अनगिन्ती परेवाहरु मानिसहरुले अलि अलि दया माया गरेर फालेको चारो टिप्दै थिए । वरपर विनाशकारी भुकम्पले भत्काएको संरचनाहरुको मर्मत कार्य कछुवा गतीमा चलिरहेको थियो । केही क्षणमै निलो आकाशमा कालो बादलको घम्साघम्सि चल्यो त्यसैले होला मानिसहरु हतार हतार आफ्नो गन्तव्य तर्फ लम्किरहेका थिए । क्रुष्ण मन्दीर बाट "श्री कृष्ण गुबिन्द हरे मुराहरे" भजनले वातावरण गुन्जयमान भैरहेको थियो ।मन्दिरहरुको सत्तलमा केही जोडीहरु दुनियाँ बिर्सेर प्रेममा लिन भैरहेका थिए त कोइ कसैको प्रतीक्षामा एकोहोरिँदै थिए । .........
म भने यताउता नजर घुमाउँदै थिएँ। करिव १७-१८ बर्षको एक जोडिमाथी मेरो नजर पर्न गयो । सायद केटा ढिला आएकोले होला! केटि भुक्क पुरि फुलेझै गरि फुलेर बसेकी झैँ स्पस्ट देखिन्थ्यो।बिचरो त्यो केटोले अनेक गर्यो फकाउनलाई, कम्ता समय लाग्यो त्यो मोरालाई आफ्नी प्रेमीका फकाउनलाई, म चर्तिकला हेर्दै गएँ बिचरोले कान समात्यो, आईसक्रीम किन्दियो। अनि बल्ल ठुस्केकी केटी मुस्काई। केही बेरमै दुवैजना आफ्नो पुरानै समयमा फर्के र एक अर्काको अङगालोमा लिन हुँदै कुनै रेस्टुरेन्ट तिर जाने सुर कसेर मायाको प्याकेट लिएर लस्किएझैँ लाग्यो। म मन मनै हाँसे कति छिट्टै नकारात्मक कुरामा मन डुलाउँछु म अनि कति छिट्टै नचाहिने अन्दाज लगाउँछु। हैट्ट ! कति सजिलो छ यहाँ प्रेम गर्न ,रिसाउन, फकाउन, अनि थुतुनो जोड्न साथसाथै बाटो मोड्न।..........
त्यतै हेर्न मज्जा आईराख्या थ्यो । उनिहरु दिउँसै रात पार्न लस्किए, म आफैँमा मस्किएँ। फेरि नजर कैला कैला आँखा र कपाल ,छोटा छोटा लुगा लगाएर एक हुल विदेशीहरु तर्फ दौडाएँ। टुडाल,मठमन्दिर, मानिसहरु हेर्दै दङ पर्दै एक एक गरि फोटो खिच्दै थिए ।ती एक हुल कुहिरे लाई देखेर आफ्नो नि केहि व्यापार हुने झिनो आशा राख्दै केहि अधबैँसे आईमाई अनि केही केटाकेटीहरु हातमा माला लिएर कनिकुथि अँग्रेजी बोल्दै sir ,mam only $10 .please take it भन्न थाले। बिचरा ती कुइरेहरुले रत्तिभर मतलब गरेनन । यस्तै सबैजनाको रमिता हेर्दै आफ्नो बेरोजगारी हुनुको प्रमाण आफैँमा प्रस्तुत गर्दैथिएँ ।ती अघि आकाशमा झगडा गरिरहेका कालो बादलहरुले मुत्रबिसर्जन गरे र म सिकार हुन पुगेँ । हतार हतार आफ्नो थोत्रो झोला बोकि सबै दिनभरिको खुसी, निराशा अनि अर्को एउटा बेरोजगार दिनलाई त्याहिँ दरबार स्क्वायर मै छोडेर आफ्नो गन्तव्य तर्फ लम्किएँ ।
Via - Bidhan Acharya

No comments:
Post a Comment