bixibit

Breaking News
recent

Love Victim by SARU KANDEL


slc दिएपछी म bridge course गर्नको लागि कल्सल्टेन्सी धाउने गर्थे । science पढ्ने मन थियो जिन्दगिमा केहि गरेर देखाउने प्रण थियो । यो दुनियामा आफ्नो अस्तित्व मलाइ बनाउनु थियो । मैले bridge course गर्ने building मा hospitality ko training center थियो अनि computer course पनि गराइन्थ्यो । कता कता सुनेकी थिए यी तिनै ओटा क्लासका owner हरु best friends थिए अरे ।

आउ जाउ गर्दा देखा देख हुन्थ्यो बोला बोल हुन्थ्यो उनले मलाइ बहिनी भनेर सम्बोधन गरेको भएर पनि होला उनी र म निक्कै नजिक थियौ । उनी थिए hospitality training centre का owner देबस अधिकारी मेरा दाइ।। एकदिन सरहरुले हस्पिटालिटी कम्प्युटर र ब्रीजकोर्सका सबै जना भएर पिकनिक जाने भनेर कुरा राखे । पक्कै best friend मोज गर्ने प्लान थियो यो । हामी सब्बै जना excited भयौ । पिक्निक भनेपछि को excited हुन्न र?? अझ म नाच्न मरिहत्ते गर्ने मान्छे मेरो लागि त नाच्ने प्लाट्फर्म थियो यो ।

जिर्सिनपौवा सब्बै जना साथी मिलेर यहि ठाउँ फिक्स गरे पिकनिक को लागि । मेरो त मुटुले हंगामा गरिरहेको थियो । यसै त पिकनिक त्यही माथी संगै कम्प्युटर कोर्स गरिरहेकी मेरो bestfriend पनि जाँदै थिइ । मेरो excitement दुई गुना भएको थियो । slc दिएपछी को यो मेरो पहिलो आउटिङ थियो । मलाइ त लाग्छ पिकनिक गएको दिन भन्दा बढी मजा त पिजनिक जाने भनेर तय भएका दिनहरु हुन्छन यो गरौला त्यो गरौला घुम्न जाउला फोटो खिचौला नाचौला रमाउला यस्तो लाग्छ कि त्यो दिन पूरा जिन्दगी हामी बाच्नेछौ । त्यही रमाउदा रमाउदै कल्पना गर्दा गर्दै दिनहरु बिते । अनि पिकनिक जाने दिन पनि आयो ।

मैले त्यो दिन पिंक वान पिस लगाएकि थिए । सायद hot sexy beautiful कुन्नी के के देखिएकी थिए देखिएकि थिए पनि या थिइन कुन्नी?? आफुलाइ भने राम्री लागेकी थिए । गाडीको यात्रा भरी दोहोरी र अन्ताक्षरी खेलियो । ओर्लने बित्तिकै स्पिकर चिच्याउन लाग्यो अनि यो मुटु बुरुक बुरुक उफ्रन थाल्यो । कति नाच्न मन थियो स्पिकरको ताल संगै रहर हरु पूरा गर्न लागे । कोहि ननाच्दा पनि म एक्लै घुमिरहे । नाच्दा नाच्दै साथिले भनी छ्याङ खान जाउ । मलाइ नि खान मन लाग्यो । एक बारको जुनिमा सब चिजको experience हुनुपर्छ भन्ने मान्यता छ मेरो । अनि हामि खान गयौ तितो बड्को भ्याएको मैले पत्तै पाइन कहिल्यै नखाको भएर केही अफ्ट्यारो फिल भइरहेको थियो ।तर पनि धोका पूरा गर्न म स्पिकरको ताल अनुसार कम्मर मर्काउन लागे । थकाइ लागेर आएर बसे । पछाडिबाट कसैले बोलायो "excuse me"
" yes" मैले भने ।
"I m rachit.. के हामी friendship गर्न सक्छौ??" "what?" मैले मनमनै भने ।एकछिन त ट्वा परे । अचम्म friendship गर्ने रे त्यो पनि म शीत अरु संग गरे पनि हुन्थ्यो नि यतिका धेरै केटिहरु छन पिकनिक मा आएका । मलाइ एक्कासी रिस उठयो तर चुप लागेर बसे । अगाडि फर्के पछाडि फर्किदै फर्किन । खोइ म संगै बसेकी मेरि साथिलाइ के को झोक चल्यो कुन्नी? उसले मलाइ साथी बन कि बन भन्न थालि मैले नि ओके भन्दिए । उ मुसुक्क हास्यो ।

म जहाँ जान्थे उ त्यही आउथ्यो । म जति बेला उ तर्फ हेर्थे उ त्यतिबेलै म तर्फ हेरिरहेको हुन्थ्यो या उ हरबखत नै मलाइ हेरिरहेको हुन्थ्यो । म त्यो केटा देखेर इरिटेट भइराखेकि थिए । अनि दाइ संगै गएर बसे । अनि दाइलाइ भने त्यो केटाले केके गर्यो भनेर सब कुरा लगाए । त्यो मेरो हुनेवाला सालो हो है त्यो संग राम्ररी बोल सोल्टी पर्छ उ त तिम्रो देबश दाइले भन्नू भयो । म हासिदिए।

घर आउनलाइ गाडी चढ्दा फोन आयो उठाए तर कोहि पनि बोलेन । यस्तै प्रकृया दोहोरियो 2/3 पटक । त्यसपछि रचित बोल्यो" friendship गरेको नबिर्स है "उसले भन्यो "हस "भनेर फोन राखिदिए । सोचे यसलाइ सम्झिनी बाहेक केही काम छैन र मेरो अरु??

राती घर पुगेपछी पनि उसले फोन गर्यो । घर राम्ररी आइपुगेको जानकारी दिएपछि उसले फोन राख्यो । छ्याङ हो कि ट्याङ ले हो दिमाग घुमाइदिएको थियो मेरो । कुन दशाले खाइछु जस्तो भयो भोलिपल्ट टाउको दुखाइ । उठेर चियाको सट्टा खाना नै खाए अनि केही काम गर्नुको सट्टा सुति नै दिए लौ जा । दिउसोको 3 बजे निन्द्रा खुल्दा मोबाइलमा 20 missed call र 1 टा म्यासेज थियो ।

म्यासेज मेरो साथी रक्षाको थियो । उ मेरो क्लासमेट थिइ स्कुलकी अनि उ म संगै ब्रीज कोर्स गर्दै थिइ । खोइ किन हो कुन्नी उ पिकनिक गएकी थिइन । urgrnt x cal gar t उसको म्यासेजमा लेखिएको थियो ।
लौ के अर्जेन्ट परेछ र म डराए?? कतै कसैलाइ त केही भएन?? डराउदै फोन गरे पहिलो रिङ मै उसले फोन उठाइ मेरो त मुटु मुखमै आयो ।

"ओए के हो छुपा रुस्तम" उसले जिस्क्याइलो आवाजमा भनी ।
म यता कतै केहि भयो कि भनी डराइराछु उसको आवाज नर्मल सुनेर एकचोटि रिस उठ्यो । तर पनि रिस दबाएर सोधे "के urget काम भन्या हो भन"। "आज स्कुलको रि युनियन भा थ्यो तेरो बारेमात्र एउटा कुरा सुन्या थिए ।"उसले भनी ।

लौ के छ र मेरो बारेमा त्यस्तो सुन्न पर्नी कुरा बृज कोर्स गर्दै छु उसलाई पनि त थाहा छ नि स्कुल छुटेपछी मेरो बारेमा सुनिने नौलो कुरा के हुन सक्थ्यो र??
"के सुनिस?? "मैले कान ठाडो बनाए ।

"त र मेरो बेस्टि मीन एक्स त रिलेसनमा छौ रे नि?? हेर त दुई जना नै मेरो बेस्टी भएर नि मलाई केही नभनेका पर्खाओ तिमिहरुलाइ । "उसले केही गुनासो गरे झै भनी । मेरो दिमाग एकपटक रनक्क रन्कियो । पख एकछिनमा कल गर्छु भन्दै मैले फोन काटे ।मैले रचितलाइ फोन गरे उसले रिसिभ गर्यो उसले हेलो भन्न मात्रै पाएको के थियो?? मैले भने "के तिम्रो लागि friendship को मिनिङ यहि हो?? यस्तै सुन्नु परोस भनेर भनेर हो मैले तिमिसंग friendship गरेको?? सब्बै बाहिर हल्ला रैछ तीमि र म रिलसनमा छौ भनेर ।।"

" अनि म तिमिलाइ लाइक गर्छु के हुन्छ त रिलेसनमा बस्दैमा "उसले भन्यो ।
"म अहिले पढाइमा फोकस गर्न चाहान्छु रिलेसनको झन्झटमा पर्न चाहान्न के तिमी 2 बर्स वेट गर्न सक्छौ ?"
"जिन्दगी तिम्रै पर्खाइमा बिताउन तैयार छु "उसले जबाब दियो ।

उ दिनको 15 चोटि कल गर्थ्यो । म एक मिनेटको लागि पनि फोन छोड्दिन थिए छोडेर गएको 2 मिनेटमै उसले कल गर्यो कि जस्तो लाग्थ्यो उसले मलाइ सम्झ्यो कि जस्तो लाग्थ्यो अनि दकुर्दै फोन समाउन आइ पुग्थे । मलाइ आफैलाइ लाज लाग्थ्यो आफ्नै हालत सम्झेर ।मलाई कत्ती स्पेसल फिल हुन्थ्यो उसको कलहरुले ।
यस्तै उसको केयरिङ नेचरमा म फिदा भए उसले पर्पोज गरेको 15 दिनको दिन मैले उसको पर्पोज एसेप्ट गरिदिए । मेरो स्वीकृती पछि हामी अफिसियल्ली रुपमा gf bf बनेका थियौ । म खुशी थिए मेरो लाइफमा यस्तो पार्ट्नर थियो जो मलाइ यत्ती धेरै केयर गर्थ्यो माया गर्थ्यो । obviously नै म धेरै खुशी थिए ।

पहिले पहिले फोन उठाउनु मेरो रुचि थियो भने बिस्तारै बिस्तारै त्यो मेरो duty बन्दै गयो । फोन नउठाए उ रिसाउथ्यो तर आफ्नो माया गर्ने मान्छे रिसाको को सहन सक्थ्यो र?? म पनि सहन सक्दिन थिए । त्यसैले सकेसम्म फोन साथमै राख्थे । कि म उसको आवाजमा आफ्नो लागि माया सुनिरहु फोन नउठाको भनेर गाली होइन । उ जिबनमा आएपछी मेरो दिनचर्या फेरियो मेरो आनिबानी फेरियो । परिवांसग भन्दा बढी म फोन संग ब्यस्त हुन लागे । म हलकोठामा भन्दा बढी आफ्नै कोठामा देखिब लागे ।प्रेमको रंगले छपक्कै छोपेको थियो मलाइ । मलाइ मेरो सानो भन्दा सानो कुरा उसलाइ भन्नु पर्थ्यो मलाइ रमाइलो लाग्थ्यो उसलाइ भन्न । उसलाइ केही कुरा सुनाउन मलाइ छटपटी हुन्थ्यो । उ पनि मज्जा मानेर सुनिदिन्थ्यो । कम से कम मलाइ त्यस्तै लाग्थ्यो ।

हामि रिलेसनमा बसेको 2 महिना भइसकेको थियो । हामिले भेट्ने प्लान बनाएका थियौ । हामी दुबै गफगाफमा मस्त थियौ उ मेरो क्लोज आयो म उसलाइ कसरी रोक्न सक्थे?? मैले उसको सासको आभास पाए आफ्नो अनुहार तर्फ खै किन आँखा चिम्लिन पुगेछु म उसको सासमा मेरो श्वास मिसिन पुग्यो । मेरो ओठमा उसको ओठको छुवाइ स्पर्श गरे मैले उसले आफ्ना ओठहरुले मेरो ओठ चुम्यो मेरो ओठ चुस्यो । मलाइ के गर्नु पर्ने के नगर्नु पर्ने पत्तो खबर थिएन म हल न चल त्यतिकै बसे । उसले किस गरेपछी भन्यो यार तिमी किन यतिकै बसेको केही मजा नै आएन । म खिस्स हासिदिए ह्याङ्किले उसको ओठमा लागेको मेरो लिपस्टिक पुछिदिए । अनि हामी घर फर्कियौ ।

दिनहरु बितिरहे । एकदिन मैले च्याटमा उसलाई जिस्काए तिम्रो त म बाहेक पनि अरु संग चक्कर छ रे नि हो । उसले लेख्यो छ but म चाडै उसलाइ break up दिदैछु । I was like what the fuck ?? उ कसरी यस्तो भन्न सक्छ?? गर्न सक्छ?? मलाइ उ संग बोल्न पनि मन लागेन । उसले भन्यो त्यो केटि नै म पछि लागेको लाग्यै गरेर हो के नरिसाउ है । खोइ उसको बोलिमा कुन जादु हुन्छ कुन चमत्कार हुन्छ कि म उसको कुराहरुमा आँखा चिम्लिएर बिश्वास गरिदिन्छ ।

हाम्रो सम्बन्धले पाचौ महिना टेकिसकेको थियो । हाम्रा सम्बन्धमा पनि अनेकौ रंगहरु आए बिलाए । हामी फेसबुकमा च्याटिङ उसले गर्दै थियौ उसले भन्यो" lets take our relationship into 1 more step"
" के भनेको यस्तो बुझिन" मैले रिप्लाइ लेखे ।"

physical relation भन्या के बुद्दु" उसले भन्यो । एकचोटि त झसंगै भए म like यो सब पनि गर्नुपर्नेछ सम्बन्धमा भएपछी मैले कहिल्यै हेक्का राखेको थिइन । म रिसाए अनि उ संग झगडा पनि गरे । उसले उहीँ रट्टा लगायो जो अरु केटा लगाउछन तिमी मलाई बिश्वास गर्दैनौ bla bla हाम्रो like ठुलै झगडा पर्यो ।
उसको birthday दशैको दिन परेको थियो त्यही भएर हामिले celebrate गर्न पाएनौ । पुर्णिमाको भोलिपल्ट हामी भेट भयौ । कुरा गरिरहरा उसले मेरो ओठमा किस गर्यो मैले केही रियाक्सन नै दिइन । जब मलाइ कुनै फिलिङ्स आउँछ न म रियाक्सन दिउ जब मलाइ उसलाई पनि किस गर्न मन लाग्छ त रियाक्सन दिउ ।
उसले मलाइ करायो रिलेसनमा बसेको 6 महिना हुदा पनि किस गर्न नआउने भन्दै । के रिलेसनमा बसेको महिना र दिनको आधारमा नाप्न थालिएको छ किस गर्न आउने कि नआउने?? सेक्स गर्न आउने को नआउने?? यो केटि त यति महिना देखि रिलेसनमा छे यसलाइ त किस गर्न आउछ होला यो त सेक्समा पर्फेक्ट भइ होला ?? यस्तो भनिन्छ र आजकल ?? मैले केही बुझ्नै सकिन । आँखा भरी आँसु पारेर उसलाइ हेरिरहे उ मलाई त्यही छोडेर एक्लै फर्कियो ।

म धोको फुकाएर रोएर घरमा फर्किए ।बेलुका उसले कल गरेर सरि भन्यो मैले पनि भने किन भने भगवान जानुन । सायद 6 महिना हुदा पनि bf संग tongue kiss गर्न नजानेकोम भने होला । कति अचम्म एउटि केटि kiss गर्न नाअएकोमा कसैसँग माफी माग्दै थिइ । आफ्नो मनको मालिक अरु भएपछी उसलाई पुजेर राख्नु पर्ने रहेछ । म पनि त त्यही गरिरहेथे ।

लक्ष्मि पुजाको दिन आमाले मलाइ नगाल चोक गएर gold को चेन लिएर आइजा भन्नू भयो । मैले उसलाइ फोन गरेर बोलाए उ पनि मान्यो । हामी चेन लिएर बसन्तपुर हुँदै न्युरोड आयौ । भोक लागिरहेको थियो । उसले nighthouse n food cafe मा जाउ भन्यो मलाई किन किन त्यहा जानै मन थिएन नजाउ भने तर उ किन मान्थ्यो ?? हामी त्यही गयौ ।

जाने बितिकै हामी रिसेप्सनमा गयौ उसले भन्यो एउटा रुम चाहियो । I was like what?? खाजा खान रुन किन चाहियो?? मैले उसलाई तानेर साइडमा लगे" रुम किन चाहियो??"
" हम तिमी बाहिरै रेडि हो ??" भन्दै उ हास्यो ।

"shut up I dnt want all this अस्ति भनेको होइन?? "मैले भने । but तपाइको जिन्दगिमा कोहि मान्छेले यति महत्व राख्न थालेको हुन्छ नि तपाइको मन भन्दा पनि बढी । फेरि मैले माने रुम बुक भयो ।
कोठा मा पुग्ना साथ् उसले मानौ बाघले सिकार पाए झैँ गर्यो , मेरो सम्पुर्ण अंग प्रत्यंग हरुमा अनागीनत चुम्बन वर्षाई रहेको थियो।  घरि घरि उ मेरा तिघ्रामा हात फेर्दै थियो , मलाइ कता कता अफ्ठेरो अनि काउकुतिले सताई रहेको थियो। उ बारम्बार मेरो गुप्ताङ्ग्गमा आफ्नो औलाहरु फेर्दै थियो।  उ मेरा निप्पल हरु मानौ यसरि तोकी रहेको थियो कि त्यो कुनै काफल गेडी थियो।  म सजिलै देख्न सक्थे मेरो बक्षस्थल मा निल दाम हरु जसलाई मान्छे हरु Love Bites  भन्ने गर्छन।  मलाइ दुखाइले अत्ति भएको थियो तर खटे उसको खुशी जो थियो यसमा । चिच्याउन मन थियो दुख्यो अहं म यो सहन सक्दिन plz leave me if u ever loved me plzz I beg u तर सकिन अहं मैले सकिन न त दुख्यो भनेर भन्न सके नत्र मलाइ छोड भनेर । उसको काम भ्याएपछी उ toilet गयो । खाजा खान गएका हामी नखाइ फर्क्यौ दुखेर म उभिन पनि सकिरहेको थिइन । उ मलाइ बस स्ट्यान्डमै छोडेर गयो म उ गएको हेरिरहे ।

यसै शरीर दुखिरहेको थियो मन पनि दुख्यो सहनै नसक्ने गरि । घर पुगेर फोन गरिदिए घर आइपुगे भनेर । मेरो ठुल्मामु नर्स हुनुहुन्थ्यो उहाकै कोठाबाट चोरेर मैले औषधि खाए । त्यसपछि पनि दिनहरु ढल्दै गए रात पर्दै आयो । घाम उदाउदै गर्यो डुब्दै गर्यो ।बद्लिए त म उसको मायामा पागल भए म ।जिन्दगी उ संग बाहेक अरु संग कल्पनै नसक्ने भए म ।अनि बद्लियो उ ।

उसको फोनहरु कम आउन लाग्यो । मैले फोन गर्दा पनि उ राम्ररी बोल्न छोडेको थियो । किन कल नगरेको भन्दा ब्यालेन्स नभएर भन्थ्यो । यसरि नै हाम्रो सम्बन्धले 1 वर्ष पार गर्यो । म ब्रीजकोर्स पढेको बिल्डिङ मै ट्युसन पढ्दै थिए । रचित उसको भिनाजुको कन्सल्टेन्सिमा रिसेप्सनमा बस्थ्यो । त्यहाको रिसेप्सनमा बस्ने केटिले काम छोडेकाले । हाम्रो दिनहु जसो भेट हुन्थ्यो ।

मैले उसलाई संगै ट्युसन जाने साथी सं ग परिचय गराइदिएकी थिए । रचित म संग भन्दा बढी मेरो साथी संग बोल्थ्यो । म उसको ध्यान पाउनलाइ घाँटी खसखसाए झै गर्थे के के गर्थे but उ के भयो ठिक छ नि भन्थ्यो उम भन्दै टाउको हल्लाएपछी उ मेरै साथी संग बोल्न ब्यस्त हुन्थ्यो । उनिहरु कुरामा यति ब्यस्त हुन्थे कि म भए नभएको उनिहरुलाइ सायद मतलब पनि हुन्थेन । उनिहरु भेट्ने बित्तिकै हग गर्थे । मलाइ यो ब्यबहारले अत्ति रुवाएको थियो । मलाइ मेरै साथी सँग नबोलु जस्तो हुन्थ्यो नहिडु जस्तो हुन्थ्यो । म धेरै hurt थिए उनिहरुको व्यवहारले गर्दा । एकदिन मैले रुदै भने "तिमी उहीँ संग बोल्छौ उहीँ संग हग गर्छौ । मलाइ त यस्तो लाग्छ कि म होइन उ हो तिम्रो gf. "

रचितले भन्यो" म हो र?? उहीँ त हो नि मलाइ हग गर्न आउने हाइ भन्दै चिच्याउदै । अनि उ बोलेको बोल्यै गरिरा हुन्छे म कति खेर तिमी संग बोल्नु?? त चुप लाग म मेरो gf संग बोल्छु भन्ने मैले?? त्यही पनि हाम्रो परिचय गराउने तै त हो नि ।" म रुन पनि सकिन ।

हाम्रो रिलेसनको बारेमा उसको घरमा सबैलाई थाहा थियो । उ संगै उसको घर पनि गएकी थिए म । आमा बाबाले छोरि जस्तै व्यवहार गरे । उसको साथिहरु पनि सबले मलाइ भाउजू भन्थे । उसको दिदी संग पनि मेरो फोनम कुरा हुन्थ्यो । unofficially त म उसको wife भैसकेकि थिए । त्यसैले त खुशिले पुलकित भएकी थिए । उसको लागि मैले फेसबुकमा सबै केटा साथिहरुलाइ ब्लक गरेकी थिए ।

राती उसंग कुरा हुँदै गर्दा उसले भन्यो "baby plz forgive me " म एकछिन तर्सिए । के गल्ति गरेर उ माफी माग्दैछ म संग ?? के उसले मसंग breakup गर्न खोजेको हो?? मेरो निधारमा चिटचिट पसिनाका थोपाहरु आए । नजिकै भएको बोतलको पानी भ्याउदा पनि पेटमा दनदनी आगो बले झै भयो । घाटि सुकिरहेको थियो ।
टाइप गरे "r u breaking up with me?? "कामेका हातहरुले राम्ररी टाइप गर्न पनि सकेनन ।
" त त मेरो जिन्दगी होस but "रिप्लाइ आयो but के?? मुटु रेसमा दौडिरहेको रेसरको जस्तो भयो । "but I had sex with someone else" मैले सास फेर्न नै बिर्सिए । सास फेर्छु भन्दा भन्दै पनि मलाइ आएन कसरी सास फेर्ने हो?? म चिच्याएर रुन चाहान्थे तर सकिन । उसले माफी माग्यो । म त बिना बाच्न सक्दिन भन्यो अब यस्तो गल्ती हुन्न भन्यो अनि भन्यो म तलाइ नभन्न पनि सक्थे तर भने किनकी म चाहान्छु हाम्रो सम्बन्धमा झुटको पर्दा नरहोस ।

म रातभरी सुत्न सकिन ओल्टे र कोल्टे फेर्दा फेर्दै रात गयो । उसका कुराहरु मलाइ सहि लाग्यो उसले मलाइ नभन्न पनि त सक्थ्यो भन्ने कुराले दिमागमा राज गरिरहदा लाग्यो उ कति राम्रो छ म संग केहि कुरा लुकाउन्न ।

असोज 27 गते उसको birthday थियो । फुपुको छोराको पास्नी भएकोले घरका सबै उतै गएका थिए । हामि भने view tower तिर लाग्यौ पानीको छिटा ले हामिलाइ हानिरहेको थ्यो । अझ भनु मौसमले हामिलाइ अझै रोमान्टिक हुन जोर गरिरहेको थियो । हामी view tower को माथि पुग्दा पानी जोरजोरले परिरहेको थियो । जाडोले मेरो शरीर काम्न लागेको थियो । तेरो ओठ हेर त कति निलो भाको उसले भन्यो जाडो भए जस्तो छ आइजा म तलाइ तातो बनाइदिन्छु । उसले मलाइ आफुतिर तान्यो अनि मेरो ओठमा किस गर्यो । परिरहेको पानी अनि सिरेटो चलिरहेकोले मलाई अझै सन्चो नहोला जस्तो भयो अनि हामी फर्कियौ ।
घर आएपछी उ मेरो आखामा नाच्न थाल्यो । उसले care गरेको । उसका आखामा मेरा लागि देखिएको चिन्ता I feel like I m the luckkiest person inthis world .

उसले कल गरेर सोध्यो "कस्तो छ?? "अघि भरखर त उ मलाइ घर छोडेर गएको कसतो केयर गरेको ?? मनमनै सोचे । "बेडमा बस्ने त्यहा थुपुक्क अनि तातो सुप खाने ।" उसले आदेश दिएको शैलिमा भन्यो । "हस महाराज" मैले भने ।

मेरो birthday पनि हामिले घरमै मनायौ उ घरमा आएको थियो । उसले हाम्रो घरको परिवारको मनमा राम्रो छाप छोडेको थियो जसले मलाई ममिलाइ हाम्रो बारेमा भन्न पनि सजिलो भयो ।
असारमा उसको दाइको बिहे थियो । obviously मलाइ बोलाइयो । म उसंग बाइकमा चढेर जन्ती गए । उसले मलाइ सब्बै संग आफ्नो हुनेवाला बुढी भनेर चिनायो । म मख्खै परे ।
बजरंगि भाइजान हेर्न हामी उ म उसको दिदी र भिनाजु (bf)भएर गयौ । फिल्म भ्याएर खाजा खान लाग्दा मैले अर्को shoking खबर सुने । उसले घरमा अर्को केटि पनि ल्याउन थालेको छ रे । म त झसङ्गै भए । तिमी सम्झाउ उसलाई हामीले भनेर टेर्दैन दिदिले भन्नुभयो ।
त्यहि दिन मलाई फेसबुकमा रिक्वेस्ट आयो । केटिको भएर एसेप्ट गरिदिए । अलि अलि औपचारिक संवाद पछि उसले भनी
"तिमी किन मेरो bf को पछि लाको? "लौ म कसको bf को पछि लाइछु मैलाइ था छैन म मनमनै हासे एक लट ।
"हेर बहिनी तिमिसंग त म बल्ल बोल्दैछु तिम्रो bf लाई कहाँ भेटेर कहिले पछि लाग्नु म?? "
उसले भनी" रचित के हो त? "
"रचित? उ त मेरो bf हो" मैले भने ।
" तिमी पछि लाको भनन उ त मेरो bf हो "उसले भनी
मलाइ झन्कारा छुटेर आयो । अब फेरि यस्तो गल्ती दोबारा हुन्न भनेको मान्छेले फेरि म संग कसरि यसतो गर्न सक्छ?? मैले उ संग झगडा गरे । उहीँ त पछि लाएकी उसले भन्न सक्ने बस यति थियो । कति लाउछन पछि पनि मैले सोचे । अझै झगडा गरिरहे ।
उसले भन्यो I want break up मैले रिप्लाई गर्न सकिन । बिना कल बिना म्यासेज तिन दिन बिते । तीन दिन पछि उसले मलाई फकायो मनायो म फकिए । मान्छे मायामा कति सम्म कमजोर हुन सक्छको एउटा ज्वलन्त उदाहरण मान्छु म आफैलाइ

। त्यसपछि उसको दिदिको बिहेमा जान मन नभै नभी पनि म गए । अनि मेरो लागि सप्राइज प्याक थियो त्यहा त्यो केटि पनि त्यहि थिइ । बिहे भरी उ संग बोलिन । उसलाई माफ गरे पनि उ संग पहिला झै हुन मन मानिरहेको थिएन । उसको दाइ संग बोलिरहदा उ पनि म नजिक आयो । मैले दाइलाइ जान्छु भनिरहेथे म पुर्याइदिन्छु दाइले भन्नू भयो मैले जान्छु जान्छु पनि गर्न सकिन । दाइले तिमिहरु कुरा गर भन्दै जानुभयो ।
के कुरा गर्नु थियो र??

"म जान्छु "भन्दै हिड्न लाग्दा उसले हात समायो । "किन नबोलेको?? "उसले भन्यो ।
"बोल्न के बाकी छ र?" मैले भने । अनि हात छुटाएर अर्कै तिर लागे ।
फर्केर हेर्दा उ म तिर नै हेरिरहेको थियो । दिदिको बिदाइ गरेपछी दाइलाइ पुर्याइदिन भने । दाइले सानिमालाइ पुर्याउन छ भनेर उ संगै जाउ भन्नू भयो । म उ संग घर फर्किए ।
बिचमा नै उसले बाइक रोकेर भन्यो "त्यो मेरो पछि लागेको हो I really love u I cat live without you." उसका आखाका पिलपिल आशुले मलाइ उसलाइ अगांलेर रुन बाध्य गरायो । त्यसपछि पनि उसले अझै त्यो केटि छोडेको थिएन ।

उसले उ संग physical relation पनि बनाइसकेको रैछ । मलाई मर्नु भएको थियो यो सुन्दा तर मेरो हालत यस्तो थियो कि म उ बाहेक अरु कोहि देख्दिन थिए मेरो लाइफमा । लाग्थ्यो उ नगरेनी म माया गर्छु उसलाई कसो एक दिन त मेरो मायाले उसलाई नपग्लाउला ।
साथिहरु पनि उसलाई छोड्दे भन्थे तर म सक्दिन थिए । उसलाई थाहा थियो उसले जस्ता गल्ती गर्दा पनि म उसलाई छोड्न सक्दिन । त्यसैले त उ मेरै अगाडि केटिहरु लिएर हिड्थ्यो । पछि हल्ला सुनेको थिए त्यही केटिले उसलाई छोड्दी रे । अब म तेरो बिस्वस तोड्दिन उसले भनेको थियो । मलाइ विश्वास लाग्नु कुनै नौलो कुरा भएन ।त्यसपछि त उसले मलाइ अझै केयर गर्न लागेको थियो । पहिला झैं कलहरु आउन लागेका थिए । मलाइ लागेको थियो उ बद्लियो ।

तर 1 महिना नपुग्दै उसले अर्को केटि लिएर हिडेको थाहा पाए । उसको ममि बाआले तिम्ले छुट दिएर हो भन्दै कराउन लाग्नु भयो । मैले त्यो केटि संग झगडा गरे । उसले भनेउ संग पनि झगडा गरे ।
उसले भन्यो "न त राम्रो छेस न तेरो फिगर छ मलाइ माया गर्छेस मलाइ बुझ्छेस र हो त संग रिलेसनमा बसेको नत्र त ।न त तं virgiन नै होस"

3 बर्स देखि मैले यो कुरा सुन्दै आएको थिए । मलाइ उसले बिस्वास दिलाइ सकेको थियो कि म नराम्री छु अनि उसले म संग रिलेसनमा बसेर म माथी गुन लगाएको छ । म त्यही गुन मुनि किचिए मेरा चाहना हरु मेरा रहरहरु मेरा सपनाहरु अनि आफै म पनि । म उसको हातको कठपुतली भएकी थिए फरक यत्ती थियो कि कठपुतलीहरुको धड्कन धड्किन्थेन मेरो धड्किन्थ्यो ।

अनि मेरो virginity ?? सायद मेरा भजाइना बाट बग्न नसकेका रगतले उसलाई म भर्जिन नभएको मान्न बाध्य बनायो ।
उसलाई हर्निया भयो अनि अप्रेसन गर्नुपर्ने भयो रे । उसले मलाई भनेको थियो । साझको सात बजेको थियो । सधै 10 बजेपछी फोन गर्थे तर त्यो दिन उसलाइ फोन गरु गरु झै लाग्यो । फोन गरे उसले म हस्पिटल छु भन्यो । मेरो त एक्छिन सातो गयो । क्लबमा झगडा परेर पुलिस स्टेसन पुगेको मान्छे बेहोस भएर हस्पिटल लगेको रहेछ । म आउछु भने तर उसले भोलि आइजा भन्यो ।
भोलि बिहानै उसलाई भेट्न गए । त्यो केटि उसको बेडमा टाउको राखेर निदाइरहेकी थिइ उ पनि निदाइरहेको थियो । आखाबाट बरर आँसु झर्यो । फर्केर जान लाग्दा उसको भिनाजुले भेटेर जाउ भनेर रोक्नु भयो । म उसको बेडको साइडको बेडमा बसिरहेकी थिए ।
उसको मोबाइल त्यही अगाडि रैछ । लिए अनि के हेर्नू?? के चलाउनु?? ग्यालरी खोले । मलाइ लाग्यो मेरो मुटु मेरो मुखमा आयो । थरर कामे एकपटक । ग्यालरिमा उसको र उसको अहिले affair चलेको केटिको जो हस्पिटलमा थिइ उसगंको नराम्रो नराम्रो फोटोहरु थियो । फटाफट मोबाइल काटिदिए र त्यही राखिदिए ।
आखाभरी त्यही तस्वीर नाचिरह्यो । उसको ममिहरुले के के भन्दै हुनुहुन्थ्यो । मैले केही सुनिरहेको थिइन । बस मुर्तिबत बसिरहे हल न चल । म सजिब भएको प्रमाण दिन मुटुको धड्कन चलिरहेथ्यो श्वास्प्रस्वास प्रक्रिया संगै । उसको अपरेशन भयो ।

अब हाम्रो सम्बन्ध बस नामको थियो । हामी दुबैले छुट्टियौ नभनेको भएर मात्र सम्बन्ध बाचिरहेको थियो । यस्तै चलिरह्यो कहिलेकाही कुरा हुन्थ्यो । उ त्यो केटि संग पनि रिलेसनमा थियो । सम्झदा मनमा आगो बल्थ्यो तर उ संग छुट्ने कल्पनाले मेरो मनलाइ त्यो भन्दा पनि बढी डराउन दिन्थ्यो । कसो एक न एक दिन उसलाई मेरो मायाको कदर नहोला मेरो मुटु भन्थ्यो मेरो बिस्वास बोल्थ्यो । एउटा बिस्वास अझ भनु भ्रमको झिनो तारमा उभिएर मैले जिन्दगीको सपना देखेको थिए एकदिन भन्त्किनु नै थियो ।
एकदिन उसले कल गरेर भन्यो मेरो बिहे हुदैछ । मैले पत्याइन । उसले भन्यो बाबालाइ त्यो केटि सधै भेट्न आउथी रे दिदी भिनाजुले के सम्बन्धले भेट्न आउछौ भन्नू भो रे त्यही भएर उनिहरु सम्बन्धलाइ नाम दिन लागेका रे । उसको बाबा बिरामि हुनुहुन्थ्यो मैले न्युजिल्याण्डलाइ प्रोसेस गर्दै थिए । भेट्न जान पनि भ्याको थिइन । मैले पत्याइन "नाटकि" भने जिस्किदै थिए ।
" पत्याए पत्या नपत्याए नपत्या "भन्दै उसले फोन राख्यो । उसका कति कति घुर्की कति रुखो व्यवहार झेलेकि मलाइ यो कुनै नौलो कुरा थिएन ।

भोलिपल्ट उसको भिनाजुको म्यासेज आयो । उसको बिहे हुन लागेको छ रे उसकै जिद्दिले । मैले रियाक्ट गर्नै सकिन के रियाक्ट गर्नु थियो र?? ah रिप्लाइ लेखेर पठाए । त्यसपछी 2/4 दिन म चुपचाप बसे कोहि संग बोलिन । आफै संग बोलिन ।

खोइ कता गएकी थिए कसैले भन्यो आज जेठ 10 गते । हिड्दा हिड्दै पाइला रोकिए । कहाँ जान लागेको पनि बिर्सिए । घर तिरै फर्किए । बाथरुम पसे शावर खोले अनि सावरको मुनि बसे । अनि मण्डपमा बसिरहेको उसलाई र उसको दुलहिलाइ कल्पना गरे । आफैलाइ अट्टहास गरेर हासे या उनिहरुलाइ एक्छिन हासिरहे ।
अरे मलाइ त रुनु पो थियो झट्ट खै कसले किन कसरी मलाई याद दिलायो मलाइ नै याद छैन । त्यसपछि आँसु धारा यसरी झरे सावरको पानीले म कहाँ त्यति भिजे होला रं जति म मेरा आशुले भिजे ??

मेरो भन्नु (About e victim)
यो एउटा सत्य कथा हो मान्नु नमान्नु हजुरको जिम्मामा जबर्जस्ती गर्न त पक्कै पाइन्न😂😂😂 कति ठाउँ यस्ता छन कि मैले आफैले पनि त्यो बेला म भएको भए के गर्थे होला भनेर सोच्नै सकिन । 4/5 दिन त लेख्न पनि सकिन यस्तो कसरि हुन सक्छ भनेर?? यति विधि को टोलरेट गर्न सक्छ भनेर?? लेख्छु भनेर पढिरहदा मेरो दिमाग पूरा ब्लांक भएको थियो । गाडिमा कतै जाँदै थिए म आधि बाटैबाट घर फर्के । घर आएर रोइदिए । hope कि मैले पात्रहरुमा न्याय गर्न सकेकी छु ।


Via - Saru Kandel

Connect with us @ Fans Of Keki Adhikari Joketantra Nepal
Basant Giri

Basant Giri

No comments:

Post a Comment

Powered by Blogger.