन्स चेक गरे ब्यालेन्स त Rs. 0.83 मात्र रैछ।  कस्तो येही बेला ब्यालेन्स सकिनु परेको म मुर्मुरिए . आफूसंगै रिसाय .. हुन त रिसाएर पनि के गर्नु गल्ति त मेरै थियो भाको पैसा सबै नेट चलाएर जो सकेको थिए . । रिचार्ज कार्ड किन्न लाइ यता उता हेरे तर त्यहा रिचार्ज कार्ड पाउने पसल देखेन ।  के गरु के गरु भैराको थियो । म बसेको साइडमा बाटोको छेउ मा  एकजना बुढी आमाले Ncell, ले रखिदियको छाता को मुनि पानि चाउचाउ पानि सुर्ती चुरोट आदि चिज हरु को पसल राख्नु भाको थियो  मेरो नजर त्यो Ncell को छाता को डनडि मा झुन्डिएको प्लेकार्ड मा गयो । त्यहा लेखियको थियो "रिचार्ज कार्ड यहा पाईनछ ." मनमा अलिकति भएपनि खुसि लाग्यो । अब त मेसेज गर्न सक्छु.।त्यहा गएर हातको इशाराले रिचार्ज कार्ड मागे तर उहाले बुज्नु भएन क्यारे मलाई ट्वाल्ल परेर हेर्नु भयो मात्र .।मलाई जसरि पनि रिचार्ज कार्ड त माग्नु थियो ।  मेरो मुख बाट आवाज आएन । मैले त्यो प्लेकार्ड लाइ देखाउदै इशारा गरे यतिबेला उहाले बुज्नु भएछ । आफ्नो पटुकिमा राखेको थैलो बाट रु. १०० को कार्ड दिनु भयो पैसा दिनको लागि गोजीमा हात हाले म त छागा बाट खसे जस्तो भय गोजीमा पर्स नै थियन आखिर कहा खसाले त त्यो पर्स मैले केहि सोच्ने सकिन । पैसा धेरै त होइन रु. २००० मात्र थियो .. तर त्यो मेरो लागि धेरै नै ठुलो लाग्यो ..  म निराश भए .. त्यो रिचार्ज कार्ड फिर्ता गरे ...  मलाइ नरमाइलो लाग्यो ..। कानमा भएको एयरफोन निकाले .. मोबाइल लाइ गोजीमा राखे अनि कोठामा फर्किनलाइ हिडे .. । बाटोमा आउदा पनि तेइ पैसा अनि प्रकृति को बारेमा सोच्दै कोठामा पुगे .. त्यो दिन बाटो कति छोटो लाग्यो... । घरमा पुग्ने बित्तिकै सुरुमै वाईफाई अन गरे । मैले मनमनै सोचिरहेको थिय. । अघि मेसेज गर्न खोज्दा ब्यालेन्स सकियो.. रिचार्ज कार्ड किन्न खोज्दा पैसाहरायो ..  तर यहा वाइफ़ाइ त जसरि पनि चलोस् । अगुल्ठोले हानेको कुकुर बिजुली देख्दा तर्सिन्छ .. यो उखान मेरै लागि सार्थक भाको थियो. । धन्न नेट त चल्यो .. सायद मेरो आत्तिएको मन भगवान ले बुझेछन क्यारे.  मेसेन्जर मा अरु मेसेज पनि आएका थिए तर ति सबै लै बेवास्ता गरि भाइबरमा प्रकृतिलाई मेसेज गरे .........................। उसको रिप्लाई आएन .. अनलाइन स्टाटस हेरे last seen at 5:45 am देखायो । म पनि कस्तो अबुज मान्छे उ त कलेज पो गाकी थिई कसरि गरोस मेरो रिप्लाई ??आफ्नो ब्यबहार देखेर हासो लाग्यो .. मन त बस उसको मेसेज को पर्खाइमा थियो ..बास्तबमा उ अन्जान नै थिई । तर खोइ किन १ घण्टा मै मेरो मन परिबर्तन भएको थियो  उसको प्रोफाइलमा भाको फोटो हेरे ।सचिनै उ सार्है राम्री थिई ।  हासेको फोटो राखेकी थिई .. मेरो क्रियाकलाप देखेर मलाई बिल्ला गरेको जस्तो लाग्थ्यो .. उ कलेज ड्रेसमा भन्दा बिल्कुलै फरक थिई भाइबरको फोटोमा। उसलाई हेर्दा लाग्थ्यो "उ कुनै अन्जान होइन उ त पहिले देखिनै चिनेको परिचित मान्छे हो "। उसको फोटो हेर्दै म त कल्पनामा हराउन थालेछु .. म आफै अचम्म परिरहेको थिए "आखिर यो सब के भैरहेको छ आज.. किन मेरो मन यति क्रेजी भाको छ ?। अरु बेला जति केटि देखे भेटे पनि केहि नसोच्ने मेरो मनमा आज एकासी के भैरहेको छ ?? "। फेसबुकमा पढेको थिए स्माइलमा फिदा भाको भन्ने लभ स्टोरी .. मोहनी लगाको जस्तो कुरा हरु.. के उसले मलाइ मोहनी लगाकी हो त ? म आफै छक्क परिराखेको थिए .. । म पनि कति मुर्ख केटिले मुस्कान सहित् आफ्नो मोबाइल न. दिई भन्दैमा उसको बारेमा बढी सोच्ने.। हुन त कुनै पनि केटिले आफ्नो फोन न. यत्तिकै कसैलाई दिदैनन .. म संग सम्पर्कमा हुनु को केहि न केहि कारण त पक्कै होला मेरो कलेज बिदा भाको थियो जाच सकिएको भएर । साथीहरु ले कतै जाम न भनेर मेसेज गरे भने पनि मेरो आज काम छ मा बिजी छु भनेर टारीदिन्थे  तर मा बेरोजगार दिनभरी नै फ्री हुन्थे काम केहि पनि हुदैन्थियो .. बिजी छु भन्ने त बाहिर नजाने बाहाना मात्र हुन्थ्यो..त्यस दिन पनि मा फ्री नै थिए टिभि हेर्दै बसेको थिए एउटा हातमा रिमोट थियो टिभी मा कमेडी अनि अर्को हातमा मोबाइल थियो । मेरो ध्यान टिभी मा भन्दा बढी मोबाइलमा हुन्थ्यो  । मेरो मोबाइलमा भाइब्रेसन आयो हेरेको मेसेज पो आएको रैछ .. " उम्म चिने हजुरको फोटो देखेर " उनले लेखेकी रैछीन,।  अनि खाना खानु भयो त ?? मैले रिप्लाई गरे " खाए मैले त तिम्ले खायौ ?? "  उनि म भन्दा सानो जस्तो लागेर नै उनलाई तिमि भनेर सम्बोधन गरेको थिए । उनको मेसेज आयो " मैले त खाएको छैन नि भर्खरी कलेज बाट आए ड्रेस पनि चेन्ज गरेको छैन "।
म : ए हो ??
उनि : उम्म हो नि .. साची हजुरको नाम के नि ??
म : मेरो नाम दिप 
उनि : उज्यालो दिने भएर दिप भाको हो हजुर ??
म : होइन नाम मात्र..
सुन त तिम्रो नाम त मैले आफै राखिदिए नि प्रकृति.. तिम्रो ओरिजीनल नाम के नि ?
उनि : हाहाहा हो र. सोद्नु पर्थ्यो नि बिहान .. बोल्दा पनि बोल्नु भएन.. 
मेरो नाम पनि प्र बाट नै आउछ बट प्रकृति होइन प्रमिषा हो .. हेहेहेहे..
म : ए हो ? तेसो भए अब प्रमिसा भनेर नै सेभ गर्छु 
उनि : हजुरलाई जुन मन पर्छ तेइ सेभ गर्नुस न .. प्रक्रिति मलाइ पनि मन पर्यो हेहेहेह 
"हस , साची तिमीले मलाइ चिन्छौ ?? तिम्लाई त अस्ति पार्कमा देखेको है " मैले रिप्लाई गरे ..
मेसेज सीन भयो तर रिप्लाई आएन हेरेको त वाइफ़ाइ नै गएछ टिभी हेरेको टिभी पनि अफ लाइन पो गएछ . घडी हेरे ११ बजेको रैछ.. । नेपाल बिधुत प्राधिकरण लाइ देखेर रिस उठ्यो उठेर पनि के गर्नु उसले उसकै समयमा काटेको त थियो लाइन ..। मेरो मोबाइल मा कल आयो उनकै रैछ फोन उठाए तर मैले केहि बोल्न सकिन .। उनि एकोहोरो बोलेकी थिइन् " हेल्लो ,, हेल्लो हेल्लो के भयो ? किन नबोल्नु भाको ?? मेरो आवाज सुन्नु भाको छैन ?? "। म चुप चाप सुनिरहे , बोल्न खोजे तर बोलि नै आएन ' फोन काटेर मोबाइललाइ ओछ्यान मा फाले _____ बाकि भाग प्रतिक्षा गर्नुहोला !!
उनि एकोहोरो बोलेकी थिइन् " हेल्लो ,, हेल्लो हेल्लो के भयो ? किन नबोल्नु भाको ?? मेरो आवाज सुन्नु भाको छैन ?? "
म चुप चाप सुनिरहे ,
ल्न खोजे तर बोलि नै आयन 
फोन काटेर मोबाइललाइ ओछ्यान मा फाले .. 
म चुपचाप बसे ...

बिहान उ बोलदा पनि मैले चासो नदिए जस्तो भयो ,, 
मेसेज गर्दा पनि लाइन ले धोका दियो .. 
मेरो ब्यबहार ले उसले मलाइ के सोची होलि .. 
के भयो के भयो 
आफु देखि नै दया लागेर आयो.. 
म बोल्न सकिन त मेरो के दोष , 
मैले जानी जानी उसंग बोल्न इन्कार गरेको हो?? 
मेरो के गल्ति मैले जानी जानी उसंग बोल्न नखोजेको त होइन नि .. 
यही सोचेर मन शान्त बनाए 
मलाई के गरु के गरु भयो .. गर्न केहि सकिन .. मोबाइल मा ब्यालेन्स पनि थिएन मेसेज गर्न को लागि . .
किचेनमा गए चिसो पानि एक गिलास खाए अझ पनि मन बहकिरह्यो ... 
मोबाइल हातमा के लिएको थिए .. उनकै फोन आइहाल्यो . 
फोन रिसिभ गरु कि नगरु भयो .. रिसिभ गरे ..
"अघि किन नबोली फोन काट्नु भाको ?? म नचिनेको मान्छे भनेर बोल्न नखोजेको हो ??
नेट पनि अफ गर्नु भयो .. मेरो कारण ले डिस्ट्रब भाको हो भने भन्नुस है .. 
मेरो कारण ले अरुलाई दुख नहोस. " उनि एकै सास ले सबै कुरा बोलिसकेकी थिइन् ..
मैले केहि जबाफ दिन सम्म सकिन उनको कुनै पनि प्रश्न को .. उनले बोलेको सुन्नु शिवाय मेरो अरु कुनै उपाए नै थिएन .. 
उनि बोलिरहिन बोलिरहीन ... म बिबस थिए सुनेर बस्न .. उनलाई पनि वाक्क लागे होला पछि आफै फोन काटिन ..

दिनभरी रूम मै बसे कतै निस्किन मन नै लागेन .. खोइ किन त्यो दिन सार्है लामो लाग्यो .. 
सार्है बोरिङ्ग फील भयो .. 
हुन त समय आफ्नै रफ्तारमै चलिरहेको थियो मलाई हतार भयो भन्दैमा घडी को सुइ घुमाएर मात्र नहुदो रैछ .. 
लाइन पनि आएन ... लाइनलाई कुर्दै बसे .. 
बल्ल बल्ल आयो सायद ६ बजेको थियो होला तेती बेला .. अनुहार मा अलिकति भएपनि चमक आयो .. वाइफ़ाइ अन गरे धन्न नेट चल्यो .. 
भाइबर मा थुप्रै मेसेज आएको रहेछ खोलेर हेरे उनले नै लेखेकी थिइन् .. 
अनि लास्ट मा लेखेकी रैछिंन .. "म संग बोल्न नखोज्नु भएको जस्तो छ .. यदि बोल्न मन लाग्यो भने मिसकल गर्नु ल ".. 
यो मेसेज ले म त अलमल मा पो परे खुसि हुनु कि दुखि .. दुखि बनु भने उसले नराम्रो सोचेको छैन रैछ .. 
खुसि बनु भने मिसकल गर्ने ब्यालेन्स सम्म पनि थिएन .. मैले भाइबर मै मेसेज गरे .." I am Sorry .."
मेरो मोबाइल ले राम्रो संग काम गरेको छैन" मैले झुट बोले .. " म दिन भरि काम मा बिजी भए सो तमि संग कन्ट्याकमा नभएको" 
के के बहाना बनाएर मेसेज लेखे. 
उनलाई कसरि भनु कि म बोल्न नसकेर नबोलेको भनेर?? 
तत्कालै रिप्लाई पनि आएन आउछ कि भनेर कुरे आएन अनलाइन स्टाटस पनि केहि देखाको थिएन 
सायद उनले लुकाएकि पो थिइन कि अलि बेर कुर्दा पनि आएन रिप्लाई .. 
खाना पाकी सकेको थियो खान खाए तर खाना राम्ररि रुचेको पनि थिएन .. 
म सतर्क थिए मेरो परिबर्तन भएको बानि घर परिवार मा थाहा नहोस .. म आफ्नै बेड मा आए अनि फेरी मोबाइल हेरे .. मोबाइल मा मेसेज आएको रहेछ आतुर थिए हेर्न हेरिहाले .. म त jhasanga पो भए ..उनले नै मेसेज गरेकी holin bhadai aattidai hereko त खेरी गएछ मेसेज त मेरो अर्को केटा साथीले पो गरेको रहेछ " के हो तेरो पारा तैले किन कल नगरेको आज .. हिजो त तैले नै प्लान गरेको थिइस त सुन्दरीजल घुम्न जाने भन्दै .. कल गर्छु भन्थिस गरेनस.. तेरो काम परेको होला भनेर मैले पनि वास्ता गरिन " एउटै सेण्टेन्स मा लेखेको थियो . म त कस्तो भुसुक्कै बिर्सेछु .. 
मैले नै प्लान गरे तर आफै क्यान्सेल भयो .. आफैदेखि रिस उठेर आयो .. 
उसलाई मेसेज रिप्लाई गरे " सो सोरी यार मेरो आज अर्जेन्ट काम पर्यो तेइ भएर हो भोलि जाम न ल, मेरो समस्या बुज्छास नि यार तैले त.. " उसलाई सम्झाउने लय मा लेखे.. 
एकछिन पछि प्रमिषा को पनि मेसेज आयो.." hajur त कस्तो hau मेरो कल अनि मेसेज को त वास्ता नै छैन.. irriTaTe भएको भएर हो?? " 
" testo hoina मेरो मोबाइल ले काम गरेको छैन राम्रो संग मेरो मोबाइल को mic bigreko chha तेइ भएर हो ,
malaai irritate भएको भए त मेसेज नै गर्ने थिइन नि " samjhaaune हेतु ले भने . 
खान खानु भयो देखि लिएर धेरै कुरा हरु भए .. साचिनै त्यो बेला सार्है रमाइलो फील भयो .. 
सायद लाइफ मै पहिलो पटक केटि संग धेरै बेर सम्म कुरा गरेको थिए .. धेरै raati सम्म च्याट भयो .. 
उनि सुत्ने तरखर नै गरेकी थिइनन .. मलाइ लाग्दै थियो के साची यिनलाई मैले आज नै भेटेको हो त ?? 
बास्तब मा उनि नया भएको महसुस नै थिएन.. उनि त बर्सौ पहिले देखि नै चिनेकी झैँ परिचित थिइन धेरै राति नै भैसकेको थियो .. उनि अझै बोल्न खोज्दै थिइन ..मेरो मोबाइल ले संकेत दियो ब्याट्री चार्ज त जम्मा १ % मात्र .. मोबाइल नै अफ भयो गुड नाइट पनि bhanna napaaudai ........ 

एक्लै हास्दै बसिरहे सुतिरहे खुसी ब्यक्त गर्ने कोहि त थियन सबै जना सुतिसक्नु भएको थियो । नसुतेको भय पनि यस्तो कुरा त कसरि भन्थे होला र।। 
आज बोल्न पायन त के भो भोली बिहान त भेटिहाल्छु नि । यहि सोचेर भोली बिहान छिट्टै उठ्ने निधो गरे।। 
लाइन थियन तर पनि लाइन आयो भने चार्ज त होला भन्ने आस ले मोबाइललाइ चार्जर मा जोडेर सुते।। 
कतिबेला निदायछु पत्तो पायेन एकैचोटी बिहान उठे ५:४२ पो भैसकेछ ।। अरुबेला जहिले पनि ५:१५ मा निदले छोड्ने मलाइ त्यो दिन त २७ मिनेट ढिलो बनाइदियेछ।।



मोबाइल हेरे अन गर्न खोजेको अन नै भयेन पछि पो थाहा भयो मोबाइललाइ चार्ज मा त राखेको रहेछु तर Plug को Switch त अन गर्नै बिर्सेछु। रिस उठ्यो एक त ढिला उठेछु अर्को मोबाइल अन नै नहुने।। मर्निङ वाक त दिमाग मा आयेन तर उनलाइ भेट्ने आसले हतार हतार कपडा लगाए जुत्ता लगाउन पनि ढिला हुन्छ कि भनेर चप्पल नै लगायर तेइ बस स्टपतिर लागे घरमा कसैलाइ पनि नभनी ।। हतार हतार गरि हिडिरहे ।। बस स्टपको अलि ओरै बाट उनलाइ देखे मन आत्तियेको जस्तो भो ।। त्या गयेर के भन्ने होला के गर्ने होला । मेसेजमा त राम्रो सङ बोल्न नजाने म उनिसङ कसरि प्रस्तुत हुने त ? उनिपनी यताउती हेर्दै थिइन मेरो पर्खाइ त हो या होइन त्यो त थाहा भयेन तर कलेज बसको पर्खाइमा त पक्कै थिइन। 
म उन्को नजिकै पुगिसकेको थिये उनि बस स्टपमा थिइन भने म बाटोको पारी पट्टि तर उन्ले मलाइ देखेकी थिइनन ।। म बाटो काट्न लाग्दैथिय उन्को कलेज बस पनि नजिकै आइसकेछ म हतार हतार बाटो काटे।। उनि नजिकै पुगे उन्ले मलाइ देख्ने बित्तिकै मुसुक्क हासिन अनि "हाइ" भनीन म बोलीन हासिरहे मात्र हिजो उन्लाइ देख्न आत्तियेको म उनलाइ देखेपछी हेरेको हेरेइ मात्र भये बसले हर्न बजायो उनि गाडी चड्न लाग्दै गर्दा भनिन " मेसेज गरेकी छु हेर्नु " यति भन्दै उनि भित्र पसिन अनि उहि उन्को सिटमा पुगिन ।।झ्याल सङ्गै को सिट अरु साथिहरुले उन्लाइ अनि मलाइ हेरिरहेका थिये ।। के सोचेर हेरे त्यो त तिनिहरु नै जानुन।। बस हिडिहाल्यो मैले हेरिरहे बस पर पुग्दा सम्म ।। फर्केर हेर्छिन कि भन्ने आसले तर मैले जे सोचेको थिये तेइ भयो उन्ले आफ्नो टाउको निकालेर हेरिन बस धेरै पर पुगिसकेयो तर पनि मैले हेरिमात्र रहे..उनि सङ्ग केहि नबोलेपनी केहि कुरा नगरेपनी मन खुसी थियो कमसेकम उन्लाइ भेट्न त पाये नि।। म एकोहोरो हेरिरहेको देखेर अरु मान्छे हरु पनि मलाइ ट्वा परेर हेरिरहेको पो रहेछन।। हेरे त के गर्नु रिसाउन भयेन।। मेरो नजर मेरो पाइन्टमा पर्यो 
बिहान पाइन्ट लगाउदा मैले त हिलो लागेको पो लगायेको रहेछु तेस्माथि 
अनि चप्पल हेरे चप्पल ओहो चप्पल त फरक फरक पो परेछ।। आफु देखी नै शरम लागेर आयो ।। मान्छेले यस्तै देखेर पो जिल्ल परेका थियेकी त्यो उनिहरु नै जानुन।। धन्य टिसर्ट त राम्रै रहेछ।। 
पछि सम्झे ओहो उस्ले मेरो यो ड्रेसअफ देखेर के सोचेकी होलि ?? लाज लाग्यो अनि भित्र भित्र हासो पनि लाग्यो आफ्नो यो हालत देखेर।।
जे सोचेपनी अब उस्को सोच परिबर्तन गराउन जाने कुरा भयन क्यारे।। मैले जानी जानी यस्तो लगायेर बौलाहा जस्तो बनेको त होइन नि।। उस्लाइ भेट्न आउदा त हो नि।। 
च्याट मा यस्तै कुरा निकाली भने यथार्थ बताउनु पर्ला। यहि सोचे।।
अब यहा किन बसिराख्नु घरमा गये त मोबाइल चार्ज गर्छु अनि मेसेज हेर्छु भनेर घरतिर फर्किय ।।
घरमा आउदा सबैजना उठिसक्नु भयेको रहेछ।। पहिला नै अन्कल ले जिस्काउने पारामा भन्नुभो " ओहो महासय बिहान बिहानै खेत रोपेर आउनु भयो कि के हो ??" म मुसुक्क हासे मात्र अनि आफ्नै कोठामा गयेर मोबाइल हेरे 32% चार्ज भैसकेको रहेछ अन गरे ।। भाइबरमा आयेको मेसेज हेर्न थाले अरु साथिहरु को पनि मेसेज थियो तर मेरो आखा पहिले नै उन्को मा पर्यो।। राती म सुतेपछी पनि मेसेज गरेकी रहेछिन ।। उन्ले लेखेको मेसेज हेर्दै थिये आज बिहान नै लेखेकि रैछिन। " हजुरलाइ फुर्सद हुन्छ भने 1 बजे अस्तिको पार्क मा आउनुहोस है हजुरलाइ म एउटा सरप्राइज दिन्छु " म त अचम्म पो भये के सरप्राइज दिने भनेको होला।। म त अन्जान नै हु नि ।।
तैपनि मैले रिप्लाइ गरे " हुन्छ तिमि कलेजबाट आयेपछी मलाइ मेसेज गर ल" यति मेसेज लेखेर मोबाइललाइ चार्जमै छोडिदिय
राती निद पुगेको थियेन सुतेको त एकछिन मै निदायेछु ।। पछि आन्टिले उठाउनु भयो।। खाना पाकिसकेछ 
खाना खाय १०:३५ भैसकेको थियो होला मेरो मोबाइलमा कल आयो साथिको रहेछ फोन रिसिभ गरे " त तोरि के भाको हिजो आज कति मेसेज गरे फेसबुकमा भाइबरमा केइ रिप्लाइ गर्दैन यार।। त मरिस कि ज्युदै छ्स ह ?? एउटा important काम छ भाइबर मा आइज त।।" उस्ले एकोहोरो बोलेर फोन राखिदियो । हुन पनि उस्ले भने जस्तै म परिबर्तन भयेको थिये तर किन मलाइ नै थाहा थियेन अरुलाइ झन कसरी थाहा होस।। 
के important काम होला भनेर भाइबर हेरे तेस्मा उस्ले लेखेको रहेछ " सुन त अघी बिहान सरोज को Bike Accident भयेछ अहिले Norvic hospital मा रैछ हाम्रो घर मा आइज न अनि जाउला छिटो आइज " 
म त मेसेज पढिरहे दोहोराउदै। म झसङ्ग भये छागा बाट खसे जस्तै भये उस्लाइ अनि उसङ्ग का दिनहरु झल्झली सम्झिरहे।।।।

खाना खाय १०:३५ भैसकेको थियो होला मेरो मोबाइलमा कल आयो साथिको रहेछ फोन रिसिभ गरे
" त तोरि के भाको हिजो आज कति मेसेज गरे फेसबुकमा भाइबरमा केइ रिप्लाइ गर्दैन यार।। 
त मरिस कि ज्युदै छ्स ह ?? एउटा important काम छ भाइबर मा आइज त।।" 
उस्ले एकोहोरो बोलेर फोन राखिदियो । 
हुन पनि उस्ले भने जस्तै म परिबर्तन भयेको थिये तर किन मलाइ नै थाहा थियेन अरुलाइ झन कसरी थाहा होस।। 
के important काम होला भनेर भाइबर हेरे तेस्मा उस्ले लेखेको रहेछ
" सुन त अघी बिहान सरोज को Bike Accident भयेछ अहिले Norvic hospital मा रैछ हाम्रो घर मा आइज न अनि जाउला छिटो आइज " 
म त मेसेज पढिरहे दोहोराउदै।
म झसङ्ग भये छागा बाट खसे जस्तै भये उस्लाइ अनि उसङ्ग का दिनहरु झल्झली सम्झिरहे।।
शरीर नै लुलो भयो .. समयले मानिस ले कति बेला के बनाउछ कतिबेला के हुन्छा केहि पनि बुझ्न नसकिने .. 
साचिकै समय बलबान छ . दैब को लेखा भनौ या भगवान को लिला ... मनमा केके कुरा हरु खेल्न थाले .. 
सरोज मेरो बच्चै देखि को साथी होइन उ संग त मैले #ब्याचलर फर्स्ट वर्षा मा भेटेको 
तर पनि उ मेरो बच्चा देखिको साथि भन्दा कम थिएन .. 
उ जति मिलनसार त सायद मेरो सानो साथि अनि आफ्नै आफन्त पनि थिएनन् होला ..
उसको बाबा ममी ले पनि मलाइ आफ्नो छोरा जतिकै माया गर्नु हुन्थ्यो. 
मलाइ अति नै बिस्वास पनि गर्नुहुन्थ्यो किन कि म अरु जस्तो लफंगो थिएन नराम्रो लत केहि पनि थिएन .. 
उसंग का रमाइला पल हरु झल्झली नाचिरहेका थिए मेरो आखा अगाडी .. 
म उत्सुक थिए उसलाई भेट्न को अनि मेसेज गरे बिष्णु (मेरो साथि मलाइ इन्फोर्म गर्ने) लाइ
" म तेरो घरमा आउदा ढिला हुन्छ बरु बाइक लिएर आइज न यहा अनि संगै जाउला " .. 
" ल ल म आइहाल्छु तयार भएर बस ", उ अनलाइन मैले रैछ तत्कालै रिप्लाई दियो .. 
म तयार हुन समय लागेन . जिन्स पाइण्ट लगाए अनि सर्ट .. जुता लगाउन लाइ मोजा खोजे तर मोजा नै भेटिन ..
यो सब त मेरै ले हो हरेक कुरा को बेवास्ता गर्दा जैले पनि आबस्यक पर्दा चिएको चिज नै भेट्न गाह्रो हुन्छ. 
पछि भेटे वेड को घर्रा मा राखेको पो रहेछ .. 
जुत्ता लगाए अनि घरमा कसैलाई kehi पनि नभनी बाहिर निस्के एकछिन मा बिष्णु पनि आयो .
." ल बस" , उसले भन्यो . म बसे कति बेला हस्पिटल पुग्ला जस्तो भाको थियो .. 
११: १५ बजिसकेको थियो होला .. ओहो कस्तो जाम बाटोमा .. 
त्यो धुलो मैलो अनि दिउसो को गर्मि पनि .. तेइ बाताबरण बाट बल्ल तल्ल होस्पिटल पुगियो ..
सोमबार को दिन थियो होस्पिटल मा पनि कति धेरै भिड ति मान्छे को जमात देख्दा लाग्थ्यो यहा भब्य कार्यक्रम भैरहेछ .. 
तर उनीहरु को पनि आफ्नै बिबसता थियो . समयमै उपचार गर्ने दिर्घजीबी हुने.. 
बाइकलाइ पार्किंग गर्ने ठाउ समेत थिएन अरु गाडीको चाप ले .. तर पनि बिष्णु ले मिलाएरै पार्क गर्यो अनि सरोज को मम्मी लाइ कल गर्यो ..
मम्मीले सरोजलाई भर्ना गरेको वार्ड (कोठा) बताइदिनु भयो .
उ अगाडी अगाडी बढ्यो म पछि पछि हिडिरहे उसको पछि पछी उ जता जाञ्छ तेतै 
मूल घोडा हिडेपछि अरु घोडा पनि बाटो पच्छ्यौदै हिड्छन ठिकै तेसरी नै .. किनकि मलाइ त थाहा थिएन कोठा . 
माथि तला मा पुगिम बाहिर पट्टि आन्टी(सरोज को मम्मी) बसिरहनु भाको थियो . 
बिष्णु ले नमस्ते गर्यो .. तर मलाइ नमस्ते गर्ने जागर सम्म आएन .. 
मैले आण्टिलाइ हेरिराको थिए अनुहार सुन्निएको थियो सायद धेरै रुनु भएर होला ..
उहाले पनि मलाइ एकोहोरो हेरिरहनु भाको थियो दुखि पारामा .. तर केहि पनि बोल्नु भएन.. मलाइ अप्ठ्यारो लाग्यो .. 
सोध्न मन लाग्यो सरोज लाइ कस्तो छ कहाँ छ ??
"सरोज कहा छ उसलाई भेट्न मिल्छ कि नाइँ आन्टी ??", सरोज ले सोध्यो .
मैले सोध्न लागेको कुरा उसले नै सोध्यो . मेरो मन कै कुरा बोल्यो .. आखिर मेरै साथि न पर्यो कहिले काही मन मिलिहाल्छ नि ,. 
" मिल्छ जाउ यहि भित्र" , बोलि राम्रो संग निस्केको थिएन सासै सास ले बोल्नु भाको थियो.. 
उहालाई सार्है नै चिन्ता थियो छोरा को आखिर नहोस पनि कसरि एक्लो छोरो न थियो सधै 
माया गरेर राखेको छोरो लाइ रुघा लाग्दा त आम को मन रुन्छ भने यहा त हस्पिटल मा नै भर्ना गरेर राख्नु परेको थियो ..
मेरो मोबाइल मा कल आयो फोन झिक्ने जागर नहुदा नहुदै निकाले प्रमिषा को पो रहेछ 
बल्ल पो सम्झे उनले त भेट्ने कुरा पो गरेकी थिइन तर म त हस्पिटल मा छु .. 
कल रिसिभ गरिन फेरी कल आयो काटिदिए किनकि मैले के जवाफ दिने कल रिसिभ गरे पनि मेरो काम तेइ सुन्ने त हो .. 
त्यो भन्दा बरु मेसेज गर्छु भनेर मोबाइल डाटा अन गरे . मोबाइलको मेसेज बक्स मै मेसेज आयो 
" के भयो र फोन रिसिभ गर्नुस न " , मैले पनि तत्कालै मोबाइल डाटा बन्द गरे अनि मेसेज बक्स मै मेसेज गरे 
" आइ एम सो सोर्री ,, मेरो साथि हस्पिटल मा छ एक्सिडेण्ट भएर सो आज तिमीलाइ भेट्न नसक्ने भए नि "
फेरी कल आयो मैले फेरी पनि काटे .. "देन इट्स ओके ", उनले लेखिन . मैले यसको केहि रिप्लाई गरिन . 
मलाइ लाग्यो . पक्कै उनले मेरो कुरा बिस्वास गरिनन् .. मैले भेट्न नचाहेर बाहना बनायो भन्ने सोचिन होला तर मलाइ थाहा थियो नि मैले उनलाई झुट बोलेको छैन . म आफै बिबस छु उनलाई बाध्यता मा रहन .. 
"ह्या जे सुकै होस् उसले जे सोचोस् न मेरो कुरा विश्वास नगरेर रिसाए पनि मलाई के मत्लप, 
उ त एक दिन भेटिएकी मान्छे न हो .. मेरो लागि त उ(प्रमिसा) भन्दा पनि मेरो बेस्ट फ्रेन्ड सरोज नै महत्वपुर्ण हो नि "
यस्तै सोचे अनि सरोज भएको कोठामा गए . बिष्णु पहिले नै गैसकेको थियो .. 
तर त्यहा भित्र पुग्दा त मैले सोचेको भन्दा धेरै नै बेग्लै देखे .. साची नै मेरो कल्पना भन्दा धेरै माथि थियो .. 
सरोज त खुसि साथ् बेड मा सुतिराको रहेछ अनि बिष्णु संग जिस्किदै पनि थियो .. 
मलाई देखे बित्तिकै उ पनि खुसि भएर बोलायो "ओए तोरी हेर त मा एक्लै कति सुत्नु यार बोर भयो
त पनि सुत्छ्स कि .. त पनि अनुभब गरन " मलाइ ज्जिस्कौदै बोल्न थाल्यो .. म केहि नबोली बसिरहेको थिए ..
उसको खुट्टा मा प्लास्टर गरेको रहेछ खुट्टा समाउन खोजेको करायो " ह्या दुख्छ यार " 
पछि उसले सबै कुरा बतायो बिहान बानेश्वर जान लाग्दा माइतिघरनिर बस लाइ ओभरटेक गर्न खोज्दा बाइक लडेको रहेछ 
"धन्य बिहान पातलो गाडि गुड्ने भएको ले अर्को गाडीले कुल्चेन नत्र त मलाइ भेट्न पनि न पाउने रहेछौ हाहाहा" 
आफैले भन्दै आफै हास्दै थियो हाम्लाई जिस्काउदै .
"चुप लाग स्याल मर्नु पर्थ्यो नि .. बिहान आण्टिले फोन गरेर थाहा भयो .. कति चिन्ता भयो भन्ने कुरा बुज्दैन अझ जिस्किदै छ ", बिष्णु ले रिसाउदै भन्यो ..
"के हो तेरो पार अचेल त बोल्दा पनि बोल्दैनस कता बिजी भैस हाम्लाई नै थाहा नदिकन ??", सरोज ले सोध्यो ..बिष्णु ले थप्यो" नया नया प्रोजेक्ट गर्दै होला नि अचेल एक्लै एक्लै हाहाहा" म हासे मात्र .. khasyo मोबाइल त off पो bhayechha 
तेती नै बेला फोन आयो मोबाइल मेरै हातमा थियो प्रमिषा को नै रैछ.. मैले कल काटे .. 
"कसको कल हो ??" , सरोज ले सोध्यो .
कसैको पनि होइन भन्ने इसारा गरे ..फेरी कल आयो बिष्णु ले मोबाइल खोस्यो मैले समाउन खोजे तर सकिन 
"ओहो प्रकृति (मैले पहिला रख्देको नाम प्रमिषा को ) ,, येसो पो को हो यो ??" उसले बोल्यो
मैले मोबाइल खोस्न खोजे सकिन .. सरोज ले बोल्यो " एस्लाई नदे बिस्नु मोबाइल . फोन रिसीभ गर्न को रैछ हामि पनि चीनम " 
"हेल्लो हेल्लो दिप छैन है यहाँ" बिष्णु ले बोल्यो ..
उनले के भनिन थाहा भएन . 
उसले फेरी बोल्यो " ए भाउजु पो हो ?? " फेरी पनि मोबाइल खोस्न खोजे मोबाइल खष्यो मोबाइल त अफ पो भएछ .......
बाकि भाग प्रतीक्षा गर्नुहोस

मलाइ सार्है रिस उठ्यो उस्को व्यबहार ले ।। 
आफ्नै मिल्ने साथी केहि भन्न पनि त भयन किनकी साथि साथी मा हल्का मजाक त चलिहाल्छ नि। 
मोबाइल अन गरे धन्न केहि पनि भयेको रहेन्छ ।। उनिहरुले गिज्याउन थाले 
ओहो येस्को त प्रगती पनि भैसकेछ त हाम्लाइ त केहि पत्तो नै छैन ।। 
"ए तोरी भन न भन हाम्ले केही गर्दैनम क्यारे" सरोज ले भन्यो।
"ह्या केही पनी होइन यार" मैले भने आवाज नै प्रस्ट आयन सासै सास ले भने।। 
" ओहो के भयो तेरो आवाज पनि तेसैले लागि कि क्या हो ?" बिष्णुले जीस्काउदै भन्यो।।
" चुप लाग साले अस्ती तीमिहरुले गर्दा यस्तो भयो" अलि अलि आवाज खुल्यो।
" नाटक नगर त त हो नी चिच्याउदै उफृने तलाइ हाम्ले भनेको हो ? चीच्याउन ??" उ बोल्यो।
" म जान्न भन्दा पनी जबर्जस्ती लाने तिमी हरु त हो " 
एक त मलाइ पहिले देखिनै रुघा लागेको थियो तेस्माथी अझ राती को कन्सर्ट ।। 
गर्मी महिना भयेपनी रातिमा त चिसो नै हुन्छ ।। म त झन एउटा टिसर्ट को भर मा थिय। 
म यसै पनि रोगी मान्छे धेरै लामो समय पछि रमाइलो गर्न गयेको भयेर अति नै चिच्याउदै उफृदै रमाउदै गर्दा 
घाँटी सुकेको थियो अर्को दिन त घाँटी पनि दुखेको अनि बोली नै बन्द।।

उनिहरुले अति फोर्स गरेपछी मैले सबै बास्तबिकता पनि बताइदिये ।। अनि आज भेट्न बोलायेको कुरा पनि प्रस्ट पारिदिये ।। 
पौने एक हुन आटेको थियो होला ।। 
सरोज ले भन्यो," मेरो चिन्ता नगर त जा भेट मलाइ कुर्न त मम्मी हुनुहुन्छ ।।
बरु आज साझ आओ दुबै जना मम्मी लाई घर पठाइदिउला अनि हामी बसौला राती " 
ओहो कति महान छ मेरो साथि आफु यस्तो अबस्था मा हुदा पनि अझै मलाइ नै सपोर्ट गर्दै छ .. 
साचिनै म भाग्यमानि थिए सरोज र बिष्णु जस्तो मिल्ने अनि हरेक कुरा मा सहायोग गर्ने साथि पाएको थिए 
माया गर्ने परिवार पाएको थिए .. सुखी थिए .. साना तिना दुख हरु त जसको जिबन मा पनि आइहाल्छन नि तर धेरै खुसि अनि 
सुख को माझ मा साना तिना दुख को के पो अर्थ हुन्छा र खुसि ले नै जित्छ नि .. 
सपोर्ट गर्ने साथि हरु अनि माया गर्ने परिवार पाएको मा आफुलाई नै गर्ब महसुस गर्थे .. 
"साझ चाइ जसरि पनि आउनु है मलाई बोर हुन्छ यार " , सरोज ले भन्यो . मैले भने "हुन्छ आइहाल्छाम नि चिन्ता नगर न 
आज राति हस्पिटल मै रमाइलो गर्नु पर्छ मैले हास्दै भने "
बिष्णु ले पार्क को बाहिर सम्म पुर्येदिन्छु हिड भन्यो अनि आन्ति लाइ जान्छाम साझा आउछम भनेर हिड्यौ .. 
म बाइक को पछाडी बसे .. मन मनै सोचे आखिर उनले मलाइ किन भेट्न बोलाइन त अनि के सर्प्राइज पनि भन्दै थिइन .. 
मन कता कता डुलिरहेको थियो एकै छिन मा हामि पार्क को गेट मा पुगिम सायद १ : १३ /१४ भएको थियो होला . 
"ल ल रामरी भेट म गए, मलाइ पक्कै भेटौदैनस होला आज ", विष्णुले भन्यो .."ल ल पछि भेटौला" मैले भने .
उ अलि कति अगाडी पुगेको थियो बाइक रोक्यो र बोल्यो," अनि सुन त अहिले साझ हस्पिटल जानु पर्छ कल गरेस है "
ल ल हुन्छ भनेर टाउको हल्लाए ... 
प्रमिषा यतै बाहिर छन् कि भनेर यता उता नजर डुलाए तर कतै देखिन 
गोजी बाट मोबाइल निकाले अनि कल गरे 
कल रिसिभ भएन .. फेरी कल गरे अह यसपाली पनि भएन .. 
सायद भित्रै होलिन भन्ने लाग्यो अनि उनले भनेको सम्झे उनले त पहिला देखेको ठाउमा पो भेट्ने भनेकी थिइन् .. 
गेट को इन्ट्री टिकट काटे अनि भित्र पसे.. 
गेट बाटै उनलाई नियाल्दै थिए .. उनि कतै तिर मलाइ कुर्दै पो बसेकी छिन कि .. मन मा डर मिस्रित हर्ष थियो 
किनकि मैले कुनै पनि केटीलाई एक्लै पहिलो पटक भेट्न जादै थिए .. मनमा कुरा खेल्दै थियो उनलाई भेटेर के पो बोल्ने होला . 
उनले कल गर्दा म बोलिन तर आज त म बोल्न सक्छु नि पहिला सर्प्राइज त मैले पो दिन्छु यस्तै सोच्दै सोच्दै .. पहिला भेटेको ठाउ नजिकै पुगे
३-४ जना केटि हरु उता पट्टि फर्केर बसेका थिए . प्रमिसा पनि तेइ होलि भन्दै नजिक गए .. 
एक एकलाई नियालेर हेरे तर त्यहा प्रमिस थिइनन .. 
"आखिर कहाँ छिन् त .. मलाई त यहि नै बोलाएकी थिइन्.. १ बजे भनेकी थिइन् म अलि कति ढिला गरे 
भनेर मलाइ झुक्काउन पो कतै बसेकी छिन कि 
भनेर यता उति हेरे तर अह कतै पनि देखिन .. 
साची मैले दिउसो उनले कल गर्दा काटेको भएर वा मेरो साथि ले भाउजु भनेको भएर रिसाइन कि.. 
उनि त तेती धेरै नजिक नभएकी मसंग \
साथीको ब्यबहार ले उनलाई नराम्रो लाग्यो कि ".. 
कल गर्नु पर्यो कहा छिन भनेर मोबाइल हेरे डायल गरे .. फोन लागेन .. 
धेरै पटक प्रयाश गर्दा पनि फोन लागेन.. 
फेरी पनि कल गरे यति बेला आवाज आयो
" माफ गर्नु होला तपाइले डायल गर्न खोज्नु भएको मोबाइल को स्विच अफ गरिएको छ .."

कल गर्नु पर्यो कहा छिन भनेर मोबाइल हेरे डायल गरे ... फोन
लागेन ..
धेरै पटक परयास गर्दा पनि फोन लागेन ..
फेरी पनि कल गरे यति बेला आवाज आयो .
"माफ गर्नु होला तपाइले डायल गर्न खोज्नु भएको मोबाइल को स्विच
अफ गरिएको छ"
मेरो कान मा गुन्जिरह्यो " स्विच अफ गरिएको छ ... माफ गर्नु होला
तपाइले डायल गर्न खोज्नु भएको मोबाइल को स्विच अफ गरिएको छ "
फोन काटे ..
अघि मात्र रिसिभ नभएको फोन अहिले अफ ..
मैले सोचे पक्कै पनि उनले म संग बोल्न नखोजेकी हुन्
..
गल्ति त मेरो नै थियो .. बिहान उनले भेट्ने भन्दा हुन्छ भने तर
दिउसो उनले कल गर्दा मैले वास्ता गरिन..
आखिर मेरो बाध्यता पनि त थियो साथि हरु को अगाडी
कसरि के भनेर बोल्नु अनि अर्को कुरा
मेरो आवाज पनि राम्रो संग खुलेको पनि त थिएन
कुनै कुनै क्षण यस्ता बन्छन कि आफुले नचाहदै नचाहदै गरेको
गल्ति बाट पनि दोषी देखिनु पर्ने ..
जानी जानी कसैले गल्ति गर्दैन ..
जानी जानी कोहि पनि दोषी बन्न
चाहदैन ..
के उनि साचिकै रिसायेरै न आएकी हुन् वा उनले भनेको
समयमा म न आएको भएर फर्केर गइन त्यो त मलाई कसरि थाहा
होस्,.
मलाइ नराम्रो लाग्यो फोन अफ गरिदिए ता कि कसैले पनि मलाइ फोन
नगरोस
सबै जाना साथि साथि हरु ग्रुप मा भेला भएर बसेका थिए .. कोइ हास्दै
थिए .. कोइ गफ गर्दै थिए ...
कोइ विभिन्न पोज देखाउदै फोटो खिच्दै थिए त . जे होस् सबै जना
खुसि साथ् रमाउदै थिए आफ्नै तरिका ले ..
म त एक्लो मान्छे तेही हेर्नु शिवाय अरु केहि थिएन
.. मलाइ वास्ता पो कसले गरोस कसैले चिनेको भए पो
त्यहा बस्न मन लागेन फर्किए .. गेट मा पुगे .. गेट मा
तेती भिड पनि थिएन ..
गेट को टिकट च्यात्ने मान्छे ले म निस्किदै गरेको भएर होला
हेर्दै थियो सायद म भरखर मात्र भित्र पसेको नोटिस गरेको थियो कि ..
त्यो उसले नै जानोस..
म बाहिर निस्के दुखि बनेर अध्यारो मुख बनाएर जे होस् देख्ने कोहि
थिएन वा भनौ मलाइ चिन्ने कोहि थिएन ..
समय कति भएको थियो त्यो पनि वास्ता गरिन .. कोठामा गएर बस्छु
भनेर हिडे .. गर्मि धेरै थियो .. बेसरी घाम चर्केको ..
म यसै त कालो मान्छे झन् मलाइ कालो बनाउन खोज्दै थियो कि .. अझ
त्यो धुलो मैलो ..
गाडी हरु आफ्नै रफ्तार मा कुदिरहेका थिए ..
म आफ्नै ताल मा हिडिरहेको थिए .. ओहो कस्तो साह्रो गर्मि ..
हिडेर जान सकिएला जस्तो लागेन ..
धेरै टाढा त होइन हिड्दै गए पनि १० मिनेट मा घरमै पुग्थे तर
तेती सम्म हिड्ने सम्म साहस भएन मा मा ..
माइक्रो चढे .. राम्रो संग मिलेर पनि बस्न नपाउदै झर्ने ठाउ
आइहाल्यो ..
भाडा दिन लाइ पैसा निकाले .. कलेज को परिचय पत्र निकाले .. पैसा त
५०० को दुइ ओटा नोट मात्र रहेछ ..
पैसा दिए "खुला पैसा छैन अरु खुल्ला हेर्नुस त
",खलासी ले रुखो स्वर मा भन्यो ..
गोजी मा खोजे त्यो बाहेक अरु पैसा नै रहेनछ .
उसले झर्किदै भन्यो " के खालको मान्छे होला गाडी चड्दा
खुल्ला पैसा राखेर छड्नु पर्छ भन्ने था छैन ??"
म गाडी बाट झरिसकेको थिए .. उसले मलाइ कराएको देखेर
भित्र का मान्छे हरु ले पनि मलाइ नै हेर्दै थिए ..
रिसाउदै पैसा साटेर दियो म फर्किन खोज्दै गर्दा उसले बोलेको कुरा मेरो
कान मा पर्यो ,
"मान्छे पनि भर्खर गाउ बाट आएको पाखे जस्तो छ .. कहिलै
गाडी नचढे जस्तो" ..
फनक्क फर्केर हेरे गाडी गैसक्यो ..
कति सम्म घटिया ब्यबहार गर्छन गाडी मा चढेको बेला
खुल्ला पैसा भएन भने .. बल्ल अनुभव भयो ..
उसले मलाइ पाखे रे .. उ चाइ कत्तीं शहर मै जन्मेर
यहि हुर्के जस्तो ..
खलासी काम गर्छ अझै उल्टै मलाइ जे पायो
तेही भन्ने .. उसको पेशा लाइ हेपेको होइन तर उसको
बानि ले यस्तो सोच्न बाध्य बनायो ..
म सरासर घरमा गए .. खाजा खाने बेला भएको रहेछ .. खाजा खाना
बोलाउनु भयो आन्टी ले ..
"बिहान देखि निस्केर कता गएको त महाशय ??" , अङ्कल ले
सोध्नु भयो ..
सरोज को बारेमा सबै बताए .. मैले भने " साझ कुर्न आउनु भनेको छ
बिष्णु र म जाने" .
"म पनि जान्छु तेसो भए भेट्न", अङ्कल ले भन्नु भयो ..
"होइन पर्दैन हजुर भोलि जानु होला आज हामि नै जान्छ्म", मैले
भने
..
खाजा खाईओरि म आफ्नै रूम मा गएर बसे ,, मोबाइल अन गरे ..
वाइफ़ाइ अन गरे ..
भाइबर मा मेसेज आएको रहेछ .. प्रमिषा को नै थियो.. दिउसो उनले
फोन गर्दा मैले काटेपछि गरेकी रहेछिन ..
" तपाइलाइ त बोल्ने गाह्रो भयो जस्तो छ नि .. किन झुट बोल्नु
हुन्छ हस्पिटल मा छु कहा छु भन्दै ..
बोल्न मन लाग्दैन भने .. नबोल भन्नुस न म नाबोलुम्ला "
ओहो उनले त मैले भनेको कुरा बिस्वास नै नगरेकी
रहेचिन .. आखिर गरुन पनि कसरि . कल गर्दा रिसिभ गरेर भन्नु
पर्ने नि..
अर्को मेसेज पनि पढे " यदि भेट्न सक्नु हुन्छ भने १ बजे सम्म
जसरि पनि आउनु "
येस्पछी अरु कुनै मेसेज थिएन..
मैले पनि केहि रिप्लाई नै गरिन .. अनलाइन स्टाटस हेरे .. देखाएन
सायद मेरो नेट ले राम्रो संग काम नगरेको भएर होकी
"उनले एक बजे भनेकी थिइन् म १०-१२ मिनेट ढिला
हुदैमा किन रिसाइन त? किन फोन उठाइनन त ?" मन मनै सोच्न थाले
फोन स्विच अफ गरेको मा सार्है दुख लाग्यो .. मैले जानी
जानी ढिला गरेर वा उनलाई भेट्न नचाहेको त पक्कै
होइन..
हुन त उनलाई के थाहा ..
मैले फोन रिसिभ गर्नु पर्ने गल्ति मेरै हो ..
फेरी कल गरे.. अझै पनि फोन अफ नै थियो प्रमिषा को ..
गर्मि ले गर्दा निद लागेको थियो .. उतिखेरै निदाएछु ..
फोन मा रिङ्ग बज्यो ब्युझिए ५ बजिसकेछ .. मोबाइल हेरे बिष्णु ले
गरेको रैछ . रिसिभ गरे " ओए दिप सुन त .. तलाई मेसेज गरेको
रिप्लाई दियेनस
साझ हस्पिटल जान नपर्ने भयो " मैले सोधे, " किन र ??"
"सरोज को बाबा बस्ने रे .. धेरै जना बस्न पनि दिदैन हस्पिटल मा ..
हामि भोलि जाउला नि त " उसले भन्यो ..
मैले पनि हुन्छ भनेर फोन काटे .म उठे
"दिप जाउ त आज त गएर सब्जी लिएर आउ "
आन्टी ले भन्नु भयो .
मैले पैसा मागे अनि निस्के सब्जी बजार तिर नजिकै थियो
हिडेर पनि ५ मिनेट मा पुग्ने ठाउमा ..
सब्जी रोजे (बोडी अनि फुल
कोभी) .. पैसा तिरे .. फर्किन लाग्दै थिए बाटो मा देखे
एउटा बाइक आउदै थियो केटा ले चलाएको .. पछाडि केटि ..
चिनेको जस्तो लागेर नियालेर हेरे ..
उनि त प्रमिषा नै रहिछिन .. मैले हात उठाए .. बाइक हुइकिदै गयो
..
उनले मलाइ देख्दै देखिनंन ..

मैले देखे बाइकमा प्रमिसा थिइन पछाडी ।।
मैले हात उठाय बोलाये तर उन्ले देखिनन वा देख्न खोजिनन त्यो
उन्लाइ नै थाहा होला
बाइक हुइकिदै गयो।। मैले हेरिरहे पर पुग्दा सम्म ।।
सायद फोन न उठाउनु को कारण यहि होला ।। यस्को मत्लप उन्ले
मलाइ भेट्न बोलाएर पनि उनी अरु कसैसङ्ग घुम्न
गैछिन।।
शन्कालु मन न हो के के सोच्न थाल्यो।। उन्को कुरा सम्झिदा रिस
उठ्न थाल्यो।।
सब्जी लगेर घरमा गए आन्टिलाइ दिए।।
"के भयो भर्खर को भर्खरै तीम्रो फेस?? कस्ले के
गर्यो " मेरो अँध्यारो अनुहार देखेर आन्टी ले सोध्नु
भयो।।
मेरो परिवार ले कति सजिलै मेरो अनुहार पढ्न सक्छ वा। ।
"केही होइन आन्टी ।। आज
दीन्भर बाहिर भएको भएर सन्चो नहोला जस्तो भाको
छ।।" मैले जबाफ दीए।।
म आफ्नै रुममा गए ।। मोबाइल झिकेर गेम खेल्न थाले Clsh of
Clans तेति धेरै Perfect त होइन तर साथीहरुले
अली अली सिकाएका थीय ।।
टाउको पनि दुखिरहेको थियो दिउँसो को त्यो धुलो अनि चर्को घाम।।
गेम बन्द गरेर सुत्न आटेको थिए फोन आयो प्रमिसा को थियो।।
दिउँसो को कुरा ले दिमाग हयाङ्ग बनाएको थियो तेसमाथी
साझ को दृश्य ।।
फोन काटिदिए ।। बोल्न मन लागेन ।। फेरि कल आयो रिसिभ नै
नगरी बसे ।।
प्रमिसा ले मसङ्ग झुट बोलेर भेट्न बोलाइ सरप्राइज दिन्छु भन्दै ।।
उस्ले पहिला फोन उठाइन के तेहि थियो सरप्राइज?? पछि फोन अफ
गरि के तेहि थियो सरप्राइज??
साझ पख अर्कै केटा सङ्ग बाइक मा हिडि के तेहि थियो उस्ले मलाइ
दिन खोजेको सरप्राइज?
आफुले नै आफ्नै मन सङ सोधे ।।
लाचार बिबस थियो मेरो मन पनि के जवाफ देओस खोइ ।।
म उस्लाइ भेट्न बिरामी साथिलाइ छोडेर गए तर उस्ले म
सङ्ग झुट देखाइ।।
मोबाइल मा मेसेज आयो "के भो किन फोन काट्नु भएको??
तपाईं त कति झुट मान्छे मैले भेट्न बोलाउदा आउनु भएन है ।।
हुन त केही भएन आखिर म को नै होर ।। यतिकै
बाटोमा भेटिएको मान्छे न परे .. Sorry For Distrubbing"..उन्ले
लेखेकी।।
ओहो म झुट रे
म भेट्न जाने मान्छे झुट अनि वास्त नगरी फोन अफ
गरेर बस्ने उ चाइ के ??
म त छक्क परे।। अनि मेसेज रिप्लाइ गरे " कति बेला आयौ भेट्न ??
मलाइ झुट भन्छौ ।। झुटी त तिमी रैछौ ।।
फोन अफ किन गर्यौ कल गर्दा ??
यदि भेट्न मन थिएन भने मलाइ किन झुक्यायौ?? "
कल आयो उन्कै थियो यसपाली रिसिभ गरे " तपाइले मलाइ
तेस्तो सोच्नु भएको है??
म पौने १ (१२:४५) बजे पुगेको थिए १:०५ हुदा सम्म कुरे कति फोन
ट्राइ गरे तर हजुरको मा लागेन ।।
जति परयास गर्दा पनि लागेन ।।
हजुर आउन नखोजे जस्तो लाग्यो। हजुर त साथिहरु सङ्ग रमाउदै
बस्नु भएको थियो हस्पिटल भन्दै।।
म घर फर्के मोबाइल मा चार्ज पनि थिएन ।।
घाममा हिडेको भएर अल्छी लागेको थियो ।।
म त निदाइछु सुतेको एक्छिन मै ।। फोन आएको थाह भएन मोबाइल
पनि अफ भैसकेको रहेछ ", मलाइ बोल्न नदिकन उन्ले एक्लै सबै
कुरा भनेर सकिन।। अझ भनौ एकै सास मा सबै स्पस्टिकरण दिइन।।
मैले सोधे " अनि अघि मैले देखेको थिए तिमी केटा को बाइक
मा थियौ ।। मैले हात उठाएर बोलाए तर देखिनौ या देख्न चाहिनौ त्यो
तिमी नै जान"
"केटा रे उहाँ मेरो अन्कल को छोरा हो उहाँ भोलि गाउँ तिर जान लागेको
भएर सपिङ्ग गर्न गएको।।
कसम मैले ह्जुरलाइ देखिन ।।
घरमा गए मोबाइल लाई चार्ज मा लगाए ।।अन गरे हजुरको मिस्कल
देखे अनि कल गरेको काट्नु भयो
सो मेसेज गरे ।।
अहिले पनि मोबाइल लाई चार्ज मा जोडेर बोलिरहेकी छु।।
" उन्ले भनिन।।
मैले पनि म पार्क गएर कुरेको अनि फोन नलागेर फर्केको सबै प्रस्ट
पारे।।
उनी हासिन आखीर
Misunderstanding त हामी दुबैमा भएको रहेछ।।
मलाइ पनि रिस शान्त भयो।।
दिउसो को सबै कुरा बताय हस्पिटल,t साथिहरु देखि लिएर खलासिको
व्यवहार सम्म।।
जिस्किदै बोल्दै थिइन उनी पनि" खलासी ले
ठिकै गरेछ ।। खुला पैसा बोकेर हिड्नु पर्दैन त हाहाहा "
मैले गाली गरे झै गर्थे ।।
कहिले उन्ले जिस्काउथिन त कहिले मैले।।
"को सङ्ग जिस्किदै बोलिराको को हो ??" उनको बाट आवाज आयो।।
आवाज प्रस्टै सुनिन्थ्यो केटो मान्छे को थियो आवाज।।

"को सङग जीस्कीदै
बोलीराको ? को हो ??" उनको मोबाइलबाट आवाज आयो।।
आवाज प्रस्टै सुनिन्थ्यो केटो मान्छे को थियो आवाज।।
म बोलिन।।
"मेरो साथी हो ड्याडी कलेज को
भोलि कलेज मा प्रोग्राम छ तेइ सल्लाह गरेको "
मैले बुजिसकेको थिय उनी ड्याडी सङ्ग झुट
बोलेकी थिइन।।
म एक्लै एक्लै मन मनै हास्दै थिय ।।
न त म कलेज को साथी न त भोलि केही
प्रोग्राम नै छ।।
मैले यति बाटै बुझ्न सक्थे उनि कुरा बनाउन मा त खुप माहिर रैछिन ।।
उन्ले फोन काटेकी थिइनन तेसैले मैले उनिहरुको
बार्तालाप सुनिरहेको थिय ।।
पछि फोन काटियो।।
मैले पनि कल गर्ने प्रयास नै गरिन।। उन्को ड्याडिले नराम्रो सोच्नु
हुन्छ कि भनेर।।
उन्को पनि केही रेस्पोन्स आयेन ।
फेस्बुक चलाएको थिएन २-३ दिन ।। फेस्बुक लग इन गरे ।।
नोटिफिकेसन र मेसेज धेरै थिये ।।
मोबाइल नै पो ह्याङ्ग भयो एकछिन त।।
नोटिफिकेसन हेर्न झ्याउ लाग्यो ।।
पालै पालो मेसेज चेक गरे।।
धेरै साथिहरु ले गरेका थिए।।
" त अझै ज्युदै छसकि मरीसकीस "
" कता हो तीमी अचेल बोल्दै बोल्दैनौ त "
" सन्डे बाट हाम्रो कलेज स्टार्ट हुने रे"
लगायत का थुप्रो मेसेज हरु पढे।।
लास्ट को मेसेज ले मेरो ध्यान तान्यो।।
सन्डे बाट कलेज स्टार्ट रे ।।
केही तयारी नै छैन ।।
परीक्षा को अन्तिम दिन साथिहरु सङ्ग जिस्किदा
च्यातिएको
ड्रेस पनि नया बनाएको छैन।
म BBS को परिक्ष्या दिएर बसेको थिय
१ महिना बिदा भैसकेको थियो तर पनि मलाइ थोरै जस्तो लागेको थियो।।
म त कलेज भनेपछि हुरुक्कै हुने मान्छे ।। वा फेरि रमाइलो गर्न
पाइने भयो कलेज का साथिहरु सङग।
यस्तै सोच्दै कल्पना मा हराइरहेको थिय ।।
" बाबू खाना खान आइज
कि कोठामै सेवा दिनु पर्ने हो ?"
आन्टिको आवाज ले झस्किए ।।
बाथरुम मा गए हात धोए खाना खान किचेन मा आए।।
सबै जना ले गफ गर्दै सङ्गै खाना खायौ।
कति रमाइलो हुन्छ परिवारमा खुसी साथ बसेर दुख सुख
सुनाउदै खाना खादा।।
खाना खाइओरी रुम मै गए
मेरो त रुम सङ्ग लभ नै परेको जस्तो थियो ।
जति बेला पनि रुम मा मात्र जान मन लाग्ने।।
लाइन गयको थिएन । मोबाइललाइ चार्ज बाट निकाले ।।
भाइबर चेक गरे मेसेज थियेन कसैको पनि
कसैको पनि मत्लप मेरो ध्यान त प्रमिसा को मै थियो।।
मेसेज गरे रिप्लाइ आयन ।। अनलाइन स्टाटस पनि देखाएको थिएन
सायद नेट स्लो भएर होला।।
उन्को रिप्लाई कुर्दै बसे।। धेरै कुरे तर पनि आएन रिप्लाइ न त कल
नै आयो।।
आखिर कसैको को पर्खाइमा किन यति धेरै आत्तिन्छ मन ??
न त उनी मेरो कोहि हुन न त कोइ राम्रो चिनेको मान्छे ।।
हाम्रो सम्बन्ध त बस मेसेज र कल मा मात्र सिमित थियो।। धन्य
हाम्रो सम्बन्ध जोड्ने भाइबर र मोबाइल छ नत्र कसरी
कुरा हुन्थ्यो होला र हाम्रो।।
उनी तेति धेरै चिरपरिचित नभएपनी
उनी मेरा लागि बचै देखिको साथी नै थिइन।।
सायद कुनै जन्म मा हामी सानै देखि नजिक पो थिइम कि।
नत्र १-२ दिन बोलेकै भर मा
मन किन उनितिर मात्र बग्थ्यो र ??
किन जति बेला पनि उनलाइ नै सम्झिने बानी पर्थ्यो र??
उन्कै यादमा हराउनु पनि मजा नै थियो।।
छोटो सम्बन्ध मा पनि धेरै नै नजिक भैसकेको जो आभास हुन्थ्यो।।
कुर्दा कुर्दा १० बजिसकेको पनि पत्तो भएन।।उनी आज
अनलाइन न आउने जस्तो लाग्यो।।
सायद उन्को ड्याडिले केही भन्नू भयो कि।।
उनि फ्री भएको भए त कल गर्थिन होला कि त मेसेज
गर्थिन होला।।
न आउने नै भये म कति कुर्नु कति पर्खिनु।।
सुत्न लागे।।
मोबाइललाइ टेबल माथी राख्न खोज्दै थिय ।।
भाइबर मा मेसेज को सन्केत आयो।।
हेरे " सुतिसक्नु भयो होला है।।
हेर्नू न अघि कुरा गर्दा गर्दै लाइन गएको चार्ज पनि थियन नि त।
अघि मात्र लाइन आयो अनि खाना खाएर भर्खर अनलाइन आको ",
उन्ले लेखेकी थिइन।।
मैले पनि रिप्लाइ गरे।।
उनी मेसेज गर्थिन म रिप्लाइ गर्थे।
म प्रश्न सोद्थे उन्ले जबाफ दिन्थिन।।
यहि क्रम रहि रह्यो।
आज त मोबाइल मा चार्ज पनि धेरै छ धेरै बोल्न पाइने भयो भन्दै
मक्ख पर्दै थिए।। उनी पनि खुसी हुँदै
बोल्न पाउने कुरा मा खुसी भएको ब्यक्त गर्थिन शब्द
मा।।
कुनै कुनै बेला मैले सोध्न खोजेको कुरा उन्ले पनि सोद्थिन त कहिले
उन्ले जबाफ दिन खोजेको मैले दिन्थे ।।
ओहो हाम्रो त मन नै मिल्यो नि।। Heart To Heart
Connection छ कि के हो ? भन्दै हासेको स्टिकर सेन्ड गर्थिम
त्यो पनि सङ्गै।।
उनी उन्को बारेमा खुलेर बोल्थिन ।।
मैले पनि खुलेरै भन्थे।
साचिकै
सङ्गै नै भएको जस्तो फील हुन्थ्यो।।
राती धेरै भैसकेको थियो।। तर सुत्ने तरखर दुबैमा थिएन।
हामी गफ मा यसरी हराएका थियौ कि कति
राती भयो भन्ने अड्कल गर्न मोबाइल को समय नै हेर्नु
पर्थ्यो।।
" म आज राती हजुर्को Dream मा आउछु ल " उन्ले
भनिन।
" " भो न आउ यो राती मा आउदा अरु ले थाहा पाए के
भन्लान "! म पनि जिस्किदै भन्दिन्थे।।
"आबी कति छुचो हो के हजुर त ।।
म कहाँ त्यहा नै आउछु भनेको हो त ? हजुरको
सपनी मा पो आउछु भनेकी " उन्ले भनिन।।
"सपनी मा मात्र भए त आउ न । तर यदि मैले सपना नै
देखिन भने "मैले सोधे ।।
"ल ल नदेख्नु त अरु नै होलान नी आउने म किन
आउनु पर्यो र ।।
म आउदिन कसैको Dream मा" उन्ले लेखिन।।
"हाहाहा तेस्तो होइन " मेसेज लेख्दै थिए मोबाइल खस्यो मेरो
छाती मा।
मलाइ त निद लाग्न थालेछ। हात ले थाम्न नसकेर पो झरेछ मोबाइल।।
समय हेरे २ बज्न आटेको रैछ।। त्यो मेसेज सेन्ड गर्न पनि पाएन
होला।।
कति बेला निदाएछु पत्तै भएन।।


समय हेरे २ बज्न आटेको रैछ।। त्यो
मेसेज सेन्ड गर्न पनि पाएन होला।।
कति बेला निदाएछु पत्तै भएन।।
"के हो उठ्ने बेला भएन आज ?? " आन्टिको आवाज कानमा पर्यो।।
अहो ढिला पो भएछ कि के हो आज त।।
समय कति भएछ भनेर मोबाइल हेर्न खोजेको मोबाइल नै भेटिन।।
कहाँ पो राखेछु। म उठे ब्ल्यान्केट उठाए मोबाइल त तल पुग्या रैछ
सुत्दा खुट्टा पुग्ने ठाउमा ।। हाहा आज त मोवाइल म सङ्गै बेड मा
पो सुतेछ।। त्यो पनि खुट्टा तिर पुगेर ।।
हासो लाग्यो।। समय हेरे ७ पनि बजिसकेछ।।
अरु बेला कहिलै अरुले उठाउन नपर्ने म आज त ढिला सम्म पो
सुतिएछ।।
मोबाइल मा अझै २९% चार्ज बाकि थियो ।।
वाइफाइ पनि रातभरी नि अन भएछ ।।
आज त न त मर्निङ वाक गैयो न त उन्लाइ हेर्न बस स्टप नै।।
मोबाइल लाई पाइन्ट को गोजि मा राखेर बाथरुम छिरे।। लागेको
बानी भनौ या के मोबाइल नलगी त बाथरुम
जानै मन नलाग्ने।।
बाथरुम मा बसे पनि फेसबुक चलाएर नै बस्ने बानी मेरो।।
पछि किचेन मा गय चिया खाइ ओरि उहीँ सधै को काम।।
रुममा बस्ने मोवाइल चलाउने।।
केटि सङ्ग त तेस्तै हो तर रुम सङ्ग मात्र कहाँ हो र मोबाइल
सङ्ग पनि लभ परेको थियो मेरो।।
सदा झै मेसेज चेक गरे।। भाइवर मा मेसेज देखाएको थिएन अघि हेर्दा
पनि नेट स्लो भएर हो कि भनेको
मेसेज नै पो न आएको रैछ।।
प्रमिसा ले त मेसेज नत्र कल गर्नु पर्ने किन नगरेकि होलि त
आज।। सोच्दै थिय।।
मेसेज टाइप गर्दै थिए "Hello" मेसेज को रिङ बज्यो।।
मेसेज आयो "Good Morning"
मैले मेसेज रिप्लाइ गरे "मैले पनि तिम्लाइ मेसेज गर्नै टाइप गर्दै थिए
तिम्रै मेसेज आयो kasto Coincidence "
मैले हिजो नै भनेकि थिय त Heart To Heart Connection को
कुरा।।
उन्ले जिस्किदै भनिन।।
"तपाईं कती फटाहा मान्छे हजुरले गर्दा म कलेज जानै
पाएन " उन्ले लेखिन।।
"अरे मैले रे ?? के गरे मैले ? कलेज जाने बाटो नै बन्द गरिदिए कि के
हो " मैले भने।।
"हो त बन्द गरिदिनु भयो अझ ठूलो कुरा।। हजुर ले त हो नि
रातभरी सुत्न नदेको च्याट गरेर ". उन्ले रिप्लाइ गरिन।।
"सुतेको भए हुन्थ्यो त।। मैले नसुत भनेको होइन क्यारे" जिस्किने
बाहानामा लेखे उनी त रिसाइछिन क्यारे " तेस्तो है ल ल
म बोल्दिन नि त अब "
उनलाइ थाहा थियो क्यारे उनी रिसाए मैले फकाइहाल्छु
भन्ने।।
फकाउने मान्छे भएसी उन्लाइ रिसाउन के फरक पर्थ्यो र
।।
तर मैले भनिदिए " तिमी रिसाए पनि रिसाउ मलाइ फकाउन
चाइ आउदैन है।। पछि दुख मान्न पाइदैन नि फकाएन भन्दै
हाहाहा.. "
मैले यसो भने पनि फकाउन खोजेको आभास त पक्कै भयो होला राम्रै
सन्ङ बोल्न थालिन पछि।।
उनी पनि ढिला नै उठेकी रैछिन।।
रमाइलो रमाइलो च्याट गर्दै बसे म पनि।।
मोबाइल मा चार्ज सकिन लागेको भएर चार्ज मै राखेर चलाउदै थिए ।।
"एउटा कुरा भनम ?" उन्ले सोधिन।। म : "हुन्छ भन न "
उनी: " आज भेट्नु हुन्छ त मलाइ ??"
एक्छिन सोचमा परे।।
(लगाउने लुगा कुनै राम्रो थिएन सबै फोहोर भएको थियो।।
म त अल्छि भएको थिय धेरै।
कपडा सबै धुनु पर्ने भएको थियो।।
यस्तो गन्हाउने कपडा लगाएर के भेट्न जानू )
" साझ को टाइम मा मिल्छ भने भेट्छु नि।
मेरो लुगा सबै धुनु पर्ने छ।। सबै फोहोर छ।। अनि फेरि हस्पिटल
पनि जानू पर्ने छ " मैले जबाफ दिए।।
"हुन्छ तर अस्तिको जस्तो ढिला गरेर पछि मलाइ JPT भन्ने भए
चाइ पर्दैन नि।। " उन्ले लेखिन।।
"हस हजुर ढिला हुन्न" सम्झाउने पारा मा रिप्लाइ दिए।।
मेरो काम छ अबअ म जान्छु भनेर उनी अफ भइन।। मेरो
पनि खाना खाने बेला भैसकेको थियो।
हतार हतार गरि खाना खाए।।
धुनु पर्ने लुगा सबै भिजाएर नुहाइध्वाइ पनि गरे।।
मेरो त्यो दिन को काम सकेको थिए ।। अझ भनौ मेरो त्यो दिनको
ड्युटी कर्तव्य जे भनेपनी पूरा भएको
थियो।।
घाम पनि बेस्सरी लागेको ले साझ सम्म लुगा सुक्ने मा
आशावादी पनि थिय।।
आखीर उन्लाइ भेट्न जो जानू छ।।
खाजा खाने समय तिर बिष्णु ले कल गर्यो।
सरोज घरमा गयेछ डिस्चार्ज भएर। म पनि खुसी भए
अब उ निको भएर फेरि रमाइलो गर्ने आशामा।।
प्रमिसाले पनि मेसेज गरीकी थिइन ५ बजे
त्यो पुल पारिको कृष्ण मन्दिरमा आउनु ल भन्दै।।
मैले हुन्छ भनेर रिप्लाइ गरे ।।
यत्तिकै बस्दा बस्दै पौने पाच हुन लागेको थियो म पनि कपडा लगाएर
रेडि भैसकेको थिए।।
अन्कल को कल आयो रिसिभ गरे
" ममि बसपार्क मा आइसक्नु भएछ । जा त लिएर आइज सामान पनि
धेरै छ रे"।।
म त बल्ल पो सम्झिए ममि आउने भन्नू भाको थियो हिजो।।
म त अलमल मा पो परे।।
५ बजे प्रमिसा लाई भेट्न जानू कि ममि लाई लिन ??
दोधारमा पो परे।। प्रमिसा सङ्ग नगए आज पनि फटाहा हुने। ममि
लाई लिन नजान त मेरो कर्तब्यले नै दिदैन।।
पछि सोछे प्रमिसा लाई त कल गरेर आउन पाउदिन भन्छु अनि ममि लाई
लिन जान्छु।।
मेरो लागि महत्वपूर्ण त मेरो ममि नै हो नि।
केइ दिन चिन्जान भाको मान्छे को लागि ममि लाई नै वास्ता
नगरी कसरी भेट्न जान सक्थे।। छोरो
हुनुको कर्तब्य त पूरा गर्नु नै पर्छ नि।।
उनलाइ कल गरे रिसिभ गरिन मैले भने " सुन त म आज पनि आउन न
पाउने भए I Am So Sorry"
"ल ल" उनी बोलिन।
मैले भन्दै थिए " ममि आउनु भाको छ बसपार्क लिन जानू पर्ने भयो"..
फोन त काटिनै सकेको रहेछ।।

मैले भन्दै थिए " ममि आउनु भाको छ बसपार्क लिन जानू पर्ने भयो
"..
फोन त काटिनै सकेको रहेछ।।
दोहोर्याएर कल गर्ने चेस्टा पनि गरिन।।
थाहा थियो उनी पक्कै पनि तयार भएर बसेकि थिइन होला
म आउने आशामा ।।
गल्ती त मेरै थियो समयमै खबर गर्नु पर्ने।।
मलाइ केही न केही बाध्यता पर्ने जहिले
पनि उन्ले भेट्न बोलाउदा।।
उन्लाइ लाग्यो होला ।। उन्लाइ मैले बेट्न नचाहेर बाहाना बनाइरहेको
छु।।
रुम बाट निस्के गाडी चढे बसपार्क जान लाई।।
कल गरे ममि लाई भेटे ।।
ममि लाई लगेर रुम मा जादा ६ पनि बजिसकेको थियो क्यारे।।
ममि आन्टिहरु गफ गर्दै बस्दै गर्दा ।।
मेरो प्रेमीका मत्लप मेरो रुम मै आयेर बसे।।
मोबाइल मा उन्को मोबाइल न. मा डायल गरे फोन लाग्यो ।। रिङ
बजिरहेको थियो।।
मन आत्तिएको फिल भएको थियो।।
फोन उठेन भन्ने सन्केत दिने बेला तिरै रिसिभ पनि गरिन।।
हाम्रो भासा ( लास्ट आवर) मा।।
" ममी लाई ल्याउनु भयो?? " उन्ले सोधिन।
"अ भर्कर रुम मा आएको ". मैले जबाफ दिए।।
"नमस्ते भनीदिनुस हजुर्को ममी लाई
हेहेहे चिनेको त छैन तेइ पनि" उन्ले भनिन।।
मैले पनि हास्दै हस भने।।
मैले सोचेको भन्दा उल्टो पो भयो
उनी रिसाएकी होलिन भेट्न नगएको भएर
भन्ठानेको उनी त खुसी नै रैछिन।।
ममि लाई लिन जान्छु भन्दा ।।
लल मात्र भनेर फोन काटेको त ड्याडी सङ्गै भएर रैछ
ता कि लामो कुरा गर्यो भने भेट्ने कुरा गर्दा अप्ठ्यारो हुन्छ भनेर।।
" ह्जुरले क्या ठीक समयमा कल गर्नु भयो ।। मैले
कल गर्न लागेकी थिए जान न पाउने भयो भन्न तर
ब्यालेन्स नै रहेनछ।।
नत्र त हजुर पनि कुरेर बस्नु पर्ने हुदो रैछ अनि अस्ति जस्तै
कराउनुहुन्थ्यो" उन्ले मलाइ बोल्न नदिइ सबै विवरण सुनाइन।।
" मन को कुरा क्या मिल्या के।।
साचिकै Heart To Heart Connection नै हो।।
मन को कुरा बुजिदिने" जिस्किदै भनिन।।
म हासे मात्र केइ बोलिन।।
मेरो मा पनि ब्यालेन्स कम थियो ।। फोन काटे
पछि ब्यालेन्स राखेर आये तर कल गरिन।। मेसेज नि गरिन।।
राती भाइबर मा कुरा भैहाल्छ ।।
सबै जना सङ्गै खाना खादा राती पनि भैसकेको थियो।। गफ
गर्दै बसेको ले।।
निद लागे जस्तो भयो बेड मा गए।।
मोवाइल समाएपछी त के लाग्थ्यो निद।।
मलाइ बढी निद लाग्ने त बुक पड्दा मात्र हो।। फेसबुक
ले त झन निद्रा नै हराइदिन्छ नि।।
लाइन पनि थियो ।। मोबाइल मा चार्ज पनि थियो।। नेट पनि थियो।।
बोल्ने मान्छे पनि थिइन।।
यति भएसी मलाइ अरु के।।
१० बज्न लागेको हुदो हो।।
उनी त अनलाइन नै थिइनन।। अरु साथिहरु सङ्ग
मेसेन्जर मा च्याट गर्दै बसे।।
केही बेर पछि उनी पनि अनलाइन आइछिन
अनि उन्ले नै मेसेज गरिन।।
राती सम्म कुरा भयो । म ढुक्क थिए भोलि पनि छिटो उठ्न
न पाइने भयो।।
उन्लाइ पनि जिस्काउदै थिय।
"भोली पनी ढिला भो भने मेरो साटो हजुरले नै
पढिदिनु पर्छ।।" उन्ले भनिन।।
"हस हजुर मेरो त कल्ले पढिदेओस हाहाहा " म पनि के कम
पालो आउदा जबाफ फर्काइहाल्थे।।
म पनि धेरै गफाडी भएको थिए।।
साथिहरुको सङ्गत अनि तेस्तै बाताबरण ले।।
मलाइ खुल्दुल थियो।
उनी त अन्जान मान्छे ।। आखिर उन्ले मलाइ किन न.
दिएकी थिइन त ।।
अनि यति धेरै नजिक कसरी बनिन।।
केही न केही कारण त पक्कै होला ।।
सुरुकै दिन बाट जान्न चाहन्थे तर
सोध्न सकेकै थिइन।।
हामी केटा मान्छे लाई त कति अप्ठ्यारो हुन्छ चिनेको
केटि सङ्ग बोल्दा अनि न. शेयर गर्दा।।
उनी त केटि मान्छे।।
तेसमाथी पनि नचिनेको मान्छे।।
यसै बोल्दा त भाउ खोज्छन केटि मान्छे।।
प्रमिसा ले त न. नै दिएर सुरुमै उनी बोलेकी
थिइन।।
नभेटे पनि भेट्ने प्लान बनाउने उनी नै थिइन।।
मनमा शन्का भनौ या चासो।।
हो यहि चासो थियो उनी प्रती।।
मनमा कन्फ्य्ज पनि थियो सोधु कि नसोधु।।
सोध्यो भने यति धेरै क्लोज भैसकेको मान्छे ले नराम्रो मान्ला भन्नू
पर्यो।।
उ प्रती शन्का गरे जस्तो लाग्न सक्छ।।
नसोधौ मन मा सार्है खुलदुली भएको थियो।।
जति सक्यो मन मै दबाउने प्रयाश गरे
राती पनि धेरै भैसक्यो।। उन्लाइ अब सुत भोलि कलेज
जानू पर्छ भनेर सम्झाए।।
हस हजुर पनि सुत्नुस भन्दै लेखिन।।
मन मा दबाउन खोजेको कुरा दबिने छाट देखिन।।
लेखी हाले " यदि तिमी नराम्रो मान्दैनौ भने
एउटा कुरा सोधम ??
"एउटा मात्र कीन हजारौं सोद्नुस न।। मैले जबाफ दिन
सक्ने त दिउला नि।। " जिस्केको पारा मा रिप्लाइ गरिन।।
"साची तिम्ले मलाइ कसरी
चीन्यौ भन न।। " मैले सोधे।।
"ओहो येइ सोध्न पनी अनुमती माग्नु
भाको ?? सिधै सोधे पनि जबाफ दिइहाल्थे नि..
यतिका दिन बोलेर त बल्ल पो सोध्नु हुन्छ ।। कसरी
चिनेको रे?? हजुर त अचम्म को हुनुहुदो रहेछ हाहाहा" उन्ले
लेखिन।।
मैले फेरि भने " तेसो भए भन न त कसरी चिनेको" ।।
उनी : " भन्दीन के गर्नु हुन्छ ??"
म : " के गर्नु केइ गर्दिन "
उनी : केइ नगर्ने भए त किन भनम"
म : " कति दिमाग चाट्छौ के हाहाहा
भन न।।"
उनी : भन्दिन त।।
हजुर ले यतिका दिन पछि प्रश्न सोध्ने म पनि यतिकै दिन पछि जबाफ
दिउला।।"
म : "अहिले नै भन न प्लिज"
"ल ल चिन्ता नगर्नु भोली दिउँसो भन्छु ल तर एउटा
शर्त।।
हजुर मेरो घरमा आउनु पर्छ म दिदी सङ्ग लिन आउछु
चोक सम्म " उन्ले लेखिन।।
म त झन छक्क पो परे।।
अब त यति थाहा पाउन पनि घरमा जानु पर्ने भयो।।
झन मनमा अनेक अनेक कुरा खेल्न थाले ।।
सोच्दा सोच्दै निदाएछु ।
एकैचोटि बिहान को अलार्म ले पो ब्युझिए।।....
....

सोच्दा सोच्दा निदाएछु।
एकैचोटी बिहान को आलर्म ले पो ब्युझिए।।
के को अलार्म हुनु ७ बजे पनि ।।
फोन पो आएको रहेछ।। फोन र अलार्मको रिङ्ग एउटै भएको ले म
झुक्किएको रहेछु।।
हिजो नै थाहा थियो आज पनि पक्कै ढिला हुन्छ भन्ने कुरा ।।
सरोज ले कल गरेको रहेछ ।। फोन रिसिभ गरे ।। "आज कतै जादैनस
भने यतै आइज न ऐले दिउसो" उस्ले भन्यो।
आज दिउँसो प्रमिसा ले बोलाएकि छे।।
म बरु साझ बस्ने गरि आउला नि भने।।
लल हुन्छ् तर केटि पाए भन्दै मा हाम्लाइ बिर्सिने होइन नि त्यहा
,, उस्ले आदेश दियो।
"ह्या मुला तेस्तो नसोच उ त मात्र च्याटमा बोल्ने साथी
मात्र हो " मैले भने।।
ल ल साझ जसरी पनि आइज भन्दै फोन काट्यो।।
बेड बाट निस्किए।। अन्कल अफिस गैसक्नु भएको रहेछ।।
आफ्नो सबै काम सकाएर खाना खाएर बसे।।
धुनु पर्ने लुगा पनि धोए।।
आफ्नो रुम कहिलै सफा नगर्ने मान्छे मलाइ खोइ किन
कसरी सफा गरर्ने मुड आएको थियो।।
आफुले सफा गरेपछी त ।।
राम्रो रुम झन राम्रो देखे।
मन मनै सोछे सधै भरि नै यसरी सफा गरे त हुदो रहेछ
नि राम्रो।।
यत्तिकै बेड मा पल्टिएर बसेको थिए।। मोबाइल मा नेट अन गरे।
लागेको बानी मोवाइल नहेरी त खाएको पनि
नपच्ने।।
तेइभएर बेला बेला गाली पनि खाएको थिय।। मोबाइल र नेट
ले मलाइ बिगार्यो रे।।
नेट सार्है स्लो भएर होला काम गरेन। प्रमिसा लाई कल गर्न
खोजेको ।
कल गरिन मिस्कल मात्र गरे।।
खास काम केही भएर होइन ।। म तयार भएर बसेको छु
भन्ने कुरा को जानकारी दिन मात्र।।
उन्ले मलाइ किन घरमा बोलाइन त ?? उन्ले मलाइ कसरी
चिनन त भनेर सोद्धा भन्न नखोजेर समय तोक्नु को कारण के होला
त।। मैले केही पनि सोच्नै सकिन ।। यो प्रशन को जबाफ
आफुले नै दिन सक्थिन ।।
मनमा खुल्दुल पनि थियो।।
खुल्दुल को अर्को एउटा कारण पनि थियो।।
उन्ले भनेकी थिइन " म चोक मा लिन आउछु
दिदी सङ्ग" ।।
लिन आउने भेट्ने कुरा मा दिदी को नाम कसरी
जोडियो त ?.
यस्को मतलप म र प्रमिसा को कुरा दिदी लाई पनि थाहा
रैछ।
नत्र कसैले पनि किन दिदी दाइ बाबा आमा लाई भेटाउने कुरा
गर्थे र।।
एक्छिन मा उन्ले कल गरिन।। १२ बजिसकेको थियो।।
उन्ले मोबाइल हेर्दा मिस्कल देखेर कल गरेकी रैछिन। ।
"ल हजुर चोक मा आउदै गर्नुस म आउछु चोक मा " उन्ले भनिन।।
म : कति टाढा हो ?? गाडिमा जाने हो ?
उनी : "हाहा किन डराउनु भएको नजिकै हो के "
म : " गाडी मा हो ?? मलाई त झ्याउ लाग्छ है घाममा
हिड्न"
उनी : " कति आत्तिएको के चिन्ता नगर्नुस हजुर २०
मिनेट मा चोक मा आउनुस न"
कपडा लगाए तयार भए।।
मेकअफ गर्नु परेन छोरो मान्छे लाई।। हल्का परफ्युम लगाएर निस्के
घरबाट।।
चोकमा पुग्दा २० होइन २५ मिनेट भैसकेको थियो ।।
आज पनि ढिला भयो।। आखिर नेपालिको टाइम न पर्यो।।
त्या पुगेर यता उता नजर घुमाए कतै पनि देखिन।।
कल गरे रिसिभ भएन ।।
मलाइ लाग्यो पक्कै पनि आज त उनी नै ढिला गरिन ।।
आत्तिएको भाब मा यता उता हेर्दै बसे।।
मलाइ सबै भन्दा गार्हो लाग्ने काम मद्धे अरु लाई कुर्नु पनि एक
हो।।
कुर्न पनि अल्छी लागेको थियो।। कस्तो घाम चर्केको।।
छाता बोक्ने बानी परेन आफ्नो त।। प्रतिक्षालय मा मान्छे
खचाखच थिय घाम को तातो बाट जोगिन।। टाउको मात्र
भएपनी लुकाएका थिए घामबाट छायामा।।
रोडमा थिए पछाडी बाट केहिले मेरो खुट्टामा लागेको फिल
भयो फर्केर हेरे स्कुटिले रैछ।। एउटि केटि बसेकी
हेल्मेट ले सबै मुख छोपेकी थिइ।।
धन्न खुट्टामा बेस्सरी लागेन। उस्ले नसुन्ने गरि मनमनै
सरापे गाली गरे।।
यो चर्को घाम धुलो मैलो अनि उस्को पर्खाइ तेस्माथि यो
स्कुटी झन्झन रिस उठेको थियो
तर को सङ्ग व्यक्त गर्ने । त्यो केटिको ठाउमा केटा हुन्थ्यो भने
पक्कै कराउथे ।।केटिसङ्ग के कराउनु जति कराएपनी
रिसाएपनी केटाहरुको गल्ती देखाइहाल्छन
उनिहरु जसरी पनि केही न
केही निहु पारेर निर्दोष बनिदिन्छन।।
म यता साइड लागे उ पनि तेसरी नै थिइ स्कुटिमा ।
फोन आयो प्रमिसा को रिसिभ गरे।।
त्यो केटिले स्कुटिको हर्न बेस्सरी बजाइ झन रिस उठ्यो
उस्लाइ हेर्दै थिए खित्का छोडेर हास्दै मुखमा लगाएको मास्क
खोली।।
ओहो प्रमिसा नै पो रैछे।।
म केही बोलिन।। उ झन झन हास्न थाली
।।
अरु मान्छे हरुले पनि उस्लाइ नै हेर्थे।।
"कस्तो तर्सेको।। रीस त कडा रैछ नि हाहाहा" उस्ले
जिस्काउन थाली।।
म पनि हासे।।
"आउनुस बस्नुस" उन्ले भनिन।।
म बसे। अलि पर पुगेपछी मैले सोधे
" दिदी सङ्ग आउछु भनेको होइन ?? खोइ त
दिदी "
" दिदी कीन चाइयो ?? " हास्दै भनिन।
म : यसै सङ्गै आउछु भनेको भएर सोधेको नि।।
उनी : दिदी आयेको भए हजुर कहाँ
बस्नुहुन्थ्यो ?? हाहाह।।
म पनि हासे बेस्सरी।
म : अनि घरमा किन जान लाको हामी??
उनी : घरमा जानै नहुने हो र ?? जङ्गल मा जान लाको
हो र ?
म : मैले कहाँ जान लाको भनेछु त ??
उनी : प्रश्न माथी फेरि प्रश्न ??
म : अनि के त सोध्न पनि नपाउनु??
उनी : कस्तो कडा मान्छे।।
घर सम्म पुगम न अनि थाहा भैहाल्छ नि।।
एउटा घरको गेट नीर पुगेपछी
स्कुटी रोकिन झर्नुस भन्दै।।
घर हेरे " यो घरमा त म पहिले पनि आइसकेको छु ७-८ महिना
अघि" ।।
"भित्र हिड्नुस " उन्ले भनीन ।।
आखिर यो घरमा किन ल्याइन त यो त मेरो साथिको घर पो हो .. मनमा
खुल्दुल भयो।। सोध्न सकिन।।
भित्र गए मुल ढोका नीर पुगेर बेल बजाइन।। ढोका
खुल्यो।।
कालो पाइन्ट र निलो टिसर्ट लगाएकी केटिले ढोका खोलिन।।
उन्लाइ देख्ने बित्तिकै त म झसङ्ग पो भए।।
हेरेको हेर्यै भए।। उन्ले पनि मुसुक्क हास्दै
हेरिरहेकी थिइन।।
"उहाँ मेरि दिदी दीपा " चिन्नुस अब प्रमिसा
ले भनिन।।।।

उनलाइ देख्नेबित्तिकै त म झसङ्ग पो भए।।
हेरेको हेरेइ भर।। उनले पनि मुसुक्क हास्दै
हेरेइरहेकी थिइन।
"उहाँ मेरि दिदी दीपा " चिन्नुस अब
प्रमिसा ले भनिन।।
"मैले त चिनिसके उहाँ लाई सरले पो मलाइ चिन्नु हुन्छ कि हुन्न
कुन्नी?",
हास्दै भन्न्नु भयो प्रमिसा को दिदी यानिकी
दीपा दिदी ।।
'दीपा' , यो नाम यो मान्छे सङ्ग त म लगभग २ बर्ष
देखि परिचित छु।।
उनी राम्री पनि अति राम्री ।
अनि अति नै मिलन्सार जो सङ्ग पनि मिल्न सक्ने ।
चिनी जस्तै छिन सजिलै घुल्न सक्ने हरेक कुरा मा।।
उन्को रिस सायद कमैले मात्र देख्छन। किनकी
उनी केटि भएपनि बिनासित्ती रिदाउदिनन।।
उन्को कारण ले कसैलाइ नराम्रो असर पारेको थाहा पाएको छैन ।।
आखीर उन्को आचरण नै तेस्तै छ।।
उनिसङ्ग ब्याचलर पढ्दा भेट भाको थियो orientation class को
दिन ।।
चिनेको कोहि थिएन सबै जना नया नया अनुहार। । को सङ्ग के बोल्नु
खोइ ।
यसै त म बोल्न अप्ठ्यारो लाग्ने मान्छे।। नचिनेको सङ्ग सुरुमै
कसरी बोल्थे र ??
कोइ म सङ्ग बोलिदेओस भन्ने आसा पनि थियन। सबै जना साथिहरु
सङ्ग गफ गरेर बस्दै थिए।
मेरो दाहिने पट्टिको साइड मा एकजना केटा मान्छे थिए भने देब्रे साइड
को कुर्सी खाली थियो।।
Orientation Class सुरु हुँदै गर्दा एउटि केटि आइन। अगाडि को
सिट सबै प्याक थिए।।
म आठौ Row मा थिए। ।
अनत कुर्सी नदेखेपछि मेरै साइडमा भएको
कुर्सी मा बस्न आइन हेरा हेर भयो मात्र
केही बोलिएन न त म न त उनी।।
"हाइ म दीपा ", उनी बोलिन।।
"म दीप" , बिस्तारै बोले।
"हजुर ??" उन्ले नबुजेको भाब मा सोधिन।।
"दीप" अलि टाठो स्वर ले भने।।
"दीपा र दीप सङ्गै परिएछ नी"
उन्ले जिस्किदै भनिन।
यति बाट बुज्न सक्थे यिनी कति फ्र्यान्क अनि
फ्रेन्ड्ली छिन भन्ने कुरा।
अहिले प्रमिसा जस्ती छिन ठिक तेस्तै थियो
दीपा को बानी।।
पछि कलेज पड्दा पनि मिल्थिन धेरै।
उनी पनि त्यो कलेज मा नया भएको ले म सङ्ग मात्र
परिचय भएको थियो।।
कलेज सुरु भएकै दिन बाट उनि म सङ्ग बस्थिन।
पढ्ने समय मा पढे पनि अरु समयमा गफ बाहेक केही
हुन्थेन । ।
बिस्तारै बिस्तारै अरु साथिहरुसङ्ग पनि परिचय भयो ।
सरोज र बिष्णु लाई पनि कलेज मै भेटेको।।
दीपा र म सार्है क्लोज थियौ तर साथी मात्र
उनी प्रती मैले न केही आस
गरेको थिय न त उन्ले नै । हामी साथी थियौ
यति नै काफी थियो।
कलेज मा क्लोज साथी भए जस्तै फेसबुकमा पनि क्लोज
नै थियौ। एक्ला एक्लै कहिलै भेटेनौ ।
सङ्गै बसेको गफ गरेको देख्दा अरु साथी हरु जिस्काउथे
।। नजिस्काउन पनि किन तेति राम्री मिलनसार
साथी मसङ्ग जो बसेकी थिइन।।
उरुले जिस्काउदा सिधै भनिदिन्थिन मेरो त बोयफ्रेन्ड छ ।।
दीप त गतिलो राम्रो क्लोज फ्रेन्ड मात्र हो।
म पनि गर्ल्फ्रेन्ड छ भनिदिन्थे । जिस्कौन कम हुन्थ्यो ।
म ढुक्क थिए उन्को बोयफ्रेन्ड छ भन्ने कुरा मा।।
यति राम्री मान्छे को पनि बोयफ्रेन्ड नहोला त यो त
असम्भब।।
उन्को बोयफ्रेन्ड छ या छैन भन्ने कुरा कहिले पनि प्रस्ट रुपमा
बुज्न खोजिन किनकी त्यो मेरो चासो को बिसय नै होइन।
उन्को बोयफ्रेन्ड भएपनी नभएपनि।।
घुम्न जादा पनि सबै साथिहरुसङ्ग छुटिएन कहिले पनि।।
उनले मलाइ सधै राम्रो मान्थिन अनि म पनि।।
बेला बेला मा मैले जिस्काउथे।।
तिमी त बोयफ्रेन्ड भएको मान्छे तिम्लाइ के ताक्नु।। तिम्रो
कोहि आफ्नो मान्छे छैन ??
उनी हास्थिन मात्र । भन्थिन " तिमी त
साथी मात्र हो बढी नसोछ हाहाहा "..
कहिलै नराम्रो भएन उनी र म विचमा न त अरु सङ्ग नै
भयो।।
यो सब सम्झिदै टोलाइरहेको रहेछु।।
" बाहिरै उभिने कि भित्र जाने ??" दीपा को आवाज ले
झस्किए।।
भित्र गयेर बसिम।। मलाइ अप्ठ्यारो फिल भैरहेको थियो।। बाबा ममि
बाहिर जानू भएको रहेछ।।
बल्ल बुझे प्रमिसा ले दिन खोजेको सरप्राइज त दीपा पो
रैछिन।
अनि कसरी चिनेको भन्ने कुरा दिपा ले छर्लङ पारिन " दिप
तिम्लाइ प्रमिसा ले हामी फेसबुक मा एड भएको दिनबाट
चिन्थिन।।
तिम्रो बारेमा सबै राम्रो कुरा प्रमिसा लाई सुनाउथे।।
तिम्रो फोटो अनि स्टाटस हरु सबै देखाउथे।। प्रमिसा ले फेसबक
चलाउदिनन नत्र तिम्लाइ फेस्बुकमा एड गरिसक्थिन।।
तिम्रो राम्रो बानी मलाइ मन पर्छ।। तिमी
कसैलाइ नराम्रो गर्दैनौ भन्दैनौ "
म केही बोलेको थिएन आफ्नो प्रसम्सा सुन्दा मक्ख
पर्दै हासेको मात्र थिए।। प्रमिसा पनि मुसुमुसु हास्दै गरेको प्रस्टै
झल्किन्थ्यो अनुहारमा।।
दीपाले थपिन " जहिले तिम्लाइ भेट्न चाहेको र देख्न
चाहेको प्रमिसा ले नभने पनि म प्रस्ट बुझ्न सक्थे।। "
" तिमी पार्कमा गएको दीन म
पनी थिय अलि पर तर तिम्ले देखेनौ। मैले प्रमिसा लाई
तिमी चिनाइदिए।।
तिम्लाइ अरुबेला पनि बसस्टप मा बस्दा प्रमिसा ले देख्दि रैछिन तर
तिमी नै हो भन्ने ढुक्क थिएन उनमा।।
जुन दिन चिनिन तेसप्छी कलेज जाद तिम्लाइ देखेर
आफ्नो न। दिइन।। जति पटक तिमिहरु दुइजना को कुरा हुन्छ सबै
मलाइ थाहा हुन्छ।। "
उन्ले सबै विवरण सुनाउदा चुप्चाप सुनिरहे।।
एक्छिन गफ गर्दै बसेको। ढोका मा बेल बज्यो ।
प्रमिसा ले ढोका खोलिन।।

उन्ले सवै विवरण सुनाइरहदा म चुपचाप सुनिरहे।।
गफ गर्दै बसेका थियौ।। ढोका मा बेल बज्यो।।
प्रमिसा ले ढोका खोलिन।।
"ओहो बाबा त आइ पो सक्नु भएछ।।" दीपा बोलिन।।
बाबा भित्र आउदै हुनुन्थ्यो प्रमिसा बोलिन " उहाँ दीप ,
दीपा दिदी को कलेज को साथी
"..
अन्कल (दीपा को बाबा) मलाइ हेर्दै मुसुक्क हास्दै
हुनुन्थ्यो।।
मैले हास्दै नमस्ते अन्कल भने।।
"नमस्ते सन्चै छौ ?? अनी अन्कल आन्टिको खबर के
छ त ???" अन्कल ले भन्नू भयो।
प्रमिसा र दीपा एक अर्कालाइ हेर्दै मुखामुख गर्दै
थिए।। अचम्म मानेर होला।।
" म त ठिक छु अन्कल।।
अन्कल आन्टी पनि ठिक हुनुन्छ" मैले जबाफ दिए।।
अन्कल पनि हामी बसेको ठाउमा बस्नु भयो।।
गोपाल अन्कल यानिकी दिपा को बाबा ।। उहाँ लाई मैले ५
बर्स देखि चिन्छु। गोपाल अन्कल मेरो अन्कल को एकदम मिल्ने
साथी हुनुन्छ।। एक अर्कालाइ दुख सुख पर्दा सहयोग
गर्ने साथी हरु।।
उहाँ हाम्रो घरमा आउदा बस्दा मैले चिनेको थिय।
मैले अनुमान लगाइसकेको थिये उहाँ नै दीपा र प्रमिशा को
बाबा हुनुन्छ।।
यो भन्दा अगाडि दीपा सङ्ग अनि गोपाल अन्कल सङ्ग
राम्रो सम्बन्ध भएपनि दीपा गोपाल अन्कल को
छोरी हो भन्ने कुरा मलाइ थाहा थिएन।।
न त कहिलै अन्कल ले नै आफ्नो छोराछिरिको बारेमा कुरा गर्नु भो न त
दीपाले नै बाबा को कुरा गरि।।
मैले केही बुझ्न सकेको थिएन आखिर प्रमिसा ले किन
भेट्न बोलाएकि थिइन त घरमा। एउटा त तेहि सरपराइज भयो
दिदी लाई भेटाइन।।
गोपाल अन्कल ले धेरै कुरा सुनाउनु भयो।
प्रमिसा सङ्ग कुरा गर्दा मैले भन्ने गर्थे हामी अपरिचित
पनि यति धेरै क्लोज भैसक्यो परिचित जसरी।।
हो साचि नै हामी परिचित थियौ रहेछौ।। तर त्यो कुरा न त
मलाइ थाहा थियो न त दीपा लाई अनि न त प्रमिसा लाई
नै।।
गोपाल अन्कल ले सुनाउनु भयो।।
" तिमी ले त पुरानो कुरा बिर्सोयौ होला ।।
सम्झिन पनि सक्दैनौ होला। ।
तिम्रो घर अनि हाम्रो घर नजिकै थियो।। तिम्रो बाबा अनि अन्कल
सङ्ग त म बच्चा बेला देखि नै सङ्गै हुर्केर सङगै बढेर हुर्केको
हु।
तिमी हरु सानै थियौ।। दीपा र
तिमी ले एउटै कक्षा मा पढ्थ्यौ।। सानै देखि मिलनसार थियौ
।। प्रमिसा अलि सानै थिई तिमी हरु भन्दा २ बर्स
सानी।। "
मलाइ पनि सानो को कुरा कता कता दिमागमा आइरहेको थियो
।।।
साची नै हामी सनो मा सङ्गै पढ्यौ।। सङ्गै
हुर्क्यौ।। प्रमिसा लाई सङ्गै स्कुल लगेर जान्थ्यौ।। खाजा खादा पनि
बाडेर खान्थ्यौ।।
अझ रमाइलो कुरा त सानो मा बेहुला बेहुली बनेर पनि
खेलिन्थ्यो ममि बाबा कै अगाडि।।
यो सबै सम्झेर आफै लाई हासो लागेको थियो।।
बेस्सरी हासुम जस्तो भयो ।। साची नै पुरानो
दिन सम्झिदा बाल्यकाल सम्झिदा आँसु झर्छ , खुसी का
आँसु।।
बेसरी हासिन कन्ट्रोल गरे आफैलाइ ।।
अन्कल ले भन्दै हुनुन्थ्यो,, उहाहरु हामि ४ कक्षा मा अनि
प्रमिसा २ मा पढ्दा बसाइ सराइ गरेर काठमाडौ आउनु भयो ।।
दीपा र प्रमिसा रोएका थिए गाउँ छाडेर साथी
छोडेर जानू परेर।।
यति भनिरहदा प्रमिसा चुपचाप बसिरहेकी थिइन तर
दीपा ले आखाका डिल मा आँसु निकालेको प्रस्ट
देखिन्थ्यो।।
मैले उन्लाइ हेरेपछी उनी उतापट्टि
फर्किइन।।
सानो मा मलाइ दीपाले अति माया गर्थिन अनि प्रमिसा ले
पनि।।
ओहो त्यो बाल्यकाल सम्झिदा पनि फेरि तेहि बच्चा बन्न मन लाग्छ
तर समयले कहाँ बाट कहाँ पुर्यायो।
अब न त त्यो बाल्यकाल फर्किन्छ न त तेहि हर्कत र रमाइलो
अब गर्न सकिन्छ।।
उहाहरु काठमाडौ आयेपछी कहिले पनि सम्पर्क भएन
न त उहाहरु नै फर्केर गाउमा जानू भयो।।
काठमाडौ मा मेरो अन्कल पनि पहिले देखि नै बस्नु हुन्थ्यो खोइ
कहाँ गोपाल अन्कल सङ्ग भेट भएपछी फेरि चिनजान
भएछ।।
मलाइ कुनै पनि कुरा याद थिएन स्कुल पढ्दा न त कलेज मा नै थाहा
भयो । दीपा र प्रमिसा को केही कुरा पनि याद
थियेन ।।
उनिहरुसङ्ग को बाल्यकाल पनि बिर्सिसकेको रहेछु।।
नया नया साथिहरु पाए। समय परिबर्तन पनि भयो आखिर याद होस
पनि कसरी।
गोपाल अन्कल सङ्ग म काठमाडौ आएदेखी नै चिन्जान
भएपनि दीपा र प्रमिसा को बारेमा कुरा गर्नु भएन।
हाम्रो बाल्यकाल देखिको सम्बन्ध न त मेरो अन्कल ले भन्नू भयो न
त गोपाल अन्कल ले नै।।
हामी एउटै कलेज पढ्यौ सङ्गै बस्यौ।। सङगै घुम्यौ।।
राम्रो साथी बन्यौ तर पनि हाम्रो सानो देखि को सम्बन्ध
नचिनेर अपरिचित जस्तै भयो।।
बस्दै गर गफ गर्दै म बाहिर जानू पर्ने भयो मेसेज आयो भन्दै
अन्कल निस्कनु भयो।।
प्रमिसा चुप चाप नै थिइन।। दीपा निराश जस्तै थिइन।।
कसैको मुख बाट आवाज निस्केन।।
कलेज पढ्दा म बुझ्थे दीपा ले मलाइ मन पराउछिन।। तर
ममा त्यो प्रती कुनै चासो थिएन । म बढी
जोक गर्न रमाउने मान्छे।।
उन्को बोयफ्रेन्ड छ भन्ने ढुक्क भएको भएर नै मैले उन्लाइ अति नै
मिल्ने अनि बेस्ट फ्रेन्ड मान्थे।।
" दिदी भिनाजुको फोन आयो " प्रमिसा ले बोलिन।।
दीपाले के इशारा गरिन मैले बुझ्न सकिन।
प्रमिसा ले फोन रिसिभ गरेर भनिन-- भिनाजु म बाहिर छु पछि कल
गर्छु ल।
कुरा मिलाउन त चम्मु रैछिन मन्मनै भने।
म त अचम्मित भए भिनाजु शब्द ले ।। त्यो पनि दीपा लाइ
सुनायेको भएर ।।
मैले नबुजेको पारामा प्रमिसा लाई हेरे।।
प्रमिसाले भनिन" भिनाजु मतलप दीपा दिदी
को::::::::"
म त हेर्या हेरेइ पो भए।। दीपा लाइ हेरे अनुहार मा
बिबाहित को केही प्रमाण थिएन।।
घाटिमा हेरे मङ्गल शुत्र थियो।। हातमा रातो चुरा ।।
दीपा तिर हेर्दै टाउको ले इशारा गरे --के हो?? भन्ने
भाबमा।।
उनको त २ महिना अघि नै बिहे भएको रहेछ।। श्रीमान
बिदेश गएको २ हप्ता भएछ।।
हतार हतार मा बिहे भएछ अन्तिम लगन अनि
खान्दानी केटा भनेर माग्न आएकै दिन बिहे भएछ मन्दिर
बाट
म खुसी थिए बचादेखी को साथिको सम्बन्ध
गासिएको मा किनकी ममा उनिप्रती
केही आसा थिएन।। निराश हुनु पर्ने केही
थियन।। तर दुख यो कुरामा लाग्यो कि उन्ले म जस्तो मिल्ने साथिलाइ पनि
थाहा दिन सकिनन।।
घरमा दीपा ले नै मलाइ भेट्न बोलाकी यो सब
सुनाउन।।
अर्को ठूलो सरप्राइज त तेति बेला भयो जब दीपा ले
भनिन।।
" Pramisha likes you and loves you "

अर्को ठुलो सरप्राइज त तेति बेला भयो जब दीपा ले भनिन।।
"Pramisha likes you and Loves you "..
मनमनै त थाहा थियो पहिले नै उन्ले मलाइ मन पराउछिन ।। तर पनि उन्कै अगाडि यो सुन्दा म झसङ्ग भए।। 
प्रमिसा को अनुहार मा मेरो आँखा परेको थियो ।। 
दीपा लाई हेरे उनी मुसुक्क हासिन।। 
दोहोर्‍याएर प्रमिसा लाई हेर्ने आट सम्म पनि भएन म मा।। 
प्रमिसा त लजाएकी थिइन नै ।। 
म छोरा मान्छे भएर पनि उनिभन्दा बढी म नै लजाएको थिए। 

आफुले जे सोचेको हुन्छ तेइ कुरा अर्कै ले भनिदिदा साचिनै रमाइलो लाज हुदो रैछ।। 
प्रमिसा को अनुहार मा हेर्ने आट गरे अनि लाज ले रातोपिरो भएकी थिइन।। 
यसै त गोरि मान्छे तेस्माथी को लाजसहित को रातोपिरो राम्री देखिइन।। 
यो क्षण मेरो लागि बिल्कुलै नया थियो।। यो भन्दा अगाडि न मैले कुनै केटिलाइ मन पराएको भनेको थिए न त कुनै केटिले मलाइ नै।।
तिनै जना आफ्नो आफ्नो ठाउमै थियौ बाताबरण सुन्सान कसैको मुख बाट आवाज निसकेन। 
प्रमिसाको कुरा दीपा ले भनेपनी प्रमिसाकै मन को कुरा बोलेकी थिइन।। 
मलाइ पनि प्रमिसा मा प्रेम भएको थियो मनमनै।। आफुले मात्र थाहा पाउने गरि।। सार्है नै नजिक भएको महसुस हुन्थ्यो बोल्दा च्याट गर्दा मात्र पनि।। 
म उन्लाइ मन मनै मन पराउन थालेको थिए मनमनै माया गर्न थालेको थिए।। 
मनमनै माया गर्नु को मजा नै बेग्लै न त अरु कसैले थाहा पाउछ न त धोका हुन्छ । किनकी मैले मान्छे लाई नै माया गरेपनी उसले इन्कार त गरेको छैन । 
सबै नबोली बसेको देखेर म नै बोले , " यसै चुप लागेर बस्ने हो कि मलाइ पुराउन जाने हो ??" 
" म खाजा बनाउछु " दीपा बोलीन ।। 
किचेन मा गैइन प्रमीसा पनि सङ्ग सङ्गै किचेन मा गैइन।।
लाइन थियो मैले टिभि हेर्दै बसे । 
खाजा आयो (पास्ता ) मेरो स्पेसल पनि। । पहिलो १ चम्चा खाए नुन नै लागेको थिएन।। 
नुन लागेन भन्न मन लागेन ।।कस्ले पकाएको थियो त्यो पनि थाहा भएन।। पुर्लुक्क दीपा को मुख मा हेरे अनि केही नबोली सबै खाए मीठो नलागेपनी मीठो भए जसरी। मैले खाइसकेसी उनिहरु खान लाग्दै थिए 
दीपा बोलिन " के पकाकी यो ? न नुन छ खाली पिरो मात्र छ त " 
मैले बुजिसके यो खाजा प्रमिसा ले बनाएकी रैछिन।। उन्लाइ हेरे अप्ठ्यारो मानेर टाउको निहुराइन।।
"किन केही नभनी खाको त दीप ? पाहुना लाई पनि कस्तो खाजा बनाइ " दीपा ले भनिन।। 
"होइन मीठो मानेर खाएपछी तितो चिज त मीठो हुन्छ यो त के भो र . " मैले सम्झाउदै भने।। 
खाजा खाइओरी दीपा ले भनिन " तिम्लाइ पुर्याउन म जाम कि प्रमिसा ??" जिस्काउदै भनिन। 
"जो गएपनी भो नि " मैले भने।। 
प्रमिसा ले मलाइ पुर्याउन स्कुटी स्टार्ट गरिन।। उनी मेरो मुख मा राम्रो सङ्ग पनि हेरेकी थिइनन ।। 
"तिम्लाइ गार्हो होला होस तिमी जानू पर्दैन म जान्छु गाडिमा नजिकै त छ" मैले भने।। 
होइन म नै पुर्याइदिन्छु भनिन। 
घरमा आउदा जिस्किदै आएकी उनी फर्किदा जिस्किनु त परै जाओस सास फेर्न पनि गार्हो भएजस्तो गर्दै थिइन। 
म आफै बोले जिस्किदै " घरमा सधै तिमिले नै हो खाजा बनाउने?? " 
"um हो तर आज त खोइ के भो मीठो भएन।। " उन्ले भनिन।। 
गफ गर्दै चोक सम्म पुराइन।। साझ पर्न आटेको पनि थियो ।। 
"ल जाउ पानी पर्न लाग्यो " मैले भने।।
"हस " यति मात्र बोलेर उनि गइन। पर पुग्दा सम्म हेरेर बसे तर उन्ले त हेरिनन।। 
पानी को छिटा पर्दै थियो अलि छिटो छिटो हिडेर घरमा पुगे अन्कल आउनु भएको थिएन अफिस वाट आन्टी अनि ममि मात्र हुनुन्थ्यो।। 
ममि भोलि घर फर्किने भएर सामान मिलाउदै हुनुन्थ्यो।। मैले पनि सहयोग गरे। 
"दिन्भरी बाहिर डुल्नु भन्दा केही सक्दो काम त आफुले गरेपनी हुने नि सिकिन्थ्यो पनि" ममिले भन्नू भयो ।। 
ममिले भननु भनदा पहिले नै मैले सोचेको थिए। 
काम गर्ने भन्दैमा बुजेर राम्रो सजिलो गरर्नु पर्यो नि भन्दै म चुप थिए। 
छोरा छोरी ठुला भएपछी आमा बाबा लाई चिन्ता त लागिहाल्छ नि।
कमाएर आमा लाई नदिएपनी आफ्नो लाइफ सेटिङ गरेमात्र पनि आमा को मन खुसी हुन्छ ।।
म बाहिर डुले घुमे पनि अनावश्यक खासै हिड्दिन। 
कुलत भन्ने कुरा अहिले सम्म छैन।। 
साथिहरु सङ्ग Get Together मा अरुले Beer लिएर बस्दा म र सरोज मात्र हुन्थ्यो हातमा Sprite लिएर बस्ने। 
ग्रुप फोटो खिचेर फेसबुकमा हाल्दा कमेन्ट मा जिस्काउथे हाम्लाइ Sprite भनेर।। 
कुनै रात छैन नराम्रो कामले बाहिर गएर बसेको।।
यो टीनेज मा हाम्रो व्यवहार देखेर छक्क पर्ने धेरै छन।। थोरैले बिस्वास गर्छन अहिले को Young Generation मा हामी पनि छौ।।

खाना पकाउन त म Champian नै छु तर मेडल पाएको चाइ छैन।।
ममि आन्टिलाइ हजुर हरु आनन्द सङ्ग बस्नुस म खाना बनाउछु भन्दै 
खाना पकाए ।। आज के भएछ यसलाइ भन्दै अचम्म मान्दै हुनुन्थ्यो।। अरुबेला काम लगाउदा पनि अटेर गर्ने माम्छे म आज आफै तम्सिदा अचम्म त हुने नै भयो।।
पछि अन्कल पनि आउनु भएपछी खाना खाएर आफ्नो रुममा लागे।। 
के गर्नु मेरि प्रेमिका भनेपनी जे भनेपनी रुम नै मेरो सर्बस्व।।
दुख पोख्ने ठाउँ पनि कोठा।। आराम चाइदा पनि कोठा ।। निद्रा लाग्दा पनि कोठा।। अनि सुतेर मोबाइल चलाउदै गफ गर्ने च्याट गर्ने ठाउँ पनि मेरै कोठा।। 
मेरो लागि सार्है नै प्यारो थियो छ र हुनेछ ।। मैले त्यो कोठा नछोड्दा सम्म।।

१0 बज्न आटेको रैछ प्रमिसा ले मिस्कल गरिन सायद अनलाइन आउन भन्ने सन्केत दिनलाइ होला।। 
कल ब्याक गरे ब्यालेन्स त सकिएको पो रहेछ।। मोबाइल मा चार्ज त थियो नै।। 
वाइफाइ अन गरे चल्दैन त।। 

कल ब्याक गरे ब्यालेन्स त सकिएको पो रहेछ।। मोबाइल मा चार्ज त थियो नै।।
वाइफाइ अन गरे चल्दैन त।। 
Subisu Internet हाम्रो धेरै दिन भैसकेको थियो राम्रो सङ्ग नचलेको।। रिस उठ्यो ईन्टरनेट सङ्ग ।। रिसाएर पनि के गर्नु मेरो रिस उस्ले बुझ्ने होइन। 
रिस तेस्तो लाई पो देखाउनु पर्छ जस्ले रिस बुझोस अनि रिसाएबापत आफुलाइ पनि फाइदा होस। 
अहिले यहाँ रिसाएर मलाइ केही फाइदा थियेन। आफ्नै दिमाग ह्याङ गराउने काम।।
यहि हाम्रै वाइफाइ मा समस्या हो कि भनेर चेक गर्न थाले। 
Router मा त सिग्नल थियो तर Modem मा त पावर नै रैन्छ ।। प्लक हेरे राम्रो सङ्ग मल्टिप्लक मा नमिलेर पो रैछ ।। 
पछि मोबाइल मा हेरे नेट चल्यो।। अघि बेकार ईन्टरनेट सङ्ग रिसाएछु। आफ्नो गल्ती देख्नु छैन अरुलाइ दोष मनमा लाग्यो ।। 
नेट कनेक्ट भाको मात्र के थियो।। 
मेसेज र नोटिफिकेसन को ओइरो लाग्यो आफ्नै धुन मा ।। स्टिल को थालमा मकै का दाना पालैपालो खसाल्दा जस्तो आवाज आउँछ हो तेसरि नै।। रात्को सुनसान मा कोठामा टाठो सुनिन्थ्यो।। 
सरर फेस्बुक को नोटिफिकेसन चेक गरे नया नौलो केही थियेन।। लाइक कमेन्ट हावा स्टाटस रङुगिबिरङ्गी तस्बिर हरु ।। सधै जे हुन्थ्यो तेस्तै तर हरेकको अबस्था र बिसयबस्तु फरक।। काम भएका वा फुर्सदिला म लगायत म जस्ता करोडौले आफ्नो मन को कुरा आफ्नो अबस्था देखाउने अनि साथी बनाएर कुरा गर्न पाउने थलो न पर्यो ।। धन्न मार्क जुकर्बर्ग ले फेसबुक बनाइदिएछन। नत्र त म जस्ता बेरोजगार झन बेरोज्गार हुनु पर्थ्यो। कम्सेकम बेरोज्गारी भएपनी आफ्नै पैसा र समय खर्छ गरेर रोजगारी त पाएको छौ ।। 

मेसेन्जर मा आएका मेसेज को पालै पालो रिप्लाइ गरे ,, दोहोर्याएर आयेको मेसेज लाई फेरि रिप्लाइ दिने कष्ट गरिन।। किनकी प्रमिसा सङ्ग छिटो छिटो बोल्नु जो थियो ।। 
मेसेन्जर को मेसेज को रिप्लाइ दिने मनसाय त थिएन तर अरुले के सोच्लान भन्ने निहुमा उपस्थिति जनाइदिएको मात्र थिए।।
प्रमिसा को धेरै मेसेज थिए भाइवर मा अरु मेसेज को प्रवाह नगरेको जस्तो भएको थियो ।।
" किन रिसाउनु भएको ?? नवोल्ने नै हो ??" यो मेसेज ले मेरो ध्यान केन्द्रित गर्यो।। 
मैले जानी जानी नै उनिसङ्ग नबोलेको थिए किनकी अरुलाइ मेसेज दिएपछी प्रमिसा सङ्ग त रात्भर पनि बोलिन्छ नि भन्ने आशय ले तर मेरो मनसाय उनिसङ्ग रिसाएर नबोल्नु थिएन। 
"होइन अघि नेट चलेको थीयन अहिले चल्यो अनि पहिला अरु साथिको रिप्लाइ गर्दै थीय मेसेन्जरमा " झुट नबोली सबै कुरा भनिदिए ।।
"ओहो हामी त साथी नै होइनौ कि के हो ? " उन्ले लेखिन।।
म : " अह होइन त " हासेको इमो राखेर लेखे।।
उनी : " के रे ? किन ? " 
म : " होइन भनेसी होइन त " 
उनी : " किन होइन ?
म : " तिमी त साथी होइनौ साथी कि बहिनी पो हौ "
उनी : " हाहाहा तेसो पो हो ? मलाइ त बल्ल थाहा भयो ।। म को हो त?"
म : "साथिको आमा बाबा अनि दिदी दाइ लाई के भन्छौ तिमी ?"
उनी : "आमा बाबा अनि दिदी दाइ नै भन्छु नि " 
म : " ल अब आफै सोच न त म तिम्लाइ के भनम ??" 
उनि : " हेर कति फटाहा मान्छे हाहाहा। मलाइ दाजु को अभाब छैन २ जना हुनुन्छ अन्कल को"
म : " तेसो भए के भनम त ?" 
उनी : " मलाइ प्रमिसा नै भन्नुस रिलेसन चाइएन "
म : " अनि दीपा खोइ त ?" 
उनी : " दि किन चाइयो ?"
म : " दि चाइयो भनेछु र ?? अरुको बुढी मलाइ के काम हाहाहा " जिस्किदै भने।।
म यसै त कमेडी गर्न रुचाउने मान्छे बोल्ने ठाउँ पाएसी यसै किन छोड्थे र।।
"दीपा दी आफ्नै रुममा हुनुन्छ" उन्ले भनिन।। 
म : " मैले सम्झेछु भन्देउ" 
उनी : " फटाहा मान्छे यस्तो राती सम्झेछ भन्नू रे.. भिनाजु लाइ भन्दिन्छु अनि " 
फटाहा को थियो को बोलिराछ म पनि बुझन सक्छु नि सजिलै त।। 

जिस्किदै बोल्दै रात धेरै रात भैसकेको थियो।। बाहिर कुकुर को आवाज बाहेक केही सुनिदैनथ्यो।। 
रात कहिले नसकियोस जस्तो भएको थियो मनमा तर उन्को सामु प्रस्तुत हुदा उन्को कुरा मा तेति धेरै चासो नदिएको जस्तो व्यवहार गरिरहेको थिए।। किनकि उन्लाइ यो देखाउनु थिएन कि म उनिप्रती क्रेजी छु।। 
म उन्लाइ माया नगर्ने वास्ता नगर्ने कहाँ हो र।। 
नत्र किन आफ्नो प्यारो निद्रा लाई वास्ता नगरी मोबाइल को वास्ता नगरि दिनरात उनिसङ्गै बोल्थे र।?? 
कुनै कुरा नभनेरै मिठा हुन्छन भन्थे यो सत्य नै हो तर मनमा आभास त हुन जरुरी छ।।
नत्र फिलिङ्ग्स नै नभाको कुरामा रमाएर के मजा के नै अर्थ भो र?..
मेसेज लेख्दा लेख्दै के के लेख्थिन म छक्क पर्थे।। लाग्थ्यो कतै यिनी पागल त छैनिन?? कुनै कुरा लेखेर टोपिक नै चेन्ज गरिदिन्थे ताकी यिन्को ध्यान अन्त मोडियोस।। 
जोक सुनाउदै उन्लाइ खुसी बनाउथे।। मध्यरातमा पनि Voice Record पठाउथिन।। 
गित गायेर सुनाउथिन।। एउटा पिक पठाउ न भन्दा।। लाइट बालेर तस्बिर खिचेर पठाउथिन।।
रात धेरै छिप्पिसकेको थियो बिहान हुन आटेको थियो ।। 
कुरा गर्दा गर्दै लेखिन " मलाइ सार्है टाउको दुख्यो म सुत्छु रिंगटा लाग्यो।। " 
"के भएर भनेर लेखेको थीए।। 
रिप्लाइ आएन एक्छिन कुरे २:१७ भैसकेको थियो अह आएन रिप्लाइ।। 
कल गरे आवाज आयो
"तपाइले डायल गर्न खोज्नु भएको नम्बर अहिले ब्यस्त छ ". 

रिप्लाइ आएन एक्छिन कुरे २:१७ भैसकेको थियो अह आएन रिप्लाइ।। 
कल गरे आवाज आयो
"तपाइले डायल गर्न खोज्नु भएको नम्बर अहिले ब्यस्त छ ". 
दोहोर्‍याए कल गर्ने प्रयास पनि गरिन।। 
यति राती टाउको दुख्यो भनेर अफ भइन तर कल गर्दा अहिले को अहिले नै बिजि ।
यो कसरी हुन्छ ? टाउको दुखेर रिंगटा लागेको मान्छे को फोन बिजि हुन्छ चाइ कसरी त्यो पनि यस्तो मध्यरातमा।।
मनमा शन्का र उपसन्का बढ्न थाल्यो।। उन्को व्यवहार मन परेन।। 
तर पछि सोचे उ त जे गरेपनी मेरो को हो र ? न त मेरो गर्लफ्रेन्ड हो न त श्रीमती नै।। 
उस्को अधिकार उस्को इच्छा को कुरा हो जे गरेपनि ।। 
मैले टेन्सन लिनु पर्ने केही आबस्यक नै छैन।।
उस्ले जे सुकै गरोस। साथिको नाता ले भेट भाको मान्छे न पर्यो।। 
तर मैले उस्लाइ मन पराउन माया गर्न थालेको थिए तैपनी उस्ले झुट बोली।। 
आखिर म त उस्कै लागि रात्भर नसुतेर बसेको छु।। उस्ले अरु सङ्ग बोल्छे मलाइ झुट बोली बोली भएपनी भने मलाइ उ के काम।।
मनमनमा कुरा खेल्न थाल्यो।। 
मोबाइल लाई साइलेन्ट मोड मा राखे ।। वाइफाइ अफ गरे । सुतिरहेको थिये बेड्मा पल्टिरहेको थिए तर आखा ले निदाउने कुनै सुरसार नै गरेको थिएन।। 
१०-१५ मिनेट यसै पल्टिएर बसे । तिर्खा लाग्यो ।। बिजुलि को स्विच अन गरे लाइन रैन्छ।। मोबाइल लाई हातमा लिए टर्च बाल्न।। 
मिस्कल र मेसेजको नोटिफिकेसन देखे स्क्रीन मा।। मोबाइल को लक खोले।। 
७ मिस्कल प्रमिसा को थियो।। 
कल ब्याक गर्ने प्रयास गरिन मेसेज हेरे "पहिला फोन गर्दा बिजि थियो पछि त फोन नै उठाउनु भएन किन के भयो ??" उन्ले लेखेकि थिइन ।।
म पो अचम्म परे।। मैले कल गर्दा बिजि भाको उन्को फोन।। अहिले त मलाइ पो बिजि रे।। 
कतै उहीँ समयमा कल गरेको भएर कल बिजि त भएन ?? 
अ हो त साची पक्कै तेहि भएको हो।। 
आफुलाइ नै रिस उठ्यो बेकारमा प्रमिसा माथी शन्का गरेछु।। मैले १ पटक कल गर्दा बिजि भन्यो भन्दैमा उनिमा शन्का गरे तर उन्ले मलाइ कल गर्दा बिजि भनेपछी पनि कल गरिरहिन तर पनि फेरि मेसेज गरिन।। 
ओहो कति पाप सोचेछु मैले उनी प्रती।। 
मेसेज रिप्लाइ गरे " तिम्ले र मैले सङ्गै कल गर्दा बिजि भएछ।। मेरो फोन साइलेन्टमा थियो तेइ भएर थाहा पाइन।। तिम्लाइ टाउको दुखेको भए रेस्ट गर भोलि कुरा गरौला " 
पानी खान जाने जागर पनि आयन यसै सुते कतिबेला निदाएछु बिहान ढिला भएको थियो अर्को दिन पनि।। उठ्ने बेला मोबाइल चेक गर्ने मेरो बानी।। मेसेज आयेको थियो " Good Morning Lamvu "
मेसेज हेरेर मुसुमुसु हासे। 
आहा कति मजा अनि रमाइलो महशुस हुन्छ आफुले मन पराएको मान्छे ले बिहान मा मेसेज गर्दा । अझ हासो त त्यो Lamvu शब्द ले लाग्यो।। 
सायद दीपा ले सिकाकी भएर होला।। मेरो हाइट अग्लो छ सार्है नै।। कलेज मा साथिहरु ले निक नेम राखिदिएका थिए
'Lamvu अनि Bamboo (बाँस).।।
यति शब्द पनि मायालु शब्द मा सम्बोधन गर्दा को मजा कति धेरै।।

बिहान को आफ्नो सबै काम सकाएर साथिहरु लाई भेटे।। 
एउटा राम्रो कम्पनिमा ८ जना लाई जागिर को अफर छ भन्ने सुनेर Apply गर्न गाको सबैको +2 मा फर्स्ट डिभिजन आएको चाहिने रे।। बिष्णु को सेकेन्ड डिभिजन मात्र।। 
हाम्रो चाहना सबै ले apply गर्न पाउनु पर्ने तर नपाएसि त्या पनि छोडेर हिडियो।। 
हो यस्तै बानी ले धेरै पटक जागिर बाट बन्चित भाको ।। 

दिन्भर घुम्यो बस्यो गफ गर्यो साथी भेट्यो अनि साझ घरमा गएर खान खाएसि कि त सुत्ने कि त रात्भर च्याट गर्दै बस्ने दिनचर्या यसरी नै चल्दै थियो।।
अनाबस्यक कहिलै दुखी हुनु परेन।। अहिले त माया गर्ने परिवार साथिहरु सङ्ग प्रमिसा पनि थपिएकी थिइन।।
एक अर्का को रिस देखाएनौ कहिले पनि।। 
घरबाट विभिन्न वाहाना बनाएर घुम्न हिड्थ्यौ।। 
कहिले ककनी, कहिले नगरकोट , कहिले सुन्दरिजल कहिले भोटेकोसी ।। सहयोग गर्ने साथी हरु थिय।।
प्रमिसा सङ्ग यति धेरै क्लोज सम्बन्ध भएको थियो कि त्यो शब्द मा ब्यक्त गर्न सकिँदैन।। 
एक अर्कालाइ अति माया गर्थ्यौ।। तर घरमा हाम्रो सम्बन्ध थाहा नभाको पनि होइन तर हामी साथिको रुपमा परिचित थियौ घरमा पनि।।
हामि मिल्ने साथी थियौ ।। व्यवहार लभर को जस्तो भएपनी न त मैले प्रमिसा लाई कहिलै प्रेम प्रस्ताब राखे न त उन्ले नै। 

यदि हामी एक अर्कालाइ साचो माया गर्छौ भने मुखले भन्नू जरुरी हुदैन त्यो त व्यवहार ले देखाउनु पर्छ।। बिस्वास तेस्को गर्नु पर्छ जस्ले माया भन्ने शब्द प्रयोग गरेर होइन हरेक क्रीयाकलाप मा माय दर्साउन सक्नु पर्छ ।। त्यो नै हो साचो माया।। 
अक्सर देखावटी माया का सम्बन्धहरु नै हुन्छन प्रेम प्रस्ताब राख्ने।। 
डेटिङ जाने।। गिफ्ट साटफेर गर्ने त।। अनि सम्बन्ध को टार्गेट दीर्घकालीन नभएर सेक्स मा गएर टुङ्गिने गर्छन।।
अनि उनिहरु नै हुन सम्बन्ध छुटेपछी प्रेमी प्रेमिका का नराम्रा कुरा अरुलाइ सुनाउने हर्कत गर्ने हरु।।
साचो मायामा माया गर्छु भनेर सुनाउनु जरुरी छैन यो त बस एक मन ले अर्को मनको कुराबुझे पुग्छ।। 
बास्तबमा स्वार्थरहित साथ नै माया हो चोखो माया हो .. 
दिनचर्या नै भएको थियो रातभर उनिसङ्ग बोल्ने।। दिनदिनै भेट नहुदा पनि भाइबर र कल बाट नै नजिक थियौ।।
बेला बेला मा भन्थिन " यदि हामी टाढा हुनु पर्यो भने म त सक्दिन अरुस्ङ्ग बस्न " 
"ह्या के के सोचेको होला।। पहिला राम्रो सङ्ग पढ म पनि पढ्छु।। काम गर्छु।। यो कुरा अहिले किन सोच्छौ " यसरी नै टारिदिन्थे उन्को हरेक कुरा लाई।। 
बोल्दा बोल्दै Lamvu को उपनाम दिन्थिन ।। मायालु शब्द पाएपछी म आफै लट्ठिन्थे।। हाम्रो कलेज पनि स्टार्ट भैसकेको थियो।। हाम्रो बारेमा कुरा चल्थ्यो कलेज मा तर मलाइ कुनै प्रवाह नै हुन्थेन किनकी कुरा मिलाउन लाई दीपा जो थिइन।।

प्रमिसा को लत यति धेरै लागेको थियोकी म चाहेर पनि त्याग्न सक्थिन त्यो लत।। मायाको लत।। 
नशा लागेको थियो प्रमिसा को ।। नशालु मायाको।। 
रातिमा उनिसङ्ग च्याट गर्दा गर्दा गर्दा धेरै पटक झस्किएको छु।। 
उनि पनि सङ्गै छिन भन्ने आभासले।। 
सपना मा पनि उनी नै देखिन्थिन।। 
दिउँसो मा उन्ले कल गर्दा पनि उन्लाइ नै सम्झेको टाइम पर्थ्यो।। मैले कल गर्दा पनि भन्थिन" हजुर्कै कुरा भको थियो कति लक्की मान्छे Lamvu " .. 
हरेक अबस्था को जानकारी दिन्थिन फोटो को प्रुफ सहित।। 
केही काम ढिला भो वा म बाहिर छु भन्नू पर्यो भने सबै स्पस्टिकरण दिनुपर्थ्यो मैले।। 
हरेक पल रमाइला रमाइला।।
कुनैदिन पनि हामो नबोलि बसेनौ।। बस्नै सक्थेनौ।
केही समयपछि म बाहिर जानू पर्ने काम भयो।। म बाग्लुङ थिए।। जादा बाटो भरी उनिसङ्ग मात्र कुरा हुन्थ्यो।
पुगेसी मेसेज गर्नु कल गर्नु है भन्थिन।। उन्ले फेस्बुक पनि चलाउन थालेकी थिइन ।। फेसबुकमा स्टाटस लेख्दै कमेन्ट गर्दै टाइम पास गर्थ्यौ।।

बिहान मा सधै उनको मेसेज आउथ्यो उन्कै कल वा मेसेज ले नै म ब्युझिन्थे।। 
त्यो दिन बिहान न त उनको कल आयो न त मेसेज नै।। 
के भएछ भनेर कल गर्न खोजेको लागेन दिनभरि प्रयाश गर्दा पनि लागेन।। 
कुनै दिन म सङ्ग नबोलि मेरो बोली नसुनी बस्न नसक्ने उनी एकाएक कसरी गाएब भैइन।।
म जे काम ले गएको थिए त्यो काम मा पनि ध्यान गएन।। 
ध्यान सबै प्रमिसा मा थियो। माया गर्ने मान्छेमा थियो।।
छिन छिन मै मेसेज गरिरहे ।। मेसेज गरिरहे ब्यालेन्स सकियो आयेन मेसेज ।। आउदै आएन मेसेज।। कुरिरहे कुरिरहे बस कुरिरहे।। आखाका डिलमा आँसु टिलपिलाउन खोज्दै थिए झर्न लाई ।। भुइमा पछारिनलाइ ।।कन्ट्रोल गरिरहे।। खोइ कसरी दिन बितेर साझ भयो पत्तै भएन।।

आखाका डिलमा आँसु टिलपिलाउन खोज्दै थिए झर्नलाइ।। भुइमा पछारिनलाइ।। कन्ट्रोल गरिरहे।।
कसरी दिन बितेर साझ भयो पत्तै भएन।।

कुनै दिन थिएन उन्ले मेसेज नगरेको जति बिजि भएपनी मिस्कल सम्म भएपनी गर्थिन।।
आज खोइ के भो उन्लाइ न त कल छ न त मेसेज न त फोन नै लाग्छ।।
घरबाट फोन आयो ।। म बिजि छु पछि कल गर्छी भन्दै फोन काटे ।।कसै सङ्ग पनि बोल्न मन लागेन।। 
खाना खाने बेल भयो तर पनि खाना खाएन।। खाने मन नै थिएन।। भोक नभएर पनि होइन तर पनि केही मा मन थिएन।।
म होटेलमा बसेको थिए।। आफ्नो भन्ने कोहि थिएन।। 
मनमा अनेकन कुरा हरु खेल्थे।। बेला बेला मा कल गरिरहे अह लागेन फोन।। आफ्नो फोन ले काम नगर्दा दीपा को
बाट फोन गर्थिन उन्ले।। त्यो नम्बर मा कल गर्नु पर्यो भनेर कन्ट्याक्ट लिस्ट मा खोजे तर भेटिन ।। सायद फोन मेमोरी मा सेभ गरेको थिए मोबाइल फर्म्याट गर्दा गएछ।। 
म सङ्ग अरु कुनै उपाए नै थिएन उनी सङ्ग कन्ट्याक्ट गर्न।। 
साथिहरु लाई कल गरे बिष्णु सरोज लाइ उनिहरुले केही थाहा नपाएको जानकारी दिये
। 
म एकोहोरिए।। आखिर अब गर्नु के ? सुत्न खोजे निद लागेन।। निद नै नलागेपछी आँखा मात्र बन्द गरेर हुदैन निद्रा नै आउनु पर्छ ।। उन्लाइ सम्झिदै बसे।। बेड्मा पल्टिए।। 
हाम्रो पुरानो च्याट हरु पढ्दै बसे।। रमाइला पल हरु सम्झिदै बसे।। तेहि उपनाम Lamvu को पर्खाइमा बसे।। 

मानिसको जीवन मा साना तिना बाधा हरु आइहाल्छन पुरानो कुरा सम्झिएर रुनु हुदैन बर्तमान मा आत्तिनु हुदैन।। तर यो त सब भन्ने कुरा न हो।। आफू नमरी स्वर्ग देखिदैन ।। यस्तै हो अबस्था जसलाइ पर्यो उस्ले मात्र बुझ्न सक्छ।। जस्ले भोगेको छ पीडा उस्ले मात्र जान्दछ यो सब।। 
साथिहरु केटिको मामिलामा दुखी हुदा सम्झाउने मान्छे म।।
आज आफै दुखी भैरहेछु ।।
उन्लाइ धेरै नै मिस गरे।। सार्है माया गर्थे उन्लाइ ।। उन्ले पनि गर्थिन।। 
रात्भरी निद्रा लागेन यसै पल्टेर बसिरहे।। 
बिहान भयो ।। रातिभरी नसुतेको भएर होला टाउको बेसरी दुख्यो।। बाहिर निस्के सिटामोल किनेर खाए।। खाना नखाको भएर होला रिंगटा लाग्ला जस्तो भयो। अलिकती भएपनी खान बसे तर धेरै खान नसकेपनी औसधिलाइ पुग्ने जति मुखमा राखे खाये।।
केही गर्ने जागर थिएन ।। बिहान देखि मेसेज गरेको गरेइ थिए कहिले भाइबर मा ।। 
पछि मेसेज सिन भाको सिग्नल देख्थे तर रिप्लाइ नै आएन।।
कल गरे फोन लाग्छ कि भनेर फोन लाग्ने कुनै सुरसार थिएन।। 
मुड फ्रेस गर्न फेसबुक खोले।। नया नौलो उहीँ त हो सब फोटो को स्टाटस को प्रदर्सन ।।
News Feeds हेर्दै जादा एउटा स्टाटस देखे।। 
"Pramishaa is Feeling irritated .."
हिजो दिउँसो २:३५ को पोस्ट रैछ।। मैले हिजो दिउँसो र राती फेसबुक नखोलेको भएर हेरेको थिएन। 
म त अचम्मित भए। फिलिङ इरिटेटेड।। यो कसरी लेखिन ?? के भयो उन्लाइ।। 
उन्को कुरा हरु एकएक गरि आखामा झल्किन थाले मन मा गुन्जिन थाले।। उन्ले अहिले सम्म मलाई नसोधी मलाइ नदेखाइ कुनै कुरा पनि पोस्ट गरेकी थिइनन।। 
हरेक फोटो अप्लोड गर्नु अघि मेरो Permission लिन्थिन।। कुनै स्टाटस पनि मेरै अनुमती मा लेख्थिन तर अहिले यो अचम्म को स्टाटस ??.. 
उन्ले मलाइ केही कुरा लुकाइनन।। फेसबुक को पास्वर्ड सम्म मलाइ दिएकी थिइन तर मेरो पासवर्ड कहिले मागिनन ।। उन्को मा नराम्रो मेसेज कसैको आउथेन सब मिल्ने साथिहरु मात्र थिए।।

मैले उन्को आइडी चेक गर्थिन कहिले पनि सधै उन्ले नै देखाउथिन।। बिस्वास थियो उनमा।। 
कमेन्ट पढे पहिलो कमेन्ट " What Happen Dear sweety ??" सन्तोस को थियो।। 
मैले चिनेको मान्छे थिएन।। 
Dear Sweety यो कसरी लेख्न सक्छ कमेन्टमा ? आखिर को हो त उ Dear शब्द प्रयोग गर्ने।। 
कमेन्टको रिप्लाइ थियो प्रमिसा को " केही भाको छैन Dear यत्तिकै लेखेको "
सपना हो कि बिपना कन्फ्युज थियो।। उन्ले मलाइ कहिलै Dear युज गरिनन।। उस्लाइ Dear त्यो पनि पब्लिक स्टाटस्मा।। मन मा नराम्रो फिल भयो।। दुखी भयो।। मैले कल गर्दा प्जोन लागेन मेसेज को रिप्लाइ आउदैन फेसबुक मा स्टाटस राखेर अरु सङ्ग म भन्दा पनि फ्र्यान्क भएर बोल्दै छ।। 
को रहेछ चिन्न मन लाग्यो सन्तोस लाई।। 
उस्को प्रोफाइल खोले ।। मान्छे राम्रो थियो हेर्दा सोझो पातलो म जस्तै।। 
उस्को हरेक स्टाटस र फोटोलाइ नियालेर हेरे जासुसिले जसरी।। अनुसन्धान कर्ता ले जसरी।।
मुटु को धड्कन तेज हुँदै थियो।। मुटु फुट्ला जस्तो भयो जब उस्को फोटो मा कमेन्ट देखे।। हरेक कमेन्ट मा Dear , Baby , Hero , My boy and so on..
कमेन्टमै कुरा थिए उनिहरुका लामा लामा ।। लाग्थ्यो उनिहरु कमेन्ट होइन च्याट गरिरहेका थिए।। म सङ्ग जसरि जिस्केर बोल्थिन ठिक तेस्तै कुरा हरु थिए।।
ती सब कमेन्ट हिजो रातिका थिए।। समय चेक गर्दै हरेक फोटो चेक गरे पालै पालो।। 
सबैमा उनिहरुका तेस्तै कमेन्ट मात्र थिए। 

प्रमिसा ले फोन नगर्नु अनि मेसेज नगर्नु को कारण बल्ल पो बुझे।। उन्को १२ को परिक्षा पनि सकिसकेको थियो।।उनी फ्री नै थिइन।। फ्री हुनु को फाइदा यसरी लिदै रैछिन।। 
अफ्ठ्यारो फील भयो। 
उन्लाइ मैले तेति धेरै माया अनि बिसावास गरे येस्को रिटर्न यो थियो ? रुम मा गएर बसे ।
तेइ कमेन्टलाइ दोहोर्याउदै हेरे रिस उठ्यो उनी प्रती ।। उन्को त्यो झुटो माया प्रती।।
आखिर अरु सङ्ग पनि यस्तो सम्बन्ध थियो भने मलाइ किन फसाउनु झुटो मायामा।।
उन्लाइ त के छ र सबैलाइ साथी बनायो प्रेम को नाटक गर्यो तर मलाइ त उस्ले नै फसायेकी हो नि। 
उ बिना एकपल पनि खुसी हुन नसक्ने बनाउने उ नै थिइ। 
उस्लाइ मेसेज गर्ने मन भएन त्यो त ठिक छ तर म बोल्दिन भनेर टाढा भएको भए उस्को के जान्थ्यो?.

अब मैले न त उस्लाइ मेसेज गरे न त कल को प्रयास नै।। 
उस्ले म प्रती किन यस्तो गरि त्यो त उस्ले नै जानोस।। 
भाइबर लाई डिएक्टिभ गरिदिए।। 
उस्को याद मात्र आइरह्यो उसङ्ग का पल हरु झल्झलि आँखा अगाडि नाच्न थाले। 
मलाइ गिज्याइरहेका थिए याद हरु ले सम्झना हरु ले।। 
उ सङ्ग को मेरो १ बर्स को सम्बन्ध भएपनी कैयौ बर्स को सम्बन्ध भन्दा कम थिएन। 
हाम्रो मेसेज हेर्दै बसे मोबाइल को अनि फेसवुक को।। 
मेसेज हेर्दै पुराना दिनहरु सम्झिन थाले।। "तिमी बिना म त बाच्न सक्दिन भन्दै अङ्गालो मारेकि उस्ले दिमाग मा घुमिरह्यो।। झुटी मान्छे,, नाटकी रैछ ठिक्क पार्न जानेकी जता पनि।।
शन्का त लाग्थ्यो उ कुरा मिलाउन मा एक नम्बर छ।
जे पनि बोल्न जानेकि अनि जस्तो पनि गर्न जानेकी।
म अरु केटि सङ्ग बोल्दा रिसाउदै बस्ने उ डाहा गर्ने उ आज मेरै अगाडो अरु सङ्ग नजिक हुन खोज्दै छ मलाइ नै वास्ता नगरी।।
उस्लाइ मैले कहिलै नराम्रो गरिन माया गरिरहे साचो माया।। उस्कै लागि अरु केटि साथिहरु सङ्ग बोल्न छडिदिए।। 
जति बिजि हुदा पनि बिरामी हुदा पनि उस्लाइ नै आफ्नो मानेर कल गर्थे।।
उस्लाइ सम्झिएर बस्थे दिन रात।। उ म सङ्ग नजिक भएदेखी म आफुमै परिबर्तन भए उस्कै लागि।। 
उस्कै लागि घर परिवार साथिहरु को वास्ता नगरी झुट बोलि बोली कहिले कहाँ त कहिले कहाँ घुमाइरहे।। 
आफुले आफुमा गर्व भाब देख्थे जब उन्लाइ साथिहरु सङ्ग परिचय गराउथे।। 
अझ भनौ मैले सब्थोक छाडेर उस्लाइ नै सर्बस्व ठानिरहे।। 
बिहे देखि लिएर जिबन्भर नछुटिने सपना बाड्ने उ नै थिइ।। म त बिस्वास गरिरहे।। 
उस्को झुटो देखावटी माया मा ।। रङिन सपना देखाउने उहीँ थिइ।। स्वार्थी रैछ ।। मैले बुझ्न सकिन।। उस्को माया को दलदल मा यसरी फसेको रहेछु कि तब थाहा पाए उस्को बारेमा सोच्दा सोच्दा आसुको ढिक्का मेरो कपडा मा खसिसकेछ।। मेरो रोएको मन को एक हिस्सा मेरो फिलिङ्ग्स पानी को थोपा बनेर।।
यति धेरै माया दिएको थिए।। जति माया गरेपनी मलाइ नै पराइ बनाइदीइ।। 
कारण के हो न त उस्ले भनी न त मैले थाहा पाए।। 
उ किन म लाई यस्तो ब्यबाहार गरि मलाइ केही थाहा नै छैन।।
धन्य फेसबुक हेरे अनि उस्ले मेसेज को वास्ता गरिन र त उस्को असली हर्कत थाहा पाए।। 
मलाई नजिक बनाउने पनि उ अनि पराइ बनाउने पनि उ ।। वा वा क्या कला छ रैछ उसमा।। अझ यो सब थाहा दिने उस्कि दिदी दीपा।। उ प्रती पनि रिस उठ्यो।। उ पनि हो मलाइ उसमा फस्न आग्रह गर्ने।। 
अझ ठूलो दोशी त म।। उस्को झुठो माया मा फसेर अरु सब त्याग्न खोज्ने।।

उस्ले भन्ने गर्थी " तिमी र म छुट्नु हुन्न अनि कहिले पनि हामी फुट्नु हुन्न " हो साची रैछ हामी त छुटेनौ तर उस्ले नै छुटी।। मनमा ठूलो पीडा दिई।। 
मैले आखिर के नै गल्ती गरेको थिए र म सङ्ग टाढा हुन खोज्ने।।
के गल्ती यहि थियो उस्लाइ चोखो माया गरिरहे उस्कै यादमा बसिरहे। 
तिमी नभए मेरो सन्सार अधुरो भन्ने उ नया सन्सारमा रमाउन सिकिछ।। 
कस्ले कस्को भाग्य देखेको छ र भोगेपछी बुझिने न हो सब।। आँखा भरी आसु टिल्पिलाउदै बस्नु को बिकल्प थिएन।। 
बद्लिएर गयि उ टाढा हुने बाटो खोज्दै छ।।
उस्लाइ जति माया सायद मैले कसैलाइ गरेको थिइन।। 
पहिला यहि माया अमृत थियो उस्को लागि।। अहिले कसरी बीस भो । त्यो उस्लाइ नै थाहा होला।।
त्यो राती नाइट बस मा काठमाडौ जाने प्लान गरेर हिजो नै टिकट बुक गरेको थिए।। 
दिन्भर उस्कै याद मा बसिरहे मोबाइलमा ध्यान थिएन।। मोबाइल साइलेन्ट मा थियो।। 
आखामा बस आँसु टिल्पिल गर्दै खस्दै थिए।।

उस्को चाहन के थियो त्यो बुझ्न सकिन कि ? उस्लाइ मैले केही नराम्रो गरेकी ??नराम्रो भने कि ? आफ्नै मन लाई प्र्श्न गर्थे तर उत्तर कसरी देओस यो कोमल मन ले।।

५ बजे कोठा छोड्नु पर्ने थियो नत्र अर्को दिन्को चार्ज लिन्थ्यो।। 
५ बज्न आटेको थियो काउन्टरमा गएर बिल लिए पैसा तिरे।। म सजग थिए मेरो अबस्था कसैलाइ थाहा नहोस।। 
होटल मालिक ले मलाइ एकोहोरो हेरिरहेको थियो सायद मेरो अब्स्था देखेर हो कि भनेको म टोलाएको भएर रहेछ पैसा फिर्ता लिनु पर्ने।। 
के भयो भाइ उन्ले सोध्दै थिए।। 
केही भाको छैन दाइ भनेर नमस्ते भन्दै निस्किए।। 
बसपार्क गए एक्छिन बसे गाडी छुट्ने समय भएपछी गाडी चढे। दिमाग मा झल्झली प्रमिसा मात्र थिइ।। 
मनमा उस्कै आभास भैरहेको थियो मुटु भुक्क हुन्थ्यो बेला बेला।। गाडिमा उसङ्ग हिड्द का याद हरु आइरहेका थिए।। सङ्गै बस्ने मान्छे सङ्ग मलाइ केही मत्लप थिएन बस आफ्नै सुरमा थिए।। 
पोखरा पुग्दा झिस्मिस अँध्यारो भैसकेको थियो। मोबाइल हेरे २२ मिस्कल अनि मेसेज मोबाइल मा।। 
मिस्कल चेक गरे २ ओटा आन्टिको २ ओटा ममि को अनि बाकी १८ ओटा प्रमिसा को।। 
मेसेज पनि प्रमिसा कै थियो।। 
सुरुको शब्द पढ्न भ्याए Lamvu..
तेति नै बेला कल आयो प्रमिसा को ।। फोन काटिदिए। मोबाइल स्विच अफ गरे।

सुरुको शब्द पढ्न भ्याए Lamvu.. तेति नै बेला कल आयो प्रमिसा को।। फोन काटिदिए।। मोबाइल स्विच अफ गरिदिए।।

जस्लाई आफुले बिस्वास गरिएको हुन्छ अनि उस्कै लागि सर्बस्व सुम्पिदा पनि आफ्नो बिस्वास्को सोझोपनको फाइदा लिन खोज्छन भने उनिहरु जिबनमा कसरी महत्वपूर्ण हुन्छन र ? 
उस्को हर्कत सबै पढिसके बुझिसके धोकेबाज को कास्ठा।। 
आखिर अब उस्ले मलाइ कल नै किन गर्नु पर्यो र ? उस्ले मेरो कल को मेसेज को बेवास्ता गरिभने मलाइ कल मेसेज गर्नु को अर्थ के?? 
उस्लाइ मेरो कल मेसेज को मत्लप छैन भने मलाइ पनि उस्को के मतलप।। 
बिस्वास जस्तो ठूलो कुरा सम्बन्ध मा अरु केही होइन जहाँ बिस्वास हुन्छ त्यहा मात्र माया हुन्छ।। 
बिस्वास बिना को मायाको कुनै अर्थ हुदैन।। 
रोटि त एकोहोरो पाक्दैन हो सम्बन्ध पनि यस्तै हो एकजना ले आफुमा राम्रो व्यवहार गरेको छ भने त्यो सम्बन्ध टिकाउन आफ्नो पनि भुमिका हुन्छ।। 
तर यो सब धोकेबाज को लागि बनेका शब्द होइनन ।। यदि यो सब बुझ्न सक्थे भने किन खेलबाड गर्थे अरुको जिबनमा ।। चोखो मायामा ?? 

दमौलीमा खाना खान रोक्यो गाडी ।। बस बाट झरे खाना खान मन नै थिएन तैपनी गाडिमा भोमिट नहोस को लागि अलिकती खाए।। 

बस आफ्नै रफ्तार मा गुडिरहेको थियो।। मान्छे हरु कोहि निदाएका थिए कोहि नेट चलाउदै त कोहि टिभी हेर्दै आफ्नै सुरमा थिए।। मलाइ कस्ले मत्लप राख्थ्यो ।। एक्लो थिए त केबल म।। थुप्रै मान्चेको बिचमा पनि एक्लो महसुस भएको थियो।। 
गाडिमा कहिलै निद नलाग्ने मान्छे निदाएछु मुग्लिङ कटेपछी।। 
" को कस्को सामान हो ? ल छिटो छिटो झरम त " कन्ट्र्याकटर को आवाज ले निद खुल्यो बसपार्क आइसकेछ ।। 
बसबाट ओर्ले घरमा गए।। 
सबैजना उठिसक्नु भएको थियो।। 
थोरै मात्र कुरा गरेर आफ्नै रुममा गए मोबाइल अन गरे ।। 
मेसेज आएका थिए पढे सबै मेसेज पालै पालो।। 
" Lamvu के भयो के कहाँ हुनुन्छ ?? किन रिसाउनु भएको ?? हिजो म सङ्ग मोबाइल थिएन त्यो मोबाइल बिग्रीयो सो।। Missing u so much hero.. कल रिसिभ गर्नु न " 
"फोन अफ ?? के भयो के हजुरलाइ ? " 
" किन बोल्न नखोज्नु भाको मैले के गरेर ??"
"ल ल नबोल्नुस मेरो कारण ले डिस्ट्रब भाको हो भने अब नगरुम्ला कल " 
यस्तै यस्तै धेरै मेसेज हरु थिए।। 
वा के गल्ती गरे रे?? अह के गल्ती गर्थ्यौ तिमिले गल्ती त मैले गरेको हु ।। यहि रिप्लाइ दिन मन थियो तर गरिन रिप्लाइ नै।। 
बोल्न नखोज्नु भाको रे .. म बोल्न नखोजेको कि उ ?? 
मोबाइल बिग्रीयो ?? खुप आउँछ कुरा बनाउन त उस्लाइ।।

" अ हो तिम्ले केही गरेकी छैनौ ।। मिस्टेक मैले गरे तिम्लाई आफ्नो सम्झेर " लेखेर पठाए।।
उस्लाइ तेति धेरै मेसेज गरेको बुझ्नु छैन उल्टै मलाइ दोष ।। 
केटि हरु आफ्नो गल्ती लुकाउन खोज्छन अरु को त सानो तिललाइ पनि पहाड नै बनाइदिन्छन।।

मैले उस्लाइ सेटाएर हानेर लेखेपनी मनमा त उ अनि उस्को माया कति छ त्यो त म मात्र जान्न सक्छु।।
उस्कै हातमै मोबाइल रैछ क्यारे रिप्लाइ आइहाल्यो
"साची के भाको छ के हजुरलाइ ? यदि हजुरलाइ बोल्न मन छैन भने नबोल भन्नुस न " 
यस्तो मेसेज देखेको मुटु झन भुक्क फुल्यो शरीर मा काडा फुल्यो।। बोल्न मन लाग्दैन भने नबोल भन्नुस न यो शब्द बाट सजिलै बुझ्न सक्थे आखिर उस्को मनसाय के रहेछ त ।। 

दिन बित्दै गए ।।कुरा हुँदै गयो । म राम्रो सङ्ग नै बोल्थे उनी पनि बोल्थिन तर पहिला जस्तो थिएन।। 
मैले त्यो कमेन्ट को कुरा निकाल्थे सन्तोस त मेरो एउटा राम्रो साथी मात्र हो भनेर टारिदिन्थिन।।
उन्ले म प्रती जस्तो व्यवहार गरेपनी मैले उनिप्रती गर्ने माया मा कुनै परिबर्तन थिएन।। किनकी उन्ले मलाइ जे जस्तो गरेपनी मैले आफ्नो ठानेको थिए।। 
सधै फर्स्ट मा मेसेज गर्ने उन्ले बिस्तारै मेसेज गर्न छोडिदिन्थिन।। बेला बेला मा म नै मेसेज गर्थे।। म चाहन्नथे कि हाम्रो सम्बन्ध यसै टुङ्गियोस।। 
टिकाइरहन चाहन्थे आफू सानो बनेर पनि।। 
आफू भन्दा बढि माया गरेको चिज सबैको महत्व हुन्छ ।।हुदो रहेछ।। पागल भएको थिए मायामा। एकोहोरो ।।
कस्लाइ दोशी भन्नू खोइ सम्बन्ध बिगृनु मा।। 
बेला बेला मा उनी ठुस्किन्थिन मैले फकाउथे जोक सुनाएर हसाउथे फकाउथे।। 
म रिसाएको बेला फकाउथिन पुराना कुरा निकालेर।।
सम्बन्ध सुध्रीदै थियो तर पहिलाको अबस्था मा फर्किन गार्हो थियो।। 
पुरानो दिन सम्झिदा कुनै बेला रमाइलो लाग्थ्यो त कुनै बेला आँसु पनि आउथ्यो।।

बिस्तारै उनी पनि सन्तोस सङ्ग नजिक हुन छाडेकी थिइन।। 
मैले चासो राख्थे उनिहरुको बारेमा ।। पछि उन्ले भनिन
" म हजुर सङ्ग टाढिन खोजेकी होइन माया त हजुरलाइ नै गर्छु।। 
सन्तोष मेरो कलेज को साथी हो।। मलाइ सपोर्ट गर्ने स्कुल देखिको साथी हो।। उस्को गर्लफ्रेन ले धोका दिई सबै कुरा मलाइ सुनाउथ्यो। रुन्थ्यो उस्को याद मा अति नै अनि उस्लाइ एक्लो फील नहोस भनेर मैले उस्लाइ साथ दिएकी मात्र हु।। मेरो बाबा ममि को कसम मैले हजुरलाइ बेवास्ता गर्न खोजेको होइन ।। सधै भरि माया त हजुरलाइ नै गरिरहन्छु।।"
उन्को बाध्यता थियो या अरु केही त्यो त उन्लाइ नै थाहा छ ।। उन्को हरेक कुरा बिस्वास गर्ने म यो कुरा लाई पनि बिस्वास गरे।।
सम्बन्ध मा विभिन्न बाधा हरु आइरहन्छन तेस्लाइ न आत्तिकन समस्याको समाधान गर्न सक्नु ठूलो कुरा हो।। 
सम्बन्ध टिकाइराख्न एक्जना आगो अनि अर्को पानी बन्न सक्नु पर्छ।। आगो आगो को बिचमा हरेक चिज भस्म हुन्छ।।
समय बित्त्दै गयो ।। 
खुसी नै थियौ तर पहिल भन्दा कम।। माया गर्थ्यौ एक अर्का लाई ।। घरमा पनि राम्रो सम्बन्ध हुँदै गयो।। 
म पनि जागिर गर्न थालेको थिए सानो तिनो भएपनी अनुभव सङ्गाल्ने बाटो।। बिच बिचमा साना तिना झगडा नभएका होइनन।। कुनै बेला त दुबै जना २-३ दिन सम्म नबोली बस्थ्यौ। 
बोल्नु त छदै थियो Wrong Msg or Call गयो भन्दै बोल्न सुरु गर्थ्यौ।। रमाइलो गर्थ्यौ।। साथिहरु सङ्ग पनि बेला बेला मा भेट हुन्थ्यो।।
जो जहाँ जादा पनि एकार्कालाइ जानकारी दिनै पर्थ्यो।। 
फोनमा कम मात्रा मा क्ज्रा हुन्थ्यो धेरै कुरा त भाइबर र फेसबुकमै हुन्थ्यो।। 
पहिला जसरी नजिकिएको थियौ तेस्तै अबस्थामा फर्किन नसकेपनी अरु कुरा सामान्य नै थियो।। 
रात्भरी मेसेज गर्ने बानी कहिले पनि हटेन कुनै बेला त रात्भरी नसुतेर बस्दा कलेज जादा पनि मुख नै नधोइकन गयेको छु अनि कलेज मै सुतेको छु।। 
साथिहरुले जिस्काउथे गिज्याउथे प्रमिसा को नाम लिदै।। क्लासभरी हाम्रै चर्चा हुन्थ्यो।। धेरै साथिहरुले प्रमिसा लाई चिन्थे।।
सेलिब्रेटी नै भएका थियौ कलेज मा क्लास मा ।।
मैले बिदेस जने कुरा गर्दा आँसु टिल्पिल गराउथिन आखामा।।
उनी भन्थिन हजुर पछि बाहिर नजानुस है।। यहि बसेर पनि केही गर्न सकिन्छ नि।।
म बिदेस जाने लक्ष्य भएपनी उन्को कुरा लाई सम्झाउदै भन्थे।। म गएपनी एक्लै जाने हो र दुइजना नै जान मिल्छ नि।।
जे भएपनी यहि बस्नु पर्छ भन्दै कर गर्थिन।। 

उन्को १२ को रिजल्ट पनि आयो ६८.८% आएको थियो मार्क्स।। 
उनी अति नै खुसी थिइन त्यो भन्दा बढी म अनि उन्को बाबा ममि।।
तेइ उपलक्ष्य मा उन्ले मलाइ ट्रीट भन्दै पार्टी पनि दिएकी थिइन।। 
रमाइलो थियो क्षण।। कहिले कता त कहिले कता घुम्न पनि गयौ दिनमा।। 
१ हप्ता जस्तो म बाहिर जानू पर्ने भएको ले सम्पर्क भएको थिएन।।
पछि काठमाडौ फर्केपछी एउटा कुरा सुनाइन " बाबाले बिदेश पढ्न पठाउने भनेर कर गर्नु भो " 
अनि तिम्ले के भन्यौ त ?? 
"जान्न भने यहि पढ्छु भनेकी छु" उन्ले भनिन।।

कुरा भैराख्थ्यो दिनदिनै।। सधै जस्ता हुन्थे तेस्तै कुरा नया केही हुन्थेन।।
केही समयपछि 
उन्ले IELTS पनि गरिछन।। मलाइ थाहा थिएन।। 
सायद ४ महिना पछि उन्ले जबर्जस्ती भेट्न खोजिन भेटे पनि । अनि झस्किए उन्को कुरा ले छक्क परे। 
उन्ले भनिन " मेरो अस्ट्रेलिया को भिसा लाग्यो अब १६ दिन पछि फ्लाइट।।"

उन्ले भनिन " मेरो अस्ट्रेलिया को भिसा लाग्यो अब १६ दिन पछि फ्लाइट।।"

उनी नै थिइन मलाइ बाहिर नजाने भन्दै सम्झाउने ।।
जब उन्को मुखबाट यो सुने उन्लाइ भेट्न हतारिदै खुसि हुँदै गएको मेरो मन एक्कासि निराशा मा बद्लियो । 
बोल्ने केही वाक्य आएन।। केही शब्द नै थिएन। उन्लाइ हेरिरहे मात्र। 
उनी पनि केही बोलिनन।। मलाइ नै हेर्दै थिइन टुलुटुलु।। हामी पार्क थियौ मान्छे तेति धेरै थिएनन। रुखको मुनि थियौ ।। चरा हरु चिरबिराउदै थिए ।। मान्छे को हल्ला नभएर होला सन्नाटा छाएको थियो । 
हो यसरी नै मन अनि दिमाग मा पनि सन्नाटा छएको थियो।।

" ल राम्ररी जानू गएपछी त बिर्सिहाल्छौ अनि आनन्द हुन्छ " मैले भने 
उनी एकाग्र थिइन मन्त्र मुग्ध थिइन झस्किइन मेरो आवाज ले।।
" मैले कती कर गरे बाबा लाई म जान्न भनेर तर जबर्जस्ती गर्नु भो ।। "
जस्ले जे भनोस बाबा आमा जस्तो ठूलो केही हुदैन।। जति जिद्दी गरेपनी उहाहरुले भनेको मान्नै पर्छ।।
माया को अगाडि अरु केही होइन भनेर कसैले भन्छ भने त्यो मूर्ख हो।। 
सबैभन्दा ठूलो कुरा त परिवार हो अरु त सब पछडिका कुरा।। माया को सस्कार सिकाउने नै परिवार हो भने अरु कसरी ठूलो हुन सक्छ।।
म बुझ्न सक्थे उनी कर्काप मै यो निर्णय गरेकी हुन।

उन्को आखामा आँसु टिल्पिलाइ रहेको थियो खस्न लाइ म पनि निराश त थिए नै तर उन्को अगाडि कमजोर देखिन मलाइ सुहाउदैन ।। उन्लाइ आफू तिर तानेर आँसु पुछिदिए।। 
उनि त झन आफ्नो टाउको घुडा माथी राखेर आँसु पुछ्दै रुन थालिन।। 
मन अमिलो भयो।। सहन नसक्ने गरि। 
अरु मान्छे हरु बिदेश जान पाउँदा अझ ठूलो देश जान पाउँदा सब थोक त्याग्न खोज्छन तर उन्लाइ कति पनि मन थिएन बाहिर जान। आखीर मेरो चाहाना पनि त तेहि थियो।। 
उन्कै लागि मेरो बिदेश जाने इच्छा पनि मारिसकेको थिए ।। केबल उन्कै लागि।। 
आज उनी नै जाने , छुट्ने कुरा गर्दा कस्को मन भकानिदैन ?
यसै पनि छुटिनु त छदै थियो टाढिनु त छदै थियो।। उन्लाइ किन दुखी बनाउनु म दुखि बनेर ।। 
उन्लाइ सम्झाउन फकाउन हर प्रयास गरे।। 
तर पनि मन त आफ्नो पनि रोएको नै थियो।।

दिन्हरु बित्दै गए ।। दिनहु जसो नै भेट हुन्थ्यो ।।सपिङ्ग गर्दा म पनि गएको छु ।। 
उनी जाने दिन नजिकिदै थियो।। प्रमिसा को बाबा ममि सङ्ग पनि धेरै राम्रो सम्बन्ध भएको थियो। 
थाहा थियो उहाँ हरुलाउ हामी हरु सङ्गै हिड्ने बोल्ने गरेको। 
मन आत्तिदै थियो।। उनी जाने दिन धेरै बाकी थिएन। घन्टौ सम्म सङ्गै बस्थ्यौ बिहान वा साझमा।। उनी म सङ्ग भेट्दा नरोएको दिन हुन्थेन ।म आफू दुखि भएर पनि उन्को अगाडि खुसी को नाटक गर्दै फकाउथे।। 
"टाढा भएपनी के भो त भाइबर अनि फेसबुक त छदै छ नि दुइओटा मन कनेक्ट गर्ने ".. 
हास्न मन नलागी नलागि मुसुक्क हासिदिन्थिन।। हासे जस्तै गर्थिन।।

उनी जान ३ दिन बाकी थियो गोपाल अन्कल (प्रमिसा को बाबा) ले खाना खाने गरि आउन भनेर अन्कल अनि मलाइ बोलाउनु भएको थियो साझमा ।। तर अन्कल को अरु काम ले म मात्र गए।। 
खाना खाने बेला हुँदै थियो।। प्रमिसा को बाबा ममि अनि दीपा र प्रमिसा सङै म पनि बसेको थिए।। 
कुनै कुरा निकालेर जिस्किदै थियौ।। अन्कल पनि जोक गर्न मन पराउनु हुन्थ्यो।। 
" बाबुले केटि साथी बनाको छ कि छैन?? हामिले त तिमि सानो हुँदै ज्वाइँ बनाउने प्लान गरेका थियौ। अन्त लाग्ने होइन नि त्या.. हाहा " अन्कल ले भन्नू भो ।। 
म त झसङ्ग भए । कसैको अनुहार मा हेर्न सकिन उतिनै बेला रातो पिरो भयो अनुहार।। दीपा र ममि बेसरि हास्नु भो।।
म सङ्ग बोल्ने शब्द नै हराएका थिए।।
एकातिर मन खुसी थियो।। के खोज्छस कानो - आँखा भने जस्तै भएको थियो।। 
मनकै कुरा बोल्नु भो अन्कल भन्न मन थियो तर सकिन।।
" हेर आइमाइ जसरी लजाको " आन्टिले जिस्काउनु भो। 
" उ कलेज मा नि यस्तै हो " दीपा ले थपिन।।

" दीपा को त बिहे भयो अब बाकी प्रमिसा।। यिन्को पनि उता बाट फर्के पछि दीप जस्तै सोझो केटा सङ्ग बिहे गर्दिने अनि बल्ल हाम्लाइ ढुक हुन्छ।। हाम्रो कर्तब्य पूरा हुन्छ।।" आन्टिले भन्नू भो।। 
प्रमिसा केही पनि बोलेकी थिइनन।। चुपचाप बसिरहेकी थिइन कुरा हरु सुन्दै।। 
अरु बेला आँखा अघि आँखा जुधाउदै बोल्ने जिस्किने हामी त्यहा एक अर्कालाइ हेर्न सम्म सकेका थिएनौ।।

उन्को जाने दिन आइसक्यो १ दिन बाकी थियो। दिउँसो म सङ्ग थिइन बाकी शपिङ्ग गर्नु थियो प्रमिसा को बाबा ले मलाइ जिम्मा दिनु भएको थियो।।
उन्को लागि मैले आफैले एउटा उनलाइ मन पर्ने हिल अनि हातमा लगाउने घडी किने अनि घडी लगाइदिए उन्लाइ मन पर्ने सेतो कलरको लभ साइन भएको।। 
फर्किदा साझ पर्न आटेको थियो।। स्कुटिमा थियौ। म अनि उनी घर जाने चोक मा म झरे उन्को आखामा आँसु देखे ।। उन्को मन नहुदा नहुदै पनि जानू पर्ने थियो उन्लाइ।। 
" कति रोको । अस्ति बाबाले भनेको बिर्स्यौ ? तिमी त पछि कि मेरि श्रीमती हौ नि " जिस्किदै भने ।। 
मन नभएपनि छुटिनु नै थियो।। राती कुरा गरौला भन्दै छुटियौ।। 
राती कुरा भयो दिउँसो १ बजे को फ्लाइट थियो तेसैलै मैले नै छिटै सुत्न आग्रह गरे।। सुत्यौ। निद त के लग्थ्यो ।। मन मा अनेकन कुरा थिए।। प्रमिसा को याद थियो उन्को माया थियो तर तेइ माया म बाट टाढिदै थियो। पछि मिलन
हुन्छ या हुदैन ।। उन्को मन के होला टाढा भएपछी।। यस्तै सोच ले निद लाग्न दिएन।। 
उज्यालो भयो कसरी भयो थाहा थिएन मुख सुकेको थियो आँखा सुन्निएको जस्तो भएको थियो। 
मोबाइल हेरे प्रमिसा को थुप्रै मेसेज थिए।। सबै पढे तर रिप्लाइ गर्ने जागर थिएन।।

एयरपोर्ट जाने समय भयो पुराउन लाई म अन्कल अनि दीपा गयौ।। घर बाट निस्किदै गर्दा बेसरी रोइन।। मुटु नै फुल्ने गरि ममि को अङ्गालो मा टासिदै ।। बच्चा को जस्तो व्यवहार थियो।। म पनि कति बेला रोएछु पत्तै भएन सार्है कमजोर भएको थिए म अनि मेरो मन यसै त कोमल झन कोमल भएको थियो।। 
दीपा अनि अन्कलको आखामा पनि आसु थियो।।
यो सब देख्दा म कसरी आफुलाइ कन्ट्रोल गर्न सक्थे र।। रोइदिए म पनि अरुले थाहा नपाउने गरि ।। 

उनी जति रोएपनी जानू त छदै थियो।। सबै कुरा आफुले चाहे जस्तो त कहाँ हुन्छ र ? 
जिन्दगी हो जसरी चल्छ चल्न दिनु पर्ने।। 

एयर्पोर्ट पुगेर Check In room मा पुग्ने बेला मा फेरि रोइन बेसरी मैले आफ्नो अङ्गालो मा बाधेर धेरै सम्झाए। अरु मान्छे हरुले हेर्दै थिए यो सब तेसैले म आफू सजग थिए मेरो आँसु नदेखियोस भनेर ।। छोरो मान्छेको आँसु नदेखियोस भनेर। 
अन्कल ले मेरो ढाड मा धाप मारेर मलाइ पनि सम्झाउदै हुनुहुन्थ्यो तर प्रमिसा एकोहोरो रोइरहेकी थिइन।।
बल्ल बल्ल उनी Checking मा पुगिन ।। हेर्दै बाइ गर्दै धेरै भित्र गैइन। बोर्डिङ पास लिएको थाहा पाएपछी हामी फर्कियौ ।। 
बाटो भरी कोहि कतै बोलेनौ चोक बाट म आफ्नो घर म गए ।। अन्कल र दीपा आफ्नो घरमा।। 
मेरो अन्कल आन्टी कामले बाहिर जानू भएको थियो त्यो दिन अर्को दिन मात्र आउने कुरा गर्नु भएको थियो।। म एक्लै थिए। 
केही गर्ने जागर थिएन।। एक्लै थिए।। 
दुखी बनेरै साझ बित्यो रात पर्यो।। 
जब साझ पर्यो मोबाइल चेक गरे साझमा सधै आउने मेसेज थिएन मोबाइल मा एक्लो भएको थियो मोबाइल पनि उन्को मेसेज र कल को अभाब मा।। 
रातिमा धेरै मिस गरे उन्लाइ।। हाम्रो पुरानो दिन हरुलाइ। 
सार्है रोए । धेरै रोए। छोरो मान्छे रोएको सुहाउदैन भन्थे तर म धित मरुन्जेल रोए।। उनकै सम्झना मा ।।

अर्को दिन साझ कल आयो प्रमिसा ले गरेकी थिइन राम्रो सङ्ग पुगे भन्नलाइ रहेछ। उन्को बोली सुन्न पाउँदा खुसी लाग्यो ।। एकैछिन कुरा भयो ।उन्ले भनिन " १ हप्ता सम्म मैले कल गर्न पाउदिन मैले अरु साथिको बाट गरिराख्छु ।।अनि अर्को मोबाइल र सिम को लागि १ महिना लाग्छ रे। अर्को मोबाइल किनेपछी कल गर्छु मेसेज गर्छु मेरो चिन्ता नगर्नु आफ्नो ख्याल राख्नु ।। खुसी हुनु म त खुसी छु " यति बोल्दा उन्को बोली रोकियो।। सुक्सुक गरेको आवाज आयो।। उनी त रोइछिन।। मैले के के जुक्ती लगाएर सम्झाए।।

हरेक बिहान मोबाइल हेर्थे उन्कै मेसेज को लागि तर न त कल हुन्थ्यो न त मेसेज।।

दिन हरु बित्दै गए समय परिबर्तन हुँदै गयो।। हामी टाढा भएपनि मन बाट कहिलै टाढा भएनौ।। सधै रमाइला रमाइला कुरा हरु हुन्थे।। न त कहिलै उनी रिसाउनु पर्यो न त म।। 
जति टाढा उति माया गाढा भन्थे साची नै हो रहेछ।। 
हाम्रो डेटिङ स्पट भनेकै हाम्रो मोबाइल थियो त माध्यम ईन्टरनेट ।। 
टाढा भएपनी टाढा भएको आभास कहिलै भएन।।

माया साचो माया भाग्यमानी ले मात्र पाउछ ।। सम्बन्ध मा अनेकौ बाधा हरु आउछन समद्या आउछन तर ती सबलाइ फेस गर्न सक्नु पर्छ।। 
मायामा शन्का त हुन्छ नै तर कुरा नबुझी रिसाउनु झगडा गर्नु उचित हुदैन। 
सम्बन्ध टिकाउन एकजना आगो अनि अर्को पानी बन्न सक्नु पर्छ समय हेरिकन।।
सम्बन्ध टिकाउन दुबैजनाको उत्तिकै भुमिका हुन्छ।।

हामी एक अर्का सङ्ग नजिक त थियौ नै तेति नै म उन्को घरसङ्ग परिचित भए।।
सबैले माया गर्नु हुन्छ।। 
सबै राम्रो छ।। कुनै बेला म अनि कुनै बेला उनी हप्तौ सम्म हराउछौ तर जब भेट हुन्छौ अनलाइन मा रमाइलो कुरा गरदै सङ्गै भएको जस्तै फिल गर्छौ।। 
लाइभ भिडियो कल गर्दा पनि उन्को जे जस्तो अबस्था छ रुम अनि बाहिर सब देखाउछिन।। 
भन्छिन अब १ बर्स पछि त हामी सङ्गै हुन्छौ नि अनि यहि आएर सङ्गै बस्छौ।। रमाइलो गरौला।। 
माया गरौला ।। मजाले।। :) :) :)

समाप्त।।

Via - Pradeep Gyawali

Basant Giri

Basant Giri

1 comment:

Powered by Blogger.