बिकत गाउमा बस्ने आमा , जेनतेन पाच कक्षा मात्र पढेकी अनपढ आमाले थुप्रै पटक शहर बस्ने छोरालाई जकी नसकी चिठ्ठी लेखी थिईन ।
" बाबु अब त हाम्रो गाउको बाटो पनि बनिसक्यो , सजिलै घरको दैलो सम्म गाडी आईपुग्छ । पहिले जस्तै धेरै हिड्नु पर्दैन , सामान पनि बोक्नु पर्दैन र बाबु अब त गाउमा बिजुली पनि आई पुगेको छ । थुप्रै पटक यस्तो चिठ्ठी लेख्दा त्यो अनपढ आमाको आखा बाट आसु होईन रगत बहेका थिए ।
र आम दिनहु राती एकान्तमा सिक्सिकाउ थिईन किनकी चिठ्ठिको जवाव कहिलै आउथिएन ।
आमाको मन थियो आफुलाई थाम्न नसकी एक दिन शहर जाने निधो बनाउछिन र शहर पुग्छिन ।
घरको दैलोमा पुग्दा त्यहाँ आफ्नो बुहारीले नातीलाई खाना ख्वाउदै थिईन र छोरा अफिस जाने तर्खरमा थियो ।
नातीले " बज्यै आउनु भयो भनेर खुशी साथ चिच्यायो" र खादै गरेको खाना छोडेर बज्यै समिप पुज्ञो ।
बज्यैले पटुकिमा छामछुम गरेर्
एउटा बट्टा बिस्कुट निकालेर दिईन नाती खुशी भयो ।
तर न छोराको ओठमा खुशी देखियो न बुहारीको आखामा खुशी ।
" आमा म अफिस लागे है " भनेर
थोरै घोप्टे परेर ढोके झै गरी कुलेलम ठोक्छ ।
आमा पिडा लुकाउने असफल कोसिस गर्दै निच्छ मुस्कुराउछिन ।
केहि बेरमा बुहारी छोरालाई स्कुल बसमा छोडेर आए पछी सोध्छिन ।
" आमा खाना त खाएर आउनु भएको होला है ? "
बुहारीले यसरी प्रश्न सोधे पछी " अ बुहरी मैले खाना खाएर आको " ।
बुढी आमा बिहानिको पहिले भालेको बासमा गाउ बाट शहर हिडेकी थिईन ।
बुहारी आफ्नो कोठा तिर लम्किन्छिन र बुढी आमा त्यही दैलोमा बसी रहन्छिन छोराको प्रतिक्षामा ।
एता उता गर्दा बुहारीले दिउसो फोनमा कुरा गरेको सुन्छिन आफ्नो छोरा सँग ।
बुहारी : बुढिलाई हजुरले बोलाको ?
छोरा : होईन मैले बोलाको त होईन ।
बुहारी : अनि किन आकी त बुढी , यहाँ आफ्नै जिवन भ्याई नभ्याई भाको छ ?
छोरा : मलाई के थाहा ।
बुहारी : ए अब तीज आउन लाग्यो , बुढिलाई नया धोती चाईएको होला , बुढिलाई भर्कर बैंस आको झै ।
छोरा : भरे घर पुगेर कुरा गर्छु ।
यती भन्दै फोन डिस्कनेक्ट हुन्छ ।
फोन राखेर बुहरी बाहिर निस्कदा आमालाई ढोका मै उभिएको पाउछिन र आमा मिठो मुस्कान दिन्छिन मानौ आमाले केहि पनि सुनिनन ।
" साझ घाम डुबे पछी "
छोरा अफिस बाट घर आई पुग्छ अनि नाती पनि आईपुग्छ ।
छोरा : आमा के कती कामले आउनु भयो ?
आमा : बाबु त गाउ न आको पनि ५ बर्ष भैईसक्यो
नाती जन्मेको देखी देख पाको छैन ।
अब त बुहारीले पनि फोन गर्दैन ।
निकै हेर्न मन लाग्यो तिमीहरुलाई त्यसैले आको
भोली बिहान फर्की हाल्छु ।
यती भन्दै आमाले पटुकिले दुई चार ठाउ च्याथिएको धोती ढाक्ने कोसिस गर्छिन ।
यही बिचमा बुहारी छोराको कानमा खुस्खुसाउछिन , तीज आउँदै छ बुढिलाई धोती चाईएको होला ।
यस्तै केहि समय बितेपछी सवै आफ्नो आफ्बो कोठामा सुत्न पुग्छन ।
उता बुढी आमा दमको बिरामी र बुढी हुनुको कारण कांसो निरन्तर आई रहन्थ्यो ।
बुहारी झर्को मान्दै " कती खास्न सकेकी बुढी " ।
नाती सुतेको ठाउ बाट उठेर सरासर बज्यै को कोठा तिर लम्कन्छ अनि बुढी बज्यैलाई पानी ख्वाएर फर्कन्छ ।
बुहारी : कहाँ गाको छोरा ?
छोरा : बज्यै खासेको खास्यै हुनुन्थ्यो पानी ख्वाएर आएको ।
अ अनि बाबा हजुर पनि बिरामी हुँदा बज्यैले यस गरी पानी , दवाई ख्वाउनु हुन्थ्यो होला है ?
छोरालाई दिने कुनै जवाव थिएन , " सुत बाबु भोली स्कुल जानु छ " ।
बिहान हुन्छ बुढी आमा एउटा पोकोमा छामछुम गरेर एउटा सानो थैली निकाली आफ्न्बो छोराको हाथमा दिदै भन्छिन्
" ल बाबु एसमा मंगल सुत्र छ , बुहारीको घाटी खाली देख्छु राम्रो तिल्हरी बनाएर लाउने भन , अब तीज नि आयो ।
" हुन्छ छोरा अब न गाउ जान्छु , कहिले समय मिल्यो भने गाउ आउनु है "
मुस्कुराउदै यती भनेर बुढी आमा हिड्न थाल्छिन आखा भरी आशु लिएर , पिडाहरु सम्झिदै ।
Atript Jogi

No comments:
Post a Comment