bixibit

Breaking News
recent

म एक समाजिक अपराधि

समाजमा घटेका तर छायाँमा बसिरहेका सामाजिक घटनालाई प्रकाश पार्ने उद्धेश्यले अडियो लगिङ् प्रोग्राम आफ्नो जन्मदिन बाट सुरूवात गर्ने विचार गरेँ! त्यो विचार धेरै ठाउँमा धेरै चोटि पोस्ट्याएँ तर अहँ खासै कोहि त्यो प्रति intrested देखिन!



म गलत रहेछु! कुनै काण्ड वा ननभेज जोक्स र कहानि लिएर आउनु पर्ने म एउटा सामाजिक कुरितिलाई प्रष्टाउने प्रोग्राम लिएर आएँ! दाईजोको निहुमा जो जले जलोस् मैले मतलव राख्नु हुन्थेन र छाउपडि प्रथामा परेर छोरा नपाएको निहुमा जो सुकै मरून् मैले मतलव राख्नु हुन्थेन! हरेक दिन माईक्रोमा बसमा बाटोमा अफिसमा स्कुलमा कलेजमा जोसुकैको दिदी बहिनीमाथी दुर्व्यवहार होस्, जोसुकै त्यस्ता घटनाका पिडित भएर आत्महत्या गरून् मैले चासो लिनु नै हुन्थेन , किबोर्ड समाजसेवि र किवोर्ड देशभक्ति देखाउनु पर्ने मैले यस्ता विषयमा चासो राखेँ मैले! हो म गलत नै रहेछु, त्यसैले साथ पाईन! मैले ठुलो गल्ति गरेँ!
छोरी भएकै कारण सुनौलो संसारको स्पर्श नै नगरी गर्भमा तुहिनु पर्ने त्यस्ता नानीहरूलाई यस संसारको स्पर्श गराउन एक प्यत्न गरेँ! त्यो प्रयत्न नै गलत रहेछ! एउटा ननभेज काण्ड पोस्टाउने पेज खोल्नु पर्ने मैले स्कुलबाट फर्किँदा बलत्कृत हुने ती १३,१४ वर्षे बहिनीहरूलाई मानवको रूपमा भएका दानवहरूबाट बचाउने प्रयत्नगरेँ! त्यो नै गलत थियो! म चुप बस्नु पर्ने थियो एकदम चुप! मुख सिलेर यि आँखा ठूला ठूला पारी हेरिरहनु पर्ने थियो मैले! जे चल्छ चलिरहन दिनु पर्ने थियो! अनि यदि त्यहि घटना मेरो घरमा घटेपछि बल्ल न्यायको लागि रूँदै कराउँदै हिँड्नु पर्ने थियो!म गल्ति स्विकार्न तयार छु! मलाई सजाय दिईयोस् हजुर! #दोषि #मौसम
Basant Giri

Basant Giri

No comments:

Post a Comment

Powered by Blogger.