bixibit

Breaking News
recent

स्मृति एक सुखद प्रेम



 जिन्दगी दौड हो भनेको सुनेको थिए तर कहिल्यै भागेको थिइन । सानै देखि आमाको काख नछोडेको म S.l.C पछि पढ्न भनेर काठमाडौ आउनु पर्यो ।। मन त थिएन तर भोलिको खुसिको लागि आज दुख खेप्नु नै जिन्दगी रहेछ ।। मनलाई मारेर साथमा आमाको आशीर्वाद अनि बाबाको सपना बोकि म पनि काठमाडौ निस्किए पढ्नलाई ।।
नयाँ ठाँउ, नयाँ सहर नयाँ मान्छेहरू ।। यो परिबेश मेरा लागि भिन्न थियो एकदम भिन्न ।।गाउबाट आए पछि गाउँ कै दाईको कोठामा बसेर दुई चार हप्ता कटाईयो ।। कोठा खोज्ने क्रम जारी थियो ।।कलेज पनि त खोज्नै थियो ।। नजिकैको एउटा कलेजमा गएर भर्ना गरेर फर्कियौ । एउटा बोझ कम भयो तर अझै कोठा नपाएको बोझ थियो ।। खोज्दै जादा नजिकै एउटा कोठा भेटियो ।। दाईले कुरा गरेर आउनु भयो ।। कोठा दिने भएछन घर बेटिले ।।
सामानहरु ल्याएर कोठामा राख्यौ तर अह मिलाउन भने मिलाईएन । सबै लथालिङ्ग ।। अनि घरबेटीसँग पनि कुरा गर्नु नै थियो ।।
कोठामा सामान मिलाउदै थिए ढोकाबाट मधुरो आवाजमा कसैले बोलायो " सुन्नुस त हजुरलाई माथी मामाले बोलाउनु भएको छ"


यती भनेर उ हराईन आँखा अगिबाट तर मनमा डेरा जमाएर गईन । म पनि माथी गए ।।
सामान्य कुरा सोधे पछि घरबेटिले भने "बाबुको कलेज कुन हो नि ??"
आफ्नो कलेजको नाम भने । उनले हास्दै भने "ए बाबु र भान्जीको कलेज त एउटै रहेछ ।। प्रिन्स बाबू कलेज जादा भान्जी सँगै जानू है । उ पनि नयाँ छिन काठमाडौमा ।।"
"म पनि हुन्छ भन्दै त्यहा बाट निस्किए ।। तल झर्दै गर्दा स्मृतिलाई हेरे मलाई हेर्दै मुसुक्क हासी । के नै थियो र यो मनलाई भित्रभित्रै फुल फुलाउन थाल्यो । प्रेमको फुल जुन समर्पित थियो त्यही घरबेटिको भान्जिको लागि ।।
दिन भर खै मन बहकिइ रहयो । एउटा कोठाको चार भित्ता मात्र थिए मेरो साथमा ।घरको खुब याद आयो । आमालाई फोन गरे ।। आमाले फोन उठाएर हालखबर सोध्नु भयो । सबै कुरा भने पछि एकछिन रोए ।। सँगै आमा पनि रुनु भयो ।। आखिर म पनि बच्चै थिए घरबाट टाढिएर बसेको थिए एक्लै ।। घरको याद त आई नै हाल्थ्यो ।। सधै घरमा हुँदा झगडा गर्ने बाबाको पनि याद आयो ।।फेरि झगडा गर्न मन लाग्यो बाबा सँग ।। आमालाई फोन बाबा दिनु भने ।।एकछिन भए पनि बोले बाबा सँग ।। हिटलर जस्तै थिए बुबा घरको इज्जतमा दाग लाग्ने केही गर्यो भने सिद्धै घरबाट निकालिदिने धम्की दिन्थे । तर आज त्यही धम्की सुन्न मन लाग्यो ।। बाबसँग बोलेर फोन राखे ।। पुराना गाउँमा खेलेका चौरहरु, आमाको आँखा छलेर पौडी खेल्न गएको त्यो पोखरि, मन्दिरको पैसा चोरेर भागेको त्यो दिन सबै सबै याद आए ।। सम्झिएर खुब रोए ।। रुदा रुदै खै कहिले निदाएछु पत्तै भएन ।।
भोलि पल्ट म कोठामा के के गर्दै बसिरहेको
थिए ।अचानक स्मृति आइपुगिन ।केटा मान्छेको कोठा सबै चिज लथालिङ्ग थियो ।मलाई भित्र भित्रै लाज लाग्यो ।उसले मौनता चिर्दै बोलि सुन्नुस न मामाले बजारबाट सामान ल्याउनु भन्नुभाछ ।अनि म पनि स्वयम्भु धुम्न मन छ । मलाई के कता छ थाहा छैन ।मेरो साथि हिड्नुस न प्लिज ।।हुन त मैले पनि कहाँ काठमान्डौको पाट पुर्जा देखेको थिए र ।तर पनि हुन्छ भनिदिए ।उ पनि मिठो मुस्कान हास्तै माथि गइन ।
एकछिन पछि म कपडा चेन्ज गरेर तयार भए ।उ पनि आइन ।पहेलो कुर्ता सुर्वाल लगाएर ।साचै उ अरू भन्दा निकै भिन्न थिई ।एकदम भिन्न । त्यसैले होला मेरो मनले पनि उसलाई लव एट फस्ट साइट भने झै पहिलो हेराइ मै मन पराएको थियो ।।
"ओ हेल्लो ।कता गायप हो तपाई ।"उ बोलि।र मेरो सपनाको सोच जहाँ उसैलाइ सजाउदै थिए भताभुङ पारेर टुटाइ दिइ ।
"कतै होइन"मैले भने । सरासर तल बाटो सम्म कोही केही नबोलि आयौ ।
"पहिला स्वयम्बु जाने है ।अनि त्यहाँ धुमेर
फर्कदा बजार बाट मामाको सामान
ल्याइदिने ।"उ बोलि । मैले पनि "हुन्छ हुन्छ "भन्दै गए । दुवै जना गाडि चढेर स्वयम्बु तिर लाग्यो । सायद उ संगको साथको उत्साह भएकोले होला मलाई त्यत्रो भर्याङ पनि केही लागेन । मन मन लाग्यो म डेट गइरहेछु ।हिजो भर्खर भेटेको केटी संग डेट ।मनमन हास उठयो ।उसलाई हेर्दै हासे ।
उसले "किन हास्नु भाको" भनि ।
मलाई भन्न अप्ठयारो लाग्यो ।तर उ झन ढिपी गर्न थालि । मैले नरिसाउने है भन्दै भने "स्वयम्बुमा त केटा र केटी डेट आउछन ।म पनि आज हिजो भर्खर भेटया केटी संग डेट आइराछु जस्तो लाग्यो त्यसैले
हासेको ।" 
"सोच न सोच जे मन लाग्छ सोच ।तिमीहरू केटा मान्छेको नियत नै खराब"उसले भनि ।
अचानक उसले मलाई तिमी भनेको सुन्दा अचम्म लाग्यो ।
सोधे"अरे मलाई त तिम्ले तपाई बाट तिमीमा
पुर्यायौ ।"
"खुब डेट आएको भन्या हैन ।डेट आउने मान्छेलाई पनि कसैले तपाई भन्छ त ।"उ भन्दै हास्न थालि मेरो खिल्ली उडाएर ।
म भने ट्वा परेर उसैलाई हेरिरहे ।त्यहाँ धुमेर
हामि बजार तिर लाग्यौ ।उसले सामान किनी
।कोठा पुग्दा साझ परेको थियो ।उसले मेरो
नम्बर मागि ।मैले पनि दिए । "राम्ररी बस है डेट जाने मान्छे ।भुतले खाला
नि ।"भन्दै उ माथि तिर गइ ।म पनि आफ्नो
काम गर्न थाले ।
कलेजको पहिलो दिन ।म सुतिरहेको थिए ।फोन बज्यो ।एसो हेरे नयाँ नम्बर थियो ।उठाए ।उता बाट मिठो बोलि आयो ।
"उठेको छैन प्रिन्स ।"
मैले मान्छे चिन्न सकिन ।भने "उठदै छु तर तपाई को ।" 
"तिम्रो टाउको ।हिजो त खुब डेट गएको हैन ।आजै बिर्सिएको ।छिटो कलेज जान तयार हौ ।"भन्दै फोन काटियो ।
स्मृति रहिछे ।उठेर कलेज ड्रेस लाउन थाले ।उ पनि तल आइ अनि दुवै जना संगै कलेज तर्फ हिडयौ ।।
कलेज पुगेर कक्षामा गयौ ।बिघार्थीको त्यत्ति
साह्रो चहल पहल थिएन ।स्मृति पनि म जस्तै
एक्लै थिई ।अन्जान ।कसैलाई नचिन्ने । ।केही
दिन त्यस्तै चल्यो कलेज जाने र आउने मात्र ।
बिस्तारै बिस्तारै साथि पनि चिनिदै गइयो ।
पढाइ पनि हुन थाल्यो ।मन भित्र स्मृति
प्रतिको प्रगाड प्रेम छदैँ थियो ।बस त्यो
प्रेम मलाई मात्र थाहा थियो ।कलेजमा स्मृति
म र अन्य दुई जना साथिको राम्रै समुह बनेको
थियो ।संगै बस्ने संगै खाजा खान जाने गर्थ्यौ ।
स्मृति पनि मेरो बारेमा हरपल चासो राख्न
थालेकी थिई ।घरमा हुदाँ खाना खाए खाइन
सन्चो छ छइन सबै कुराको चासो राख्थि ।एक
पटक म ज्वरो आएर तिन चार दिन कलेज गइन ।
त्यो बेला म भन्दा बढि उ आत्तिएकी थिई ।म
पुरा निको नभएसम्म उ पनि कलेज गइन ।मेरै
साथमा बसेकी थिई ।त्यस्तैमा एघार कक्षा
सकियो ।
मैले छुट्टीमा गाउँ जाने सोच बनाए ।
स्मृतिलाई पनि सोधे "तिमी जान्नौ घर तिर
।"
उ पनि जाने नै रहिछे ।"संगै जाउन हुन्न ।"उसले
भनि ।
मैले अलि इत्तृदै भने "अहिले संगै जाउ भन्छौ त
कान्छी ।के हो तिम्रा बा आमाले ज्वाइलाई
पनि संगै ल्याउनु भन्या छन कि के हो ।"
उ रिसले चुर भइ ।अनि म माथि आफ्नो रिस
देखाउन थालि ।भनि "बरू आँट छ भने तिमी
चाहि लान्छु भनन ।सक्छौ लान ।"
म अल्लमलमा परे ।सक्छु भनौ कुनै केटी संग
बोल्दा त घरबाट निकाल्छु भन्ने हिटलर जस्ता
बा घरमा थिए ।छोराले साथमा केटी ल्याउदा
त मलाई जिउदै मार्थे ।धन्न स्मृतिलाई मन
पराउन चाहि मन डराएन ।अर्का तिर सक्दिन
भनौ त फेरि उसले मेरो खिल्ली उडाउथि ।
के बोलौ जस्तो भयो ।
कुरा घुमाउदै भने "अनि टिकट काटयौ त ।"
उसले भनि "छैन मामाले काटिदिन्छु भन्नु भा छ । तर अब तिमी र म संगै गएर काटौला नि ।"मैले पनि दिउसो जाउ भने ।उ मञ्जुर भई ।दुई बजे तिर गएर दुईटा टिकट काटयौ ।एउटा मोरङ मेरो घरको अनि अर्को चाहि झापा उसको घर। टिकट भोलिको थियो ।मन नरमाइलो लाग्यो केही समय उ संग छुट्टिने बाला थिए ।सायद प्रेम भन्नु नै त्यहि हो ।आफूले मन पराएको मान्छेलाई आँखै अगाडि देख्न मन लाग्छ ।मलाई पनि त्यस्तै भएको ।
घर जाने दिन हामि तिन बजे तिर उसका
मामा माइजु संग बिदा भएर गाडि चढन
गौसला आयो ।त्यहाँ आएको एक छिनमा गाडि पनि आयो दुवै जना केही बोलेनौ ।एक छिनमा उसले मौनता चिर्दै भनि "तिमीलाई म संग छुट्टिनु पर्दा नरमाइलो लागेको छैन ।"
मैले जिस्किदै भने "किन नरामाइलो लाग्नु । झन बाबा आमा संग भेट जादै छु ।"
तर उ अलि सिरियस जस्तो लाग्यो ।सायद मैले जस्तै उसले पनि मलाई मनमा सजाएकी थिई तर भन्न नसेकी जस्तै लाग्यो ।त्यसैले उसले यस्तो कुरा गर्दै थिई ।
"दुई हप्ता त हो नि त्यस पछि त फेरि भेट
भईहाल्छ नि ।नत्र कुनै दिन भेटौला नि त
।"मैले भने ।
उ मुसुक्क हासि म लठ्ठै ।।
गाडि आफ्नै गतिले अघि बढिरहयो संगै हामि
पनि ।उ मेरो काधमा अडेश लगेर सुति रहेकी
थिई ।यसो उसलाई हेरे कति सुन्दर थिई उ ।
साचै निकै सुन्दर रुप थियो उसको ।बिहान
पाच बजे तिर म झर्ने ठाउँ आयो ।स्मृति संग
बिधा भएर म घर तिर लागे ।दुई हप्ता पछि
फेरि काठमान्डौ फर्किए ।स्मृति म भन्दा केही
अघि नै फर्किसकेकी थिई ।फेरि पुरानै समय सुरु भयो ।पुरानै जिवन शैलि कलेज जाने अनि कलेज बाट आउने चलिरहयो ।स्मृति प्रति प्रगाड प्रेम थियो मनमा ।तर मैले उसलाई भन्ने आँट गरिन ।माघ तिर कलेजमा पुरा भेलेन्टाइन डे को रौनक छाएको थियो ।मैले त स्मृतिलाई प्रेम प्रस्तावराख्ने बारे सोचेको पनि थिईन ।
तर यति कुरामा बिस्वस्त थिए कि उ पनि
मलाई प्रेम गर्छे ।
सधै मेरो ख्याल गर्नु म अरू केटी संग बोल्दा
पनि ठुस्किनु मेरो मोबायलमा कुनै केटी को
फोन आउदा को हो के हो भनि नालिबेलि खोज्नु उसको प्रेम नै थियो ।तर मैले उसलाई म तिम्लाई प्रेम गर्छु भनेर भन्नै आट आएन या भनौ त्यो भन्नु आवस्यक नै ठानिन ।झन उ त केटी मान्छे उसले भन्ने कुरै भएन ।भेलेन्टायिन को दिन एघारमा पढने एउटा भाइले स्मृतिलाई
प्रेम प्रस्ताव राखेछ ।स्मृतिले त्यो केटालाई
सारा कलेज अगाडि बेइजत गरिदिइ ।बिचरा
त्यो भाई भिजेको बिरालो जस्तै भएर आँखा
भरि आँशु लिएर फर्किएछ ।मलाई स्मृतिको त्यो ब्याबहारले निकै हास उठयो ।
घर फर्किदा उसलाई भने "स्मृति बिचरा त्यो
केटालाई किन पिटेको ।"
"ए नपिटेर पुजा गर्नु त ।त्यो म भन्दा सानो
मान्छे ले मलाई मन पराउने ।ओठ निचोरो भने
दुध आउछ त्यो फुच्चेको ।"झर्किदै उसले भनि ।
"हैन मैले त्यो भन्न खोजेको हैन ।बस म तलाई मन पराउदिन भनेर पठाई दिएको भए भइ हाल्यो नि ।पिटनै त पर्दैन थियो नि ।"मैले
भने ।
"हैन त्यो मुला फुच्चेलाई मैले कुटदा के भयो ।बरू तिमी आज बेलुका के गर्दै छौ ।फ्रि छौ भने दुई।जाना फ्लिम हेर्न जाउँ ।"उसले भनि ।
"अनि राति जादा तिम्लाई मामाले कराउनु
हुन्न ।म त फ्रि नै छु ।"मैले सोधे ।
"केही गर्नु हुन्न मामाले ।म कुरा मिलाउछु
।"उसले जवाफ दिइ ।
म पनि आज्ञकारी भइ हस भने ।बेलुका तिर उ र म क्युएफएक्स गयौ ।फर्कदा एघार बजेको थियो। बाटोमा हिडदा उसले मेरो हात समाई ।
मलाई अच्चम्म लाग्यो ।उसलाई हेरे ।उ केवल
मुस्कुराई रहेकी थिई ।
एकास्सी आकाशमा बिजुली चम्किन थाल्यो ।
हामी गाडि नपाएर हिडदै थियो ।एकछिनमा
हावाहुरि संगै पानी पर्न थाल्यो ।।त्यतिकैमा
आकाश गर्जन थाल्यो।उ डराउँदै मलाई च्याप
समाति ।हाय कति प्यारो थियो त्यो क्षण ।
हतार हतार गरेर हामि कुदेर गइ नजिकैको बर
पिपलको बोट भएको चोतारि मा ओत लाग्यो
।उ निकै डराइ रहेकि थिई । बेला बेला आकाश गर्जिदा उ मलाई अंगाल्थि र म निकै
रोमान्चित हुन पुग्थे ।। मौसम पनि निकै जाडो
र हुरि बतास चलेकोले होला हामि एक
अर्काको निकै नजिक थियौ ।
"क्या जाडो है" उ बोलि।
मैले भने "तिमी नजिक हुदाँ त्यस्तो सारो न छैन" ।"
कहाँ हुन्छ त तिमीलाई म संग लपक्क टासिएर बस्न पाएकै छौ"उ हास्तै भनि ।
जवाफमा म पनि मुसुक्क हासे । मेलै उसलाई
अंगालोमा बेरे ।उसले बस मलाई हेर्दै मुस्काई
रहि ।अचानक मलाई के भयो कुन्नि मेरा ओठले उनको ओठ स्पर्श गर्न पुगे ।मैले आफूले आफैलाई रोक्न खोजे तर सकिन ।उ मलाई घुरेर हेरि रहेकी थिई ।मलाई आफ्नै मन प्रति रिस उठयो। दुबै चुपचाप बस्यौ ।पानि रोकिए पछि सरासर घर गयौ ।मैले सरि स्मृति भने उ केही न बोली माथि गइ ।

अर्को दिन बिहानै उठेर म केही समय अधि नै
कलेज तिर हिडे ।मन भित्र डर र त्रास थियो ।
सायद जे नहुनु थियो त्यही भइ दिइदिएको
थियो हिजो ।एक्लै बिस्तारै बाटोमा
हिडिरहेको थिए अचानक कसैले फोन गर्यो ।
मोबायलमा हेरेको स्मृतिले रहिछ । उठाउन डरडर लाग्यो ।तर पनि उठाएर हेलो भने ।
"तिमी कहा छौ ।कलेज नजाने आज ।"उताबाट प्रश्न आयो ।
"म बाटोमा छु कलेज जादै छु ।"मैले जवाफ दिए ।
"पर्ख म आउदैछु ।"उसले भनि र फोन राखि ।म कुरेर बसे उसलाई ।एकछिनमा उ आइ पुगि । मलाई पस्चताप भइ रहेको थियो ।
मैले भने "स्मृति आइ एम सरि ।मैले हिजो आफूले आफूलाई कन्ट्रोल नै गर्न सकिन ।"
"छाडदौ त्यो कुरा ।जे हुनु भइ गयो ।"उसले
भनि । मलाई स्मृति म तिम्लाई प्रेम गर्छु भन्न मन थियो तर त्यो बेला भन्नु उचित देखिन ।त्यस्तै हासखेल ख्याल ठट्टामा बाह्र सकियो ।दुबै जना संगै बिबिएस पढन थाल्यौ ।हामि बिच ख्याल ठट्टा चलिनै रहयो ।एक पटक म
सनिबारको दिन मैले लुगा धुनलाई भिजाएर
मात्र राखेको थिए ।उसले सबै धोइदिइछे ।मैले
किन धोएको भन्दा पछि तिम्रै त धुनु पर्ने हो
नि भन्दै जवाफ दिइ ।त्यस्तै मा पढाइ पनि
सकियो ।
म बेन्कमा जब गर्न थाले अनि उ एक सानो
कार्यलयमा ।हामि हर पल साथ हुन्थ्यौ तर
कसैले प्रेम ब्यत्त गरेका थिएनौ ।तर हाम्रा
भावना त्यस्तै थिए । एक दिन अचानक उसले घरमा आफ्नो लागि केटा हेरिदिएको र भोलि घर आउनु भनेको कुरा सुनाई ।
यता मेरा हिटलर जस्ता बाउले पनि मेरा
लागि केटी खोजेर बिया गर्नका लागि घर
बोलाएको कुरा बताए 
। उ म माथि रिस पोख्न थालि "जाउ त्यै नकचरि संग बिया गर अब ।"उसले भनि ।
"ह्या तिम्रो टाउको ।बरू भागेर बिया गरौ न
हामि ।"मैले भने ।
"गर्यौ भागेर ।बरू तिम्रो बाबालाई केटी मन
परेन भनि देउ ।म पनि मेरो बाबालाई केटा मन परेन भनिदिन्छु ।अनि हाम्रो प्रेमको कुरा
पनि बाबा ममिलाई बुझाउ ।मानि पो हाल्छन
कि ।"
उसले प्लान सुनाई ।मलाई पनि ठिक लाग्यो ।
त्यसै गर्ने भनेर हामि आफ्नो आफ्नो घर लाग्यौ ।घर पुगेको तिन दिन पछि बाबासंग केटी हर्न गयौ ।तर जब केटीको घरमा पुग्यौ म झन्डै बेहोस भए ।त्यो केटी अरू कोही नभएर मेरी स्मृति नै थिई ।उ पनि मलाई हेरेर मुसु मुसु
हासि रहेकी थिई ।त्यहा अरू कोही हुदैन
थियो त कोठा थर्किने गरि हास्थि होला ।
उसले केटी मन पर्दैन भन्नु भनेकी थिई ।
मोबायल झिकेर उसलाई केटी मन परेन भन्दिउ भनेर मेसेज पठाए ।
उ मलाई खाउला जसरि हेरिरहेकी थिई ।सबै कुरा छिनियो ।
बिबाहको दिन मन्डपमा सँगै बसेको बेला उसलाई सुटुक्क "आइ लब यु"भने ।"आज किन अझै दुई तिन बर्ष पछि भन्नु नि,छोरा छोरीले पनि सुन्ने थिए"भन्दै उ हासि ।अनि यसरी म पनि संसारका कमै भाग्यमानी मध्ये एक भए जसले आफूले मन पराएको मान्छे लाई जिवन साथीको रुपमा पाउछन ।हो मैले स्मृतिलाई पाए मेरो जिवन साथी रुपमा ।
#समाप्त

Via - Ami Prince
Basant Giri

Basant Giri

1 comment:

Powered by Blogger.