bixibit

Breaking News
recent

जिन्दगी झण्ड बा फिर भी घमण्ड बा



"जिन्दगी झन्डवा फिर भि घमण्डवा" यो भनाईको सार्थकता त्यतिबेला झल्किन्छ जब समयबाट लगातार बलात्कृत भैरहेको अवस्थामा पनि ओठमा जबर्जस्तीको मुस्कान सजाउनु पर्छ । जब आँखाको डिलसम्म आईपुगिसकेको आँसुलाई रोकेर आँखा रातो हुनुको दोस कसिङ्गरलाई दिनुपर्छ । उसले फेसबूकमा उसको व्याईफ्रेन्ड्को फोटो पोस्ट्याएकि थिइ । क्याप्सन पढें, "माई डियर प्रीय मान्छे, लभ यु अलट "। उसले व्याईफ्रेन्ड बनाएकी छे भन्ने त मैले केही समय अघि नै थाह पाएको हो । केही समय मलाई केही फरक नपारेको नाटक गरेरै बिताएँ । तर धेरै दिन छेकेर नछेकिने रहेछ भावनाको बाढी । उसलाई हेर्ने मन भयो । मायाबाट विश्वास उठिसक्यो भन्ने मान्छेमा फेरि मायाको मुल फुटाउन सक्ने ताकत भएको मान्छे कस्तो चाहिँ रहेछ भन्ने निकै कौतुहलता जागेको हो मलाई त्यो खबर पहिलो पटक पाउँदा । त्यसमा जलन पनि अवस्य मिसिएको थियो , म नकार्दिन । "नाम नरेश सुवेदी , घर स्याङ्जा " फेसबूकको भितामा देखियो । झट्ट हेर्दा उमेर हामी भन्दा केही साल बढी नै जस्तो लाग्थ्यो । ह्यान्डसम नै हुनुपर्छ, मलाई सुन्दरता मापन गर्ने ईकाई थाह छैन । चट्ट सुट पाईटमा सजिएको फोटो थियो मुहारपुस्तिकामा । त्यसैले ह्यान्डसम भनिदिएँ । "तिमी यो कपडा लगाएर कलेज आउने नगर क्या ।" उ भन्थी । "किन ?" म असमन्जसमा सोध्थें । "यो कपडामा तिमिलाई निकै ह्यान्डसम देखिन्छ । अरुले आँखा लगाउलान फेरि ।" उ भन्थी । उतिबेला उसको भनाईमा प्रेमिल ईर्ष्या पाउथें म । त्यि अतितका दिन थिए । आँखाको डिलसम्म आँसु आईपुग्यो । कसैले देख्नु अघि नै पुछें । केही दिन देखि रुघाले ग्रस्त पारेको थियो । टाउको फुट्ला झैं गरि दुखिरहेको थियो । अफिसमा बस्न सकिन । घर फर्किएँ । गाडिमा एक पटक भोमिट भयो । थकित घर आईपुगें । बेडमा पल्टिएँ । त्यही नाम घुमिरह्यो दिमागभर । निन्द्रा परेन । हुन त निन्द्रा पर्न छोडेको धेरै भैसकेको थियो । स्लिपिङ ट्याबलेटमा निर्भर थियो निन्द्रा । एउटा स्लिपिङ ट्याब निकालेर खाएँ ।


(बिहेको मन्डप सजाईएको छ । जग्गेमा सुटमा सजिएर बसेको छ परिचित जस्तो अनुहार । रातो घुम्टो ओढेको केटि मान्छेचाहिँ चिन्न सकिन । दुलहाले सिन्दुर हाल्नै लाग्दा कसैले दुलहिको घुम्टो माथी सारिदियो । म झसङ्ग भै झस्किएँ । दुलही उ थिई । असिनपसिन म बिउझिएँ । रातको २ बजेको रहेछ । ) सपनाले यसरि ऐठन गर्न थालेको त निकै भैसकेको थियो मलाई । आज सधैं जस्तै अर्को एक रात थियो । "अँ केहि दिन अघिको सपना सुनाउँ ?" म भिरबाट खसें । त्यहिँ मरेँ । मेरो मलामी तिम्रै घर अघिबाट गुजरियो । तिमि खुशिका साथ जाँदै थियौ N+P लेखिएको चिल्लो कारमा । एक पटक पछाडी फर्केरसम्म हेरिनौ । मेरो उसलाई भुल्ने एक एक कोसिसहरु नाकाम हुँदै गैरहेका थिए । अझ भनौं, भुल्ने प्रयास नै सम्झनाको लागि ट्रीगर भएको थियो । एक साहित्यिक कार्यक्रमको निम्तो आयो । बेनि गएँ, समारोहमा सरिक भएँ । कार्यक्रम सकियो । मलाई झट्टै काठमान्डु खाल्डो फर्किने मन भएन । खाल्डोमा गुम्सिए जस्तै भान हुन थालेको थियो मलाई ।त्यसैले त्यही कार्यक्रममा सरिक एक मित्रलाई लिएर मार्फा हानिएँ । (रातको समय । अगाडि मार्फाको केही रित्ता बोतलहरु छन । नखोलिएका २ ओटा जति बोतलछन अझै । दुवैजनाको गिलास भरी छन । पिउदै गर्दा उसले मेरो झन्ड जिन्दगी बारे केही जान्न चाह्यो । मेरो प्रेम जिवनबारे जान्न चाह्यो । कसैले भनेको थियो, प्रेमलाई बुझ्न कि त भट्टि जानुपर्छ, कि त वेश्यालय । उसले समयको सहि उपयोग गर्यो भन्नुपर्छ ।) उसले मेरो बारे भन्दा धेरै उसको बारेमा जान्न चाह्यो । मैले सुनाएँ, दिल खोलेर सुनाएँ । उसलाई कथा सुनेर पुगेकै थिएन । अर्को प्रश्न गर्नु अगाडि नै मैले उसलाई रोकेँ । "भै'गो यार ! यो दिल जलाउने कुरालाई डस्टबिनमा मिल्काइदिउँ। अर्को एक प्याक लगाउँ यहि जलेको मुटुको नाममा । चियर्स !!!" मैले ग्लास ठोक्दै भनें । उसले ग्लास ठोक्दै फेरि प्रश्न गर्यो। "उ खुशी छे ?" के प्रश्न सोध्नुभएको यार ! खुशी खोज्न नै त मबाट टाढिएकि । "अनि तपाईं ?" फेरि सोध्यो । ह्या ! तपाईं पनि । देख्नुभएन म कति खुशी छु ? यहि खुशियालिमा त म तपाईंलाई यति महङ्गो मार्फा पिलाउदैछु । म कड्किएँ । ओठमा जबर्जस्तिको खुशी लेराउन क्या मीठो तागत दिन्छ यार यसले । अर्को एक प्याक बनाउँ, उसको खुशिको नाम । चियर्स !!! "हैन यो माया कि पागलपन ?" अचम्मित उसले फेरि प्रश्न तेर्सायो । "माया आफैं कुनै पागलपन भन्दा कम छ के ? यारा ! मुहब्बत कर्नेका तो दिवानोके तरहा कर्नेका । दिवाना ना हुवा तो खाक प्यार किया ?" मैले हास्दै भनेँ । "अनि यसरि चल्छ जिन्दगी ?" उसलाई मार्फाले झन झन उत्सुक बनाईरहेथ्यो सायद । "चलेकै त छ यार ! इन्जिनहरु कुईकुई कराउन थालेकाछन, कालो धुवाँ फ्याक्न थालेकोछ फोक्सोले । तर पनि चल्न त चलेकै छ ।" चुरोटको धुवाँको मुस्लो उडाउदै भनें ।"अर्को एक प्याक यो फ्याँक जिन्दगीको नाम । चियर्स !!!" मार्फाको मात चढ्न थालेछ । टाउको रिंगाउन थाल्यो । उसको पनि हालत त्यही थियो मैले बुझ्न सक्थें । "अरे यार दोस्त ! सपना मै भए पनि उसको दर्शन पाइन्छ । अब सुत्नु पर्छ ।" उसलाई भनें । एक पत्ता स्लिपिङ ट्याप खाएँ एकैपटक । स्याला यतिका दिन देखिको मृत्युको लगातारको कसरत फेरि फेल खाएछ । बिउँझेको क्षण ग्रान्डी हस्पिटलको बेडमा उपचाररत भेटिएँ म । करिब ६ महिना बिताएछु उसँग भएको सपना देख्दा देख्दै । दुई दिन पछि सुरेनले सुनायो, उसको बिहे भैसकेको छ । उ नरेशसँगै अस्ट्रेलिया गएकी छे । तेरो लागि अन्तिम गुडबाई छोडेर । © योगेश घिमिरे
Basant Giri

Basant Giri

No comments:

Post a Comment

Powered by Blogger.