bixibit

Breaking News
recent

" जुन " नाम जस्तै सुन्दर - One Of The Rising Star


धेरै गायक गायिकाहरु पछिल्लो समय मोडल बनेको देख्न पाइन्छ । अरुका गीतमा नदेखीए पनि आफ्नै आवाजमा रहेको गीतमा अभिनय गर्ने सोच सबैले बोकेको पाइन्छ । तर अरुको होस या आफ्नो धेरै गीतमा अभिनय र आवाज देख्न सुन्न पाइने एउटा नाम हो जुनु प्रसाई । उनी गायिका र मोडल दुबै हुन् । सुर्योदय टेलिभिजनमा कार्यक्रम प्रस्तोताका रुपमा समेत रहेकी प्रसाई आफुलाई गायिका भन्न रुचाउँछीन् । २०७१ सालबाट नेपाली सांगीतिक क्षेत्रमा प्रवेश गरेकी प्रसाईले पहिलो पटक गीतकार बविन खनालको शब्द तथा बलराम समालको संगीतमा ‘जिस्क्याउने कोही भए’वोलको गीत रर्कड गराएकी थिइन् ।









 हाल सम्ममा करीब दर्जनको हाराहारीमा गीत रेकर्ड गराई सकेकी प्रसाईले यतिकै संख्यामा म्युजिक भिडियोमा समेत अभिनय गरेकी छिन् । पुर्वाञ्चलमा राम्रो सेलीब्रटीका रुपमा परिचित उनी यो स्टेज सम्म आईपुग्न धेरै मेहनत गर्नु परेको सुनाउँछीन् । सांगीतिक कार्यक्रमहरुमा गीत गाउँछु भन्दा अवसरहरु कमै मात्रामा पाउने र आफुले गाउने बेलामा दर्शकहरु धेरै कम हुने गरेको अनुभव पनि उनीसंग रहेको छ । यस्ता धेरै कार्यक्रमहरुबाट हिम्मत बटुल्दै अगाडी बढेकी प्रसाईलाई हिजो आज साँगीतिक कार्यक्रहरुमा भ्याई नभ्याई हुने गरेको छ । उनी भन्छिन् ‘सांगीतिक क्षेत्रमा आफ्नो भन्नु कोही नभएकाले पनि मलाई यो क्षेत्रमा आउन धेरै संघर्ष गर्नु पर्यो तर अहिले सहज भएको छ ।’







झापाको शिबशत्ताक्षी नगरपालिका स्थित दोमुखाकी प्रसाईले पढाईलाई पनि अघि बढाईरहेकी छिन् । स्नातक
तह तेश्रो वर्षमा पढ्दै गरेकी उनले कामसंगै पढाई अगाडी बढाउने बताईन । गाउँघरमा घाँस काट्न जाँदाको
गायिका बन्ने रहर अहिले पुरा गर्दे गरेको उनको भनाई छ ।








कलाकारीतामा आफ्नो भविश्य बनाउँदै गरेकी उनी पनि गाउने र आफै गाउने आफै नाच्ने कलाकारमा पर्छीन् । उनको आवजमा रहेको तिज गीत ‘महादेव जुराईदेउ पतिदेव’ वोलको गीत सार्वजनिक गर्ने सुरसारमा छीन् । नरेश खड्को शब्द गौरव दर्पणको संगीतमा रहेको यस गीतको म्युजिक भिडियोलाई दिपेन भेट्वालले निर्देशन गरेका छन् ।




झापा मोरङ्गका विभिन्न रमणीयस स्थलहरुमा छायाङ्कन गरीएको यस भिडियोलाई आशिष पौडेलले खिचेका हुन् । हरेका सांगीतिक कार्यक्रमहरुमा निकै ग्लायमरस रुपमा प्रस्तु हुने गायिका तथा मोडल प्रसाईले आफु कार्यक्रमको प्रकृति अनुसार ड्रेस छनोट गर्ने बताईन । छोटा लुगा लगाए पनि समाजमा अपच हुने खालको फेसन नगरेको उनको भनाई छ । गीत संगीतको माध्यमबाट स्टेज तताउन खप्पीस प्रसाई अबका दिनहरुमा आफुलाई सहज हुने खालका भिडियोमा मात्र खेल्ने अठोटमा रहेकी छिन् ।


Via - SeifleKabar 



Basant Giri

Basant Giri

No comments:

Post a Comment

Powered by Blogger.