bixibit

Breaking News
recent

म अनि मेरो बुबा

हो मेरो बुबा ले मेरो लागि केही गर्नु भएको छैन....आफू सानो हुदा भेडा बाख्रा चढाउनु गएछ अनि मेरो खेल्ने कुद्ने उमेरमै स्कुल भर्ना गरेर मेरो बालापन खोस्नु भयो....अनि म त्यसैको रिस साथीहरु लाई पोख्दै भन्थ्ये मेरो बाउ ले माया गर्नु हुन्न त्यसैले स्कुलमा राख्नु भएको...


अनि बिस्तारै म ठुलो हुँदै आए,बुबाले मलाइ एउटा राम्रो डाक्टर , इन्जिनियर बनाउने सोच्नु भयो जस्को पढाई मेरो समज को बाहिर थियो...मैले फेरि बुबा माथी रिस पोखे ; आफ्नो सपना साकार गर्न मेरो जिन्दगी संग खेल्ने भन्दै..... समय को परिक्रमा संगै म कलेज भर्ना भए..म १० मिनेट बचाउन २० रुपैयाँ गाडि भाडा तिरेर कलेज जान्थ्ये अनि बुबा १० रुपैयाँ बचाउन २० मिनेट हिडेर घर आउथ्यो...म बुबा लाई लोभी भन्थ्ये तर मलाइ के थाहा बुबाले त्यो पैसा मेरो पढाई को लागि जम्मा गरेको भनेर..... म दिउँसो खाजा खान होटल मा गएर चिकेन, कोक खाइरहदा बुबा घरमा सुक्खा रोटि र प्याज टोक्दै हुन्थ्यो तर पनि म भन्थ्ये मेरो बुबा ले मेरो लागि केही गरेन....
म दोबाटो मा बसेर सुर्य चुरोटको खिल्ली उडाइरहदा बुबा घर को पिडि मा बसेर पाइलट को सर्को लिदै थियो.....म हरेक महिना ब्रान्डेड जुत्ता आफ्नो खुट्टामा टल्काउदा बुबा आज नि लोता फेर्न मिल्ने प्लास्टिक को चप्पल पड्काउदै हिड्थ्यो....कहिले काहीँ बुबा संग कतै गए भने बुबा आफ्नो साथीहरू को अगाडी यो हो मेरो एकलौटा छोरो भनेर गर्व ले छाती फुलाउथ्यो अनि म चाहिँ साथीहरू संग हुदा बाटोमा हिडिरहेका बुबा लाई नि नदेखे जस्तो गर्छु...

मेरो बुबा ले जति सायद मेरो लागि कसैले गरेन होला तर हरेक पल सब लाई भन्ने गर्छु "खै मेरो बुबा ले आज सम्म मेरो लागि के गरे"? #Bindash_Charlie
Basant Giri

Basant Giri

No comments:

Post a Comment

Powered by Blogger.