न बाँसुरी बज्न दिइन्, न बेलुनको कुरा गरिन् ।।
मैले उनको कुरा गरेँ, उनले ऊनको कुरा गरिन् ।।
त्यै चिजमा गडे आँखा, सप्को तानी पछ्यौरीको,
जुन चिज लुकाएर, उनले जूनको कुरा गरिन् ।।
शित झर्थ्यो डाँठबाट, तप्प तप्प आवाज दिँदै,
म अर्कै धुनमा थिएँ, उनले धूनको कुरा गरिन् ।।
तब उन्ले टालोमाथी, लाग्या खूनको कुरा गरिन्
Keep following our blog Joketantra Nepal...
Do not forgot to share and comment in our post..




No comments:
Post a Comment