साच्चै अचम्मको हुने मानव जीवन।कोहि जिन्दगीसंग यतिधेरै खुशी छन पुरै जिन्दगी थोरै समयमा सकिएजस्तै लाग्ने,अनि कोहि एक पल पनि किन बाच्दैछु म जस्तो,कोहि आफ्नै तालमा नतमस्तक छन भने कोहि आफैले आफैलाइ धिक्कारी रहेका छन,कोहि जिन्दगी दुई दिनको न हो रमाउनु पर्छ हो यस्तै यस्तै भनिरहेको सुन्ने गर्छु।र यस्तै फरक फरक तबरले हरेक मान्छेको जिबनयापन चलिरहेकै छ र त संसार बिचित्रको लाग्छ जुन आफैमा रमाइलो अनि सुन्दर पनि देखिन्छ।अनि म "दिक्ष्या"।जो एउटा गरिब परिवारको कोखबाट जन्म लिएकी छोरी मान्छे।सहजै सोच्न सकिन्छ जिन्दगी पक्कै सामान्य थिएन।म त्यो बिकट ठाँउको पनि निम्न बर्गकी त्यसैमा दलित समुदाय बाट।हो म"दिक्ष्या" अं दिक्ष्या परियार!सौभाग्य भनौ या दुर्भाग्य मेरा आमा बाबाको लागि म पछि कुनै संतान नजन्मने कुरा थाहा थियो कारण आमाको पाठेघरको समस्या आमाबालाई छोराको अनि मलाई भाइको मोह नभएको होइन।तर तितो यथार्थ हामिलाइ थाहा थियो कि संतानको नाममा म एक्लै हु।एउटा निम्न परिवार पेशाले किसान,त्यो पनि अरुकै मेलापात घाँस दाउरा अनि अर्को आफ्नै पेसा कपडा सिलाउने हो यहि थियो बा आमाको नित्य कर्म।
बिस्तारै म हुर्किदै थिए एक्लि भएकै कारण मलाई जिबनयापनमा कुनै दुख भएन यद्दपी बाआमाक दुख नदेखेकी भने होइन।म हुर्किदै गए,मैले घर नजिकैको हाइ स्कुलमा पढ्न थाले,पढाईमा अब्बल नै थिए मेरो स्कुलिङ्ग निकै राम्रो भयो मलाई पढ्नको लागि कुनै शुल्क लाग्दैनथ्यो म स्कुलकै टपर मध्यकि एक थिए।बिस्तारै मेरो SLC नजिकियो SLC अगाडि मैले सक्ने जस्तो घरको काम सकेरै पनि पढ्ने गरेकी थिए।इक्जाम सेन्टर सदरमुकाम भएकै कारण मैले एक मैना अगाडिदेखि सदरमुकाम बसे परिक्षा सकियो।मेरो परिक्षा निकै राम्रो भएको थियो शिक्षकहरुको आशलाग्दो विद्यार्थी अनि मेरा बाआमाको सपना र आफ्नै सपनालाइ यथार्थमा बदल्नु जो एउटा अठोट जस्तै थियो।पुनःघर गए अब म सानी थिइन मैले भबिस्यबारे सोच्ने बेला आएको थियो।मैले धेरै सोचे अब के पढ्ने?र निस्कर्शमा पुगे मैले नर्स बन्नु पर्छ,मेरो यो विकट गाउलाइ केही गर्नुपर्छ।दलित भएकै कारण मैले लुगा सिलाउनु किन?के म मा देशको अभिभारा छैन?अनि मैले आफ्नो तरिकाले जिन्दगी जिउन नपाउनु?हो यस्तै प्रस्नले मनमा आतंक मच्चाएको थियो घरमा सबै बन्दबस्त मिलाएर मैले काठमाडौंको लागि अगाडि बढे।
मैले खालि समयमानर्सिङ्गको लागि बृजकोर्स गरे,नर्सिङमा इक्जाम दिए मेरो नाम पहिलो नम्बर मै निस्किएको थियो त्यो पल अनि त्यो खुशी मैले खोइ कसरी व्यक्त गरु?खुसिको सिमा थिएन।मैले फुल स्कलरशिपमा पढ्न पाउने भए।अब जिन्दगीमा एउटै मिसन थियो मैले राम्रोसंग पढ्नु पर्छ खाली पाउ हिड्ने मेरा आमाबाबाको पैतालामा चप्पल फेराउनु छ,कलेठि परेको बाको कमिज मिल्काइदिनुछ,ती आङ्गले पनि नया धजा पाउनुपर्छ जुन पूरा गर्नको लागि मेरो सफल्ता जरुरी छ।आमालाइ नया सारी अनि समाजको लागि एउटा असल छोरी।मैले दुखिहरुको घाउमा मल्हम लगाउनु छ हो मैले मेरो ठाँउको अनुहारमा चमक ल्याउनु छ,पुरै देशले यसरी सोचोस कि दलित भनेको के हो?तिनुहरु कम्जोर छैनन।यो यो सोचको सबैमा बिकास गराउनु छ।यसरी मैले तन मन लगाएर पढ्दै गए,त्यो बिरानो सहर नितान्त एक्लि म!सुरु सुरुमा धेरै दुख पाए,कहिले भोकै पनि सुतेकी छु,कहिले पानी मात्रको सहरामा पनि!अहो सम्झिदा कहाली लाग्छ भो बिर्सिदिउ।तर हार भने खाएकी थिइन।मैले लक्ष्य जो पूरा गर्नु छ!मेरो पढाई अझ अब्बल बन्दै थियो म कलेजको राम्रो विद्यार्थीमा गनिने भएकै कारण म सबैको प्यारि थिए शिक्षक,साथी सबैसबै!मलाई पाइला पाइलामा हौसला जो मिलिरहेको हुन्थ्यो।कुरा कुनै एक्दिनको हो मैले पढ्न जाने क्रममा एक जना युवक देखापरेको थियो त्यो दिन मात्र हेराहेर भएको थियो।
उसैगरी पुनः दोस्रो दिन पनि उहीँ ठाँउ,उहीँ समय भेट भो।देखाइमा गोरो बर्णको,मिलेको अनुहार,आखामा चस्मा,देख्दा निकै खाइलाग्दो अझ भनौ कोहि ठुलै मान्छे लाग्ने देखिन्थ्यो।समय बित्दै गयो चिनाजानी पनि भयो।जिन्दगीमा अन्जान मान्छे कति भेटिए कति छुट्टीए,आए गए तर के थाहा उसंगको त्यो भेट प्रेममा परिणत हुन्छ।हो त्यो दिन उसंगको त्यो कुराकानी,चिनाजानि प्रेममा परिणत भयो हामी त्यही समय,त्यही बाटो,त्यही गल्ली प्रत्यक दिन जसो बिना जानकारी भेट भएकै हुन्थ्यौ।नाम"सौरभ शर्मा"बसोबास काठमाडौं।ऊ पेसाले डाक्टर रहेछ,हाम्रा कुराहरु मिल्थे,पढाई मिल्थ्यो तर अब्सोच ऊ एउटा ब्राह्मण परिवारको मान्छे अनि म दलित आफैमा एक हुनु भनेको असंभब जस्तै थियो तर हामी पढेलेखेका मान्छे यी वाइयात अन्धबिस्वासलाई मान्ने कुरै भएन।बिस्तारै भेट्दै गयौ,फोनमा कुरा हुँदै गयो नजिक गराउने फोन,सामाजिक संजाल धन्यवादको पात्र नै बनेको थिए। हाम्रो निकटता बढ्दै गएको थियो,प्रेम झाङ्गिदै गएको थियो।मैले उस्लाइ आफ्नो सबै बास्तबिकता भनेकी थिए कुनै डर थिएन उस्को पुर्ण साथ मसंग थियो।
यो अन्धबिस्वासलाइ जरैबाट निर्मुल पार्नु पनि हामि चुनैती जस्तै छ भन्ने उस्का यस्ता कुराबाट म उप्रती अझ आसक्त थिए। हामी आफ्नो प्रेमलाइ अगाडि बढाउदै लग्यो,एकअर्काप्रतिको बिश्वास नै हाम्रो प्रेमको अब्बल स्वरुप थियो।हामी आफ्फो काम पढाईलाई निरन्तरता पनि दिएकै हुन्थ्यौ।समय बित्दै गयो मेरो पढाई सकियो अब म पेसाले नर्स भए उस्ले काम गर्ने अस्पताल मै मलाई जागिर मिलेको थियो।मैले केही समय त्यही काम गरे अन्तत:मैले आफ्नै गाउँ जाने निधो गरे।मसंग प्रेम एकातिर अनि लक्ष्य एकातिर थियो।सम्बन्ध आफैमा राम्रै चल्दै थियो त्यसैले गाउँ जान कुनै समस्या थिएन र गए पनि।अब मैले त्यहा आफ्नाका लागि धेरै गर्नु थियो र गर्दैपनी थिए मलाई सबैबाट असिम माया,साथ,सहयोग मिलेको थियो ।समय बित्दै गयो एक्दिनको कुरा हो उस्ले अब हामी बिवाहबन्धनमा बाधिउ है दिक्ष्या भन्यो!
मलाई एक्कासि पहाड आफैमाथी खसे जस्तै भयो।म दलित अनि निम्न परिवार ऊ कहाँ सम्पन्नसाली।मैले सबै वास्तविक कुरा उस्लाइ भन्दै नआएकी भने होइन तर म मा किन तेत्रो ठुलो भुइचालो आएको थियो?म किन त्यति अतालिएकी थिए म स्वयलाई थाहा थिएन उस्ले हामी भागेर बिहे गरौ भनेर प्रस्न गरेको थियो।मैले जवाफमा के दिने सोच्नै सकेकी थिइन। मन बेचैन थियो म उस्लाइ त्याग्न पनि सक्दिन अनि ऊ परिवारको एक्लो संतान उसका बाबा आमाका कति सपना छन उस्लाइ लिएर,के मेरै कारण सबै भताभुङ्ग हुने त हैनन?अह म यस्तो कसरी गर्न सक्छु?त्यो बेला मस्तिस्कले केही सोच्न सकेन!सौरभ मलाई केही समय दिनु न है?मैले यस्तो कुरा राखे उस्ले समय दियो तर मैले निस्कर्स निकाल्न सकिन!के म सबै बाट बाहेक हुनु?के सौरभलाइ उस्का आमाबाबा बाट टाढा बनाउ?
के मैले आफ्नै मर्जिमा हिंड्नको लागि मेरा बा आमाले अरुको काम गरेर मलाई पढाएका थिए?धेरै सोचे मनमा धेरै कुरा आए सकारात्मक बन्नु पर्छ मैले यो जातभात सानो ठुलो हामी आफै बनाएका हौ कुनै सास्त्रमा लेखेको छैन कि दलित हुन्छ भनेर आन्त्य मा यहि निस्कर्श निकाले।र मैले सौरभलाइ ओके सौरभ म तपाईसंग बिहे गर्न गर्छु भने।हो मैले उस्लाइ सकारात्मक जवाफ दिए।अब हामी भागेर बिहे गर्ने निधो गर्यौ।आज जिबनमा कसैको चित्त दुखाएकी छु भने त्यो हो हामी दुई परिवारको! थाहा छ तर हाम्रो यो प्रेमको हत्यारा कसरी बन्न सक्छु?मैले प्रेमलाइ निमोठ्न कसरि सक्छु?यसरी हामी बैबाहिक जिबनमा बाधियौ।एकार्काको साथ पाएर दंग थियौ कमि थियो त केवल दुई परिवारको आशिर्वाद।तर भनिन्छ नि आमाबाबाको मन घिउ जस्तै कोमल हुन्छ,आफ्ना संतानको नराम्रो कत्ती पनि चाहदैनन।केही बर्ष हामिलाइ आफूबाट अलग्याउनु पनि भयो।तिमिहरु हाम्रा लागि जिउदै मर्यौ हो यहि वचन थियो सौरभको परिवारबाट हाम्रा लागि अन्तिम बिदाइका शब्दहरु।सम्झिदा अनि भक्कानो फुटेर आउँछ।तर आज समय हाम्रो पक्षमा छ,आज हामी दुइको मिलन भएको ८ बर्स भैसक्यो। हामीसंग लक्ष्मी साथमा छिन जस्को आगमनले परिवार पुर्ण गराएको छ आज हामिलाइ हाम्रो परिवारको साथ,माया दुबै मिलेको छ।म आफ्नै ठाँउमा नर्स भएर काम गरिरहेकी छु अनि सौरभ यहि ठाँउमा डाक्टर भएको छ।हो मैले आज पुरै संसार जितेकी छु।मसंग आफ्नो लक्ष्यसंगै आफ्नो प्रेम र परिवार सबै मिलेको छ।र दलित र ब्राह्मण भन्ने अन्धबिस्वासको खाल्डोलाई चिरफार गर्ने एउटा उदाहरण बनेर खडा भएका छौ।
लक्ष्मीप्रसाद देबकोटाले भनेका थिए नि"मनिस ठुलो दिलले हुन्छ जातले हुदैन"प्रष्ट पारिदिएका छौ।साच्चै आज मलाई मानिस भएर जन्मिएकोमा कुनै धिक्कार महसुस भएको छैन।
#अन्धबिस्वास_आफैमा_एउटा_महामारी हो।यसको अन्त गरौ।
Via - Shanti Wosti
No comments:
Post a Comment