bixibit

Breaking News
recent

भुमरिमा मडारिको सपना - A True Story

अचानक झटेलो आउछ सारा सपना , भबिश्य , रहर , आशा , ईच्क्षा र चाहाना हरुलाई उडाएर लान्छ , एउटा २० बर्षे युबकको हात बाट खोसेर । अचानक खटपटि छुट्छ । घरि यता हात फाल्छु घरि उता। खुट्टा ले खाट को सिमा नाघिसकेको थियो। बिचरा ब्लान्केटको त झन के कुरा गर्नु ,भिजेको बिरालो जस्तै कुनामा डल्लो पर्छ। त्यसतो भयानक दृष्य कसरि सहन गर्थे मेरा आखाले , बिस्तारै खुलिदिए ।टिसर्ट पसिनाले चुर्लुम्मै भको थियो। हात निदाएर एताउति गराउन सकेको थिएन । जुरुक्क उठे । उठेर हातको घडि हेरे । दिउसोको ४:४५ भको थियो । टेबल बाट पानिको जग निकाले । गिलास मा खनाए ।




 सासै नफेरि घुटघुट पारे । सपना उडाउन लाइ आएको हुरिको सपनाले पिरोल्न थाल्यो । मोबाइल गुनगुन गर्दै थियो सानो सोर मा । बिचरा सिरानि ले च्यापिएर  उकुसमुकुस भको रहेछ । निकालेको , नारायन दाजु गाउदै हुनुहुन्थयो । "कुर्दै बसे आउला भनि मेरो उठने पालो, कुर्दा कुर्दै जिन्दगि नै भैगएछ कालो कालो । शब्द हरुले झन पोलिरहेको घाउमा खुर्सानि दलिदियो । गित बन्द गरे । मुत्र नलि भरिएर फुट्ला झै भको थियो , शौचालय मा बिसर्जन गरिदिए। ढोका मा ताल्चा पड्काएर जक्सन तिर गए। सधै केटा हरुको हुल हुने क्याफे सुनसान थियो। साहुनि लाइ हटलेमोन बनाउन लगाए अनि क्यानसर पाइप  तान्दै बसे। कति बेला सकिएर ठुटो बनेछ , हातमा पोलेर पो झस्काइदियो  ................

यस्तो भुमरि अजकल सधै मडारिरन्छ मेरो जिबन मा । जब मनमा चाहिने-नचाहिने सपना बुनेर बुटवल छोडे। राजधानी आउना साथ आमाको पोल्टो मेरा सपना हरु ले भरिदिएको थिए । बिदेश मा भको बाबुलाई तिनै सपना को मलहम लगाइदिएको थिए। अझै पनि याद छ "छोरो ठुलो भएछ , बुझ्ने भएछ भन्दै बा-आमाले फोनमा गफ गरेको । मेरो सपनाको भरमा परेर उहाँ हरु सपना देख्न सुरु गर्नु भाथ्यो । इन्जिनियर बन्छु भनेर +2 मा Science पढे । काठमाडौ आउने बितिकै मेरो सपनाको राजमार्ग ले दिशा बदल्यो । पढिरहेको "Engineering Preparation Class" छोडेर "IELTS" मा भरति भए । ४ महिना , ६ महिना बित्यो ६.५ नम्बर ल्याएर पास नि भए । केहि महिना पछि बुझेर apply गरछु सोचेको थिए । सबै कुरा भने जस्तो भएन  ।अष्ट्रेलिया न अमेरिका कतै काम अगाडि बढाएन। दिमाग मा बिदेशको भुत बाकि नै थियो ।


 कुनै पनि हालतमा एकदिन गएरै छाडछु भन्ने जोस थियो । गएर जर्मन भाषा सिक्न थाले। १ बर्षको पढाई अगाडि बड्दै थ्यो ।एक दुई हुल जर्मन कुहिरे सँग गफ हान्न सक्ने भैसकेको थिए। तर था छैन किन , कस्तो रोगले छोयो । मन स्थिर हुनै सकेन । पढदा पढदै दिमाग अेरिकामा पुग्यो । गएर apply गर्दिए । त्यो दिन बाट जर्मनि भाषा साइड लाग्यो। बिचमै छोडे । अमेरिका जान्छु भन्ने पक्का पक्कि थियो। मन ले प्लेन टिकट काट्न भ्याइसक्या थ्यो । फ्याट्ट-फुट्ट सपिन को त के कुरा गर्नु। यो चनचल मन , न मान्थ्यो भनेको ।न लाग्थ्यो बुझ्न पट्टि नै। जे मन लायो सोचि हाल्ने ।सपनाको महल बनाउन थालि हाल्ने। नढाटि भन्नेहो भने २ बर्ष देखि मेरो जिबनमा पनौति लागिराथ्यो। जे गर्छु भन्थे त्यसको उल्टो हुन्थ्यो। तै नि आश मरेन कहिले न कहिले सपना देख्न नै छाडे। अमेरिकाको ठुलो महल बनाए। सजाएर चट्ट पारे। ठुलो भुइचालो आयो । २ मिनेट मै गर्ल्याम-गुर्लुम लडाइदियो , बसाई सर्न  नपाउदै ............


भुइचालो ले ढलेको सपनाको महल ले च्यापिन पुगे। मुटु टुक्रा-टुक्रा भयो। दिमाग पिचित्तियो । उद्धार गर्ने हातको आवश्यकता थियो । तर कोहि थिएन म माथिको भार हल्का गरिदिने।सन्घर्ष गर्दै थिए। सिन्गौरि खेलिराथे  समस्या हरु सँग। सक्छु म माथिको भार हल्का गर्न। समस्याका चट्टान हरु पन्छाउन। तर मेरो कारणले खुशि हुने मान्छे हरु धेरै छन या रुने धेरै। लोद्दरर लाको जिवन मा केहि काम राम्रो सँग भको थिएन । हौसला दिने मान्छेको आवश्यकता थियो तर त्यसतो भेटिएन कोहि। धेरै जना थिए मेरो खुशिमा साथ दिने, म सफल भको बेला सेलिब्रेसन गर्ने , म हासेको बेला हाँसी लाग्ने । नाइ मलाई त्यी मान्छे हरुको आवश्यकता छैन। गतिला छैनन् तिनी हरु । मेरो आशु मा साथ दिन आउदेन कसैलाइ। हौसलाको हातले मेरो ढाड थपथपाउने कोहि छैन । समयले मलाई कुन पाप को सजाय दिराछ या कुनै राम्रो हुनु पुर्व दरिलो बनाउन यो सब गरिराछ । कुनै बेला सबको सबसे मायालु मान्छे म अहिले त्यै घरमा बोझ भको अनुभुति भैराछ। देख्न रुचाउदैन कोहि । म उनिहरुको नजरमा एउटा पैसा खर्च गर्ने मेशिन बनेको छु। काठ्माडौ को रहनसहन स्वास फेर्न नि पैसा लाग्छ।अनि त्यो कुरा घर बाट बाहिर निस्कनेले बुझ्छ ।


१००,२००,३००,५०० आखो लाग्दैन । घरमा माग्यो १०,२०,३०,५० हातमा थमाईदिन्छन। बोल्ने बाटो हुदेन। खुशीले कसैले दिदैनन् । रिस ले , अनुहार बिगारेर ,दुइ-चार शब्द सुनाएसि मात्रै । किन यो सब मेरो अगाडि। म अहिले फाल्टु छु त्यसैले ?? मैले पैसा कमाको छैन त्यसैले??Fuckoff  म कुनै खसि-बोको हैन,पैसाको लागी पालेको जस्तो ।बुझ्दैन कोहि कति चित्त दुख्छ , फाटेको मुटु छिया-छिया हुन्छ । भक्कानिएर आउछ। मलहम चाहिएको थियो उनिहरु बाट ,नुन चुक हैन।। साथ चाहिएको गाली हैन । हौसला चाहिएको हो ,  तिमि हरुको अगाडि आउदा खुशी हुने अनुहार चाहिएको हो , यि र यस्तै यस्तै चाहिएको हो। तर सब जना म माथि खनियौ , त्यसतो ब्यबहार जोकि म तिमी हरु को  कोहि हैन । त्यो पनि पैसाको कारण ले। मलाई नि रहर हैन तिमि हरु सँग मागेर काम चलाउन , रहर हैन नकमाउन , दिन आउदा गर्छु तर बुझ्दैनौ , अहिलै थुप्रो चाहिएको छ । अहँ रहर कत्ति थिएन खादै गरेको खाना फालेर हिडन । पिडा लाइ रिस बनाएर ओकेल्न । धेरै दुख लाग्यो यो २१ बर्ष मा पहिलो पटक । सायद अत्तिनै धेरै। आखा बाट रसाउदै थियो बिस्तारै-बिस्तारै । गालामा पुगेसि थाहा पाए। चिसो बिझ्दा थाहा पाए ...........


मेरो परिवार मेरो खल्ति मा थियो अनि मेरा सयौ साथि हरु भुईमा। बिगत २ बर्ष देखी एउटा-एउटा टिप्दै गए । उनिहरु लाइ त आफ्नो बनाएछु। तर साथि टिप्दा परिवार चुहिएको पत्तो पाएनछु। Stress अनि depression बाट बच्न उनिहरु नै थिए मेरा औषधि। कहिले Party कहिले Gathering कहिले Concert त  कहिले tour चलिनै रहन्थ्यो । उनिहरुको एउटा कुरा नाई भन्न सक्दैनथे। कहिले घरमा झगडा गरेर , कहिले झुट बोलेर त कहिले खुशीले । मेरो बिना नरामाइलो लाग्थ्यो उनिहरु लाई त्यसैले पुग्थे म जहिले जहाँ पनि। घरमा मन पराउथेनन् । म त्यसरि डुलेको । उनिहरुको नजरमा म एउटा निकम्मा थिए। काम न काज सँग पैसा खर्चिने मेसिन। चित्त बुझाउन ,खुशि पार्न म सँ कुनै बाटो थिएन। धेरै गालि खाए। मज्जा आएन । बिकल्प पाएन कुनै । छाडि दिए । साथि हरु लाई भुइमा। अनलाइन बन्दै भो।


 फोन मा एउटा न एउटा बाहानाको साहारा लिन्थे । त्यस पछिका दिन हरु अध्यारो कोठामा बित्न लागे। किताब , टिभि , मोबाइल थिए साथ दिन । नत्र बेहोसिमा सुतिदिन्थे। दिउसो सुतेसि राति के निन लागोस छटपटि मा कटाउनु पर्थ्यो । राति २-३-४ बल्ल हाई आउथ्यो । धन्न एउटा साथि थियो । तयो राति मा अनलाइन कम्पनि दिने । मोबाइल मा चार्ज र रिचार्ज  हुनजेल सहजै कटथ्यो । बिहान उठदा ९-१० जहिले । जहिले केहि न केहिको तनाब। "नारायन दाजु हुनुहुन्यो तेस्तो बेलामा जलेको घाउमा मलहम लाइदिने ........

खाजा र खाना एकै पटक हुन्यो । समय कस्तो अनौठो। कत्ति कोशिष गर्दा नि सकेन बुझ्न। पहिले धेरै डुलिस भन्दै गालि गर्थे  घरमा अहिले धेरै सुतिस घरमा भन्दै कराउछन। गरु त के गरु मैले । यो गरेनि हुदेन त्यो गरेनि हुदेन। जुन दिन देखि अरुलाइ खुशी पार्न पट्टि लागे त्यै दिन बाट मेरो अनुहार मा खुशी छैन । मुटुमा ढुन्गा हालेर हास्नुको अर्थ छैन । एस्तो लाइफ होइन मलाइ चाहिएको । धेरै ठुला छन सपना। पुरा गर्नु छ । कुनै पनि हालत मा । तर यहा बस्न मन छैन मलाइ ।एउटा कुरा आज सम्म बुझ्न सकेको छैन राम्रो मान्छे किन छिटो मर्छ , राम्रो सँग सधै नराम्रो किन हुन्छ , रुने वाला किन हास्छ , अनि हास्ने वाला किन रुन्छ , सहिसके बहुत सहिसके ,चुपचाप धेरै बसे ,अब दिलको आवाज सुन्नुछैन ,सुन्नुछ त सिरिफ दिमागको ।।। कुनै पनि हालत मा सात समुन्द्र तर्नु छ मलाइ । प्लेन चडेर । फिसससससससससससससससस............




क्रिसमसको ह्यान्ग थियो दिमाग भरी सोच्न सक्थ्यो सबै कुरा, खुट्टा नी लुटुपुटु गर्दै गन्तब्य रोज्न सक्थ्यो आफ्नो , आखा को भर लाग्थेन नीयालेर हेर्यो भने नशालु बनीदिन्यो। दिन भर मुटु भन्दा प्यारो साथी हरु सँग रमाई उमन्ग लिएर साझ पख घर छिरे। सोच थियो त्यै हर्ष ले दिन बित्छ। सानो परिबार खुशीले साझ रन्गाइदिन्छु। तर तेत्रो उपहार दिने  Santa थिएन मेरो कोही। ढोका खोले आमाको अनुहार नहेरी ड्रेस चेन्ज नगर्ने म , मुस्कुराउदै हेरे , रिप्लाइ उराठ लागदो थियो । खिन्न भयो मन । चुपचाप कोठामा गए । लुगा फेरे । वाशरुम गए अनी फ्रेस भए। खाने मुड थिएन । नामको मात्र खाना खाए। मुड अन गर्ने एउटै साथी "कपिल शर्मा श्वो " मुटुमा ढुन्गा राखेर हास्दै थे । आमाको अनुहारमा कुनै खुशी थिएन।


मलाई थाहा छ त्यो सबको कारण म नै हो  त्यै नी रुदो रैछ मन। आखा भाग्यमानी छैन मेरो आशुले नुहाउन पाउदैन। मन चाहै भाग्यले जुराको  पिडाले नशा - नशा मा रगतको साटो आशु दौडिदा नी बिचरो ओठ अन्जान बनेर हासिदिन्छन । बच्चा थिए , जब रुन्थे सब फकाउन आउथे , अहिले जब सब बिर्सेर हास्न खोज्छु , नुन चुक दलिदिन्छन। ते नि हास्छु म । रमाउछु आफ्नै राज्य मा एक्लै ।  कस्तो भुलभुलैयामा फसेछु म कुनै नक्सा नलीइ ।


Via - Karan Neupane
Basant Giri

Basant Giri

No comments:

Post a Comment

Powered by Blogger.