bixibit

Breaking News
recent

आच्ची गर्यौ

'हेल्लो। गुड मर्निंग।'
'मर्निंग'
'आचि गरेउ?'
'के रे? छि!'
'लौ किन छि नि? खायौ भनेको हो र? गरेउ भनेर पो सोधेको त!'
'ह्या गफाडि! छैन गरेको!'
'किन र लाग्या छैन र?'
'छि यस्तो कुरा नसोध्नु न!'
'अनि कस्तो कुरा सोध्नु त? हिजो खाना खाने बेलामा खाना खायो कि खाएन भनेर तिमीले चैँ सोध्न हुने अनि अहिले आचि गर्ने बेलामा मैले सोध्नु नहुने?'



'ल भयो बाबा हजुरले जित्नुभो!'
च्याटहरूमा म यसरी नै जित्थेँ। उनी सजिलै हार्थिन्। दुर्भाग्यवश म बिरामी परेँ। हिँड्न नसक्ने भएँ। न त उनी भेट्न आइन्, न त सन्चो बिसन्चो सोधिन्।
धेरै समयपछि म अलिअलि हिँड्न सक्ने भएँ। जिन्दगी फेरि घिस्रिन थाल्यो। फेसबुक खोलेँ। एउटा केटासँग अँगालो मारेकि उनको फोटोको क्याप्सन थियो,' तस्वीर आफैँ बोल्छ।' उनको तस्वीर बोल्दा मेरो बोली बन्द भएको थियो। धेरै नै पछि च्याटमा आएँ। उनी अनलाइन नै थिइन्।
उनी बोलिनन्। मैले नै बोलाएँ। उनी पहिलेजस्ती लागिनन्। निकै अड्कलेर बोल्ने भइछन्।
'म बिरामी भएँ, रोगी भएँ। तिमी के सोच्छौ मेरो बारेमा?'
'यस्तो बेलामा भन्नु हुने हो कि हैन। आई एम सरी। अहिले नै यस्तो रोगी हुनुभो। परिवारलाई पनि भन्न सक्दिन अब त। आ-आफ्नो बाटो रोजौँ न ल।'
आज पहिलोचोटि उनले हराइन् मलाई।
मेरा मौनताहरूले धेरै कुरा बोलिरहे तर पनि उनी 'बोल्नु न प्लिज' भनिरहिन्। म बोलिनँ। किन बोल्नु उनकै तस्वीर बोलेको थियो।
हिँड्न नसक्ने म हिँड्न थालेको थिएँ। तर उनले यात्रामा एक्लै पारेर गइन्। बल्लबल्ल जुटाएको हिम्मत तोड्न लागिपरेकि थिइन्!
'के भयो किन निरास स्टाटस?' च्याटमा सरिताले सोधिन्। सबकुरा भन्दिएँ।
'छाड्दिनुस्। यत्ति बुझ्नुस् जे हुन्छ राम्रैका लागी हुन्छ। जिन्दगीमा टाँसिएका फोहोरहरू दुखले बगायो भन्ठान्नुस्!'
म हाँसेँ।
'तपाईँको हाँसो मीठो छ। तपाईँ त अरूलाई हँसाउने, हौसला दिने मान्छे। कृपया कहिल्यै नटुट्नुस् है?' सरिताले भनिन्।



Via - Suresh Badal 
Basant Giri

Basant Giri

No comments:

Post a Comment

Powered by Blogger.