bixibit

Breaking News
recent

घुटघुटी

सोच्दा पनि रमाइलो लाग्ने पल को म आनन्द लिइ राखेको थिए । मैले काधमा एउटा ब्याग भिरेको थिए,ब्याग मा खासै काम लाग्ने केही थिएन । बाहिर फेर निस्कदा प्राय म ब्याग भिर्ने गर्थे, उसैले दिमाग लगाइ यो ब्याग टाउकोमा राखौ केही हद सम्म भएपनी पानी बाट भिज्न रोक्छ ।








 ए अ पानी पनि झोरसोरको साथ चलिराख्यो। उनको यादमा लेख्दा लेख्दै बिर्सने भइसके। यही पानीको फाइदा लिएर म उसलाई अंगालो मारेर बसेको थिए र झरी आफ्नै लय मा बर्सिदै थियो । सायद फाइदा भन्न मिल्दैन् होला। पानी नपर्दा पनि हामी भेट्दा साथ अंगालोमा त बाधिन्थ्यौ। यहा त मैले पानीलाई ढाल बनाएको मात्र हो।

सायद धनि र गरिब, गोरा र काला, मोटा र दुब्ला,नेता र जन्ता केहीमा पनि भेदभाव नगरी समानरूपमा आफ्नै तालमा झर्ने भएकोले यसलाई झरी भनेको हुनु पर्छ।  पर्दा भेदभाव नगरे नि परिसके पछि भने भेदभाव गर्दो रहेछ। नत्र अहिले यस्तो बाढी आउदा पनि नेताहरूलाई किन असर गरेन त? किन नेताहरूको मन पोलेन त?

तर मलाई केही फरक पर्दैन यसले। आफ्ना देशवासी मर्दा अलि अलि पिरोल्दो रहेछ बस् सक्कियो। मलाई पिरोल्न त उनका यादहरू छदैछन् नि। आफ्ना त्यत्रा देशवासी मर्दा पनि उनैको यादले धेरै पिरोल्थ्यो , म कति गएगुज्रेको रहेछु त। धिक्कार छ मलाई। त्येही पनि.......... ।


हामी बसेको टाढा टाढा सम्म कोहि थिएन , टाउकोमा भएको ब्याग ले कति पो रोक्थ्यो र पानीलाइ? , त्यो भन्दा पहिलेनै हामी पूरा भिजेका थियौ । मेरो देब्रे हात उसको कुम मा थियो , हामी एक अर्का पट्टी फर्केर बसेका थियौ । बिस्तारै मैले दाहिने हात उसको कम्मर मा समाएर आफू तिर ताने , नरम नरम लचक लचक हुने खाल्को कम्मर थियो त्यो। अब हामी निकै नजिक थियौ । मैले दुबै हात कम्मर मा लगे र सक्दो आफू सग कस्ने प्रयास गरे , उस्ले आफ्नो दुबै हात मेरो काध पछाडी लागि र हामी एक अर्कालाइ दरो गरि अंगालो मा बाध्ने कोसिस गर्यौ । एसै त मुसलधारे झरीमा रुज्नु को मजा तेहि माथी आफुले सबै भन्दा बडि चाहेको मान्छे सग अंगालो मा बादिनुको सैभाग्य ,अहिले कल्पना गर्दा पनि निकै आनन्द दिने पल थियो त्यो । मैले अंगालो मर्दै गर्दा उसको गाला मा चुम्बन गरे उसले कुनै प्रतिक्रिया जनाइन। मेरो ओठमा छुट्टै किसिमको तरंगको आवास भयो छुट्टै स्वाद त्यो गालाको । हल्का मिठो बास्ना पनि आइरहेको थियो।सायद पाउडरको हुनुपर्छ। केटीको सुन्दरता पाउडरमा लुकेको हुन्छ रे। मैले उनलाई माया गरेको थिए उनको सौन्दर्यलाई थिइन।
मैले बिस्तारै अनुहार अगाडि ल्याय र उसको निदार मा मेरो निदार टसाउन पुगे , मेरो टाउको बाट खसेका पानीका थोपा उसको नाकमा ठोकिँदै थिय उसको तातो सास र झरी सगै आएको चिसो बतासले मलाइ अझ रोमान्चित बनाएको थियो । मैले सुस्तरी मेरो अनुहार अघि लगे, म देख्न सक्थे उसले आफ्नो आँखा बन्दा गरेकी थिइ। सायद लजाएकी थिई। या फिर उ पनि रोमञ्चित भइरहेकी थिइ।





मेरा ओठ उसका ओठमा जुध्न पुगे, कोमल भुवा सरि उसका ती रसिला ओठ् , गुलियो स्वादले मलाइ भुलाइदियो छुट्टै संसारमा । म हराउन पुगे त्यो पल , थाहा थिएन वरपर के भै राखेको छ । म केबल त्यो छेड्को आनन्द लि राखेको थिए । त्यो क्रम लगभग ५-७ मिनेट चल्यो बिस्तारै झरी पनि सानो हुँदै थियो । मेरो फोनको घण्टी बज्यो। अनि हामी सम्हालिन लाग्यौ। मैले फोन हेरे ३वटा मिसकल आएको रहेछ। साथीक रहेछ। केही छेड्मा पानी पनि बिदो भयो , त्यो समय हामी मौन थियौ । मैले टाउकोको इसाराले जाने संकेत गरे उनले पनि उसै गरि टाउको हल्लाएर मुसुक्क हास्दै सहमती जनाइ फर्किदा पनि हामी मौन थियौ तर उसले मेरो हात समाएर मेरो पाखुरामा टाउको आडेस लगाएर हिनेकी थिइ ।

हामी हिन्न मात्र के लागेका थियौ अलि फरक धोनी मेरो कान मा पर्यो सुस्तरी कोहि सुक्सुकाएको आबाज म सुनी रहेको थिए । मैले उनलाइ हेरे उसले आखाभरी आँसु बनाएर रुदै थि । मैले उसलाई प्रस्न गरे के भयो किन रोएकी? उसले प्रतिउत्तर मा मलाइ छोडनु त हुदैन नि? मेरो धैरे साथीहरूको प्रेमीले Physical Relation  भएसी छोडेर गए रे। तपाइले नि त्यस्तै पो गर्नु हुन्छ कि?  भनेर मलाइ नै प्रस्न गरि । म छक्क परे। हामी बिच Physical Relation चाही कहिले भएछ ?
सोध्न मन लाग्यो तर त्यो बेला थिएन् त्येसैले मैले दाहिने हात ले उसको कपाल मुसार्दै हामी चाहेर पनि छुट्ने छैनौ तर तिमी यसरी रोए म आर्की खोज्छु भने । मेरो जबाफ पछि मेरो पाखुरा चिमाट्दै अरु केटिलाइ हेर्यौ भने त आँखा साखा फोर्दिन्छु भनी, उसको जबाफ पछि दुबैजना हास्यौ।

"मलाई कहिलै छोडेर नजानु ल! नत्र त म मरिदिन्छु कसम। " उ फेरी त्येही कुरा दोहोराउदै थिइ। मैले उसलाई बेस्सरी अंगालोमा हाले। च्याप्प कसे। सायद उसलाई दुख्यो।

"एया छोड्नु त दुख्यो " उन्का यि शब्दले मलाइ बेस्सरी चिमटीदियो , मलाइ पनि दुख्यो, छोडिदिए । भने, " तिम्लाइ आफ्नै अङालोको निउ पारेर मुटु छेउ बाध्दा त तिम्लाइ पिडा हुन्छ भने झन तिमी टाढा जादा मलाइ के होल ??"
उनी हास्दै बोल्न थालिन, क्या गफाडी के तपाई त। त्यसपछि दुवै जना हास्दै बाहिर नै निस्कियौ त्यो पार्क बाट।

"मलाई छोड्नु भयो भने त म मरिदिन्छु" भनेर भनेकी थिइ उसले। मैले छोडेको त थिइन तर खै किन त्यसै..... । मलाई नछोड्नु होस् है भन्ने उसले आफै मलाई छोडेर गइ। आकाश र गगन मिसिएको स्थानमा पुग्न चाहन्थ्यौँ हामी । तर समयले उन्लाइ आकाशमा अनि मलाइ धर्तीमा पछार्दै मुर्छित अवस्थामा मलम बिना छोडिदियो ।

साथ भइन्जेल "टाडा गयौ भने मरिदिन्छु" भनेर कति भनियो। तर वास्तविकता भन्दा माथी भावना हुदैन् रहेछ।  त्यी त सब मेरा गफ रहेछन्।  त्येसै साथीहरूले मलाई ओलीको उपनाम दिएका हैनन रहेछ।
आत्माले शरिर छोडे एकैचोटी सकिएर मर्छ मान्छे तर म त पल पल मरिरहेछु। तर कहिले सम्म?????

आखिर कहिले सम्म?
Via - Suraj



admin

admin

No comments:

Post a Comment

Powered by Blogger.