अह पाउदैन अब कुनै कुमारी केटी , हामी जस्तै कुनै पुरुष नै थियो जस्ले माया र भावनामा खेलवाड गरेको थियो, त्यो स्त्रीको के गल्ती जसले माया र भरोसामा आफुलाई सुम्पिई दिई र हामी जस्तै पुरुषले उस्को कुमारित्तो भङ्ग गर्यो
फेरी किन खोज्छौ हामी भर्जिन स्त्री ? रहर थिएन त्यो स्त्रीलाई , बाध्यता थियो त्यो स्त्रीलाई, माया जोगाउनु थियो ,भरोसा दिलाउनु थियो ,त्यसैले मिचिन पुगी , आफ्नो कुमारित्तो त्याग्न पुगी
फेरी किन खोज्छौ हामी भर्जिन स्त्री ? रहर थिएन उस्लाई कुनै ६ वाई ४ को कोठामा पुग्नु पर्ने, बाध्यता थियो उस्को गरीब हुनु , अह ऊ कदापी खुशी थिईन जब उसले आफ्नो कुमारित्तो गुमाई , बाध्यता थियो पापी पेट अनि भोकको
फेरी किन खोज्छौ हामी भर्जिन स्त्री ? अह अब पाईदैन भर्जिन स्त्री थुप्रै दोष हामी पुरुषको हुन्छ , केहि दोष आफै उस्को भाग्यको , केहि अस्मिता हामी पुरुषले लुट्छौ धोका दिएर केहि अस्मिता आफै लुटाउछे बाध्य भएर ।


No comments:
Post a Comment