bixibit

Breaking News
recent

Love आजकल

म : हेलो
उनि : हाई
म: के गर्दै ?
उनि : बसिराको यतिकै , अनि तिमि ?
म : म नि बसिराछु
उनी : खाजा खायौ ?
म : अ मेरो त् भयो , तिमीले खायो
केहि बेर धेरै लामो माया प्रेमको कुरा भयो ,
त्यहि अन्तरालमा मेरो फेसबुकमा नोटिफ़िकसन आयो ( टुट टुट टुट टुट )
उनि : कसको मेसेज आयो ?
खासै केहि जरुरि नोटिफ़िकसन थिएँ , मात्र कमेन्टको नोटिफ़िकसन थियो त्यसैले


म: केहि नि होइन , णोटिफ़िकेसन हो
उनि : कसको नोटिफ़िकेसन हो
( जरुरि कुरा नाभाकोले म येतिकै बोल्दै )
म : केहि होइन त्यतिकै , एउटा साथीको हो।
उनि : केटा साथि कि केटी ?
म : केटा साथि हो
उनि : के नाम हो भनत साथीको ?
( अब उसले चिन्दैन मेरो साथि लाइ नाम जानेर खै के नै गर्नु थियो )
म : तिमि चिन्दैनौ बेबी
उनि : किन र नाचिने भन्न हुदैन  र ?
म : त्यस्तो होईन मेरो माया , तिमि चिन्दैन्यौ त्यसैले किन त्यो कुरामा अल्झिने भनेर मात्र
उनि : अरे अरे अब मैले केहि सोधे , अल्झिने हुन्छ है ?
म: त्यस्तो होइन मेरो बेबी
उनि : अनि कस्तो हो त् , आज कल मेरो कुराको कुनै अर्थ नै हुदैन है ?
( म वाक्क भईसके अहिले सम्म तर मुस्कुराउदौ )
म : त्यस्तो होइन , सुमित को कमेन्ट थियो क्या
उनि : अनि केटी कै कमेन्ट भए मलाई के को बाल
( अरे बाबा बाल थिएन भने अघि तेत्रो महा भारत किन - मन मनै सोचे )
त्यति बेर सम्म फेरी टुट टुट टुट टुट नोटिफ़िकेसन आयो
उनि : अब के आयो ?
म : नोटिफिकेसन आयो
उनि : कसको ?
म : केटा साथीको
उनि : किन तिमीलाई केटीको कमेन्ट नै आउदैन ?
म: आउछ नि
उनि : थाहा छ मलाइ , तिमीलाई त् केटी कै कमेन्टको प्रतिक्षा हुन्छ
म : होइन बेबी त्यस्तो केहि पनि
उनि : थाहा छ आज कल तिमि मलाइ माया नै गर्दैनौ
( अरे बाबा अब कसैको कमेन्ट आएर न आएर अब यसमा माया गर्ने र नगर्ने कसरि  भयो ?
म: नो बेबी आई ओन्ली लब यु
उनि : खुब खुब
म : हो भनेको
( येति बेरमा मेरो एउटा मेसेज आउछ साथीको ,  भोलि कति बजे जाने कलेज भनेर :
म: बेबी एक्कै छिन है , म एउटा मेसेजको रिप्लाई दिन्छु
( येत्ति मात्र भनेको थिए )
उनि : एह एह।  अब म भन्दा जरुरि मेसेज भयो है ?
( साला अब म कसरि सम्झाम त्यो मेसेज गर्न मलाइ ३० सेकेण्ड मात्र लाग्थ्यो , अब त्यसमा त्यो जरुरि कि साथि भन्ने कुरा कहाँ बाट आयो )
म: त्यस्तो होइन बाबु
उनि : भो भो मलाइ थाहा , आजकल माया गर्दैनौ।
म : त्यस्तो होइन ,
उनि : अनि किन त् मेसेज गर्छु , कमेन्ट गर्छु भन्या त् ?
म: सरी बाबा अब देखि कुरा गर्दा मेसेज गर्दैन
उनि : सो स्विट अफ यु ( चुप्पा )
म: ( हे भगवान के अत्याचार हो )  चुप्पा

केहि बेर राम्रो कुरा हुदै गयो , अनि केइ बेर पछि एउटा केटि साथीको मेरो फोटोमा कमेन्ट आउछ जसको मा हामि दुवै म्युचुअल छौ
उनि : एसले किन कमेन्ट गरेकी ?
म : फ्रेन्ड लिस्ट मा छि , त्यहि भएर ( सिधा मान्छे सिधा सोचमा जवाव दिए )
उनि : फ्रेन list मा भए कमेन्ट गर्ने पर्छ र ?
म: नाइँ लिस्ट मा छि गरिहाली ( अरे बाबा मलाइ के थाहा यार गर्ने पर्छ कि पर्दैन , उसले गरि सक्की हाल्यो नि )
उनि : कि केहि चक्कर छ ह्म्म्म ?
म : होइन त्यस्तो कहाँ हुनु , राम्रो साथि मात्र हो
उनि : साथि मात्रै पो
म: अ साथि हो ( अब के यार म संबिधान मा लेखेर दिम )
तेतिकै कुरा चल्दै थियो , फेरीtehi केटीको कमेन्ट आयो
उनि : उ उ फेरी आयो कमेन्ट तिम्रो गर्ल फ्राईंड को
( कमेन्ट आयो कौन्सा त्यो बच्चाको बाउ म बनेको थिए र )
म: बेबी मेरो सब थोक त् तिमि मात्र हो , नरिसाउन
उनि : अनि त्यो कल्स्याउरिले किन कमेन्ट गरेकी त्
म: गरि हाली भैहाल्यो नि
उनि : आइ डोण्ट वाना सी हेर इन युर लिस्ट
( के गरु सोध्ने पर्यो )
म: के गरु त् बेबी उसोवा ?
उनि : ब्लक गर
( साला नाता बचाउने पर्यो )\
एउटा राम्रो साथीलाई ब्लक गर्दिए
म: डन बेबी
उनि : सो सिट अफ यु।  मुह्हाअ चुप्पा
मिठा मिठा कुरा हुदै थियो , एउटा कुन चाईले उसको फोटो मा कमेन्ट गर्यो
( सो लव्ली यार )
( मैले नि सोधी हाले )
म: को हो कमेन्ट गर्ने ?
उनि : कोहि होइन येतिकै कलेज़को साथि हो
म: अनि कि यार यार गर्य त् उसले
उनि : ह्वाट द  हेल , आज कल यार त् कमान हो ,
येति सानो कुरामा तिमीले एस्तो भन्ने मलाइ
म: ( चुप्प चाप केहि बेर ) सरि बेबी तेतिकै सोधेको थिए
उनि; मैले भन्दि राछु एस्तो सानो कुरा मा डाउट नगर है
म: डाउट गरेको होइन
उनि : अनि किन सोधेको त् किन लेख्या भनेर ?
म: तेतिकै सोधेको ,
उनि : भरोसा नै छैन है , येस्तै हो आज कल तिमि येस्तै गर्छौ
म: तेस्तो केहि होइन बेबी  ( भित्ता मा टाउको फ़ोडु लाग्यो म, अरे बाबा येस्मा भरोसा walaa कुरा कहाँ बाट आयो ) :
उनि : ल ल भयो सब थाहा छ मलाइ
म: सरी बेबी , अब सोद्धीन
उनि : Aww सो स्विट अफ यु चुप्पा

( कुरा  चलिराथ्यो केहि फेर मा त्यहि मुला सागको कमेन्ट आयो उसको अर्को फोटोमा - वा क्या राम्रो फोटो , कहाँ घुम्न गाको , कास म नि साथ् हुन्थे।
म : उ तिम्रो मा कमेन्ट आयो तिम्रो साथीको
उनि : मतलब ?
म: कमेन्ट आयो तिम्रो फोटोमा
उनि : अनि तेस्मा तिम्रो साथि को कमेन्ट आयो भन्नु  पर्ने के थ्यो ? कमेन्ट आयो मात्र भनेको भए नि हुने नि ,
मलाइ सटायेर हान्न थाल्यौ है ?
( तेरी मा चिनी च्या पत्ती , येस्मा सटायेर कसरि भयो सिमाचिने )
म: सरी बेबी तेस्तो भन्न खोजेको होइन
( केहि बेर पछि फेरी तेही केटाको कमेन्ट आयो उसको मा - सो सवित फोटो , लव यु अलट )
म: त्यो गधाले किन एस्तो कमेन्ट हान्या ?
उनि : ल किन येति सारो पोजेसिव भाको , साथि भाइ मा भनिन्छ
म: तेही नि मलाइ मन परेन , ब्लक गर उसलाई
उनि : ब्लक रे , अब कुरा ह्या सम्म पुग्यो , भानिराछु मेरो साथि मात्र हो
म: साथि भए साथि को औकात मा बस्नु नि , किन तेस्तो कमेन्ट हान्ने त् ?
उनि : अरे यार कमेन्ट त् हो नि , के सारो ओवर रियाक्ट गर्या
म: मलाइ अरु थाहा छैन , ब्लक हिम
उनि : ल ल भो नबोल मसंग भन्दै छु , साथि मात्र हो , संखा मात्र गर्ने
थाहा छ आजकल मेरो कदर छैन तिमीलाई , ट्रस्ट  नै गर्दैनौ
म: अनि गर्देउ न त् ब्लक उसोवा
उनि : अरे यार साथि मात्र हो , संखा गर्ने भए नबोल मसंग
( फोन डिस्कन्नेक्ट )
म : ( कल्लिंग ) किन काट्या फोन ?
उनि : नबोल मसंग , संखा मात्र गर्ने , त्यो मेरो साथि मात्र हो गर्दैन ब्लक ,
म तिमीलाई माया गर्छु , तिमि भने संखा गर्छौ )
( एकछिन लाग्यो ठुलो आवाजले भनु , तै राख ,  तेरो आलु जस्तो माया )
तर माया गरेकी मान्छे थियी
म: सरी माया अब म तेस्तो कहिले भन्दिन , रेली सरी , नगर ब्लक , म ब्लक गर्ने नि भन्दिन , खुस ?
उनि : सो स्वीट अफ यु , लव यु चुप्पा
म: चुप्पा।
( एस्तो गरी गरी चल्छ प्रेम कथा , हैट्ट )
Via - Basant Giri
Basant Giri

Basant Giri

No comments:

Post a Comment

Powered by Blogger.