bixibit

Breaking News
recent

भोगाई सामनाको

"भोगाई"

सानोमा आमा भग्बान खै भन्दा
उ त्यो आकासमा देखाउनु हुन्थो ।
आमाले कृष्ण भग्बानको पोस्टर कीनेर ल्याउदा
"आमा त्यो भग्बानको घरमा पनी फुटो खीच्दीने मुन्छे हुन्छन् हो"? भनेर सोध्थे ।
आमाले मेरा यस्ता ठुला ठुला प्रश्नको उत्तरमा हासेरै पुर्णबिराम लगाई दीनु हुन्थो ।



          आज सम्म यतिका बर्षमा यो जिन्दगीले मलाई करोडौ प्रश्नहरु अरबौ चोटी सोधे होलान्
जस्का उत्तर न त म हासेर पुर्णबिराम लगाउन सक्छु न त रोएर फुलस्टप ।
मलाई सर्प्राईजहरु खुब मन पर्छ भन्ने कुरा त्यो आकासको भग्बानले पनि थाह पाएर होला आज भोली खुब सर्प्राईज दीन थालेको छ पिडाहरु आसुको खोलमा बेरेर ।
      10,12 बर्षको छदा जे पनी गर्न सक्छु भन्ने जस्तो लाग्थो अलि ठुलो भए हीम्मत अली कम भन् ठुलो भए उमेरमा तर फेरी साहस अली कम यस्तै यस्तै ..... सानो छदा मेरो बाबाले मेरो लागी जे पनि गर्न सक्नु हुन्छ भन्ने सोच्थे त्यसैले सपना पनि ठुलै बोकीदीए तर .... प्रिय पाठकहरु, मलाई के थाह जति ठुलो सपना त्यती ठुलो नोटको बीटो चाहीदो रैछ पुरा गर्न ..


    अब कुरा जिम्मेवारीको ..
त्यो ठुलो ठुलो भारी बोकेर पसीना चुवाउदै हीड्नेहरु त पक्कै देख्नु भएकै होला ... अ हो त्यही भरीया क्या .. एक दीन थाम्नै नसकेर सोधे "बिर्खे दाई यो भारी धेरै गरूङ्गो छैन र!! अनी थोरै थोरै बोक्नु न"
"जिम्मेवारीको लोहोरो ले सीलौटामा टमटर थिचे सरी थिचेको छ नानी भारी त बाहना न हो "।
  कडा उत्तर दीए । हुन त जिम्मेवारीले मन थिच्छ अनी भारी ले शरीर तर मन को थकाई धेरै हुन्छ ।
अनी अर्को कुरा यो सपना अनी जिम्मेवारीको ठुलो कनेक्सन हुदो रहेछ । हामीलाई जिम्मेवारीले यसरी थिच्छ की सपनाहरु निसास्सीएर सास फुस्काउछन् ।
   "राजधानी" = सपनाको सहर ...
डीयर पाठक, एउटा प्रश्न है तपाईहरुको लागी
"हातमा कपडाको झोला साथमा केही हजारका नोट अनी मुटु भरी टिलपील सपना बोकेर राजधानी त छीर्नु भयो तर अब मलाई भन्नुस् त्यी टीलपिल भरीएका सपना हजारको नोटले किन्न नपुगेर पोखीए या मान्छे चिन्न नसकेर रीत्तीए ?"
             

 अनी अर्को गज्जबको पाटो जिन्दगीको "प्रेम" = अत्महत्याको बाटो ।
  एकदीन एक जना रमाईलो मान्छे सग भेट भयो क्याफेमा चुरोट चेप्दै अनी गीलासमा भरीएको नसा को चुस्की लाउदै भन्नु भयो "जिन्दगी सग दीक्क लाग्यो के महोदय त्यसै सोचे आत्महत्या गर्न पर्यो अनी प्रेम गरे ."
  प्रिय पाठकहरु उहाको भनाई अनुसार प्रेम गर्नु भनेको आत्महत्या गर्नु हो रे क्या ...गज्जबको कुरा थाह पाईयो है !!
           
    एकदीन मेरो गर्भवती छीमेकी आन्टीले बोलेको सुने "मलाई त छोरी मन नै पर्दैन के राधा छोरी भयो भने त माया नी लाग्दैन होला मलाई तर फेरी मेरो उहालाई चाही छोरी मन पर्छ रे क्या " झसङ्ग भए सायद यस्तै भएर हो क्या हो मलाई बाबाले माया गर्ने अनी आमाले मलाई भन्दा भाईलाई माया गर्ने । अच्चम्म छ है एउटै रगत बाट चल्ने मुटु भए पनि यौनअङ्ग बाट भीन्नता छुट्टाउने ।
     
अ साच्चै, म सुरुमा भग्वानको कुरा गर्दै थिए है कहा लगेर जोडीदीए तर  प्रिय पाठहरु बुझ्नु भएन भने दोहोर्याएर पढ्नुस् बिचमा कनेक्सन धेरै छ ।


-महारानी साहेबा
admin

admin

No comments:

Post a Comment

Powered by Blogger.