"बावुको अनुहार परेको छोरी भाग्यमानी हुन्छन्" भन्ने सुनेको थिए ! उसको अनुहार बावुसंग मिल्दो जुल्दो थियो । मुसुक्क हासी रहेजस्तै खुलेका ओठ, बदामी आँखा निदाउदा नि खुब सुन्दर देखिने खालका । मिलेका आँखी भौ, चौडा निधार, लामा कान न गोरी न धेरै काली आफ्नै साईजको घुम्टोले शिर ढाकिएकी । आमाले मायाले डिजाइन गरिदिएको सुहाउदो कपडाले शरीर ढाकेकी उसको सुन्दरता अझै खुल्न बाँकी थियो या यति सुन्दरता काफी थियो उसलाई तर यो सहरले उसलाई अझ सुन्दर बनाउन होला या उसको सुन्दरता मार्न अर्को सहरतिर पठाउदै थियो ।
बिदाईमा मलिन मुहार लगाएका उसका बावु उनलाई आफुसंगै राख्न चाहन्थे या रहरले उनलाई बिदा गर्दै थिए यो प्रश्न मनमा लिएर उभिरहेको मैले ठम्याउन सकिन । पीडा त उसलाई बिदा हुनु पर्दा खुब भयो होला तर उसको पीडा कसैले बुझेनन् भित्र भित्रै भकानो फुट्यो होला मन पोल्यो होला । आवाजबिहिन भएर उसले चिच्याउन सकिन होला तर बाध्यता भनौं या रीति,नालायकी या रहर खै के कुराले जित्यो र ऊ बिदा हुनु पऱ्यो फक्रिन नपाई ।
कोपिलामै ऊ बिदा हुदै गर्दा उसका बावु भावुक धेरै देखिन्थे । लामो सास फेर्दै कहिले सुस्केरा हाल्दै उसका बावु आफुलाई सम्हालि रहेको प्रष्ट बुझिन्थ्यो तर त्यो झटपटी हतारमा गरिएको निर्णयका लागि थियो या संस्कार र इज्जतका नाममा छोरीलाई बेलैमा पराईलाई सुम्पने प्रथाको विरुद्ध थियो यो पनि अनुत्तरित नै थियो ।
यस्तै धेरै प्रश्नको जवाफ त्यहाँ नमिल्ने गरी उब्जिएका थिए । बालिएका धुपले उसको बाँकी जिन्दगीमा सुगन्ध छर्दै थ्यो या दुर्गन्ध ? जलिरहेको बत्तिले उसको बाटो देखाउदै थियो या अन्धकारको संकेत गर्दै थ्यो ? जोडिएका हातहरुले उसको जिन्दगीको सुख मागि रहेथ्यो या बधाई दिइ रहेका थिए ? साच्चै यि र यावत् प्रश्नले प्रसय पाइरह्यो त्यो बेला ।
तर जे होस् उसलाई समग्रमा भाग्यमानी ठान्नै पर्छ आमाको एक्लो पालनपोषणमा हुर्किएकी उसको बिदाईमा उसका बावु प्रक्रियाका खांतिर आमासंग उभिन आइपुगेका थिए । अझ भनौं उसलाई बिदा गरेर पठाउने ठाऊ र मिति समेत उनैले जुराइ दिएका थिए । र त ऊ मन भरि पीडा बोकेर पनि मुस्कुराइ रहेकी थिई बावुजस्तै देखिने गरि । सायद ऊ आमाको काख माया र दुनियाबाट बिदाई हुदै गर्दा बावुलाईसंगै पाउनु पनि ठुलो उपलब्धि ठान्दै थिई। बावुको हात समाई ताते ताते गर्ने, घुर्क्याई घुर्क्याई सताउने, बावुको आडैमा बसेर अक्षर चिन्ने, घुम्न जाने अरुका बावुलेजस्तै आमाले कराएर रुदा आँसु पुछीदिएको महसुस गर्ने उसको सपना भलै कुल्चिइएको होस् । ऊ नाजायज हुनबाट बचाउने ति बावु देखेर नै गर्व गर्दी हो । तर जे होस् ऊ बावुको काँध हलुका पारेर बिदा भई र त ठहरिई बावुजस्तै अनुहार परेकी भाग्यमानी छोरी ।



सहि आयो 😍😍 लाइन चाइ
ReplyDelete