कता हेरेको हो भन्या?? केटाको आँखा त हो छोटै कपडा लाउनिकोमा जाने । त्यो म होइन । त्यो कानमा यार्लिङ लाउने पनि म होइन । बिचरा केटा संग उभिएको केटि देखेर कस्तो भो होला है?? त्यो पनि म होइन । अनि ती हासिरहेका राम्रीहरुको ग्याङमा पनि म छैन । अघि भरखर आफ्नो अगाडीबाट गएको केटि याद गर्या हो कि नाइ?? गरेनौ है?? त्यो मै हो । अनुहार याद गर्न खोजेको होला?? हुन्न अब मेरो अनुहार याद म राम्री छैन कि तिमी जस्तो मान्छेलाई याद होस ।तिम्रो ध्यान त ती हासिरहने केटिहरु मध्य एउटिले चोरिरहेकी थिइ सायद मख्ख परेर त्यतै हेर्दै थियौ । excuse me मैले दुई पटक चिच्याउदा बल्ल सुन्यौ। बाटो नदिएपछी के गर्नु त म के त्यो अगाडिको हिलोमा जाकिन जानू अनि मलाई हेरेर हास्न होला नि कहि नभाको बाठो पल्टिन परेको । आँखा तर्दै कस्तरी हेरेको नि ??यसै एक नजर मै फिदा भाको मान्छेलाई फिदा बनाउन । अनि कि मेरो पिछा गर्या जस्तो मै चढेको गाडिमा चढ्नु पर्या नि ! थाहा छ साइडमै आएर बस्दिदा मुटु कस्तो ढक्क फुल्या आफ्नो । आफुलाइ भने केही वास्तै छैन । गित सुनाएर त्यो कानलाई भन्दा त म संग बोलेर मुख दुखाको भए नि हुन्थ्यो नि । हाम्रो साइडमा कोहि बूढो मान्छे आएनन नत्र त हामी दुइटै जुरुक्क उठ्थ्यौ होला है?? hehe धन्न बाटोमा अलि अलि खाल्डाखुल्डी थिए र यति राम्रो मान्छेको स्पर्श पाए म त मख्खै भा छु ।तिम्लाइ त के वास्ता फेसबुकमा कति ओटिलाइ झुलाको होला है??
कति फास्ट टाइप गर्न सकेको हो?? टिकौलिमा टावर नटिप्दा कति रिस उठ्या होला है?? धन्न एकचोटि मतर्फ हेर्ने फुर्सत त पायौ । कस्ती लागे सोध्न मन थियो त्यही नि कपालले अनुहार छोपेको थियो कपाल राम्रो लाग्यो भनेर सोधे मात्र?? अनि आट नि हुनुपर्यो नि सोध्न 😂😂😂 कति बदमास मान्छे के अर्काको id card को नाम हेर्या नि । सोध्या भए नि त हुन्थ्यो नि । बोलि खाइदिन्थिन के रे मैले खुब । कस्तो मैले हेरेको बेला नै मलाई हेर्या लौ लाज लाग्यो यहाँ मलाई । छि: झ्याल तिर फर्केर मुस्काको देख्यौ?? देख्यौ होला खुब । त्यो मोटे मान्छेले ठेल्दा तिमी कसरि सक्यौ कुच्चिएर मलाइ नठेली बस्न हं?? अर्कालाइ फिदा माथी फिदा बनाउने तिम्रो दुस्प्रयास सफल भयो खुशी होउ अब ।मलाइ ठेलेको भए त म झ्याल बाट बाहिर निस्कन्थे होला । ओए त्यो केटि याद गर्यौ तिम्रो साइडको केटि के😂😂 कस्को म्यासेज देखेर हो मुस्काको??
ओहो हासो बेहोस नै हुन्छु कि के हो ??लौ तिम्रो टाडी आइपुग्यो । एकपटक नि नहेरी गयौ है?? निस्ठुरि कहिको । म त तिम्लाइ पर पुग्दा सम्म हेरिरहे । तिमी कोहि संग फोनमा बोलिरहेथ्यौ सायद त्यो म हुन्थे भने ?? अब गयौ त गैहाल्यौ के भयो र?? यो पढेर अनुहार याद गर्न खोज्या होलाउ भो छोड्देउ तिम्री आफ्नी मान्छेलाइ सम्झ हामी याद नगरेकालाइ के सम्झन खोज्छौ ?? ए सुन त तिमी संग फेरि भेट हुने प्रतीक्षामा छु त्यति बेला याद गर ल मलाई ।।
तिम्रो साइडमा परेकी मान्छी😍😍😍😍
- Saru Kandel


हैट मेरै छेउ मा बस्या झै लाग्यो 😂😂
ReplyDeleteaasti mero chheu maa bhaki tmi nai po hau...
ReplyDelete