bixibit

Breaking News
recent

प्रकृति - The Nature ( A True Story - Part - 2 )

..कति झुन्डिनु भनेर एक छिन फेसबुक बन्द गरे,..त्यतिकै बेड मै पल्टी रहएको निदाएछु एक छिन मा नोटिफिकेस्न टोन ले गर्दा ब्युझिए ।हेरे को एक पटक त नोटिफिकेसन को स्कृनसट गरेर राख्न मन लाग्यो ।  prakriti sharma and 3 others comment on your post  मान्छे हरु ........ prakriti sharma accept your request खोली हाले कमेन्ट.........




प्रकृति :- अरे वा ✌✌✌ को हो त्यो भाग्यमानी ?
माथी पनि लगभग सबै कमेन्ट यस्तै थिए । उ पनि त्यही ग्रुप मा सामिल भैसकिछ ।सबै जना अचम्म मा थिए मैले त्यस्तो पोस्ट गरेको , सुरु मा प्रकृति लाई नै जवाफ दिए , कोइ होइन हौ , त्यसै मात्र .........
प्रकृति :- साच्ची ?
म:- उम ...
messenger को tone बज्यो एसो हेरेको उसैको रैछ म पनि सबै छोडेर उ सङै सुरु भए कुरा गर्न , मन मा लागेको कुरा हरु सोध्न । ......
प्रकृति :- hi
म :- hlw
प्रकृति :- सन्च्चै छौ ?
म :- सन्च्चै भनुम , तिमी नि ?? कहाँ गएब आज भोलि ??
प्रकृति :- म पनि सन्चचै छु
कहि होइन घर पुजा थियो त्यसैले घर तिर आएको छु ?
म :- घर तिर भन्ना ले ?
उ :- घर तिर भन्ना ले घर नि हौ कस्तो भन्ना ले हो ?
म :- घर काहा हो र ? तिम्रो ?
उ :- दोलखा थाहा छ ?
म :- उम थाहा छ , कालिन्चोक गाको छु हिउँ खेल्न त्यहा बाट कता?।
उ :- दोलखा , चरिकोट देखि 13 km पुर्ब , सुन्दरवती भन्ने ठाउँ मा ।
म :- ए ......
उ:- अनि साच्ची स्टाट्स त खत्रा थियो , कस्लाइ हो भन न नढाटी ?


उसैले सोद्दै थिइ जस्को लागि लेखेको थिए तर के गर्नु , परिस्थिति त्यस्तै झ्याप्पै भनिदिउ कि तिम्रो लागि हो प्रकृति , हो साच्ची तिम्रो एक मुस्कान मा म हराएको थिए , तिम्रो एक नजर मा म फिदा भएको थियो , तिम्रो मुस्कान देख्दा त लाग्छ मेरो सब थोक त्यही मुस्कान मा लुकेको छ । हाए फगत मन लाई चित्त बुझाउने बाटो अनि लामो भासण ....

म :-तिमी लाई 😂😂😂😂 ( जिस्किदै )
उ :- अरे वा , 😀😀 उसो भा म भाग्यमानी 😂😂😂
ल अब चाहिँ कुरा गरिन्छ उ पनि जिस्कन लागि
म :- उम
उ :- साच्ची तिम्रो gf छ किनाइ?
म :- छ त ,तिमी लाई थाहा छैन ?😉😉
उ :- नाइ ,को हो हाम्रै कलेज को ?😒😒
म :- उम हाम्रै कलेज को
उ :- को हो ??
म :- तिमी
उ :- फेरि जिस्किन पर्यो ? मजाक नगर न हौ ?
( कसैले भन्थ्यो यो पापी दुनिया साचो मान्दैन भनेर हो रैछ उसैले साबित गरि )
म :- होइन हौ ,कोइ छैन । अनि तिमी कैले आउने? चितवन??
उ :- अब हिड्न लागेको बसपार्क मा बस कुरि रहेछु,?
म :- यती बेला 3 बज्न लागेको छ??
उ:- उम 5:30 मा ktm अनि 6 बजे टाडी को बस चडे पछि 10 बजे पुर्याइ हाल्छ।
म :- ए , have a safe journey ...
उ :- धन्यवाद हजुर , ल म अब अफ हुन्छु है बस आयो। c u
म :- हवस।।




उ त गै , झन मलाइ अत्ताएर गौ , अब म के गरेर बिताउ इनि पल ,कहिले हुने भोलि अझै बाकी थियो १५ घन्टा अझै उ कलेज पो आउने हो कि नाइ निन्द्रा लागेर आइन भनेर सुति भने ?? एकोहोरो माया गर्नु येहि त छ मजा , जस्मा आफ्नो मात्र हक छ , सम्झना मा नै बोलिन्छ , सम्झना मै माया ले उ सङै जीवन बिताइन्छ , उसैको भैन्छ , उसैको निम्ति बाचिन्छ ,उसको भएर बाचिन्छ , कसैको पर्बाहा हुदैन , जे हुन्छ त बस उसैको ,।.....
" प्रकृति "  हो मेरि प्रकृति एक साहित्यकार को प्रसिद्ध लेख झै थिइ , जो पड्न सुरु गर्छ त्यस पछि त्यहा को मुख्य पात्र आफै लाई ठान्दछ ,उसलाइ जे भयो आफै लाई नै भए जसरी पड्छ; आफै झै महसुस गर्द छ। उ वसन्त को चिसो बतास हो , गृस्म को न्यानो घाम हो, ।......


मैले उसलाइ हर चिज मा पाए , जहाँ उस्को खाचो खड्क्यो त्यही बनाए , चर्को घाम मा सितल छाहारी , पुष माघ को जाडो मा त्यो न्यानो घाम , बर्सात मा छाता , दुख मा मुस्कुराउने एक बाहाना , हार मा जित्ने प्रेरणा , जित मा उसैको साथ ।। मन दुख्दा पिढा बुझाउने एक माध्यम बनाए , । म किन यसरी उसैमा हराउदै छु मलाइ थाहा छैन एक पटक देखेको छु राम्रो सङ , एक पटक सुनेको छु उस्को बोली । तर पनि लाग्छ बर्सौ देखि उसैको साथ मा छु एक छिन कै दुरि पनि सहन गाह्रो हुन लागेको छ।......


छ बज्यो जसो तसो बाहिर निस्किए खाना बनाउन मन थिएन त्यसैले ,साझ पर्न लागि सकेको थियो बिस्तारै अध्हारो ले छोपिरहे को थियो मेरो मन मा भने उज्यालो बड्दो क्रम मा थियो, हिड्दै थिए ,बाटो मा वसन्त ( कलेज कै साथी गोपाल उ र म ग्रुप थियो हाम्रो ) भेटियो , ओए का हिडिस लखर लखर ??......
म :- यत्तिकै यार एसो evening walk तिर निस्कु भनेर ...


उ पनि सङै हिड्यो गफ गर्दै , कति बेला मलाइ यो केटि मन पर्यो कति बेला उ ,कुरा गर्दे न यार? उस्को पीडा सुनाउदै थियो , उस्लाइ के थाहा म कुन तनाब मा थिए , ल केटि को कुरा छोड एक छिन सान्त भएर हिढ भनेसी चुप बस्यो । पसल मा छिरे , दुई टा सुर्य किने अनि चौर मा बसेर चुरोट सल्काए सङै उस्ले नि ।हामी हरु दुबै धुवा को त्यो कालो मुस्लो लाई फोक्सो सम्म पुर्याउदै बाहिर फुक्दै थिएउ , फु....... धुवा उडि रहेको थियो त्यसरी नै गन्तव्य हिन मेरो मन डुलि रहेको थियो ।...... उ कति बेला हिडेछ थाहै भएन म एक्लै थिए । Fb खोलेको msg आएको रैछ उस्को हेरेको  " avi सुन न टाडी को लागि बस नै पाइन , भरतपुर सम्म को मात्र छ सबै??
केही नसिची रिप्ले गरे त्यसैमा चढ ......

उ:- अनि राती म के गर्नु ? त्या?
म :- म लिन आउछु ?
उ:- भयो तिमी किन दुख पाउछौ ?
लौ यो कस्तो उत्तर देखेरै रिस उठ्यो तापनि भने "98*********" मेरो नम्बर मुग्लिङ पुगे पछि कल गर म लिन आउछु , अनि सुन खाना नखाइ आउ है  ।
उ :- लौ किन यति बेला गएर बनाउने जगर छैन म मा?
म :- मैले बनाएर खुवाउला किन tnsn लिन्छेउ भनेको मान अब अफ हौ चार्ज सक्यो भने पछि आपत पर्छ ।
उ ग्यानी भएर गै अफलाइन  ।म त्यही बाट सब्जी लिन गए , ,अनि उसैको कल को प्रतीक्षा मा बसे। करिब 9 बजे उस्ले कल गरि  "म मुग्लिङ पुगे ...अभि " .......


उस्ले फोन राखी , त्यस पछि सबै भन्दा अगाडि उस्को नम्बर सेभ गरे मोबाइल मा अनि दिमाख मा। मेरो प्रतीक्षा सकिदै थियो , उस्लाइ भेट्न पाउदै थिए खुसी को सिमा थिएन , उस्लाइ खाना नखानु भनेको भएर सबै चिज रेडि बनाएर राखे अनि रुम मिलाए , के भन्ली मेरो रुम को यस्तो दुर्दसा देखि भने ? केटा को जात न परे जागर सबै चिज मा लग्ने रुम सफा गर्न भनेसी त्यस्तै हो, ता पनि जति सक्दो मिलाए बेड मौ ल्यापटप राखेर छोडे , अनि बाइक लिएर गए नारायणगढ , पुल्चोक, उस्लाइ त्यही झर्न भनेको थिए , राती 10 बजि सकेको थियो उसलाई कुर्दै थिए ,चुरोट को तल तल लाग्यो पसल मा गएर के सल्काउन लाग्या थिए बस आएर रोकियो हत्त न पत्त चुरोट छोडेर बस को ढोका तिर हेरे , प्रकृति नै थिइ उ , जति नै भेट्न आतुर भए नि भेटे पछिको केही बेर सन्नटा नै छाउछ शब्द हिन भैदो रहेछ , जुन म आज महसुस गरि रहेको थिए , उ बिस्तारै  झरी बस बाट एउटा हेन्ड ब्याग मात्र लिएर सयद मेकअप का सामान मात्र थ्यो होला , त्यो ब्याग मा । परै बाट उस्ले बोलाइ हाली  अभि .........,

सच्चै पहिलो पटक आफू लाई पहिलो पल्ट म आफै लाई आफ्नो नाम मन पर्यो उस्ले यति मीठो तरिका ले जो बोलाएकी थिइ । एक छिन औपचारिक गफ गर्दै फर्किन थालेउ ,....

अभि तिमि ले किन दुख गरेको के?
किन के दुख गरे र हौ ,मैले ?
; यति राती येहा लिन आएउ , ? दुख भएन त लाटा ?; कति मीठो तरिका ले सम्बोधन गर्छेउ है तिमी?
 हाहा ,तिमी नि साच्चै अचम्म को छौ ?

उस्को त्यो हासो ले मेरो मन त्यसै खुसी , सोची रहेको थिए , यो रात मेरो जिन्दगी को सबै भन्दा मीठो रात, कहिले भुल्ने छैन यो दिन , यो पल , यो साथ उस्को ? जे चाहान्थ्यो मेरो मन पाइरहेको थियो ,मन पनि बाख्रा को पाठो झै उफृरहेको थियो खुसी ले।। गफ गर्दा गर्दै मेरो कोठा म पुग्यौं उस्लाइ भने , यहि हो बस्ने म । म एक्लै बस्ने भएनी तल को सबै कोठा हरु मैले लिएको थिए , 3 ओटा मध्य एउटा मा सुत्ने गर्थे अर्को किचन अर्को मा चाइ खाली थियो बेड र सोफा बाहेक केही थिएन , । त्यो कोठा मा म सधै जान्थे त्यस्तो केही आभास हुन्नथ्यो तर आज पहिलो पटक त्यहा छिर्दा मन गमक्क थियो खुसी ले ,। दुबै जना मेरो बेड रुम मा गएउ , उस्ले चारै तिर हेरि मेरो रुम .......

( एउटा मेरो फोटो थियो टासिएको , अनि अर्को थियो मेरि ममि को काख मा म निदाइ रहेको ,flex size मा अनि बाकी भित्ता भरी गुलाबी कलर 💕💕 , एउटा सोफा थियो जाहा उ बसि रहेकी थिइ , एउटा दराज थियो भुइमा कार्पेट दछाइ एको ) सके सम्म मिलाएर गएको थिए रुम ,उस्ले भनी हाली तिमी यति जागरिलो , सुनेकी थिए केटा हरु आफ्नो रुम कहिलै मिलाउदैनन अरे?  म हास्दै भनी हाले , तिमी लै लिएर आउछु भनेर मिलाएर गाको म नि जागरिलो चाइ त्यति छैन । ....

हुन त तिमी नि केटै न जो परेउ ?
म हासे , भने ल म खाना बनाउन गए हौ ?
उस्ले भनी हैट आज तिमी के बनाको नि खाने भए मैले ?
भाग्यमानी सम्झ तिमी लाई भन्दै म किचन तिर गए ,
मन त्यसै दङ्ग थियो , उस्को जो साथ पाएको थिए , मन को सुन्नु भन्छ्न तर यो मेरो मन कति डरपोक ?? केही सोचिरहेकै थिएन ? हराइ रहेको थियो उसैको समीप मा ,
उता बाट प्रकृति ल्यापटप लिएर आइ अनि मेरो चाहिँ सातो गयो ?
उस्ले भनी सुन न अभि तिम्रो laptop को pw के ??
मैले मुस्कुराउदै भने :- The nature 😀😀
ट्राइ गरि सकिछ , अझ भनी खुलेन साच्चै के हो भन त तिमी मजाक नगर ,  तिम्रो नाम बिन यो मेरो ल्यापटप त चल्दज्न यो मेरो जिन्दगी कसरी चल्थ्यो , उ मेरो प्रतेक नसा नसा म दौडिएकी थिइ , मेरो रगत को प्रतेक कत्रा कत्रा मा थिइ उ , उस्लाइ सम्झन उस्लाइ आभाश गर्न मैले उसैलाइ भेटी रहनु नै पर्दैन थ्यो , एक पटक आँखा बन्द गरे पुग्थ्यो , उ मेरा लागि सब थोक हो , एक पटक सर ले पढाइ रहदा भनेका थिए कि एउटा जाबो केटि को लागि केटा हरु पागल हुन्छन ? त्यति नै बेला म उठेर भनेको थिए #she_is_not_only_one_girl_in_this_world #but_she_is_the_only_one_that_matters😍😍;यो सुनेर केटा हरु सहि हो सहि हो भन्दै थिए म भने उस्लाइ सम्झिरहेक।.......


अभि ......उस्ले बोलाइ , हजुर भन्न नपाउदै चाडो भन pw भन्न थाली भने त , The nature यो eng भयो त्यस्लाइ नेपाली मा चेन्ज गर , अर्थात प्रकृति । उ अवाक मुख बनाएर म तिर हेर्दै थिइ , तर केही बोलिन pw हानी र खोली जब मेरो wallpaper उस्ले देखि एक छिन अचम्म परि ?
उ- अभि यो मेरो फोटो किन wllppr मा तिम्रो ल्यापटप मा ?  ( म अब के भनौ भनौ भए ,शब्द धेरै थिए मन ले चाहान्न थ्यो भन्न किन कि डरपोक जो पर्यो , अनि दिमाग नचाउनै पर्यो । )....
म :- मुस्कुराउदै भने, मेरो यो ल्यापटप मा कुनै अरु राम्रो फोटो थिएनन त्यसैले तिम्रै राखेको , ल्यापटप को शोभा बढाउन , त्यस पछि उ गै ।
मेरो मन सान्त हुन थाल्यो फेरि सोच मै हराउदै खाना बनाए, करिब ११:३५ तिर उस्लाइ बोलाए उस्को अगाडि जाने हिम्मत आएन 😀😀 ।
उ आइ ल्यापटप बोकेर; गित हेर्दै ।
उ :- मुस्कुराउदै , तिम्रो बुढी ले चाइ सार्है सुख पाउनी भै अभि ...." उस्ले त्यो भनी रहदा , तिमी ले नै त हो नि पाउने हौ ,मेरो जे भने नि तिमी नै त हौ? मेरो माया को परिभाषा , मेरो जिउने आधार,मैले हास्नु पर्ने कारण , माया गर्नु पर्ने , माया साट्नु पर्ने , यो त जाबो खाना हो , तिमी एक पटक मेरो यो मेरो माया आभास गरेर त हेर एसैमा लुप्त हुनेछौ?  मन मा लाग्या कुरा अनि मुख ले बोल्ने शब्द मा धेरै फरक हुन्छ यती सोच्न सक्ने मन ले अलिकती आट दिएर बोलाउन पनि त सक्थ्यो ? तर अहा आएन आयो त बस एक मुस्कान ...उस्को त्यति ठूलो कुरा को एक स्यानो उत्तर दिए मुस्कुराएर  खै उस्ले के सोची होला ।

खाना खाएउ ....तर त्यस पछि उस्ले जे भनी त्यो सुन्दा चाइ एक दमै चकित परे ,
उ:- ल अभि म भाडा माज्छु है ?
एक छिन त अक्क न मक्क भए के उत्तर दिउ , शब्द बिहिन बनाइ ? अनि जिस्किदै भनी हाले, भैगो जिन्दगी भर छदै छ नि अहिले पर्दैन। उस्ले खै के बुझी र मैले के अर्थ ले भने म आफै लाई थाहा थिए न। अनि त्यो त्यसै छोडेर गएउ मेरो बेड रुम तिरै। रुम मा पुगेर मैलेल्यापटप लिए अनि चिनाए सबै मेरो साथि हरु , बैनी ,भाइ , बाबा , सानिमा,सानुबुवा , ठुलममी सबै सबै लाई , उस्ले चाइ अजिब चर्तीकला गर्दै थिइ , सबै लाई नमस्कार भन्दै थिइ ,

म :- रुम जान्छेउ र एति बेला ? १२:३० भै सक्यो भोलि बिहान त्यसै नि कलेज गौदैन दुबै जना ,
उ:- तिमी किन नजानी ?
म:- अब तिमी नै येहि छौ त्यो कलेज किन जानू ? तिमी लाई नै हेर्न जाने? ( थाहा छैन त्यत्रो ठूलो आट काहा बाट आयो मेरो )
उ :- उफ्स कति बात जानेको छौ नि तिमी बाते ले ?
म :- हैट , बाते नै त हैन होला हौ?म बिचरा सोझो 😀😀
उ :- अ , सोझो नि पुरै जेरि जस्तै 😁😀
म :- प्रकृती एक कुरा थाहा छ ,जेरि जेलिएकै छ , त्यसैमा त्यस्को महत्त्व छ , त्यो बाङो हुनु मै त्यस्को परिचय छ ।
उ :- सकिन मैले तिमी सङ , हैन का बाट आउँछ यस्ता कुरा तिमी लाई ?
म :- तिमी जास्तै साथी हरु को संगत ले नि ?
उ:- बिचरा म , मलाइ बाते भन्यौं है ?
म :- लौ ,कति बेला?
उ ठुस्किइ ,अचम्म केटि को बानी बुझ्नै गार्हो ,
अब के भनु म ,म नि गित प्ले गर्न थाले ल्यापटप मा , उ बोली आफै
उ :- अभि अब सुतुम ,मलाइ निन्द्रा लाग्यो ,
म :- क हुन्छ ,येहि रुम मै सुत्छेउ कि अर्को मा?
उ :- तैट ,तिमी सङ को सुत्छ ?
लौ इनि केटि हरु को बानी ? म उ येता सुत्ने भए म उता जान्थे सोचेर भनेको उस्ले के बुझी ?
म हासे ल हुन्छ तनि उतै जाउ , बिहान ७:३० भन्दा अगाडि नउठाउ है ,
उ :- हुन्छ ,उ उभिइ बेड बाट तल झरेर फेरि
;सुन न अभि एक कुरा
भन न ?
तल झर त एक पटक ,
म :- किन ?

झरन सरप्राइज छ , उस्ले खोल्टी बाट केही झिके जस्तो लाग्दै थियो म झरे , उस्ले आँखा बन्द गर्न लगाइ , म मन मनै खुसी हुँदै आँखा बन्द गरे, आज उस्को एउटा चिनो त पाउने भए भनेर , उस्ले मलाइ आफ्नो अङालो मा बाधी कान मा सुटुक्क भनी ; gud nit , swt drms.. करिब ३० सेकेन्ड सम्म म उस्को त्यो न्यानो अङालो मा हराए , उ निस्केर गै , कोठा तिर म चाइ कोमा को बिरामी झै भए ।। के थियो त्यो , जुन थियो ,या तारा थियो, गुलाब थियो कि , सयपत्री ? तर जे थियो एकदम राम्रो थियो ? । क्यामेराले भन्दा चाडै कैद गरेको थिए मेरा आखाले उसको तस्बिर।😌😌।

उस्को आदत त लागि सकेको थियो, प्यासी थिए म उस्को माया को , अब झन तड्पिन थाले, उ बहेक यो सन्सार मा अरु केइ नि छ भन्ने कुरा भुली रहेको थिए,एकोहोरिए, निन्द्रा लागेर सुत्छु भनेको उस्ले अब झन रात भर्को लागि याद गर्ने चिज दिएर गै, कसरी निदाउन सक्थे र म , घरी घरि तिनै पल, उस्को अङालो मा हराएको सोचेरै बसि रहे,यदि त्यो फिल्म हुन्थ्यो त म रात भर एक पट्क आँखा नझिम्क्याइ हेरिदिन्थे , तर पनि अहिले नि झिम्काउन त सकिरहेको छैन, एसो आँखा बन्द गर्न खोज्यो, उसैको त्यो मुस्कुराइ रहेको त्यो तस्बिर आखै भरी ,उस्को surprise hug, सबै सबै , । यस्तै यस्तै सोच्दा सोच्दै कति बेला निन्द्रा को दुनिया मा पुगे थाहा पाएन ।।



Via - Avinav Sharma 
Basant Giri

Basant Giri

No comments:

Post a Comment

Powered by Blogger.