" एक्लो सोच "
जब मेरो दार्ही जुङ्गा थिएन्
तब मलाई यो दार्ही जुङ्गावाला मान्छे कत्ती नि मन पर्थेन्
र मेरो प्रेमिका जो मेरो प्रेमिका पनि थिई_न्
गालामा हाथ फेर्दै भन्ने गर्थी " बिझाउछ के , यत्ती पनि गर्न सक्दैनौ ?"
र म त्यो एउटा चुम्बनको लागी दुई चार भएका दार्ही जुङ्गाको बलिदान दिने गर्थे,
बिस्तारै बिस्तारै हामी साथै हुर्कियौ र्
ब्यस्तता पनि बढ्दै गयो र जिन्दगीले आफ्नो बटाको
कयौ झमेला पाल्दै गयो
र त्यो प्रेमिका जो मेरो प्रेमिका पनि थिई_न्
एउटी एकल हुँदा नि कयौ प्रेमिकामा बदलिन पुगेकी थिई
पहिले सार्है दुख लाग्थ्यो अनि फेरी आनन्दित हुन थाले कि
म पनि कयौ प्रेमीवाला ब्यक्तित्व आफ्नो खाली खल्तिमा राखेर हिड्न थाले ,
यो अन्तरालमा मेरो दार्ही जुङ्गा अझै लामो ठुलो बढ्दै गयो
र यस्तै कुनै प्रेमिकाले जो मेरो प्रेमिका थिई कि थिई_न पनि थाहा छैन र मैले आजसम्म पनि खै त्यो मेरो प्रेमिका थिई कि नाई भनेर सोच्ने गर्छु
उसले गालामा हाथ फेर्दै भनेकी थिई दार्ही जुङ्गा राखेको सुहाउछ राम्रो मानिन्छ त्यसैले दार्ही जुङ्गा राख्ने गर्
कम्प्लिट म्याचुअर्ड म्यान देखिन्छौ र जवान पनि ,
पुरानो सबै कुरा बिर्सिए
एउटा बिस्वासपात्र प्रेमी बनि
म त्यो तर्फ मोडिदै गए
उसलाई नियाल्दै गए
उसले पनि सहर्ष मलाई चुमी अनि मलाई मेरो हालमा छोडेर्
कही टाढा गैई , मैले उसको प्रतिक्षा गरे ।
उसको फर्केर आउने आशामा मेरो दार्ही जुङ्गा अझै लामो ठुलो बढ्दै गयो कम्प्लिट म्याचुअर्ड म्यानवाला फिलिङ्गले एकफेरा हाथ पकडेको फेरी साथ छोडेन ,
अब बर्षौ पछी
जब आफ्नो गालामा
आफ्नो दार्ही जुङ्गामा हाथ फेर्छु
दुई चार्वटा सेतो फुलेको दार्ही जुङ्गा चुडेर हाथमा आउछ
मेरो हालत र डौल देखेर मान्छेहरु भन्ने गर्छन उसको याद उसको मायाले यस्लाई देवदास बनाई गयो
तर म यो सोचेर आस्चर्य छु हैरान छु बेचल्लित छु कि
आजकाल दार्ही जुङ्गा बिझ्दैन किन ?
ठक्कर खादा खादा
चोटहरु पाउदा पाउदा
कतै त्यी पिडाहरु पत्थर त बनेनन ?
Atript Jogi


No comments:
Post a Comment