कथा :- परिवर्तन र समय को फड्को (सत्य घटना)
बाल्यकाल यो शब्द सम्जने बित्तिकै एक छुट्टै किसिम को हासो प्रकट र खुसी को आभास हुन्छ । यै बेला मा नै मानिस को दिमाग तेजिलो र स्मरणशक्ति धेरै हुन्छ। बाल्यकाल हुँदै जवानी मा आउदा सम्म को समय को फड्को ले म , परिवार , समाज , देश मा ठूलो परिवर्तन ल्यायो । सकारात्मक भन्दा नकरात्मक मात्र छायो । यस्तै एक घटना जस्ले सधै यो मन र मानसपटलमा मा ढ्याङ्रो बजाइ रह्यो
उहीँ त हो बाल्यकाल सामान्य हुन्छ तर प्रभाबदायी , सधै जसो त्यो दिन नि मेरो दिन उस्तै थियो । बिहान उठ्ने होमवर्क गर्ने दिदी सङ स्कुल जाने र दिदी सङै घर आउने खाजा खाने होमवर्क गर्न बस्ने । म पिडि मा होमवर्क गरिरहेको थिय । लामो लामो दारी पालेको बाक्ला लुगा हात मा बन्दुक बोकेका चार जना सरासर म भए तिर आउदै ममि बाबा खै भन्दै सोध्न थाल्नु भो म डराएको थिय त्यो झ्याम्म दारी पालेको ऐले सम्म देखेको थिन बन्दुक बोकेका मैले खेलौना मात्र देखेथे सानो कागज मा आउने बारुद भरिएको पटकाएको तर साच्चिकै बन्दुक ले मान्छे मार्छ भन्ने सुनेको थिय तर देखेको थिन । त्यो मानिस हरु आवाज सुनेर ममि बाहिर आउनु भो र कै नबोली मलाइ बाबा लाई बोलाउन लगाउनु भो । म बाबा भए तिर लागे बाबा गोठ मा भैंसी लाई घाँस हाल्दै हुन्हुन्थ्यो । बाबालाइ अगि आउनु भन्दै म दुकुर्दै ममि नजिक आए ममि ले मलाइ भित्र जा भन्दै कराउनु थाल्नु भो ।बाबा आए पछि उनी हरु कुरा गर्न लागे । म भित्र किताब खाट मा फाली झ्याल नजिक आइ उनिहरु को कुरा सुने ।चार जना मध्य एक जना अगि आयो र भन्यो आज हामी यो गाउँ मा बस्ने भएका छौ । हजुर हरुले हामी चार जना लाई खाना बनाउनु होला हामी अल्लि बेर मा आउछौ । बाबा केही तर्क बितर्क ननिकाली हुन्छ भन्नू भयो बाबा को स्वर मा केही डर को आभास देखेको थिय । यो अगि जति पाहुना आए नि राम्रै कुरा गरेर जाने गर्थे । ममि के के भन्दै भान्सा मा पस्नु भो । बाबा फेरि भैंसी को स्यहार मा । केही क्षण मा नै दिदी र हजुर बा नि आउनु भो म दुकुर्दै हजुर बा लाई सब कुरा भने ।
खाना खाने बेला भयो । हजुर बा दिदी मलाइ ममि ले खाना दिनु भो हामी खायौ ।हजुर बा बाबा सङ कुरा गर्न थाल्नु भो हामी पढ्न थाल्यौ । के हि बेर मा ती चार जना आइपुगे तर ऐले बन्दुक बोकेका थियनन । खाना खाएर भ्याए पछि उनिहरु ल सुत्नु होला भन्दै निस्किन थाले त्यतिकै मा एक दारी वला ले बोल्यो ऐले त्यहा हाम्रो बारे एक फ्लिम देखाइन्छ हजुर हरु सब आउनु होला । बाबा ले फेरि पनि उहीँ नम्र स्वर हुन्छ भन्दै टाउको हल्लाउनु भो। ममि बाबा खाना खानु भो दिदी म बाबा हजुर बा सङ फ्लिम हेर्न जाने भयौ । फ्लिम हेर्ने भने पछि हामि धेरै खुसी थियौ । फ्लिम हाम्रो घर नजिकै माइलाबा को लगाउने थियो । हामी सब त्यहा पुग्यौ ।
त्यहा जादा धेरै आइ सकेका थिय मेरो साथी पनि त्यो र म एक्दम मिल्थ्यौ । एक जना कोट पाइन्ट लगाको अन्कल ले आफ्ना बारे के के भन्दै फ्लिम सुरु गर्नु भो । सुरु मा रास्टृय गान बज्यो अनि त्यस पछि पहाड तराइ देखिए राजधानी देखियो सिह दरबार देखियो यो सब मेरा लागि नौलो थियो २0४६"साल तिर को जन आन्दोलन देखाइयो सङै अब बन्दुक पट्किन थाले घर भवन मन्दिर भत्किन थाले जङल का जनावर भागेको देख्न थालियो । जङल काटिएको बम्ब पड्किएको आवाज सुनिन थालियो । स्कुल नालाखोला हिनेको पहाड मा दुकुरेको महिला युवा पुरुश बृद्दा सब देखिए कालो मोसो दलेका बन्दुक बोकेका रगतै रगत देखियो त्यस पछि।मान्छे मारेको देखाइयो आर्मि पुलिस र माओबादी को झडप देखाइयो जनता को लास पसारियो नारा लगाइयो राजधानी का टाउके हरुको राजनिती बताइयो ।दाजु भाइ लडेको आमा लाई हानेको बुवालाइ लतारेको । भारत सङ हात मिलाएको । घाँटी रेटेको गोलि हानेको जनावर काटेको त्यो सब देखाइयो जुन प्रतिबन्ध छ । र देख्न नसकिने छ। म जस्ता मेरा साथी तर्सिए कोइ उठेर घर गए कोइ के गरे कति रोए तर ती क्रान्तिकारि ग्रुप हासी रह्यो । फ्लिम भ्याइयो अब अन्तिम मा आफ्नो समुह बारे कै भन्न अध्यक्ष प्रचण्ड दाहाल टिभी अगि उभिनु भो।
यो क्रान्ती देश को लागि हो बिकास को लागि हो फस्टाउदो राजनिती को लागि हो गरिब को लागि हो निमुखा को लागि अब को दस बर्स मा सिङापुर जस्तो बनाउन को लागि नव परिवर्तन को लागि हो गण्तन्त्र को लागि हो देश को उज्वल भबिस्य र समृद्धि को लागि हो ,यस्तै त्यस्तै धेरै भासन गरि बिदाइ हुनुभो।
त्यो दिन देखि आज का दिन सम्म १३-१४ बर्स भए मेरो देश हेरु मेरो समाज गाउँ हेर्छ म कस्तो थिय कस्तो भए सोच्छु त्यो समय को फड्को गन्न खोज्छु अनि परिवर्तन लाई नियाल्न खोज्छु । के पाउछु ? के देख्छु ? के भोगिरहेको छु ? त्यति धेरै बलिदान लाई सोच्छु ? आफैलाइ धिक्कार्छु, भेडा जनता लाई सोच्दछु । र भन्दछु
अजै १०० बर्स लागोस तर पनि मेरो देश मा सकारात्मक हैन नकारात्मक नै पाउछु । र गर्व गर्न हैन लज्जित हुँदै सिर निउराउन पाउछु ।
#भुत Ryder Sudip
keep following Joketantra nepal




No comments:
Post a Comment